उदयपुर, २६ फागुन / जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार साँझ यहाँ प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा सुनसरीे बराह–६ घर भई हाल उदयपुर बेलका नगरपालिका– ९ शुक्रबारेमा चटपटे व्यापार गर्दै आएका ६० वर्षीय सुडीलाल चौधरी रहेका छन् । स्थानीय एक १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याउने कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौधरी साँझपख बाटोमा एक्लै हिँड्दै गरेको अवस्थामा बलजफ्ती पक्रेर झाँडीमा लगी स्थानीय १५ वर्षीया ती किशोरीलाई जबर्जस्ती करणी गरेको थियो । घटना घटेपछि बालिका चिच्याएको र स्थानीयवासीले उक्त घटना सम्बन्धमा थाहा पाएर प्रहरीलाई जानकारी गराएपछि चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.