पूर्वमा बाक्लाे हुस्सु सहित अत्याधिक चिसाे : एक सातामा ८ जनाकाे मृत्यु
इटहरी । केहीदिन
यता पूर्वमा बाक्लाे हुस्सु सहित बढेकाे अत्याधिक चिसाेले बिभिन्न
जिल्लामा जनजिवन प्रभावित बनेकाे छ । सुनसरी सहित पूर्वी तराइका जिल्लामा
परेकाे बाक्लाे हुस्सु र चिसाेकाे कारण जनजिवन प्रभावित बनेकाे हाे । पुस
महिना सुरू भएलगत्तै बढेकाे चिसाेका कारण पूर्वि तराइका सुनसरी , माेरङ ,
झापा , इलाम पाँचथर , ताप्लेजुङ , भाेजपुर , धनकुटा संखुवासभा लगायतका
जिल्लाहरूमा जनजिवन प्रभावित बनेका हुन । पूर्वी तराईमा शीतलहरुसँगै बढेको
चिसोले कठ्यांग्रिएर एक सातामा ८ जनाले ज्यान गुमाएका छन । अत्याधिक
बढेकाे जाडाेले सप्तरीमा ६ जनाकाे मृत्यु भएकाे छ भने सुनसरीमा एक र
झापामा एक गरी ८ जनाकाे मृत्यु भएकाे हाे ।
चिसाेका कारण बिशेष गरी गत साउनमा अाएकाे
बाढीबाट घरबार बिहीन बनेका बाढीपिडित , काेशीपिडित लगायत चाैपायाहरू समेत
प्रभावित बनेका छन । बाक्लाे हुस्सुका कारण जाडाेमा सुत्केरी महिलाहरू पनि
बढी नै प्रभावित देखिएका छन। सरकारी कार्यालयहरूमा पनि चिसाेकाे प्रभाव
परेकाे देखिएका छन । सुनसरी लगायत तराइका जिललाहरूमा रहेका सरकारी
कार्यालयहरूमा सेवा लिन अाउने सेवाग्राहीहरूकाे संख्या घटेकाे छ । सडकमा
यातायातका साधनहरूपनि घटेकाे देख्न सकिन्छ ।
यता चिसाेकै कारण अस्पतालहरूमा बिरामीकाे
संख्या ह्वात्तै बढेकाे पाइएकाे छ । बिशेषगरी ज्वराे , रूघाखाेकी ,
निमाेनीया जस्ता राेगका बिरामीहरूले सामुदायिक अस्पतालहरू भरीभराउ देखिएका
छन । चिसाेका कारण अस्पतालमा बिरामी नवजात शिशुहरूकाे संख्या पनि बढदै
गएकाे छ । चिसाेका कारण नवजात शिशुहरूमा चाडै निमाेनीयाकाे प्रकाेप देखिने
गरेकाेले अस्पतालमा बिरामी शिशुहरूकाे संख्या बढेकाे धरानस्थित बिपी
काेइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका बाल बिशेषज्ञहरूले जनाएका छन
। चिसोका कारण अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै दैनिक ज्याला मजदुरी
गरी परिवारकाे गुजारा गर्नेहरू पनि प्रत्यक्ष मार्कामा परेका छन ।
यता अत्याधिक चिसाेका कारण सुनसरी लगायत
तराइका जिल्लाहरूमा रहेका सामुदायिक एवम निजि बिद्यालयहरू पनि बन्द गरीएकाे
छ । अत्याधिक चिसाे बढेसंगै सुनसरीमा एक साता सम्मलाृइ सामुदायिक
बिद्यालयहरूकाे पठन पाठन बन्द गराइएकाे छ । हुस्सुका कारण कृषकहरूपनि
माृकामा परेका छन । तराइका जिल्लाहरूमा बढेकाे हुस्सु र चिसाेले कृषकहरूकाे
बालीमा नराम्राेसंग असर पारेकाे देखिन्छ । चिसाेले अालुका खेती गर्दै
अाएका कृषकहरू पनि बढी समस्यामा रहेकाे देखिएका छन ।
पूर्वि तराइमा चिसाे संगै लागेकाे बाक्लाे हुस्सुका कारण सवारी
दुर्घटनाहरू पनि बढेकाे पाइएकाे छ । एक साताकाे अवधीमा सुनसरिमा मात्रै सात
दुर्घटना भइसकेका छन । सुनसरीकाे तरहरास्थित चारकाेशे झाडीमा मात्रै तिन
दुर्घटना भएका छन भने झापामा २ , माेरङ र सप्तरमा एक एक गरी सात दुर्घटना
भएकाे पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी
दिएकाे छ ।