जाजरकोट, पुस २५ । जिल्लाको जुनीचाँदे–३ मा भाइरलका कारण थप एकजनाको मंगलबार बिहान मृत्यु भएकोे छ ।
जुनीचाँदे गाउँपालिका–३ का
५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका
कृष्णबहादुर खत्रीले जानकारी दिए ।
भण्डारी तीनदिनदेखि बिरामी थिए । अहिले
गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सन्चालन गरी उपचारसमेत जारी
राखिएको खत्रीले बताए ।
यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ । रासस
Post a Comment