Websoft University

www.radiomakalu.com || 021-522512


April 2018


मोरङ्गको रतुवामाई नगरपालिका ५ स्थित रहेको नरायण वहादुर खड्का मार्ग र सो मार्गमा हाल निमार्णधिण पुल अहिले विवादित वनेको छ । सो योजना सम्पन्न गर्न रमेश ताजपुरीयाको अध्यक्षतामा ९ सदस्य एक उपभोतmा समिती गठन गरीएको छ । सो योजनाको लागी नगरपालिकाले रु २० लाख छुट्याएको र अपुग भएको रकम स्थानिय श्रमदानद्धारा जुटाउने वताएको छ । सडक निमार्ण गर्न रु १० लाख र पुल निमार्ण गर्न १० लाखमा ठेका लगाएको उपोभतmा समितीले जानकारी दिएको छ तर नगरपालिकाले दिएको विवरण विच ठुलो खाडल देखीएको छ । उपभोतmा समितीको वयान र नगरपालिकाले दिएको विवरण विचको फरकले अझ विवादीत हुने संकेत देखीएको छ ।

त्यसै गरी ४० फिट चौडा सडक वनाई रहेको वेला २० फिट चौडा पुल निमार्ण गर्न लागेको प्रति स्थानियले घोर आपती जनाएको छ । सो पुलको आरसीसीमा मापदण्ड विपरित समानहरु प्रयोग भएकाले सो पुल दिर्घकालीन नहुने भन्दै चिन्तीत समेत देखीएको छ भने अर्का तिर इन्जीनियर नर हरीले मापदण्ड रहेर निर्माण भईरहेको दावी गरेको छ । अन्य पुलको आरसीसीमा ६ इन्च, ८ इन्चको दुरीमा रड प्रयोग हुने गरकोमा सो पुलमा हाल १ फिटको दुरीमा रड भेटिएको छ । सो सम्वन्धमा उपभोतmा समिती संग वुझन्न खोज्दा सवै कार्य नगरपालीकाले गरेको र आफूहरुले ताली वजाउने गरको अध्यक्ष रमेस ताजपुरीयाले वताउनु भयो भने आफु कुनै इन्जीयन्रीङ्ग ओभरसेयर नभएको कारणले आफु पुल सम्वन्धी केही जानकारी दिन नसक्ने केवल रेखदेख गर्ने जिम्मा पाएको वताएको छ ।

विगत ३ दिन देखी सो काम रोकीएको छ । पैसाको चलखेल देखी नगरपालीकाले एकलौटी रुपमा योजनाहरु आफुहरु माथी लाधेको स्थानियको आरोप छ । वेलैमा नगरपालिका सचेत नभए विरोधमा उतरीने स्थानियले चेतावनी दिएको छ ।









काठमाडौँ, वैशाख १ गते । विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई दुई जोर पोसाक उपलब्ध गराउनुका साथै विद्यालयमा भर्ना गरिदिन अपिल गर्दै शनिबारबाट विद्यार्थी भर्ना अभियान थालिँदैछ ।
देशमा पाँचदेखि नौ वर्ष उमेर समूहका ८८ हजार २०७ बालबालिका विद्यालयमा पाइला टेक्नै पाएका छैनन् । आधारभूत तह उमेर समूहका तीन लाख १३ हजार २८९ बालबालिकाले विद्यालयगत कक्षाकोठाको मुख नै देख्न पाएका छैनन् । उनीहरूलाई समेत विद्यालयमा ल्याउने अभियानसाथ शनिबारबाटै सुरु भएको नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान थालिन लागिएको हो । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मुगुमा जनजाति समुदायका एक विद्यार्थीलाई विद्यालयमा भर्ना गराइदिने हुनुभएको छ ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बच्चाको अपनत्व ग्रहण गर्न सबै नेपालीलाई अपिल गरिएको बताउँदै भन्नुभयो, “विद्यालयमा प्रवेश गर्न नै नपाएका बालबालिकालाई भर्ना गराउँदाको खुसी र गर्वको विषय अरु हुनै सक्दैन । त्यसैले आफ्ना टोल समाजमा भएका त्यस्ता बालबालिकालाई विद्यालयसम्म पु¥याइदिऔँ भनेर अपिल गरेका छौँ । ”
विद्यालयमा लगेर भर्ना गराइएका बालबालिकालाई दुई जोर पोसाक, एक जोर जुत्ता, शैक्षिक सामग्री लगायत करिब छ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्ता बालबालिकालाई पोसाक लगायत व्यवस्थापन गर्न भनेर सरकारले निजामती सेवाका सम्पूर्ण सचिवबाट एक÷ एक हजार रुपियाँ र सहसचिवबाट पाँच÷पाँच सय रुपियाँ उठाउने निर्णय गरेको छ । त्यसरी उठाइएको रकम शिक्षा मन्त्रालयलाई दिइनेछ ।
“अन्य तहका कर्मचारीहरूले आफू खुसी रकम दिन सक्नेछन्” विभागका महानिर्देशक पौडेलले भन्नुभयो । रकमसँगै सचिव र सहसचिवले एक एक जना विद्यार्थी भर्ना पनि गर्नुपर्नेछ । “सचिव र सहसचिवहरूले विद्यालय बाहिर रहेका कम्तीमा एक जना बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गराइदिने निर्णय भएको छ । सरकारको निर्णय बाध्यात्मक हुनेछ ,” पौडेलको भनाइ छ ।
यस वर्षको भर्ना अभियानका लागि ‘हामी सबैका इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नारा तय गरिएको छ । पछिल्लो तथ्याङ्कअनुसार प्राथमिक उमेर समूहको खुद भर्ना दर ९७.२ प्रतिशत र कक्षा १ देखि ९ सम्मको आधारभूत तहको खुद भर्ना दर ९२.३ प्रतिशत छ । यस वर्ष दुवै उमेर समूहको खुद भर्ना दर शतप्रतिशत पु¥याउने लक्ष्य सरकारले लिएको छ ।
शिक्षा विभागका अनुसार आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेमा बालबालिका विद्यालयभन्दा बाहिर छन् । शैक्षिक सत्र २०६१ बाट भर्ना अभियान थालिएको हो । त्यस वर्ष प्राथमिक तहको खुद भर्ना दर ८० प्रतिशतमात्र थियो । औसतमा प्रतिवर्ष डेढ प्रतिशतका दरले खुद भर्ना दरमा सुधार आएको छ ।
शिक्षाविद्हरूले भर्ना अभियान औपचारिकतामा मात्र सीमित भएको भन्दै आएका छन् । शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले भर्ना भएका विद्यार्थीको सिकाइ स्तर उकास्न नसकिएको र स्तर वृद्धि नगरुन्जेल भर्नाको औचित्य नहुने तर्क गर्दै भन्नुभयो, “प्रधानमन्त्रीले भर्ना गरिदिनुहुने बालकको कक्षा ८ सम्मको शिक्षाको जिम्मेवारी उहाँले नै लिनुपर्छ । त्यसो भएमा मात्र यस कार्य अर्थपूर्ण हुने थियो । ”
बालबालिकाका हातमा भर्ना भएकै दिन पाठ्यपुस्तक पु¥याइने दाबी गरिएको छ । यस वर्ष करिब ५५ लाख विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक सम्बन्धित जिल्लामा पुगिसकेको विभागका महानिर्देशक पौडेलले जानकारी दिनुभयो । यस वर्ष कक्षा ५ सम्मका विद्यार्थीले रङ्गीन पाठ्यपुस्तक पाउनेछन् । पाठ्यपुस्तकका लागि सरकारले दुई अर्ब २२ करोड २२ लाख रुपियाँ स्थानीय तहमा पठाइसकेको छ । स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि रकम उपलब्ध गराइसकेको जनाइएको छ । निजी प्रकाशकलाई कक्षा १ देखि ५ सम्म र जनक शिक्षा सामग्री केन्द्रलाई कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक छाप्न जिम्मेवारी दिइएको छ ।

-प्रकृति अधिकारी, गोरखापत्र दैनिकबाट

नयाँ वषको दिन मात्र फूल्ने हारमको फूलको लागि तस्बिर परिणाम

महेन्द्रनगर, धनुषा, चैत ३० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ ।

‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ ।

माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख के को हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय बनेको छ ।

वनस्पतिविद्का अनुसार छैटौँ÷साताँैं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस् जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेस को थिए, कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एकपटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंबदन्ती छ ।

छैटाँँै÷सातौँं शताब्दीदेखि मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान्, प्रखर बुद्धिमान् र सौर्यशाली थिए ।

सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्याे ।

भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ (हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ) का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने ।

सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य संगठनलाई सुसगठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ ।

राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाइ देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ ।

लहान नगरपालिकादेखि चार किमी पश्चिम–दक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हार (माला)का रुखमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा विस्तारै मौलाउँदै जान्छ । अचम्मको उक्त फूल हेर्न भारतबाट समेत असंख्य मानिस आउने र मेला भर्ने गर्छन् ।

किंबदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पूरा हुने जनविश्वास छ ।

मेलाको दिन थुप्र्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् ।

सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिकस्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सकिने पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर साहले भन्नुभयो– “यो एउटा मात्र यस्तो स्थान हो जसलाई सबै समुदायले पुज्ने गर्छन् ।

राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँगाउँमा गीत र महराईमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ । मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली इतिहास बोकेका धरोहर संरक्षणको संवद्र्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने हो ।”

राष्ट्रिय गौरवका रुपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरबाट प्रचारप्रसार गर्न सके यसले अन्तर्राष्ट्रिस्तरमा नेपालको पहिचान बनाउन सक्ने नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष शैलेन्द्र झाको कथन छ । -(रासस)



पहिलो घुम्ती

म सिराहमा जन्मिए । शिवकान्त कर्ण र पुष्पा सिन्हाको जेठी छोरीका रुपमा । सानैदेखि सिधा सरल तर चुलबुले थिए । तीन दिदी बहिनी थियौ । संगै खेल्थ्यौ । एउटै उमेर समूहका भएकाले असाध्यै मिल्थ्यौ । जताजाँदा पनि संगै हुन्थ्यौ । रमाइलै बित्यो बाल्यकाल । न कुनै कुराको चिन्ता न कुनै कुराको डर ! खासै जिम्मेवारी केही नभएकाले लेख्ने, पढ्ने र खेल्ने काममै रमाउथे ।
अन्नी र प्रकृति मेरा ती प्यारी बहिनीहरु । यिनीहरु बिना म आफ्नो अस्तित्व स्वीकार गर्न सक्दिन । साह्रै प्यारा र सहयोगी छन् दुवै । मेरो पिर अप्ठ्यारो सबैभन्दा पहिला तिनीहरुलाई नै भन्छु । उनीहरुले सकेको सहयोग र आत्मियता दिन्छन् ।
बुवा राष्ट्रिय जिागिरे भएकाले उहाँको सरुवा जहाँजहाँ हुन्थ्यो । हामी त्यही पुग्थ्यौ । रसुवा, चितवन, खप्तड पनि पुगेका थियौ । यसरी जाँदा धेरै कुरा जान्ने सिक्ने अवसर मिल्यो । वातावरण र प्रकृतिको राम्रो शिक्षा सानैमा पाइयो । पछि बुवाले राजविराजमा जग्गा किनेर घर बनाएपछि मात्र स्थायी रुपमा बस्ने मेसो मिल्यो ।
विद्यालयमा साह्रै ज्ञानी विद्यार्थीको रुपमा चिनिन्थे । चुपचाप शान्त बस्न मनपराउने, कसैले खाजा खोसेर खादा पनि कुनै सिकायत नगर्ने लजालु स्वभाव, छिटो कोहिसंग घुलमिल नहुने भएकाले गम्भिर प्रकृतिकी थिए । यदाकदा स्कूलमा हुने कार्यक्रममा भाग लिन्थे । नृत्यमा रुचि थियो । प्राय एक्लै नाच्थे । परिवारले प्रोत्साहित नगरेकाले भएको प्रतिमा त्यतिकै हरायो । खेलकुद, पिकनिक र विभिन्न कार्यक्रममा सहभागी बनेरै बाल्यकाल सकियो ।
एस.एल.सी उत्तिर्ण गरेपछि क्याम्पस पढ्ने योजना बनाउँदै थिए । मेरो विवाहको कुरा उठ्न थाल्यो ।केटाहरु मलाई माग्न आउन थाले । बुवाआमाले छोरी सानै छ भन्दै कसैको प्रस्ताव पनि स्वीकार गर्नुभएन । म चाहि प्रतिक्रिया विहिन । एस.एल.सी.को नतिजा आएको थिएन । बुवाले मलाई घुमाउन कोशी टप्पु लग्नुभएको थियो । त्यही भेट भयो, विराटनगरका शैलेन्द्र प्याकुरेलसँग । उनले मलाई मनपराए । डि.एफोे कर्णकी छोरी भन्ने पत्तो लगाएर सिधै भेट्न आए । पहिलो भेटमै विवाहको प्रस्ताव राखे । कसैको प्रस्तावमा नपग्लिएको कर्ण परिवार शैलेन्द्रको प्रस्तावमा पग्लियो । अन्ततः हाम्रो विवाह भयो । दोश्रो घुम्ती
हाम्रो अन्तरजातिय विवाह भएकोले प्रारम्भममा त्यति राम्रो भएन । विवाहप्रति प्याकुरेल खानदान असहमत थियो । मैले छोएको सासु ससुराले खानुभएन । हामी बुढाबुढी विराटनगरबाट सिराहा गएर बस्न थाल्यौ । त्यहाँ हाम्रो पुख्यौली जमिनदारी थियो । श्रीमान् त्यही जमिनदारी चलाउन थाले म घर गृहस्थी ।
पुरानो सोचका सासुु ससुरा बुहारीले पढेको भन्दा पनि घरधन्दा गरेको मनपराउने त्यसमाथी श्रीमान्ले पनि पढाउन नचाहे पछि पढ्ने लेख्ने कुरा सबै बन्द । तर म भित्र एउटा बेग्लै प्रकारको खुबी थियो । केही त गर्नैैपर्छ भन्ने सोच मनमा बलियोसँग आयो । सौन्दर्यको बेसिक कोर्स गरे । घरधन्दा भ्याएर यसो फुर्सद निकालेर पार्लर टे«निङ गरे । जीवनका सात वसन्त सिरहामै विताए ।
सासुआमा बिरामी भएको खबर आयो । भेट्न गए । जीवनको अन्तिम अवस्थामा सासु आमाले विराटनगरमै बस भन्नुभयो । सायद यहि कुरो भन्न उहाँको प्राण अड्किएको रहेछ । यसको दुई तिन दिनमै बित्नु भयो । हामी विराटनगर आएर ससुरा बासँग बस्न थाल्यौ । छोरी सानै थिइन् । पेटमा बाबु थियो । सबै कुराको तालमेल मिलाउदै आफ्नो कामहरु गरिनैरहे ।सम्झिँदा पनि अचम्म लाग्छ त्यो सबलाई कसरी पार लगाए ? तुलनात्मक रुपमा मेरो जीवनको पहिलो घुम्ति भन्दा दोश्रो घुम्ती ज्यादै कठिन थियो । बच्चाहरु हुर्काउदै वृद्ध ससुराको स्याहार गर्दै र घर व्यवहार गरेर सौन्दर्य तालिम गर्न पनि भ्याए । जहाँ इच्छा त्यहा उपाय भन्ने कुरालाई राम्रंैसँग जीवनमा चरितार्थ गरी छाडे ।
मेरो संसार भन्नु नै मेरो परिवार हो । सानो र सुखी परिवार छ । हामी दुई र हाम्रा दुई । छोरी स्वीकृति र छोरा स्वीकृत टिनएज मै जन्मिए । साथी जस्तै छन् । हामी आमाछोरीको मित्रता गहिरो छ। छोरा अलि सानो छ तर सबैको दिलको टुक्रा बेनेको छ । छोराछोरी र मेरो सम्बन्ध परिस्थिति अनुसार फेरिन्छ । सल्लाह लिनु छ भने साथीजस्तो बन्छु । सल्लाह दिनु छ भने अभिभावक बन्छु । उनीहरुको रुचि अनुसार चल्न दिएको छु । उनीहरुको चित्त दुखाउनै सक्दिन । हामी पति पत्नी पनि आ–आफ्नै काममा रमाएका छौ । कुनै पनि काममा श्रीमान्को रोकावट छैन ।
तेस्रो घुम्ती
मानिसले सबैभन्दा बढि चाहना राख्ने विषय नै सौन्दर्य हो । मानिसको जीवनमा रंग भर्ने काम पनि सौन्दर्यले नै गर्छ । सौन्दर्य एउटा अजय शक्ति हो । जसले जतिसुकै शक्तिशाली महापुरुषलाई पनि आफ्नो नियन्त्रणमा लिन सक्छ । सौन्दर्यका अनेकौ शाखा छन् । बाहिरी सौन्दर्य र भित्री सौन्दर्यमध्ये पनि साधारण लौकिक जीवनमा बाहिरी सौन्दर्यले बढि महत्व पाउँछ ।
सानै उमेरदेखि सबको मुखबाट ‘यो जुली राम्री छ’ भन्ने सुन्दै आएकी थिए । यो सुन्दा अझ राम्री भएर बस्ने र हिड्न जाँगर पनि चल्थ्यो । मेकअपमा सजिएर हिड्न रुचाउथे । उमेर बढ्दै गएपनि मेरो सौन्दर्यको चर्चा सेलाएन । आफू पनि राम्रो बन्न पाइने अरुलाई पनि राम्रो बनाउन पाइने भएकाले सौन्दर्य व्यवसाय रोजे । एउटा सानो पार्लर खोलेर काम सुरु गरे । पछि काइलो जेठानी र जेठाजुले ठूलै पार्लर खोलेर काम गर्ने सल्लाह दिनुभयो । आवश्यक सहयोग पनि गर्ने वचन दिनुभयो । राम्रैसंग ठूलै पार्लर गर्ने भएपछि तयारी पनि राम्रै गर्नुप¥यो भनेर दिल्ली गए । स्क्रीन, हेयर ट्रिटमेन्ट र अन्य आवश्यक कुरामा डिप्लोमा गरे । सबै कोर्स सकेर विराटनगर फर्किए र लगत्तै पार्लर खोले एल्पस नामबाट ब्युटिपार्लर खोले । जुन अहिलेसम्म संचालन गर्दै आएको छु । १० वर्ष पुगिसक्यो । सयौंलाई आफूजस्तै सौन्दर्यकर्मी बनाइसके । यसमै रमाएको छु । आफ्नै खुट्टामा उभिएर अरुलाई पनि आत्मनिर्भर बनाएको छु ।
यहि कर्मले मलाई सक्षम बनाएको छ । जीवनका धेरै उकाली ओरालीहरु पार गरेर यहाँसम्म आइपुगेको छु । नाम इज्जत र थोरै धन पनि जोड्न सौन्दर्य व्यवसायले ठूलो टेवा दिएको छ । अब आउने दिनमा पनि यहि कर्ममा सक्रिय रहेर केही नौलो सम्झनायोग्य काम गर्ने उद्देश्य बोकेको छु ।
मायाको अनुभूति
कसलाई कति बेला सर्छ थाहै नहुने अनि जति ग¥यो उति गरौं गरौं लाग्ने प्रेमप्रति मेरो पनि राम्रै झुकाव थियो । कोही मायालाई सम्बन्धको बन्धनसित दाँज्छन् भने कोही अनुभूति मात्र भन्छन् तर म मायालाई ‘शाश्वत चिज’ मान्छु । जो कहिल्यै मर्दैन । मायाको जन्म स्वतन्त्र भूमिमा हुन्छ । जहाँ कुनै बन्धन, जर्बजस्ती अथवा कानुन हुँदैन । प्रेम व्यक्तिको आत्मदान हो । जहाँ कुनै विवशता वा बाध्यता हुँदैन । साँचो प्रेम मौन हुन्छ र व्यवहारमा मात्र झल्किन्छ ।
परिवारको कठोर अनुशासनमा रहेकाले मैले कसैलाई प्रेम गर्ने हिम्मत गर्न सकिन । प्रायः सँगै पढ्ने केटाहरुले प्रेमको प्रस्ताव नराखेका पनि होइनन् तर घरको अनुशासन र मर्यादा नाग्न मन लागेन ।
नेपाली समाजमा अहिले पनि ९० प्रतिशन मागी विवाह नै गर्ने प्रचलन छ । यस्तो वैवाहिक जीवनमा बाँधिनु अघि विपरित लिंगी साथीसित परिचय नै हँदैन । न त माया नै तर वैवाहिक सूत्रमा बाँधिने वित्तिकै पहिला सुरु हुन्छ यौन । यही यौन सम्बन्धले विस्तारै दम्पतीका बीच माया बढाउँदै जान्छ । आपसी सम्झौता र विश्वासमा आधारित यौन र मायाको यो रुप जीवनपर्यन्त चलिरहन्छ । यौन र मायाको यो सम्बन्धमा व्यक्ति आफ्नो खुशीभन्दा पनि सामाजिक बन्धन र मर्यादाप्रति बढि सचेत रहेको देखिन्छ । यो कुरा मेरो जीवन भोगाई पनि हो ।
यौन अनुभूति
पूर्विय दर्शन अनुसार जीवन संचालन गरिरहेका हामी यौन भन्ने शब्दसँग केही बढि झस्कन्छौ । शब्द सुन्दैमा जिब्रो काढ्ने र तर्सिने हामीहरुले यसका बारे छलफल गर्नु त धेरै टाढाको कुरा हो । जब माध्यमिक तहको स्वास्थ्य शिक्षा अन्तर्गत प्रजनन प्रणाली भन्ने पाठ आउँथ्यो, तब कक्षामा केटाहरु रातापिरा हुन्थ्ये, केटीहरु हेडडाउन गर्थे । आधाभन्दा बढि केटीहरु त लाजकै कारण अनुपस्थित हुन्थे । म भने लाज मानी मानी भए पनि कक्षामा उपस्थित हुन्थे । हेड डाउन गरेरै भए पनि शिक्षकले पढाएको कुरा सुन्थे । त्यही कक्षाबाट सबैभन्दा पहिला यौन र प्रजनन क्रियाबारे चाल पाएकी थिए ।
जसरी स्वास्थ्य सुन्दर रोगरहित बनाउन सन्तुलित भोजन, पूर्णनिद्रा चिन्तामुक्त मस्तिष्क चाहिन्छ । जसरी खाना निद्रा मान्छेको जैविक आवश्यकता हो, त्यसरी नै यौन पनि मान्छेको जैविक आवश्यकता भित्र पर्ने अहम आवश्यकता मध्ये एक हो । मान्छेलाई सफल बनाउँछ प्रेमले र प्रेमलाई अझ सफल बनाउँछ यौनले । यौन शरिरको यस्तो आवश्यकता हो जसलाई छोड्नै सकिदैन जससँग जित्नै सकिदैन । यसप्रति समर्पण हुनैपर्छ । सफल जिन्दगी व्यतित गर्नको लागि यौन सन्तुष्टी आवश्यक पर्छ ।
नेपालमा ४० प्रशितभन्दा बढि किशोरीहरुको विवाह १८ वर्ष पुग्नु अगावै हुन्छ । यसको भुक्तभोेगी म पनि हुँ । यहि कारण पूर्ण शारिरिक र मानसिक विकास हुन नपाउँदै उनीहरु यौन कार्यमा होमिन बाध्य हुन्छन् । म पनि बाध्य भएकी थिए ।यहि कारण यौनक्रिया मेरा लागि वरदान नभइ अभिसाप अनि सुखानूभुति भन्दा बढि पिडाको अनुभूति भएको थियो । कम उमेरमा विवाह र अनिच्छित यौन सम्पर्क राख्नु युवावस्था को मिठो अनुभव होइन बरु कोमल बचपनबाट एकैचोटी वयस्क
जिम्मेवारीमा होमिनु हो । अपरिपक्वताको कारण पहिलो यौनक्रिया अनुभव सुखद रहेन । उमेर, सोच र ज्ञानको कमीले मीठो र आनन्ददायी अनुभव गर्न सकिएन ।
१६, १७ वर्षकै उमेरमा यौन क्रियाकलापमा सरिक हुनुपरेकाले पहिले असहज भएको यौन विस्तारै सहज बन्दै गयो । बुभ्mदै पनि गए । एउटा यस्तो अवस्था पनि आयो जुन बेला श्रीमान्लाईभन्दा मलाई यो प्रति रुचि बढ्दै गयो । श्रीमान्भन्दा म सक्रिय हुन थाले । बच्चाबच्चीको जाय जन्म भएपछि त अझ मज्जा लिन थाले । यौनका सबै आसनको ज्ञान नभए पनि केही आशनको अनुभव लिएकी छु । उमेर बढ्दै गएपछि विस्तारै यसको ज्ञान पनि बढ्दै जाँदो रहेछ । मैले अनुभव गरेका विविध आसनमध्ये मलाई चाहिँ पति पत्नी दुवैले एकअर्कालाई हेरेर गर्न सकिने आसन नै मनपर्छ । यसमै रमाइलो अनुभव गरेकी छु मैले । यौन रमाइलो हुन्छ भनेर शारिरिक रुपमा अप्ठ्यारा आसनमा मेरो रुचि छैन । यौनकै कारणले पतिपत्नि बिचमा राम्रो सम्बन्ध विकास गर्छ । तनाव, थकान, मेटाउने भएकाले पनि म यसमा पूर्ण इमानदार भएर सक्रिय हुन्छु । म प्राकृतिक निरोधमा विश्वास राख्छु । त्यही विधिबाट गर्भनिरोध गर्दै आएको छु । यदि यसमा निरसता आए सम्बन्धमा पनि चिसोपना बढ्छ । आफ्नो चाहना, सुविधा र क्षमता अनुसार यसमा संलग्न हुनु बुद्धिमानी हुन्छ ।
समय जतिसुकै आधुनिक हुँदै गएको किन नहोस् यौनसम्बन्धी कुरालाई समाजले अझै पनि खुला रुपले आत्मसात गर्न सकेको देखिदैन । विशेषगरी जब महिलाले आफ्नो यौन इच्छालाई व्यक्त गर्छिन तब उनलाई गलत दृष्टिकोणले हेरिन्छ । बदलिदो समाजिक परिस्थिति, सूचना एवं सञ्चार क्षेत्रको विकासले गर्दा नारी पुरुष दुवै तुलनात्मक रुपमा धेरै कुरामा अगाडी आएका छन् । समयले यौन साथी फेर्ने परिस्थितिमा पनि कतिपयलाई पु¥याएको छ। विकल्पै नभएको अवस्थामा अर्कै कुरा हो तर यौन क्रिया आफ्नै मान्छेसँग मात्रै उत्तम हो । अधिकांश महिला यौन इच्छा भए पनि नभए पनि आफ्ना श्रीमान्प्रति लगाव राख्छन् ।
किशोर किशोरीहरुलाई विवाहपूर्व यौनसम्पर्क नराख्न हामिले सचेत गराए पनि यो उनीहरुको नितान्त व्यक्तिगत अधिकारको कुरा हो । तसर्थ उनीहरुको अधिकार हनन हुने काम गर्नुभन्दा यौन तथा प्रजनन् व्यवस्थापन गर्न सक्षम बनाउनु उपयुक्त हुन्छ जसका लागि उनीहरुलाई यससम्बन्धी पूर्ण परामर्श र सूचना दिनुपर्छ । सबै कुरा बुझेर सोचेर १८ वर्ष पुगेपछि यौनजीवनमा प्रवेश गुर्न राम्रो ।
महिलाहरु जति भावुक हुन्छन त्यति नै आफ्नो श्रीमान् वा प्रेमीप्रति नरम हुन्छन् । यौनक्रियामा कुनै आनन्दको अनूभूति नभए पनि उनीहरु आफू पूर्णरुपले तृप्त भैसकेको दर्शाउने प्रयास गर्छिन् । नारीलाई यौनक्रियामा तब अतृप्ति महसुस हुन्छ जब उनका श्रीमान् वा प्रेमी उनीप्रति संवेदनशील हुँदैनन् । आफ्नी श्रीमती वा प्रेमिकालाई यौन फिलिङ्गस जगाउने प्रत्यत्न नै गर्दैनन् पुरुषहरु । तैपनि महिलाहरु आफूमा फिलिङ्ग ल्याउने कोसिस गर्छन् । मेरो सवालमा जब मेरो श्रीमान् मेरा सामु आएर मिठा मिठा कुरा गर्न थाल्छन् । माया दर्शाउन थाल्छन् । यता उति स्पर्श गरेर कुरा गर्न थाल्छन् । तब मलाई हल्का फिलिङ्गस आउँछ । अझ विस्तारै उनले आफ्नो अंगालोमा कस्न थाल्छन् तब फिलिङ्गसको मात्र बढेर आउँछ । उनीजति सक्रिय हुँदै जान्छन् म त्यतिकै आनिन्दत हुन्छु । तन बुढोहुँदै गए पनि मन बुढो हुँदैन । जीवन रहेसम्म कुनै न कुनै रुपमा यौन रहिरहन्छ । सक्रिय जीवनको त यो एउटा अंग नै भयो । शरिरले साथ दिएसम्म यौन आनन्द लिन छोड्नु हुँदैन ।
वास्तवमा यौन सृष्टि संचालनको मूल आधार हो । धर्मकर्मले पनि यसलाई स्वीकार गरेको छ । समय अनुसार निश्चित अवस्थामा गरिने यौनले मात्र मानिसलाई जीवन्तता दिन्छ । म त भाग्यमानी नारी भित्रै पर्छु किनकी यौनको मामलामा मैले कुनै गलत कदम उठाउनै परेन । एउटै पार्टनरसंग रमाउन पाए । यसको उचित प्रयोग मैले जीवनमा गर्न पाए । कहिल्यै अरुकुरा सोच्नु परेन । न त हस्त मैथुनको साहारा नै लिनुपर्यो । श्रीमान्को अनुपस्थितिमा ममा यौन चाहनानै आउँदैन । त्यसैले कुनैै विकल्प पनि सोच्नु परेन । म बाहेक कुनै पनि महिलाप्रति आकर्षित नहुनु नै मेरो श्रीमान्को सबैभन्दा राम्रो पक्ष हो । - धरहरा अनलाइन डट कमबाट

छोरा जन्माउन छवटी श्रीमतीको लागि तस्बिर परिणाम

रोल्पा, चैत २९ गते । “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताउनुभयो ।
पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । उहाँबाट दुई छोरी छन् । यस्तै १७ वर्षीया किशोरीलाई उहाँले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्र्याउनुभयो । उहाँबाट सन्तान भएनन् । त्यसपछि उहाँले एकपछि अर्काे गर्दै केही वर्षको फरकमा २०÷२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो । हाल उहाँकी श्रीमती करीब २२ वर्षकी हुनुहुन्छ । यसअघि भने उहाँले पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया विधवा महिलासँग प्रेम विवाह गर्नुभएको थियो । उहाँबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उहाँको भनाइ छ ।

यसरी छैटौँ श्रीमतीबाट उहाँको छोरा जन्माउने धोको पूरा भएको छ तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन । उहाँकी कान्छी श्रीमती चौबिसै घण्टा मदिरा सेवन गरी बेहोस हुने गरेपछि उहाँलाई मानसिक तनाव बढ्दै आएको छ, जसका कारण उहाँले शारीरिक तथा मानसिक रुपमा श्रीमतीलाई यातना दिँदै आउनुभएको छ । करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि बच्चा सम्हाल्न नसक्ने गरी मदिरा सेवन गर्नुले यो परिवारलाई विक्षिप्त बनाएको छ ।

‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भने झैँ श्रीमतीले घर भरिँदा उहाँलाई शारीरिक तथा मानसिक रुपमा पीडा थपिँदै गए पनि यसको कुनै असर नभएको उहाँले बताउनुभयो । यसरी एकमाथि अर्काे सौता हाल्दै गएपछि केहीवर्ष पहिले उहाँकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा चलाउनुभयो । जसका कारण उहाँले साढे एक वर्षको जेल जीवनसमेत बिताइसक्नुभएको छ । तर जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बुझिन्छ ।

आफू ज्याला मजदूरी गरेर घर फर्कने बेला मदिरा सेवन गरेर श्रीमती एकतिर लड्नु र चार महिनाको बच्चा अर्काेतिर रोइरहनुले वरपरका छिमेकीलाई समेत हैरानी हुने गरेको छिमेकीले बताएका छन् । यसरी विवाह गरेका अन्य श्रीमतीले छोडे पनि उहाँका तीनवटी श्रीमती भने उहाँकै संरक्षणमा फरक फरक स्थानमा बस्दै आएका छन् ।

पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाज अझै पनि छोरीभन्दा छोरालाई प्राथमिकता दिँदै आएको छ । अर्काेतिर घरमा सौता भएको थाहा पाउँदापाउँदै एकपछि अर्काे महिला सौताका रुपमा घरमा भित्रिनुले पनि महिलालाई कमजोर बनाउँदै लगेको अधिकारकर्मीहरुले बताएका छन् ।

महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार महिलाले छोरा वा छोरी जन्माउनुमा उसको कुनै दोष हुँदैन । यसमा दुवैको समान जिम्मेवारी रहन्छ । महिलाकै कारणबाट छोरा नभएको सम्झनु राम्रो होइन । साथै यसरी मनपरी विवाह गर्नु र छोड्नुले श्रीमान् श्रीमतीलाई मात्र नभएर उनका छोराछोरीलाई समेत नकारात्मक असर पारेको हुन्छ भने जसका कारण निर्दाेष बालबालिकाको बिचल्ली हुँदै गएको छ ।

अर्काे कुरा घरमा श्रीमती भएको देख्दादेख्दै बाबुको उमेरको पुरुषलाई श्रीमान्का रुपमा स्वीकार्नु महिलाको मूर्खता हो । महिलाका पक्षमा कानून बनिरहँदा तथा कार्यान्वयन भइरहँदा यसरी महिला अधिकारको दुरुपयोग गर्नु वा आफ्नो कर्तव्य बोध नगर्नुले समाजलाई अमर्यादित तथा दूषित बनाउन सक्छ । त्यसैले कानून विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ । अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन, उहाँले भन्नुभयो ।”

यस्तै जिल्ला अदालत रोल्पाका मेलमिलापकर्ता तिर्था आचार्यका अनुसार आफ्नो अधिकार खोज्दै गर्दा अर्काको अधिकार हनन गर्ने जोकोहीलाई कानूनी कारवाही भयो भने मात्र यस किसिमको विकृति रोकिँदै जाने देखिन्छ । एउटी महिला अर्की महिलामाथि सौता जानु वा वाचा कसम खाएर भित्र्याएकी श्रीमतीमाथि सौता हाल्नु दुवै गलत काम भएको हुँदा यस किसिमका गतिविधिमा संलग्न दुवैलाई कानूनी कारवाही हुनैपर्छ ।

यसैगरी मनोसामाजिक विमर्शकर्ता भावना शर्माका अनुसार छोराछोरीको विवाह भइसक्दासम्म पनि बाबुले दोस्रो तेस्रो हुँदै क्रमशः श्रीमती भित्र्याउँदै जानुले श्रीमान्–श्रीमतीलाई मात्र नभई यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर सिङ्गो गाउँ समाज हुँदै राष्ट्रलाई पर्न जाने भएको हुँदा यस विषयमा सबै सचेत बन्न जरुरी छ । सजायका भागेदारलाई कानूनी कठघरामा नउभ्याएसम्म विकृति रोकिँदैन । (रासस)


                              कुचीकारले कर तिर्ने, कालोधनवाला उम्किने ?





आयकर भनेको आयमा लाग्ने कर हो । आयकरमध्ये प्राकृतिक व्यक्ति तथा एकलौटी र्फमको आयमा लाग्ने करलाई व्यक्तिगत आयकर भनिन्छ । व्यक्तिगत आयकर राजस्व परिचालन गर्न तथा सामाजमा आयको असमान वितरण कम गर्न लागु गरिन्छ । यो कुरा नेपालमा आयकर लगाउने अवधारणा विकास भएदेखि नै स्पष्ट गरिएको थियो ।

उदाहरणका लागि वि. सं. २००८ सालको नेपालको पहिलो बजेटमा अर्थमन्त्रीले “कृषि लगायतको आयमा आयकर लगाउने विचार भैरहेको छ । आगामी दुई तीन वर्ष यसकरवाट राजस्व परिचालन गर्ने भन्दा पनि जनतालाई यस प्रति अभ्यस्त गराउने किसिमले लगाइने छ भने कर विकसित भएपछि यो राजस्वको ठूलो मुहान हुनेछ” भनेर उल्लेख गर्नु भएको थियो ।
यसैगरी वि. सं. २०१६ मा यो कर नेपालमा पहिलोपटक लागु गर्दा “समाजका सक्षमवर्गको आयको केही अंश देशोत्थानमा लगाउने र आयको असमान वितरण कम गर्ने” मूल उद्देश्य राखिएको थियो ।

व्यक्तिगत आयकर अन्तरगत दिइने आधारभूत छुट तथा यस करका प्रगतिशिल दरको कारणले कम आय हुनेको तुलनामा वढी आय हुनेले बढी कर तिर्नुपर्ने हुन्छ जसले गर्दा कर लाग्नु भन्दा अगाडी कम र वढी आय हुनेहरु वीचको आयको भिन्नताभन्दा कर लागेपछिको भिन्नता कम हुन्छ ।

उदाहरणका लागि मानौं-रामको मासिक तलव ८५ हजार रुपैयाँ छ भने उसको वाषिर्क तलव १० लाख २० हजार हुन्छ । यसैगरी यदि श्यामको मासिक तलव ४ लाख २३ हजार भएमा निजको वाषिर्क तलव ५० लाख ७६ हजार हुन्छ । यसको अर्थ, श्यामको वाषिर्क आय रामको भन्दा ४० लाख ४६ हजारले वढी हुन्छ ।

नेपालको वर्तमान व्यक्तिगत आयकर लगाउने व्यवस्था अनुसार रामले आफ्नो आयमा वाषिर्क १ लाख ६० हजार ६५६ कर तिर्नुपर्ने हुन्छ । यसको अर्थ उसको करपछिको आय (डिसपोजेवल इनकम) ८ लाख ५९ हजार ३४४ हुन्छ ।

श्यामले आफ्नो आयमा वाषिर्क १४ लाख ३२ हजार ९५६ कर तिर्नुपर्ने हुन्छ र उसको करपछिको आय (डिसपोजेवल इनकम) ३६ लाख ४३ हजार ४४ रुपैयाँ हुन्छ । करपछिको आयको हिसावले श्यामको वाषिर्क आय रामको भन्दा २७ लाख ८३ हजार ७ सयले वढी छ । जबकि कर नलागेको भए रामको आयभन्दा श्यामको आय ४० लाख ४६ हजारले बढी हुन्थ्यो । यसरी व्यक्तिगत आयकरले समाजमा आयको असमान वितरण कम गर्छ ।

नेपालमा व्यक्तिगत आयकरवाट राजस्वमा पुग्ने योगदानको चर्चा गर्दा आर्थिक वर्ष ०७३/७४ मा रु. ४६ अरव राजस्व संकलन भएको थियो जुन त्यस वर्षको कुल गार्हस्थ उत्पादनको १.८ प्रतिशत र कुल कर राजस्वको ८.७ प्रतिशत थियो ।

व्यक्तिगत आयकरमा आधारभूत छुट

परम्परागत रुपमा व्यक्तिगत आयकरको प्रयोजनका लागि आयलाई विभिन्न स्ल्यावमा विभाजन गरिन्छ र पहिलो स्ल्यावमा कर लगाइँदैन । यसरी कर नलाग्ने आयको पहिलो स्ल्यावलाई आधाभूत छुट भनिन्छ । यस्तो आधारभूत छुट सार्क क्षेत्रमा अफगानिस्तान तथा माल्दिभ्स वाहेक अन्य देशमा तीनदेखि चार लाखको वीचमा छ -भारतमा . ३ लाख ९६ हजार ६६२, पाकिस्तानमा ३ लाख ६८ हजार ८१५, श्रीलंकमा ३ लाख ३० हजार ७०४ भुटानमा ३ लाख १७ हजार २८९ र बंगलादेशमा ३ लाख ७ हजार ४३१) छ । यो रकम अफगानिस्तानमा निकै कम (केवल ८८ हजार) र माल्दिभ्समा निकै वढी (३३ लाख) छ ।

नेपालमा आधारभूत छुट ३ लाख ५० हजार भए पनि १ प्रतिशतको सामाजिक सुरक्षा कर पारिश्रमिक आयको पहिलो स्ल्यावमा लाग्ने र यो कर आयकर नै भएकाले नेपालमा रोजगारी आयमा कुनै किसिमको छुट नभई पूरै आयमा कर लाग्न गएको छ, जुन व्यक्तिगत आयकरको सामान्य सिद्धान्त विपरीत छ ।

प्रगतिशील दर र समदर

कम आयमा कम दरले र बढी आयमा वढी दरले कर लाग्ने करका दरको संरचलनालाई प्रगतिशील दर भनिन्छ । सार्क क्षेत्रमा कर छुट माथिको आयमा माल्दिभ्स वाहेक अन्य मुलुकमा प्रगतिशील दरले कर लगाइएको छ । अफगानिस्तानमा करका ३ दर (२, १० र २० प्रतिशत) र भारतमा पनि ३ दर (५, २० र ३० प्रतिशत) छन् भने भुटानमा ४ दर -१०, १५, २० र २५ प्रतिशत), बंगलादेशमा ५ दर (१०, १५, २०, २५ र ३० प्रतिशत), श्रीलंंकामा ६ दर (४, ८, १२, १६, २० र २४ प्रतिशत) र पाकिस्तानमा ७ दर (७, १०, १५, २०, २५, ३० र ३५ प्रतिशत) छन् ।
नेपलमा यस करका दर १५ र २५ प्रतिशत छन् । तर २५ लाख रुपैयाँ भन्दा बढीको आयमा ४० प्रतिशतको चार्ज लाग्ने भएकाले त्यस्तो आयमा लाग्ने करको दर ३५ प्रतिशत र पारिश्रमिक आयको पहिलो स्ल्यावमा १ प्रतिशतको सामाजिक सुरक्षा कर लाग्दछ । यसर्थ नेपालमा करका चार दर -१, १५, २५ र ३५ प्रतिशत) छन् ।

माल्दिभ्समा भने यस करको १५ प्रतिशतको समदर छ ।

परम्परागत रुपमा व्यक्तिगत आयकर प्रगतिशिल दरले लगाइने भएता पनि हाल समदरको प्रचलन पनि बढ्दो छ । समदरले कर प्रशासन सरल बनाउने र निश्चित आयसम्म कर छुट हुने व्यवस्थाले करलाई प्रगतिशील बनाउने मान्यता छ ।

व्यक्तिगत आयकरमाथि पुनरावलोकनको खाँचो

नेपालको व्यक्तिगत आयकर न त गरिबको दृष्टिकोणले उचित छ, न त धनीको दृष्टिकोणले । न त सामाजिक हिसावले, न आर्थिक हिसावले नै उपयुक्त छ ।

सामाजिक सुरक्षा करले गर्दा नेपालमा ज्यादै न्यून आय हुनेले पनि आयकर तिर्नुपर्छ । यस्तो करले न्यून आय वर्गमा आय असर (इनकम इफेक्ट) सिर्जना गर्छ । यसको अर्थ तिनीहरुले सीमित आयको केही अंश कर स्वरुप तिर्नुपर्ने हुँदा न्यूनतम जीवनयापन गर्न आवश्यक आय आर्जन गर्न थप समय काम गर्नुपर्छ ।

अर्कोतर्फ नेपालको करले धनीको सन्दर्भमा प्रतिस्थापन प्रभाव (सब्सिट्यूसन इफेक्ट) सिर्जना गर्ने स्थिति छ । कारण तिनीहरुको आयको ठूलो अंश कर तिर्नुपर्ने भएमा त्यसले बढी काम गरेर आय आर्जन गर्नुको सट्टा छुट्टी लिने र परिवारसँग बढी समय बिताउने प्रवृत्ति बढाउन सक्छ ।
त्यसैले, व्यक्तिगत आयकरको दरको संरचनामा पुनरावलोकन गर्नु जरुरी छ । करको दर समय सापेक्षित, मुलुक सापेक्षित तथा मुलुकभित्र पनि विभिन्न क्षेत्र वा व्यक्ति सापेक्षित हुन्छ ।

उदाहरणका लागि सन् १९७० को दशकसम्म विश्वमा यो कर अनेक उच्च दरले लगाइएको थियो । जस्तै सन् १९७० मा भारतमा १० देखि ८५ प्रतिशतसम्मका ११ दर थिए । नेपालको अधिकतम दर आव ०३२/३३ मा ६० प्रतिशत थियो । त्यसैगरी अन्य देशहरुमा पनि व्यक्तिगत आयकरका दरको तह उच्च थियो भने सख्या धेरै थियो ।

तर, यस मिसिमको करको दरले संरचनाले करदातालाई कर छल्न अभिप्रेरित गर्ने, कर झञ्झटिलो हुने, र कर परिपालन तथा कर संकलन खर्च बढी भई आयकर प्रशासनिक दृष्टिकोणले असक्षम हुने अनुभवले देखायो । अर्काेतर्फ, बढी दरले काम गर्ने, वचत गर्ने, तथा लगानी गर्ने प्रवृत्तिलाई हतोत्साहित गरेकोले कर प्रणाली आर्थिक दृष्टिकोणले पनि असक्षम भएको अनुभव भयो ।

यसैले सन् १९८० को दशक देखि व्यक्तिगत आयकरका दरको संख्या तथा तहमा कटौति गर्ने प्रचलन शुरु भयो र यस प्रवृत्तिले संयुक्त राज्य अमेरिकाले सन् १९८६ मा करको उच्चतम दर ५० प्रतिशतवाट घटाएर २८ प्रतिशत कायम गरेपछि तीव्रता पायो । त्यस क्रममा विश्वका विभिन्न मुलुकले यस करका दरको संख्या तथा तहमा व्यपाक कटौति गरे । यसवाट दक्षिण एसिया पनि अछुत रहेन । र, सार्क क्षेत्रमा पनि व्यक्तिगत आय करका दरको संख्या तथा तह निकै कम गरियो ।

तर नेपालको व्यक्तिगत आयकरको १५ प्रतिशतको पहिलो सीमान्त दरले गर्दा न्यून आयमा एकैपटक करको बढी भार पर्ने गरेको छ । यसले स-सानो आय हुनेलाई करको दायरामा आउनु भन्दा भूमिगत रहन प्रेरित गरेको छ ।

अर्कोतर्फ आयकरका स्ल्यावको संरचना तथा ४० प्रतिशतको सरचार्जले गर्दा नेपालको आयकरको उच्च सीमान्त दर पनि अन्य सार्क मुलुकहरुको दरको तुलनामा बढी छ । यस किसिमको दरले वढी आय आर्जन गर्न दुरुत्साहित तथा कर छल्न उत्साहित गर्ने स्थिति छ ।

नेपालको व्यक्तिगत आयकरको औषत दर सार्कका अन्य सवै मुलुकको तुलनामा हरेक तहको आयमा निकै उच्च छ । यो आर्थिक विकासको दृष्टिकोणले उचित होइन । करको भारलाई तुलनात्मक रुपमा हेरिनुपर्छ । भूपरिवेष्टित नेपालको तुलनात्मक रुपमा सानो अर्थतन्त्रमा भारत, पाकिस्तान, बंगलादेशमा भन्दा नेपालमा करको भार वढी हुनु आर्थिक विकासको दृष्टिकोणले उचित हुँदैन ।

किनभने, यस्तो स्थितिमा नेपालको आर्थिक विकासका लागि चाहिने वाह्य लगानी भित्रिने होइनकि नेपालको सीमित पुँजी पनि पलायन हुने सम्भावना रहन्छ । यसैले करको दरको संरचनालाई पुनरावलोकन गरेर नेपालमा करको भार खासगरी छिमेकी तथा प्रतिस्पर्धीको तुलनामा बढी नहुने गरेर कायम गरिनुपर्छ । र, यो दर प्रतिस्पर्धी हुनु पर्छ ।

करको भारलाई मुलुकभित्र पनि सापेक्षित रुपमा हेरिनु पर्छ । यो सवै व्यक्ति, समुदाय तथा क्षेत्रको लागि समान हुनु पर्छ । न्यून तलव भएको कुचिकारले हरेक रुपैयाँमा आयकर तिर्नुपर्ने तर कालोधन्दा, भ्रष्टाचार तथा यस्तै अनेक किसिमले करोडौंको आय आर्जन गर्नेहरु सदा करको दायरा बाहिर रहने स्थिति हुनु न्यायसंगत हुँदैन । करको दृष्टिमा हरेक श्रोतको आय समान हुनु पर्छ र कानून अनुसार लाग्ने कर दायित्व सवैले वहन गर्नै पर्छ ।

नेपालमा व्यक्तिगत आयकरको भार अन्य सार्क मुलुकको व्यक्तिगत आयकरको भारभन्दा बढी नहुने किसिमले कायम गरिनुपर्दछ र करलाई सबै क्षेत्रमा समान किसिमले प्रभावकारी रुपमा लागु गरी राजस्व परिचालन बढाउने नीति अपनाइनुपर्छ ।

नेपालमा व्यक्तिगत आयकर सार्क मलुककै उच्च

व्यक्तिगत आयकरको वास्तविक भार कति छ भन्ने कुरा यस करका सीमान्त दरले मात्र नभै करको ब्राकेट कति र कसरी कायम गरिएका छन र करको प्रयोगनको लागि व्यक्तिगत तथा व्यापारिक खर्च कटाउन पाउने के कस्तो व्यवस्था छ भन्ने कुरामा पनि निर्भर रहन्छ ।
तर यहाँ अन्य प्रावधानको विचार नगरेर व्यक्तिगत आयकरको आधारभूत छुट तथा करका ब्राकेट तथा दरको आधारमा करको औषत दरको गणना गरिएको छ । यस आधारमा सार्क क्षेत्रमा नेपालको व्यक्तिगत आयकरको औषत दर सबैभन्दा उच्च रहेको तथ्य निम्न तालिकाबाट स्पष्ट हुन्छः

देश वार्षिक आयमा लाग्ने व्यक्तिगत आयकरको औषत दर (प्रतिशत)
रु.९०,५०० रु. १,०२०,००० रु.५,०७६,००० रु. १०,१५२,००० रु २०,३२६,०००
नेपाल १.०० १५.७५ २८.२३ ३१.६२ ३३.३१
पाकिस्तान ०.०० ८.१३ २०.४१ २७.३२ ३१.४६
भारत ०.०० ६.३४ २४.१५ २७.०७ २८.५४
वंगलादेश ०.०० ८.०४ २२.६२ २६.३१ २८.१५
भुटान ०.०० ११.०२ २१.६४ २४.२४ २्४ं.१७
श्रीलंका ०.०० ४.१९ १८.२७ २१.१४ २२.५७
अफगानिस्तान ०.०० ७.९८ १६.०९ १८.०४ १९.०३
माल्दिभ्स ०.०० ५.२५ १०.१३ १२.५६ १२.५६
औषत १.०० ८.३४ २०.१९ २३.५४ २४.९७


न्यून, मध्यम तथा उच्च तहको आय हुने सबैले अन्य सार्क मुलुकको तुलनामा नेपालमा वढी कर तिर्नुपर्छ । न्यून आय हुनेले अन्य सार्क मुलुकमा कर तिर्नु पर्दैन भने नेपालमा न्यून आय भएका कर्मचारीले पनि हरेक रुपैयाँमा कर तिर्नु पर्छ ।

उदाहरणका लागि, नगरपालिकामा आंशिक-समय काम गर्ने कुचिकारको मासिक तलव ७,५०० भएमा उसले मासिक ७५ रुपैयाँ कर तिर्नुपर्छ । सार्कका अन्य ७ देशमा भने यति आम्दानी हुनेले एक रुपैयाँ पनि कर तिर्नुपर्दैन ।

यसैगरी मासिक तलव ८५ हजार हुने कर्मचारीले माल्दिभ्समा कर तिर्नु पर्दैन भने नेपालमा सबैभन्दा बढी मासिक १३ हजार ३८८ कर तिर्नु पर्छ । मासिक तलव ४ लाख २३ हजार हुने डाक्टरले माल्दिभ्समा सबैभन्दा कम २२ हजार २०८ मासिक कर तिर्नुपर्छ भने नेपालमा सबैभन्दा वढी मासिक १ लाख १९ हजार ४१३ कर तिर्नु पर्छ ।

त्यसैगरी मासिक तलव ८ लाख ४६ हजार भएको वाणिज्य बैंकको कार्यकारी प्रमुखले नेपालमा मासिक २ लाख ६७ हजार ५०५ कर तिर्नुपर्छ भने माल्दिभ्समा ८५ हजार ७०० र भारतमा २ लाख २९ हजार ०१२ रुपैयाँ कर तिर्नुपर्छ ।

देश

मासिक कर दायित्व (रुपैयाँ) वार्षिक कर दायित्व
नगरपालिकाको कुचिकार (मासिक तलव रु.७,५००) सरकारी कर्मचारी (मासिक तलव रु. ८५,०००) अस्पतालको डाक्टर (मासिक तलव रु.४२३,०००) वैंकको कार्यकारी प्रमुख (मासिक तलव रु. ८४६,०००) एकलौटी फर्म (वाषिर्क खूद आय रु २०,३२६,०००)
नेपाल ७५ १३,३८८ ११९,४१३ २६७,५०५ ६,७७०,५९१
पाकिस्तान ० ६,९११ ८६,३३४ २३१,१२७ ६,३३३,५८२
भारत ० ५,३८९ १०२,१५५ २२९,०१२ ५,८०१,०४०
वंगदलादेश ० ६,८३४ ९५,६८३ २२२,५८२ ५,७२१,७६९
भुटान ० ९,३६७ ९१,५३७ २०५,०७० ५,००४,२६१
श्रीलंका ० ३,५६२ ७७,२८२ १७८,८४४ ४,५८७,५७८
अफगानिस्तान ० ६,७८३ ६८,०६१ १५२,६१८ ३,८६६,००५
माल्दिभ्स ० ० २२,२०८ ८५,७०० २,५५२,९४६
औषत ७५ ६,५२९ ८२,८३४ १९६,५५८ ५,०७९,७२१


यसैगरी एकलौटी र्फमले पनि सार्कका अरु सवै देशमा भन्दा नेपालमा धेरै कर तिर्नुपर्छ । उदाहरणका लागि यदि एकलौटी र्फमको वाषिर्क खुद आय २ करोड ३ लाख २६ हजार भएमा नेपालमा ६७ लाख ७० हजार ५९१ रुपैयाँ कर तिर्नुपर्छ भने भारतमा ५८ लाख १ हजार ४० रुपैयाँ कर तिर्नुपर्छ । - रुप खड्का , अनलाइन खबरबाट

युरोपियन युनियनको नेपाल मिसन !

क्रमशः सङ्लिँदै गइरहेको नेपालको अवस्थालाई फेरि धमिलो पार्ने प्रयास हुन थालेको छ । युरोपियन युनियन निर्वाचन पर्यवेक्षण समूहको प्रतिवेदनले नेपालको आर्थिक विकासतर्फको यात्रालाई प्रभावित पार्न सक्ने गम्भीर शंका उत्पन्न गरेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार प्रस्ट छ- नेपाललाई स्वतन्त्र राष्ट्रको हैसियतले आफ्नो संविधान बनाउने, त्यस संविधानमा कस्तो राजनीतिक व्यवस्था स्थापित गर्ने र राज्यको ढाँचा कस्तो बनाउने जस्ता कुरा आफुूखुसी निर्णय गर्ने निर्बाध अधिकार छ । नेपालले यस्तो अधिकारको प्रयोग गर्दा कुनै राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाले हस्तक्षेप गर्न सक्तैन ।

सन् १९३३ को राज्यहरूको अधिकार र कर्तव्यसम्बन्धी मोन्टिभिडियो महासन्धिको धारा ४ तथा ५ ले कुनै पनि राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामिलामा कुनै किसिमको हस्तक्षेप गर्नु हुँदैन भनी स्पष्ट उल्लेख गरेको छ । यस महासन्धिले भनेको छ, ‘हरेक राष्ट्र अन्तर्राष्ट्रिय कानुनका आँखामा एउटा अन्तर्राष्ट्रिय व्यक्ति हो र उसको अस्तित्व अन्य राष्ट्रको मान्यतामा निर्भर छैन÷हुँदैन ।’ साथसाथै यस महासन्धिले अन्तर्राष्ट्रिय कानुनको दृष्टिमा प्रत्येक राष्ट्र समान रूपमा सार्वभौम राष्ट्र हुने उल्लेख पनि गरेको छ ।

मोन्टेभिडियो महासन्धि राष्ट्रहरूबीचको सम्बन्धलाई परिभाषित गर्ने प्रथाजनित अन्तर्राष्ट्रिय कानुन हो । अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त के हो भने प्रत्येक राष्ट्र आफ्नो घरेलु मामिलाका व्यवस्थापन गर्न स्वतन्त्र हुन्छन् र उनीहरू अरूको हस्तक्षेपबाट मुक्त पनि हुन्छन् । कुनै एक वा अनेक राष्ट्रको तर्फबाट अर्को राष्ट्रमा हस्तक्षेप गर्ने व्यवस्था अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त (युस कगेन्स) हो । यसलाई अनिवार्य एवं बाध्यात्मक रूपमा पालना गर्नु अन्तर्राष्ट्रिय समुदायका प्रत्येक सदस्यको कर्तव्य हो । यस कर्तव्यबाट कुनै राष्ट्र वा अन्तर्राष्ट्रिय संस्था वा निकाय उन्मुक्त छैन

राष्ट्रसंघसमेत यसका अपवाद हुन् । युरोपियन युनियन वा यसका कुनै अवयवसमेत यसबाट उन्मुक्त छैनन् । अतः नेपालको सार्वभौम निकाय संविधानसभाबाट निर्मित भई यसका ९० प्रतिशतभन्दा अधिक सदस्यहरूले निर्माण गरेको संविधानमा रहेका व्यवस्थालाई राख्नुपर्ने वा फ्याँक्नुपर्ने भनी निर्वाचन प्रतिवेदनमा सुझाव दिने युरोपियन युनियनको धृष्टता सन् १९३३ को मोन्टिभिडियो महासन्धिको व्यवस्था र त्यसमा अन्तर्निहित मान्यताको विरोधमा रहेको छ ।

नेपाल एउटा सार्वभौम र स्वतन्त्र देश हो । उसलाई आफ्नो राजनीतिक व्यवस्था र आफ्नो देशको संविधान आफैं बनाउने अधिकार छ । तसर्थ युरोपियन युनियनले नेपालको ‘आमन्त्रित गुरु’ बन्ने प्रयास गर्नु नेपालीको हित विरुद्धमा त छ नै, यो आचरण अन्तर्राष्ट्रिय कानुन र प्रचलनको समेत विरुद्धमा छ ।

दोस्रो विश्वयुद्धपछि अनेकौं देशहरू उपनिवेशबाट स्वतन्त्र भए तर पनि पूर्व साम्राज्यवादी शासकहरूबाट ती देशका आन्तरिक मामिलामा हस्तक्षेप हुन छोडेन । स्वतन्त्र हैसियतसहित आफ्नो राज्यको व्यवस्थापन गर्न पाउने ‘आत्मनिर्णयको अधिकार’ को अधिक प्रचलन गर्न पाउने व्यवस्था अन्तर्राष्ट्रिय कानुनमा सुदृढ गर्नुपर्ने आवश्यकता टड्कारो थियो ।

संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २ ले गरेको आधारभूत सिद्धान्तअनुसार प्रत्येक सानाठूला राष्ट्रको स्वतन्त्रताको संरक्षण हुने वातावरण निर्माण गर्न सन् १९६५ मा ‘कुनै राष्ट्रका आन्तरिक मामिलामा अरू राष्ट्रको हस्तक्षेप अस्वीकार्य हुने’ घोषणापत्र राष्ट्रसंघको महासन्धिबाट पारित भयो । यस घोषणापत्रले हरेक राष्ट्रलाई आफूले चाहेजस्तो सामाजिक, राजनीतिक, प्रशासकीय, आर्थिक ढाँचा निर्माण गर्ने पूर्ण स्वतन्त्रता छ भन्ने सिद्धान्त ग्रहण गर्दै त्यसविरुद्ध कुनै राष्ट्रले कुनै किसिमको हस्तक्षेप गर्न नहुने सिद्धान्तसमेत ग्रहण गर्‍यो । फेरि १९७० मा महासभाले ‘राष्ट्रहरूका बीचमा मित्रतापूर्ण सम्बन्ध र पारस्परिक सम्बन्ध प्रवर्धन गर्ने सिद्धान्त’ को घोषणापत्र जारी गर्‍यो । यस घोषणापत्रको सिद्धान्त नं १ ले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कर्तव्य निर्धारण गर्‍यो ।


नेपाल एउटा सार्वभौम र स्वतन्त्र देश हो । उसलाई आफ्नो राजनीतिक व्यवस्था र आफ्नो देशको संविधान आफैं बनाउने अधिकार छ । तसर्थ युरोपियन युनियनले नेपालको ‘आमन्त्रित गुरु’ बन्ने प्रयास गर्नु नेपालीको हितविरुद्धमा त छ नै, यो आचरण अन्तर्राष्ट्रिय कानुन र प्रचलनको समेत विरुद्धमा छ ।

संयुक्त राष्ट्रको बडापत्र र यसका वरिपरि विकास भएका अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू, व्यवहारहरू र यी कानुनका आधारमा अन्तर्राष्ट्रिय न्यायालयका निकारागुवाविरुद्ध संयुक्त राज्य अमेरिकाको मुद्दा (१९८१) मा प्रतिपादित सिद्धान्तमा केही प्रावधान छन् । पहिलो- प्रत्येक राष्ट्र अर्को राष्ट्रसँग सार्वभौम सत्ता र राजनीतिक स्वतन्त्रताका दृष्टिकोणबाट समान तहमा रहन्छ । दोस्रो- कुनै पनि राष्ट्रको राष्ट्रिय सार्वभौम सत्ता र राजनीतिक स्वतन्त्रता अक्षुण्ण वा हस्तक्षेपविहीन रहन्छ र तेस्रो- प्रत्येक राष्ट्रले अर्को राष्ट्रको राष्ट्रिय सार्वभौम सत्ता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान गर्नु त्यसको कर्तव्य हुन्छ भन्ने कुरा निर्विवाद रूपमा स्थापित गरेको छ ।

यस सन्दर्भ र पृष्ठभूमिमा नेपालको संविधानमा गरिएको जनसंख्याका प्रत्येक भाषिक तथा सांस्कृतिक एवं धार्मिक समूहको उनीहरूको जनसंख्याको अनुपातमा ‘समानुपातिक समावेशीकरण’ को व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै ती समूहमध्ये कुनै एक समूहको समावेशीकरण खारेज गर्नुपर्ने ‘युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन’ को कथित सुझाव अन्तर्राष्ट्रिय कानुनविरुद्ध रहेको विषयमा धेरै बहस गरिरहनुपर्ने आवश्यकता छैन ।

यस प्रतिवेदनले नेपालको राष्ट्रिय सार्वभौमसत्ताको अवमूल्यन गरेको छ र यसले नेपालको राजनीतिक स्वतन्त्रतामाथि दखल दिएको छ । यस सुझावले नेपालको राष्ट्रिय एकता, सामाजिक सद्भाव र राष्ट्रिय अखण्डताविरुद्ध चुनौती सिर्जना गर्ने र नेपाली समाजको शान्ति र स्थायित्वमाथि समेत घात गर्ने कार्य गरेको छ ।

‘युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन’ को नेपालको संविधानप्रतिको टिप्पणी र कथित सुझाव पूर्वाग्रहपूर्ण रहेको छ । यस तर्कलाई पुष्टि गर्ने अनेकौं प्रमाणहरू छन् । जस्तै- नेपालको संविधान जारी भएपछि त्यसलाई शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण कोसेढुंगाको रूपमा स्वीकार नगरी भारतीय प्रधानमन्त्रीको युरोप भ्रमणताका (२०१५) युरोपियन युनियनले प्रधानमन्त्री मोदीसँग संयुक्त विज्ञप्ति जारी गरी नेपालले संविधान संशोधन गर्नुपर्ने दबाब निर्माण गरेको थियो । नेपालको तराईमा विखण्डनकारी गतिविधि गरिरहेको शक्तिलाई घुमाइफिराई समर्थन गर्ने र त्यस्ता समूहमा संलग्न व्यक्तिलाई युरोपियन युनियन सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गराउने कार्यसमेत भई आएका छन् । यी घटनाले के स्थापित गरेका छन् भने युरोपियन युनियनको नेपालको संविधानप्रति सकारात्मक दृष्टिकोण छैन । युरोपियन युनियनको दृष्टिकोणमा दोहोरो चरित्र (डबल स्ट्यान्डर्ड) स्पष्ट रूपमा रहेको छ ।

राष्ट्रबाट फुट्ने वा विद्रोह गर्ने शक्तिलाई अन्तर्राष्ट्रिय कानुनले त्यस देशबाट छुट्टिने गरी आत्मनिर्णयको अधिकार प्राप्त छ भने स्पेनबाट छुट्टिन चाहने क्यातालोनियाको त्यो अधिकार छ भनी युरोपियन युनियनले किन पारित गरेन ? तराईमा राज्यविरोधी गतिविधि गरिरहेका व्यक्तिहरूको मानव अधिकार युरापियन युनियनको सरोकारको विषय हो भने क्यातालोनियाकोे स्वतन्त्रताको माग गरिरहेका त्यसका नेताविरुद्ध किन युरोपभरि वारेन्ट जारी गरियो र जर्मनीबाट पक्राउ गरी स्पेन लगियो ? क्यातालोनियाको विवादबाट के स्थापित भइसकेको छ भने युरोपियन युनियन नेपालमा मानव अधिकारका नाममा राष्ट्रको विखण्डनमा संलग्न भएकाहरूलाई सहयोग गरिरहेको छ । उसको चाहना नेपालमा आन्दोलनरत भनिएका कुनै व्यक्तिको मानव अधिकार होइन, ऊ नेपालमा कुनै खास रणनीतिक खेल खेलिरहेको छ । उसका गतिविधि नेपाली जनता र राष्ट्र हितविरोधी छन् ।

यस तर्कलाई पुष्टि गर्न विगतका केही सन्देशहरूलाई तथ्यका रूपमा उठाउनु आवश्यक छ । विगतमा केही युरोपियन देशका राजदूतले नेपालमा धर्म परिवर्तन गर्ने अधिकारसहितको संविधान जारी गर्न दबाब दिएको तथ्य हाम्रो सम्झनामा अहिले पनि ताजै छ । पहिलो संविधानसभालाई जातीयताका आधारमा विभाजित गरी नेपालको संघीयतालाई जातीय संघीयतामा निर्माण गर्न यसले प्रत्यक्ष वा परोक्ष रूपमा खेलेको भूमिकाका बारेमा पनि हाम्रा सम्झना यथावत् छन् ।

पहिलो संविधानसभाबाट योजना बनाइएअनुरूप जातीय संघीयताको निर्माण गर्न नसकेपछि संविधानसभाको विघटन गराउन गैरसरकारी संस्थाहरूमार्फत खेलिएका भूमिकाको स्मरण पनि हाम्रो अगाडि ताजै छन् । संविधानसभा खारेज भएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले परिवर्तनकारी शक्ति (माओवादी र मधेसी पार्टीहरू) को दुईतिहाइ बहुमत प्राप्त गरी पहिचानसहितको संघीयता निर्माण गर्ने घोषणा पनि हाम्रा स्मरणमा ताजै छन् । नेपालस्थित विदेशी मिसनका प्रमुखहरूको पटकपटक बैठक बसी नेपालले कस्तो संविधान बनाउनुपर्छ भनी दबाब निर्माण गर्ने प्रयास गरेका घटना पनि ताजै छन् ।

यी सबै खेल हुँदाहुँदै पनि संविधान आम नेपाली जनताका पक्षमा निर्माण भएपछि संविधानलाई सही ढंगबाट कार्यान्वयन हुन नदिन अनेक परिपञ्च भइरहेका छन् । संविधानलाई आगो लगाउनेहरूका पक्षमा अन्तर्राष्ट्रिय जनमत तयार पार्ने योजनाअनुरूप केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा मानव अधिकारको उल्लंघन भयावह रूपमा भइरहेको अनगिन्ती प्रतिवेदन लेखेका छन् ।

खासगरी खस-आर्य जाति र हिन्दु धर्मविरुद्ध विषवमन गरी प्रतिवेदनहरू तयार पारिएका छन् । ती प्रतिवेदन र लेखहरू हेर्दा नेपालमा कतै आमहत्याको तहमा जातीय द्वन्द्वको योजना त बनिरहेको छैन भनी शंका गर्नुपर्ने अवस्था सिर्जना गरिएको छ । मधेसलाई आधार बनाएर ‘बहुराष्ट्र’ को अवधारणा प्रक्षेपण गरिएको छ र त्यसमा संलग्न व्यक्तिहरूलाई गैरसरकारी संस्थालाई अनुदान दिइएको बहानामा राष्ट्र विखण्डनका लागि अनेकौं विदेशी गैरसकारी संस्थाहरूले लगानी गरेका छन् । सन् २०१६ मा मात्र नेपालको पूर्वीक्षेत्रमा यस्ता संस्थाको २३ अर्ब रुपैयाँ लगानी भएको देखिन्छ ।

यी सबै षड्यन्त्र हुँदाहुँदै पनि राजनीतिक संक्रमण पार गर्दै नेपाली राजनीतिले भविष्यको सहज बाटो समात्ने प्रयास गरिरहेको छ । तर षड्यन्त्रका खेलहरू फरक अनुहारमा देखा परिरहेका छन् । जस्तै- संविधानको परिकल्पना एवं मर्मअनुसार पहिलो प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई त्यसले निर्माण गरेको कानुनअनुसार प्रदेशसभा र स्थानीय तहको निर्वाचन गर्नुपर्ने थियो । विगतको ओली सरकारले समयमा निर्वाचन गर्ने तयारी गरेको थाह हुनासाथ अनेक हत्कण्डा प्रयोग गरी सो सरकारलाई अपदस्थ गरियो र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तुहाउने नियोजित खेलअनुसार पहिला स्थानीय तहको निर्वाचन गराइयो । यो जनतालाई खेलाउने नियतबाट गरिएको षड्यन्त्र थियो । त्यो निर्वाचन पनि चरण-चरणमा गरियो । नेपाली जनतालाई योजनाबद्ध ं्गबाट विभाजित गरियो ।

स्थानीय तहको परिणाम हेरेपछि निर्वाचन नगर्ने योजनाहरू अनेक ढंगले बनाइयो । जस्तै- प्रतिनिधिसभाको निर्वाचन पर सारी अनिश्चित बनाउने योजनाअनुसार सर्वोच्चमा रिट दायर गरियो, तर विभिन्न कारणले त्यसो गर्न सम्भव भएन । त्यसपछि अशान्तिपूर्ण वातावरणमा निर्वाचन गरिएको देखाउन बम विस्फोटका घटना गराइयो । सर्वसाधारण जनतालाई आतंकित बनाई निर्वाचन स्थगित गर्ने योजना पनि सफल हुन सकेन ।

त्यसपछि प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई घोषणा गर्न नमिल्ने बखेडा सिर्जना गरी जनताको जनादेशको अनादर गर्दै दुई महिनासम्म सरकार बन्न नदिई वाम गठबन्धन फुटाउने प्रयास गरियो । नयाँ निर्वाचित सरकारबाट नियुक्त हुनुपर्ने प्रदेश प्रमुखहरूको नियुक्ति कामचलाउ सरकारबाट गरी राष्ट्रियसभामा तीनजना मनोनीतको सिफारिस गरी राष्ट्रपतिलाई विवादमा ल्याउने प्रयास भयो । त्यति हुँदाहुँदै पनि सरकारको गठन भयो तर सरकारलाई आतंकित बनाउने योजना सुरु भयो । एकजना पूर्व प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट भने संविधान संशोधन भएन भने देशमा अनिष्ट हुन्छ ।

राष्ट्रपतिको शपथ गर्ने दिन प्रधानन्यायाधीशको धेरै पहिला पदावधि समाप्त भएको पत्र जारी भयो । त्यसपूर्व एकजना मधेसी नेताले मधेस नेपालबाट छुट्टिन्छ भन्ने घोषणा गरे । त्यसपछि कुनै एकजना महिला नेतृले गाई काट्न पाउने कानुन निर्माणको प्रस्ताव गरेको हल्ला निर्माण गरियो । त्यसपछि युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको नेपालको संविधानबाट एउटा समूहलाई समानुपातिक प्रतिनिधित्वबाट विमुख गर्नुपर्ने प्रतिवेदन प्रकाशित भयो । यो प्रतिवेदन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप त हो नै, यसले केही गम्भीर विरोधाभासपूर्ण अभिव्यक्ति समावेश गरेबाट पूर्वाग्रही एवं नियोजित रूपमा तयार पारिएको प्रस्ट हुन्छ ।

जस्तै- प्रतिवेदनको ‘एक्जुकेटिभ समरी’ को अनुच्छेद ९ (पृष्ठ ५) मा निर्वाचन सक्षम र निष्पक्ष ढंगबाट भएको निष्कर्ष निकाले पनि लगत्तै सोही अनुच्छेदमा ‘निर्वाचन पारदर्शी’ नभएको उल्लेख छ । सोही अनुच्छेदमा निर्वाचन आयोगले समालोचनात्मक सूचना प्रक्षेपण गर्न नसकेको भनिएको छ तर आयोगले सम्पूर्ण तयारीका साथ निर्वाचन सम्पन्न गरेको कुरा उल्लेख गरेको छ । यस्ता अनेकौं विरोधाभासपूर्ण सूचनाहरू राखेबाट प्रतिवेदन नियोजित रूपमा निर्वाचनविरोधी अवधारणा प्रस्तुत गर्ने योजनाबाट प्रभावित भएको स्पष्ट देखिन्छ ।

पृष्ठ ७ को पहिलो अनुच्छेदमा अपमानपूर्ण तथा ठाडो भाषामा ‘रिमुभ दि खस-आर्य फ्रम दि ग्रुप्स इन्कुल्डेड’ (खस-आर्यलाई समावेश समूहबाट हटाऊ) भनी सरकारलाई सुझाव दिएको छ । त्यसपछि पृष्ठ १३ अनुच्छेद २ मा १.४ प्रतिशत जनसंख्या भएका क्रिस्चियनलाई समावेश गरिएको छैन भनी उल्लेख गरिएको छ । यसबाट के स्थापित हुन्छ भने निर्वाचन पर्यवेक्षणको अन्तर्राष्ट्रिय मापदण्डको पर्यवेक्षकहरूले द्वन्द्व र क्लेष बढाउने गरी प्रतिवेदन दिनु हुँदैन भन्ने नियमलाई उल्लंघन गरेको छ ।

यस प्रतिवेदनबाट के देखिन्छ भने यसमा प्रयोग भएको भाषा मर्यादापूर्ण छैन । हचुवामा लेखेको छ । पूर्वाग्रहपूर्ण छ र क्लेष फैलाउने खालको छ । यस्ता प्रतिवेदनलाई सरकारले आत्मसात गर्न सक्तैन÷हुँदैन । युरोपियन युनियन युरोपियन देशहरूको संस्था हो र नेपाल यसको सदस्य होइन । तसर्थ युरोपियन देशहरूसँग नेपालको सम्बन्धमा यसले गम्भीर समस्या सिर्जना गर्न सक्तछ । प्रतिवेदनको अभीष्ट निर्वाचनसँग मात्र सीमित छैन ।

युरोपियन युनियनलाई नेपालको वर्तमान संविधान र निर्वाचन अनि नेपालका विखण्डनकारीहरूको मानव अधिकारप्रति यति धेरै चासो किन छ त ? जबकि क्यातालोनियाकोे घटनाप्रति यो पूर्णरूपमा स्पेनसँग हातेमालो गरिरहेको छ ? युरोपियन युनियनका केही रणनीतिक उद्देश्य छन् । चीनका बढ्दो आर्थिक विकास र उसको अन्तर्राष्ट्रिय प्रभावप्रति युरोप सतर्क छ र चीनलाई अनुगमन गर्न युरोपलाई कमजोर नेपाल चाहिन्छ ।

कमजोर नेपाल यसको राष्ट्रिय एकतालाई भत्काएर निर्माण गर्न सकिन्छ । भारत र चीनबीचको कुूटनीतिक सम्बन्धले तिब्बतीहरूलाई भारतमा प्राप्त छुट अब समाप्त भएको छ । भारतसँग पौंठेजोरी गर्न युरोपलाई सम्भव छैन । कमजोर, अराजक र स्थायित्व नभएको नेपाल तिब्बत विद्रोहीका लागि राम्रो सुरक्षा स्थल हुन सक्छ । युरोपियन क्रिस्चियन संस्थाहरूका लागि भारत र नेपालमा हिन्दु र बौद्ध धर्मविरोधी गतिविधिको केन्द्र नेपाललाई बनाउन सकिन्छ ।

आउने दिनमा नेपाललाई अन्तर्राष्ट्रिय कानुनको गलत व्याख्याको जालोमा फसाउने खेल हुन सक्ने सम्भावनाप्रति सचेत हुनुपर्छ । मधेसको विखण्डनको एजेन्डा युरोपियनहरूको बार्गेनिङको बिन्दु बनाउने खेल हुन सक्छ । नेपालका राजनीतिक दलहरू र कर्मचारीतन्त्रले अहिले पनि यसलाई गम्भीर रूपमा बुझ्न र हेर्न सकिरहेका छैनन् । उनीहरूले वक्तव्य जारी गरी यसलाई बिर्सने खतरा टड्कारो छ । सचेत नागरिकले दबाब निर्माण गरी यस्ता विखण्डनकारी खेल रोक्न सक्नुपर्छ । - डा. युवराज संग्रौला , अन्नपूर्ण पोष्टबाट

mahila taskariको लागि तस्बिर परिणाम

नयाँदिल्ली , चैत्र १९ गते । नेपालबाट अवैधरुपमा भारततर्फ हुने महिला तस्करी पाँच सय प्रतिशतले बढेको छ । ‘भारत नेपाल सीमामा मानव तस्करी’ मा गरिएको एक अध्ययनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) यस्तो दाबी गरेको छ ।

भारतको अंग्रेजी दैनिक टाइम्स अफ इण्डियामा शनिबार यो अध्धयन प्रतिवेदनलाई आधारमा समाचार प्रकाशित गरिएको छ । समाचारमा एसएसबीले सार्वजानिक गरेको अध्ययन अनुसार पछिल्लो पाँच वर्षमा सीमामा रहेका गाउँ तथा तराई क्षेत्रबाट अवैधरुपमा ल्याइएका नेपाली महिलाहरुको संख्या पाँच सय प्रतिशतले बढेको हो ।

जसमा भारत नेपालको सीमामा पर्ने गाउँ तथा तराइ क्षेत्रका युवतीहरुको संख्या अधिक रहेको छ । सन् २०१३ देखिको आँकडा प्रस्तुत गर्दै जारी गरिएको अध्ययन अनुसार अवैध रुपमा ल्याइएका यी युवतीहरुलाइ भारतको दिल्ली, कलकत्ता तथा अन्य सहरहरुका वेश्यालयका मालिकहरुलाई ५० हजार रुपैयाँसम्ममा बेचिएको खुल्न आएको छ ।

सन् २०१३ मा भारत नेपाल सीमाबाट १०८ महिला तथा वालबालिकाको उद्धार गरिएको थियो भने सन् २०१७ मा यो संख्या ६ सय ७ पुगेको एसएसबीको अध्ययनले देखाएको छ । यो संख्या अघिल्लो वर्ष निकै बढेको तथ्याँकले देखाएको छ ।

नेपाललाई महिला तथा वालबालिकाको तस्करी हुने श्रोत देशको रुपमा लिइने भन्दै एसएसबी अध्ययनले उनीहरुलाई जबरजस्ती रुपमा बेश्यावृतिमा लगाउने गरेको उल्लेख गरेको छ ।

त्यसैगरि घरेलु कामका साथै अन्य प्रकारको श्रम शोषणका लागि उनीलाई बाध्य बनाउने र कतिपय केसमा अबैधानिक रुपमा उनीहरुका अंग समेत काटिने गरेको छ ।

नेपालको महिला समाजकल्याण मन्त्रालयको तथ्यांकलाई आधार मान्दै एसएसबीको अध्ययनमा भनिएको छ, 'नेपालका २६ जिल्लामा अवैध प्रवासी रहेका छन् । अधिकांश पहाडी तथा अति पिछडिएका जातिका महिलाहरु यस्तो तस्करीमा पर्ने गरेका छन् । तर तस्करी हुनेहरुमा उच्च जातिका पनि रहेका छन् ।'

तस्करीमा संलग्न हुने पुरुषहरु ‘दलाल’ र महिलाहरु ‘दिदी’ हरुले ९ देखि १६ वर्ष उमेरका केटीहरुलाई बसमा चढाएर भारतका सीमावर्ती शहरमा पुर्‍याउने गरेका छन् । बोर्डरमा प्रतीक्षा गरिरहेका पेशेवर दलालाहरुले प्रत्येक केटीहरुलाई ६ हजार रुपैयाँसम्ममा खरिद गर्ने गर्छन् ।

अध्ययन अनुसार कहिलेकाहीँ परीबारका सदस्यहरु पनि यस्तो तस्करको रुपमा काम गरिरहेका भेटिन्छन् । सीमावर्ती पुलिसले चेकजाँच गर्ने हुँदा केटीहरुलाई उनीहरुको वास्तविक उमेर लुकाउन सिकाइन्छ ।

एसएसबीले तस्करहरुको रुट खुलासा गर्दै भनेको रुट अनुसार गाउँबाट ल्याइएका केटीहरुलाइ सबैभन्दा पहिला काठमाडौँ लैजाने अथवा कुनै गेस्ट हाउस अथवा कार्पेट फ्याक्ट्रीमा राख्ने गर्दछन् ।

त्यसपश्चात सीमावर्ती शहरसम्म ल्याएर दलाललाई बिक्री गर्छन् । अनि बस र ट्रेनबाट भारतको मुम्बई, कोलकाता, दिल्ली र अन्य साना शहरहरुका बेश्यालय मालिक अथवा महिला दलाललाई ५० हजार भारतीय रुपैयाँसम्म बिक्री गर्छन् ।

अध्ययनअनुसार अधिकांश दलालहरु बसबाट दिल्ली आउने अनि ट्रेनबाट मुम्बई जाने गरेका छन् । नेपालका पहाडी क्षेत्रका गाउँहरुमा जुनदेखि अगस्तको समयमा चरम गरिबीबाट गुज्रिने र नयाँ फसलको प्रतीक्षमा रहने हुँदा यस्तो समयमा तस्करी बढी हुने गरेको छ ।

'यही समयलाई लक्षित गरेर महिला दलालहरु केटी फकाउन भारतबाट गाउँ जाने गर्दछन्' , अध्ययनमा उल्लेख छ । कतिवय वेश्यालयका मालिकहरु राजनीतिकरुपमा जोडिएका कारण दोषी प्रमाणित नभएको एसएसबीको अध्ययनले देखाएको समाचारमा उल्लेख छ । - आशा थपलिया , अन्नपूर्ण पोष्टबाट

    औषधि नपाएर रित्तै फर्कंदै बिरामी

सिमकोट , चैत्र १९ गते । दुर्गम क्षेत्रका बिरामी सिटामोल पनि नपाउँदा रित्तो हात फर्कन बाध्य छन्। हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधि अभाव छ।

उपचार नपाउनेमध्येकी एक हुन्, चंखेली गाउँपालिका–२ की गर्खाकी महिला स्वास्थ्य स्वयंसेवक लक्ष्मी कौरा शाही। बिरामी भएर उनी लगातार ४ दिनसम्म दार्मा स्वास्थ्यचौकी गइन्। तर, दार्मा स्वास्थ्यचौकीले सिटामोलसम्म दिन नसक्दा घरमै उपलब्ध हुने तीतो पकाएर खाएपछि रुघा सन्चो भएको उनले बताइन्।

ताँजाकोट गाउँपालिका–३ मासपुरका ६५ जना रुघाखोकीले दुई सातादेखि थला परेका छन्। टाउको दुखेका बेला उनीहरू स्थानीय जातको खुर्सानी पिसेर निधारमा लगाउने गर्छन्। ज्वरो आएका बेला तीतो (स्थानीय जडीबुटी) खाने गर्छन्। विकट मासपुरमा रुघाखोकीसहितका अन्य रोगले पीडित बनेका दर्जनभन्दा बढी बिरामी छन्। शाही र रोकाया त प्रतिनिधि पात्र मात्रै हुन्। अधिकांश सर्वसाधारण निःशुल्क औषधि पाउनबाट वञ्चित छन्।

स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालयले खरिद गरी स्थानीय स्वास्थ्य संस्थामा आउने औषधि समयमा नपठाउँदा हुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। जिल्लाले औषधि खरिदका लागि गाउँपालिकालाई रकम निकासा पठाएको भन्दै पन्छिएपछि आफ्नो स्वास्थ्य संस्थामा औषधि अभाव रहेको दार्मा स्वास्थ्य संस्थाकी अनमी करुणा मल्लले बताइन्।

आफू काम गर्ने स्वास्थ्य संस्थामा सामान्य ग्लोव पनि नभएको जनाउँदै मल्लले भनिन्, ‘न त केन्द्रको औषधि आएको छ, न गाउँपालिकाको औषधि नै स्वास्थ्य संस्थामा छ। यो अवस्थामा बिरामी मर्कामा परेका छन्।’

ग्रामीण स्वास्थ्य संस्थामा सरकारले प्रदान गर्ने निःशुल्क औषधि सिटामोलसम्म नहुँदा आफूले रुघाखोकी लाग्दा स्थानीय जडीबुटीले काम चलाएको अदानुचुली–१ का प्रमबहादुर महताराले जानकारी दिए।

स्वास्थ्य राज्यमन्त्रीको औषधि अभाव हुन नदिने वाचातर्फ इंगित गर्दै बोहराले भने, ‘हामीलाई न उपचार गर्ने राम्रा स्वास्थ्य संस्था छन्। न नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी बस्छन्। न स्वास्थ्य संस्थामा पर्याप्त औषधि नै छ। राजधानीलाई हेरेर मन्त्रीले भाषण गर्नुभन्दा हुम्लाका दुर्गम स्वास्थ्य संस्थामा आएर वाचा गर्नुपर्छ।’

अदानचुली–६ पाल्स ओखाडीकी प्याउका रोकायाले कालिकाको बारिगाउँस्थित स्वास्थ्यचौकीमा जाँदा सिटामोलसमेत नपाएको बताइन्। सामान्य रुघाखोकीको औषधि निजी क्लिनिकबाट खरिद गर्दा ९ सय ५ रुपैयाँ खर्च भएको जनाउँदै प्याउकाले सामान्य बिरामी पर्दासमेत स्वास्थ्य संस्थामा औषधि नपाइने सुनाइन्।

उनले थपिन्, ‘मेडिकल नजिक नभएपछि उपचार नपाएरै ज्यान जाला भन्ने डर लागेको छ।’

कालिका स्वास्थ्यचौकीका इन्चार्ज मोहनसिंह घर्तीका अनुसार गाउँका केही स्वास्थ्य चौकीमा सिटामोल, एफोक्सीलिन, आयुटिएफ मात्रै पाइन्छ। प्रायः स्वास्थ्य संस्थामा औषधि मौज्दात शून्य हुँदा बिरामी सास्ती भोग्न बाध्य छन्।

स्वास्थ्य संस्थामा औषधि नहुँदा आफूले स्वास्थ्य संस्था नै बन्द गर्नुपरेको श्रीनगर इलाका स्वास्थ्यचौकीकी अनमी पुष्पादेवी कानुले बताइन्।

‘गाउँका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव भएको खबर आएको छ’, निमित्त जिल्ला स्वास्थ्य प्रमुख डा.रञ्जितकुमार यादवले भने, ‘केन्द्रले पठाउने ७० प्रतिशत र क्षेत्रले पठाउने २० प्रतिशत औषधि नआउँदा समस्या भएको हो।’

अघिल्लो वर्ष जिल्ला स्वास्थ्य कार्यालयले १० प्रतिशत औषधि बराबरको रकम सबै गाउँपालिकालाई भुक्तानी दिएको यादवले जानकारी दिए। विभाग नेतृत्वविहीन हुँदा समस्या आएको उनले बताए।  - नवराज महतारा , अन्नपूर्ण पोष्टबाट


यौन र प्रजनन स्वास्थ्यका खुलदुली मेट्दै किशोर–किशोरीको लागि तस्बिर परिणाम

तीनपाटा बेलघारी, सिन्धुली, चैत १९ गते । “रवितालाई महिनावारी भएको रहेछ । पहिलोपटक महिनावारी हुँदा तल्लो पेट त दुख्छ नै । कसैलाई बढी दुख्छ । कसैलाई कम । नआत्तिनु भनेर सम्झाई दिएको छु । निरन्तर दुखिरह्यो भने आउनु भनेको छु । यस्तो बेलामा सुरक्षित रुपमा कसरी प्याडको प्रयोग गर्ने भन्ने सिकाइदिएँ”, अनमि सुदीच्छा कोइराला जवाफ दिँदै थिइन् ।

“बाबु १ किशोरावस्थामा अण्डकोष तथा लिङ्गको आकारमा वृद्धि हुन्छ । पिसाब पोल्छ । जनेन्द्रीय वरिपरि चिलाउँछ । तर अस्वभाविक रुपमा यस्ता लक्षण बढ्दै गयो भने आउनु ।” सिनियर अहेव मदनविक्रम दाहाल किशोर प्रतिक राना मगरलाई परामर्श दिँदै हुनुहुन्थ्यो ।

ती दुवै स्वास्थ्यकर्मी प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा कार्यरत हुनुहुन्छ । रातभर तल्लो पेट दुखेर निदाउन नसकेकी कक्षा ९ मा अध्ययनरत रविता रम्तेल सहपाठीको साथमा स्वास्थ्य केन्द्रमा आएकी थिइन् । अनमि कोइरालाले आफूलाई प्रदान गरेकी सेवा, व्यवहार र परामर्शप्रति औधी रमाउँदै स्वास्थ्य केन्द्रको मूल ढोकामा भेटिएकी किशोरी रम्तेलले फुर्किंदै भनिन्, “कस्तो डर लागिरहेको थियो, पेट दुखेर उभिन सकेको थिइन, टाउको दुखिरहेको थियो, अहिले त सबै विसेक भा जस्तो भा छ , यस्तो पो स्वास्थ्यकर्मी दिदी । आमालाई समेत नभनी आएकी थिएँ ।”

भर्खर माध्यामिक शिक्षा परीक्षा सकाएका किशोर मगरले भन्नुभयो, “कहिले परीक्षा सकुँला र यहाँ ९स्वास्थ्य चौकी० आउँला भाथ्यो । बा, आमा, साथीलाई समेत भनेको थिइनँ । स्वास्थ्यकर्मी सरले छुट्टै कोठामा लगेर खुलेर कुरा राख भन्नुभयो । आफ्ना कुरा भनिदिए । मेरो कुरा सुनेर त किशोर अवस्थामा आउने परिवर्तन पो भनिदिनुभो । के गर्नुपर्छ के गर्नुहुन्न भनेर जानकारी दिनुभयो । बल्ल ढुक्क भए, खुलदुली मेटियो । यी कुरा त साथीहरुलाई भनुँ भनुँ लागिरहेको छ, सोधे भने भनिदिन्छु ।”

यस जिल्लाका २४ स्वास्थ्य संस्थामध्ये भूकम्पले आंशिक क्षति पु¥याएको यस स्वास्थ्य संस्थाले किशोर तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा दिन जिल्लामा नै पहिलो पटक अलग परामर्श एवं उपचार कोठा छुट्याएको छ । जिल्लाकै अन्न भण्डार कहलिएको तीनपाटन फाँटमा बसोबास गर्ने किशोर–किशोरीले आफ्ना जिज्ञासा, कौतुहलता तथा समस्या यहीँ अलग कोठमा बसेर खुलेर अहिले स्वास्थ्यकर्मीलाई सुनाउँछन् । दैनिक आउनेमा यस्तो सेवा लिन आउनेमा किशोरभन्दा किशोरी बढी भएको स्वास्थ्य संस्थाले जनाएको छ ।

उनीहरुका बृहत्तर यौनिकताका जिज्ञासा तथा समस्यालाई हँसिलो र रसिलो मुद्रामा स्वास्थ्यकर्मीले समाधान गरिदिन्छन् । “किशोर–किशोरी अवस्थामा हुने शारीरिक, मनोसामाजिक तथा यौनिक परिवर्तन, प्रजनन स्वास्थ, गर्भनिरोधक उपाय, परिवार नियोजन जस्ता विषयमा कुनै कुरा नलुकाई भनिदिन्छौँ । हामीले खुलेरभन्दा उनीहरुले पनि धक नमानी आफ्ना कुरा भन्दा रहेछन्, यसबाट यौन तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन एवं समस्याला्ई समाधान गर्न सजिलो भैराखेको छ,” सिनियर अहेव दाहालले भन्नुभयो ।

पहिलो किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्र

उसो त यस स्वास्थ्य केन्द्रलाई स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले नेपालको पहिलो किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा प्रमाणीकरण गरेको छ । “शुरु शुरुमा किशोर–किशोरी आफ्ना समस्या लिएर यहाँ (स्वास्थ्य सस्था)मा आउन नै लजाउँथे । आफ्ना कुरा खुलेर भन्न त परै जाओस् । यौन र प्रजननका शब्द सुन्न लजाउँथे । अलग कोठाको व्यवस्था गर्दासमेत आफ्ना कौतुहलता एवं जिज्ञासमा सुनाउँदैनथे, लजाउँथे , हिचकिचावट गर्थे । सुझाव बक्स राख्यौँ, लेख्न सक्नेले त्यहाँ लेखेर आफ्ना कुरा राख्थे । विस्तारै परिवर्तन आयो । अहिले त आफ्ना अभिभावकलाई समेत भन्न नसक्ने यौन तथा प्रजननका कुरा खुलेर सुनाउँछन्, हामी आफूले जानेका ज्ञान उनीहरुलाई भन्छौँ, खुशी भएर जान्छन्, स्थानीयवासीसमेत रहनुभएका चिकित्सक कैलाशकुमार बल बताउनुहुन्छ ।

कोठामा बृहत्तर यौनिकता शिक्षासम्बन्धी विविध ब्रोसर एवं फ्लेप राखिएका छन् । सरल भाषामा चित्रसहित रहेका यस्ता जानकारीले उनीहरुका यौन तथा प्रजनन जिज्ञासा मेटाइरहेको देखिन्छ । कण्डम, गर्भ निरोधक खाने चक्की, डिपोप्रोभेरा, इम्प्लान्ट जस्ता आदि पुरुष तथा महिलाका परिवार नियोजनका सबै प्रकारका साधनसमेत राखिएका छन् । स्वास्थ्यकर्मीका परामर्शपछि उनीहरु आफ्नो इच्छा, रोजाइ अनुसारका सामग्रीसमेत पढ्छन् । यस प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं तीनपाटन गाउँपालिका–१ का अध्यक्ष गोविन्दबहादुर रावत “महिलाले कुर्कुच्चा देखाउन हुँदैनथ्यो, महिनावारी हुँदा छुट्टै गोठमा बस्नुपथ्र्यो जस्ता कुचलन थिए । अहिले परिवर्तन आएको छ । महिनावारी हुँदा प्याडका प्रयोग गर्न थालेका छन्, परिवार नियोजनको स्थायी एवं अस्थायी साधन प्रयोग गर्ने बानी बढ्दै गएको छ । कम उमेरमा विवाह गर्नु हुँदैन भन्ने सामाजिक चेतना बढेको छ । किशोर–किशोरीले यौन तथा प्रजननका आफ्ना समस्या लुकाउन छाड्दै गएका छन् । उनीहरुको स्वास्थ्य संस्थामा नै सेवा लिने क्रम बढ्दो छ ।”

सबै स्वास्थ्य संस्था किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य मैत्री बन्दै

परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष ९युएनएफपिए०को आर्थिक एवं प्राविधिक सहयोगमा यस जिल्लामा सन् २०१० देखि किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो । कार्यक्रमका जिल्ला कार्यक्रमविज्ञ सञ्जय शर्मा कार्यक्रमले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, व्यवस्थापन समितिका सदस्य, महिला स्वयंसेविका तथा अगुवा किशोर–किशोरीलाई तालीम, स्वास्थ्य संस्थालाई आवश्यक उपकरण प्रदान निरन्तर सञ्चालन गतिविधिले किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवामा धेरै परिवर्तन आएको बताउनुहुन्छ ।

कार्यक्रमले यस जिल्लाका २४ वटै स्वास्थ्य संस्थालाई किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ । तीमध्ये शीतलपाटी स्वास्थ्य चौकी र वाशेश्वर स्वास्थ्य चौकीले किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा प्रमाणीकरणको प्रमाणपत्र पाइसकेका छन् ।

शीतलपाटी स्वास्थ्य चौकीका प्रमुख अहेव निशा बराल दैनिक रुपमा पाँच ÷६ जना किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सेवा लिन आउने गरेका र उनीहरुलाई आफूहरुले छुट्टै सेवा प्रदान गर्ने गरेको बताउनुहुन्छ । उसो सो चौकीको सबै सेवा महिलाद्वारा नै दिइरहेका छन् ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डिल्लीरमण अधिकारीका अनुसार किशोर–किशोरीका आवश्यकता अनुसारका स्वास्थ्यका विशेष सेवा, सेवा उपयोग गर्न वातावरण, प्रभावकारी सेवा, सेवा प्रदान गर्न सक्ने स्वास्थ्यकर्मीका क्षमता, सीप, दिगोपन लगायतका नौवटा राष्ट्रिय मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थालाई मात्र किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रको प्रमाणीकरणको प्रमाणपत्र दिइने गरिन्छ ।

युएनएफपिएका किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम अधिकृत मञ्जु कर्माचार्य किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार गर्न कार्यक्रमले कोशेढुुङ्गाको काम गरेको, कम उमेरमा बच्चा जन्माउनु हुँदैन भन्ने चेतना अभिवृद्धि गरेको तथा परिवार नियोजनका साधन उपयोगमा वृद्धि गर्न सहयोग गरेको बताउनुहुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई किशोर–किशोरी भनिन्छ । पछिल्लो जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार १५ देखि १९ वर्षका २८ प्रतिशत किशोरीको विवाह सो उमेर समूहभित्र भइसक्छ । सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन् । अर्कोतर्फ १९ वर्ष मुनिका किशोरीको गर्भाधान गर्ने दर प्रतिएक हजारमा ८१ जना रहेका छन् । कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न किशोर–किशोरी यौन तथा प्रजनन सेवाको पहुँचलाई विस्तार गर्नुपर्ने खाँचो रहेको युवा स्वयंसेवक सुनिल कोइराला बताउनुहुन्छ ।


khum bhadur khadkakoको लागि तस्बिर परिणाम

काठमाडौँ, चैत १८ गते । उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उहाँकै निवासमा राखिएको छ ।

बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्का आज नेपाल आएपछि धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेर मात्रै उहाँको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिने बताइएको छ । यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको साताँै दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

blood bank in kathmanduको लागि तस्बिर परिणाम

काठमाडौँ, चैत १९ गते । काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासि बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिक रूपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत सङ्कलन कार्य अत्यन्त न्यून रूपमा हुन थालेपछि उपत्यकामा
रगतको माग बढेको सोसाइटीले जनाएको छ ।
रगतको अभाव भएपछि सोसाइटीले उपत्यकाभित्र रगत सङ्कलन कार्यमा सक्रिय युथ फर ब्लड, क्लब २५, उपत्यकाभित्रका सोसाइटीका जिल्ला शाखा, उपशाखा तथा अन्य सामाजिक सङ्घसंस्था एवम् स्वयम्सेवी रक्तदातालाई रगत दानको कार्यक्रम बढाउन आह्वान गरिएको सोसाइटीका सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रकी निर्देशक डा मनिता राजकर्णिकारका अनुसार अहिले दैनिक रूपमा ३५० पिन्ट रगतको माग हुने गर्छ,
मागलाई धान्न केन्द्रलाई मुस्किल परिरहेको छ ।
शनिबार मात्र स्वयम्सेवी रक्तदातालाई आह्वान गरी रगतको माग पूरा ग¥यौँ”, उहाँले भन्नुभयो ।
अर्काेतर्फ चैत महिनामा उपत्यकाका अस्पतालमा शल्यक्रिया बढी हुने हुँदा पनि रगतको माग बढ्ने गर्दछ ।
यसैगरी, भक्तपुरको दूधपाटीमा रहेको नेपाल रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रमा पनि रगतको माग बढेको छ । केन्द्रका प्राविधिक प्रेम अधिकारीका अनुसार चैत १६ गते शुक्रबार मात्र चारसय पिन्ट रगत सङ्कलन भएकामा ३५० पिन्ट आपूर्ति भएको थियो । सोसाइटीका जिल्ला सभापति मनोज थापाले रगतको आवश्यकता भई केन्द्रमा आउनेलाई रित्तो हात नफर्काइएको तर भनेजति एकै पटक भने दिन नसकिएको जानकारी दिनुभयो ।

Kp-Oli

काठमाडौँ, चैत १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ । भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवम् क्षेत्र पहिल्याउनमै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने मन्त्रिपरिषद्का एक जना वरिष्ठ सदस्यले बताउनुभएको छ ।

कूटनीतिक मामिलाका समाचार सम्प्रेषणमा सक्रिय केही चुनिएका पत्रकारहरूसँग आइतबार अपराह्न अनौपचारिक कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाएर प्रधानमन्त्री नयाँदिल्लीतर्फ प्रस्थान गर्न लाग्नुभएको बताउनुभयो ।
“नेपालको आर्थिक उन्नयन र समृद्धिमा नै प्रधानमन्त्रीज्यूको भारत भ्रमण केन्द्रित हुनेछ । भारतले सद्भाव प्रकटीकरण स्वरूप कुनै ‘उल्लेख्य घोषणा’ गर्नसक्नेछ,” उहाँले भन्नुभयो ।
नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने जानकारी परराष्ट्रमन्त्रीले दिनुभयो ।
“भारतसँग सम्बन्ध सुमधुर र सुदृढ बनाउने यो उपयुक्त अवसर हो,” नेपाल र भारतमा लामो समयपछि स्थिर एवम् सबल सरकार बनेका र नीतिगत तहमा हुने निर्णय कार्यान्वयनको कसीमा रूपान्तरण गर्न सहज हुने सन्दर्भ जोड्दै उहाँले भन्नुभयो । एक पृथक प्रसङ्गमा उहाँले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताअनुसार चीनसँग भएका सम्झौता कार्यान्वयनमा सरकार दृढ रहेको परराष्ट्रमन्त्रीले स्पष्ट गर्नुभयो । साथै, उहाँले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल सरकार अटल एवम् दृढनिश्चयी छ भन्नुभयो ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget