श्री सत्यनारायण माध्यमिक विद्यालयमा आइतवार पूर्व विद्यार्थी मिलन केन्द्र, प्रवेशिका समूह २०३४ ले पूर्व विद्यार्थी मिलन तथा शिक्षक सम्मान समारोहको आयोजना गरेको छ । कार्यक्रमको शुरुवात पानसमा बत्ती बाली गरिएको थियो । कार्यक्रममा २०३४ व्याचका शिक्षक शिक्षिकाहरुलाई खादा ओढाई सम्मान गरिएको थियो । २०३४ व्याचका विद्यार्थीका तर्फ बाट ओम प्रकास राठीले स्वागत भाषण गर्नुभएको थियो । श्री सत्यनारायण माध्यमिक विद्यालयका वरिष्ठ प्रशासकिय सहायक रामेश्वर प्रसाद साहले विद्यालयको स्थापनाकाल देखिको हालसम्मको आरोह अवरोहको बारेमा प्रकास पार्नु भएको थियो । २०३४ व्याचका एस.एल. सी.काविद्यार्थीहरुलाई प्रमुख अतिथी मुलचन राठीले खादा, पुस्तक तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । सो कार्यक्रममा रु सात लाखको (पछि अझै थप हुने गरी )अक्षय कोषको स्थापना गरिएको घोषणा अक्षय कोषका अध्यक्ष प्रहलाद प्रसाद साहले गर्नुभयो । अक्षय कोषको रकमबाट सो विद्यालयमा अध्ययनरत गरीव जेहेन्दार विद्यार्थीलाई सत प्रतिशत छात्रवृत्ति प्रदान गरिने कोषका अध्यक्ष प्रहलाद प्रसाद साहले बताउनु भयो । सो कार्यक्रमलाई महेश जाजु, पिंकि मेहता, गोपाल शर्मा, प्रहलाद प्रसाद साह , मुलचन राठी लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व श्री सत्यनारायण माध्यमिक विद्यालयका प्रधानध्यापक धर्मानन्द खरेलले गर्नुभयो । श्री सत्यनारायण माध्यमिक विद्यालय वि.सं . २००४ सालमा महाविर स्कुलको नामबाट स्थापना भएको थियो । वि.सं . २००९ सालमा सत्यनारायण मन्दीर पछाडी भवन स्थापना गरी श्री सत्यनारायण विद्यालयको नामबाट स्थापित भयो । २०३४ एस.एल.सी. व्याचमा दुई सेक्सन गरी ६० जना विद्यार्थी रहेका थिए ।
Post a Comment