Websoft University

www.radiomakalu.com || 021-522512


December 2017

http://annapurnapost.com/uploads/news/kamal_thapa_dilanath_giri-5a46186879b816.52383577.jpg

काठमाडौं , पुस १४ गते । सहरी विकासमन्त्री दिलनाथ गिरीले पार्टी अध्यक्ष कमल थापाको निरंकुश सोचका कारण आफू बर्खास्तीमा परेको बताएका छन्। बिहीबारको मन्त्रीपरिषद् बैठकमा जुहारी चलेको २४ घन्टा बित्न नपाउँदै बर्खास्त भएका गिरीले अन्नपूर्ण अनलाइनसँग भने, ‘बर्खास्त गरेको कुरा मिडियाबाट थाहा पाएको छु, मलाई पार्टीले आधिकारीक जानकारी गराएको छैन। यो सब पार्टी अध्यक्ष कमल थापाको निरंकुशता र सामन्त सोचको उपज हो।’

पार्टीगत निर्णय नगरी अध्यक्ष थापाले आफूलाई बर्खास्त गरेको आरोप गिरीको छ। ‘प्रजातन्त्रमा सबैले आआफ्नो विचार र गुनासा राख्न पाउने अधिकार छ। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा चरम निरंकुश बनिसक्नु भएको छ। यो सब त्यसकै परिणाम हो।’

बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव पेश गरेपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले आपत्ति जनाएका थिए। थापाले पार्टी निर्णय विपरित मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव राखेको भन्दै तत्काल मन्त्रिपरिषद् बैठकमै राजीनामा दिन निर्देशन दिएका थिए। मन्त्री गिरीले राजीनामा दिन आफूलाई आपत्ति नभएको तर, राजीनामा प्रधानमन्त्रीलाई दिने जवाफ फर्काएका थिए।

मन्त्री गिरीले आफ्नो प्रस्तावप्रति आपत्ति जनाएपछि पार्टी अध्यक्ष कमल थापालाई झोक्किएर भनेका थिए, ‘मलाई राजीनामा दिन आपत्ति छैन। तर, राजीनामा तपाईंलाई होइन प्रधानमन्त्रीलाई बुझाउने हो। के तपाईंलाई चाहिँ मन्त्री बनिराख्नका निम्ति चुनावमा जनताले जनादेश दिएका छन् ?’

यही विवादमा रुष्ट बनेका थापाले मन्त्री गिरीलाई शुक्रबार नै बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका हुन्। देउवा मन्त्रिपरिषदमा  अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा छन्।

पार्टी अध्यक्षले बर्खास्त गर्न पत्र पठाएको खबर मिडियाबाट थाहा पाएका गिरी शुक्रबार मन्त्रालय नगई घरमै बसेका छन्। आज कता हुनुहुन्छ भन्ने अन्नपूर्णको जिज्ञासामा बर्खास्तीमा परेका मन्त्री गिरीले भने, ‘घरमै बसेको छु।’ आज मन्त्रालय जानु भएन ? ‘म गइनँ’, गिरीले छोटो जवाफ दिए।

गिरीले पार्टीको कामकारबाहीबारे असन्तुष्टि जनाउँदै नाम प्रजातान्त्रिक भएपनि पार्टीभित्र प्रजातन्त्रको अभ्यास हुन नसकेको आरोप लगाए। ‘पार्टीभित्र कुनै आधिकारीक निर्णय हुँदै हुँदैन। प्रजातान्त्रिक पार्टीमा बहस हुन्छ
। तर, राप्रपामा छलफल पनि हुँदैन’, गिरीले भने, ‘राप्रपा भनेको कमल थापाको निरंकुशताको पराकाष्ट हो।’
- अन्नपूर्ण पोस्टबाट

http://annapurnapost.com/uploads/news/lokendra-bahadur-chand-5a4597c6593666.16365704.jpg

काठमाडौं पुस १४ गते । राप्रपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टी विलयको बाटोमा गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। राप्रपाका संस्थापक नेतासमेत रहेका चन्दले नेताहरूमा सत्ता र स्वार्थ हाबी भएकाले पार्टीको भविष्य चुनौतीपूर्ण रहेको बताए। उनले भने, ‘विभाजित स्थितिमा राप्रपाको भविष्य म देख्दिन। अहिले तीन चिरामा विभाजित पार्टीबीच एकता नभए राप्रपा विलयको बाटोमा जाने निश्चित छ।'

अन्नपूर्णसँगको विशेष कुराकानीमा बिहीबार उनले भने, ‘राप्रपा सैद्धान्तिकभन्दा केही नेताको सत्ता लोलुपताले विभाजित भयो। नेताहरूमा पछिल्लो समय सत्तामा कसरी पुग्ने प्रतिस्पर्धा र पार्टी नेतृत्वमा निरन्तरता दिइरहने प्रवृत्ति मात्र रह्यो। फलस्वरूप जानि नजानी पार्टी एकता र अनेकताको शृंखला चल्यो।'

राप्रपा वैकल्पिक राष्ट्रवादी शक्तिका रूपमा स्थापित भइरहेका बेला चुनावको संघारमा पार्टी विभाजन हुनु बिडम्बना भएको चन्दको भनाइ थियो। ‘देशको चौथो दलका रुपमा स्थापित भइसकेको राप्रपा आज अस्तित्वबिहिन अवस्थामा पुग्यो उनले भने, ‘तर चुनावको मुखमा पार्टी विभाजित हुँदा स्वभाविक रुपमा कमजोर हुने नै भयो।' उनले कांग्रेससँग चुनावी गठबन्धन गर्दासमेत कमजोरी भएको बताए।

उनले देशभर दुवै राप्रपाले प्रतिनिधिसिभामा ४÷४ सिटमा मात्र उम्मेदवारी दिएकाले उम्मेदवार नभएपछि समानुपातिकमा थोरै मत आएको बताए। विभाजनपछि आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको उनले बताए। उनले फेरि पार्टी एकता गर्नसमेत सुझाव दिए।

‘राप्रपा एजेन्डामा पनि कमजोर देखियो। अब पार्टी एकतासँगै हिन्दु राज्यको एजेन्डा उठाउन सके मात्र राप्रपाले फेरि जनमत पाउन सक्छ', उनले भने, ‘राप्रपाले हिन्दु राज्यको माग छाडेको हो कि भन्ने भ्रम जनतामा परेको छ।' उनले राष्ट्रपतिलाई विवादमा ल्याउन नहुनेमा जोड दिए।

उनले सहमतिमै अध्यादेश विवाद टुंग्याउनु उचित हुने भन्दै यथाशक्य राजनीतिक गतिरोध टुंग्याउन दलहरूसँग आग्रह गरे। वाम गठबन्धनका पक्षमा स्पष्ट बहुमत आइसकेपछि प्रधानमन्त्रीले राजीनामा नदिएर कुर्सीमोह देखाएको आरोप पनि चन्दको थियो।

https://www.onlinekhabar.com/wp-content/uploads/2017/12/eat-healthy.jpg

अनेक किसिमको रोगले आक्रमण गर्न सक्छ । यस्ता आक्रमणबाट बच्नका लागि शरीर रोग प्रतिरोधात्मक हुनुपर्छ । अर्थात शरीरमा रोगसँग लड्ने क्षमता हुनुपर्छ । यस्तो क्षमता भएको अवस्थामा हामीलाई सानोतिनो रोगले गाँज्दैन । वाहिरी चिसो बढ्दैमा वा ह्वात्तै गर्मी चर्कदैमा शरीरमा समस्या आउँदैन ।

त्यसो त दिनहुँ हामी थरीथरीका खानेकुरा खाइरहेका हुन्छौ । धेरै ठाउँमा पुगिरहेका हुन्छौ । कतै वायु प्रदूषण झेलिरहेका हुन्छौ, कतै रोगीको सम्पर्कमा पुगिरहेका हुन्छौ । यस्तो अवस्थामा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने हामीलाई त्यसले तुरुन्तै असर गर्न सक्छ । तर, रोगसँग लड्ने क्षमता भएको अवस्थामा भने यस्ता संक्रमणलाई शरीरले सजिलै पचाइदिन्छ । हामी निरोगी हुन्छौ । स्वस्थ्य हुन्छौ ।

तर, रोगसँग लड्ने क्षमता सबैको एकनास हुँदैन । यसका लागि हामीले शरीरलाई त्यही अनुसार तयार पनि राख्नुपर्छ । कसरी त ?

पानी

यो प्राकृतिक औषधि हो । प्रचुर मात्रामा शुद्ध पानीको सेवनले शरीरमा जम्मा भएका कति प्रकारका विषालु तत्वहरुलाई बाहिर निकाल्छ र प्रतिरोधक क्षमता बढ्छ । पानी तातो, मनतातो वा चिसो खान सकिन्छ । तर, फ्रिजको पानीबाट भने जोगिनुपर्छ ।

मौसमी फल

मौसम अनुसार जुन फल उपलब्ध हुन्छ, त्यो सेवन गर्नुपर्छ । साथै रसिलो फलफूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । सुन्तला, मौसम आदि रसिला फलहरुमा भरपूर मात्रामा खनिज, लवण तथा भिटामिन सी हुन्छन् । यिनीहरुले प्रतिरोधक क्षमता बढाउन महत्वपूर्ण भूमिका निभाउँछन् । चाहे सिंगो फल खानुस वा यसको रस निचोरेर । रसमा चिनी वा नून पनि मिलाउन सकिन्छ ।

ड्राइ फ्रुट्स


चिसो मौसममा ड्राइ फ्रुट्सको सेवन फाइदाजनक हुन्छ । यिनीहरुलाई रातभरी भिजाएर राखेर बिहान चिया वा दूधको साथमा खान सकिन्छ । खाना खानुभन्दा आधा घन्टा अगाडि ड्राइ फ्रुट्स खानु स्वास्थ्यका लागि हितकर हुन्छ ।

अंकुरित अन्न


अंकुरित अन्न (जस्तै मुङ, चना, केराउ आदि) तथा भिजाइएको दाल भरपूर मात्रामा सेवन गरौं । अन्नलाई अंकुरित गर्दा त्यसमा रहेका पोषक तत्वहरुको क्षमता बढ्छ । यो पचाउन सजिलो हुनुका साथै पौष्टिक र स्वादिष्ट पनि हुन्छ ।

सलाद

भोजनसँग सलादको उपभोग बढिभन्दा बढि गर्नुस । भोजनलाई पूर्णरुपमा पचाउनका लागि सलादको सेवन जरुरी हुन्छ । टमाटर, मुला, गाजर, प्याज, चुकन्दर आदिलाई सलादमा समावेश गर्नुस । यिनीहरुमा प्राकृतिक रुपमा रहेको नून हाम्रो लागि पर्याप्त हुन्छ । माथिबाट नून हाल्नु आवश्यक छैन ।

चोकरसहित अन्न

गहुँ, कोदो, मकै जस्ता अन्नहरुको सेवन चोकरसहित गर्नु राम्रो हुन्छ । यसबाट कब्जियत हुँदैन र प्रतिरोधि क्षमता चुस्त दुरुस्त रहन्छ ।

तुलसी

तुलसीको धार्मिक महत्व आफ्नो ठाउँमा छ तर यसका साथै यो एउटा एन्टिबायोटिक, दुखाई कम गर्न तथा रोग प्रतिरोधक क्षमता बढाउन पनि फाइदाजनक छ । दैनिक विहान तुलसीको ४-५ वटा पत्ता सेवन गर्ने गरौं ।

योग


योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्नमा महत्वपूर्ण भूमिका निभाउँछ । कुनै गुरुबाट योग सिकेर हरेक दिन घरमा अभ्यास गरौं ।

हाँसो


हाँस्नाले रक्तसञ्चार सुचारु हुन्छ र हाम्रो शरीरले अधिक मात्रामा अक्सिजन ग्रहण गर्छ । तनावमुक्त भएर हाँस्दा शरीरको रोग प्रतिरोधक क्षमता बढाउन पनि मद्दत मिल्छ ।

https://www.onlinekhabar.com/wp-content/uploads/2017/12/brabadhi.jpg

सन् २०१७ मा विश्वका सबैभन्दा धनी अर्वपतिहरुले कुल १० खर्ब डलर सम्पत्ति थप गरेका छन् । यस वर्ष आफ्नो सम्पत्ति सबैभन्दा धेरै बढाउनेमा अमेजनका मालिक जेफ बेजोस पहिलो नम्बरमा छन् ।

ब्लुम्बर्गले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्वका सबैभन्दा धनी ५ सय अर्बपतिहरुको गत वर्षको कुल सम्पत्ति ४० खर्ब ४० अर्ब रहेकोमा यो वर्ष ५० खर्ब ३० अर्ब डलर पुगेको छ । उनीहरुको कुल सम्पत्तिमा सन् २०१६ मा भएको वृद्धिभन्दा सन् २०१७ मा भएको वृद्धि ४ गुणा बढि हो ।

अमेजन कम्पनीको शेयर मूल्यमा भएको व्यापक वृद्धिसँगै यसका मालिक जेफ बेजोसको कुल सम्पत्ति ३४ अर्ब २० करोडले बढ्नेमात्र होइन, उनी बिल गेट्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न पुगे । त्यस्तै उनी १ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो र एकमात्र व्यक्ति बन्न पनि सफल भए । हालचाहीँ उनको सम्पत्ति केही घटेर ९९ अर्ब ६० करोड रहेको छ ।

त्यस्तै सन् २०१३ देखि लगातार पहिलो नम्बरमा रहेर यो वर्ष दोश्रो नम्बरमा धकेलिएका माइक्रोसफ्ट संस्थापक बिल गेट्सले पनि यो वर्ष आफ्नो कुल सम्पत्तिमा ८ अर्ब ८९ करोड डलर वृद्धि गर्न सफल भए । आफ्नो सम्पत्तिको ठूलो हिस्सा च्यारिटीमा दान गर्दा पनि उनको अहिलेको सम्पत्ति ९१ अर्ब ३० करोड डलर रहेको छ ।

तर यो वर्ष सबैभन्दा धेरै कमाउनेमा अमेजनका बेजोस पछाडि चिनिया प्रोपर्टी डेभलपर हुई का यान छन् । उनले गत वर्षभन्दा आफ्नो सम्पत्तिमा ३ सय ५० प्रतिशतले वृद्धि गरे । यो वर्ष उनले आफ्नो सम्पत्ति २५ अर्ब ९० करोड डलरले थप गरे ।

त्यस्तै फ्रेन्च व्यापारी बर्नार्ड आर्नोल्टले आफ्नो सम्पत्ति २३ अर्ब ६० करोड डलरले वृद्धि गर्न सफल भए ।

फेसबुक संस्थापक मार्क जुकरबर्गले सन् २०१७ मा आफ्नो कुल सम्पत्तिमा २२ अर्ब ६० करोड डलर थप गर्दै धेरै सम्पत्ति जोड्नेमा चौथो स्थानमा रहेका छन् । उनले आफ्नो कुल सम्पत्ति ७२ अर्ब ६० करोड डलर पूराएका छन् ।

ब्लुम्बर्गको रिपोर्ट अनुसार यो वर्ष सबैभन्दा धेरै सम्पत्ति जोड्नेमा अमेरिकी अर्बपतिहरु अगाडि छन् । अमेरिकाका १५९ जना अर्वपतिले कुल ३ खर्ब १५ अर्ब डलर सम्पत्ति थप गरेका छन् ।

त्यस्तै ३८ जना चिनिया अर्बपतिहरुले सन् २०१७ मा कुल १ खर्ब ७७ अर्ब डलर सम्पत्ति थप गरे भने २७ जना रुसी अर्बपतिले २९ अर्ब डलर सम्पत्ति थपेका छन् ।
रिपोर्ट अनुसार प्रविधि जगतका ५७ जना अर्बपतिहरुले गरी आफ्नो सम्पत्तिमा कुल २ खर्ब ६२ अर्ब डलर थप गरेका छन् । जुन गत वर्षभन्दा ३५ प्रतिशत बढि हो ।

समग्रमा विश्वका सबैभन्दा धनी ५ सय व्यक्तिमध्ये ४ सय अर्वपतिले यो वर्ष सम्पत्ति थप गर्न सफल भएका छन् । एजेन्सी

https://www.onlinekhabar.com/wp-content/uploads/2017/11/Kp-oli-1.jpg

काठमाडौं , पुस १४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश जारी गर्नु असंवैधानिक नभएको बताएका छन् । तर, अध्यादेश भने असंवैधानिक भएको उनको तर्क छ ।

शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘अध्यादेश जारी भयो भन्नेमैले सुनेको छु । अध्यादेश जारी गर्नु असंवैधानिक काम होइन राष्ट्रपतिज्यूको, संवैधानिक काम हो ।
‘मेरो भनाइ छ, उहाँले असाधारण दबाबका कारणले गरेको हुनुपर्छ’ अघि भने, अध्यादेश आएको छ, हाम्रो असहमति छ । यो अनुचित ढंगको चौतफी दबाबबाट जारी भएको हुनुपर्छ ।’

एकल संक्रमणीय मत प्रणाली अहिले पूर्ण रुपमा लागू हुन नसक्ने भन्दै उनले अध्यादेशमा प्रस्तावित व्यवस्थाको विरोध गरे ।

ओलीले आफूले कांग्रेस नेताहरुलाई केही सिट चाहिएको भए कुरा गरौैं भनेको उनले सुनाए ।

एमाले अध्यक्ष ओलीले अहिले पनि सरकार बन्न नदिने खेल भइरहेको बताए । सरकार प्रतिनिधिसभा स्वतन्त्र विजनेश भएको भन्दै उनले भने, यत्रो बहुमत ल्याइसकेपछि यो खोजेर त्यो खोजेर सरकार बन्न नदिने दुनियाँमा कहिँ हुन्छ ?’



काभ्रे , पुस १४ गते । ‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।

कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केनिफाका वुबालाई पक्राउ परेको छ । (कान्छी) आमाको सहयोगमा मंसिर २९ मा किटानी जाहेरी दिएपछि प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा जवर्जस्ती करणी भएको देखिएको छ । पीडकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको इप्रका बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

प्रहरीका अनुसार अभियुक्त पिता पेशाले ड्राइभर हुन् । उनका जेठी श्रीमतीबाट एउटी छोरी र एक छोरा छन् ।

जेठी श्रीमती अर्कैसँग गएपछि कान्छी ल्याए । कान्छीबाट ७ वर्षकी छोरी छन् । तर, पछिल्लो समय कान्छी श्रीमती बैदेशिक रोजगारीमा गएकी थिइन् । कान्छी आमा विदेश गएपछि बाबुले आफूलाई बलात्कार गर्न थालेको पीडित युवती बताउँछिन् ।

बलात्कारी वुबा त पक्राउ परे तर, घटना लुकाउन भन्दै आफन्तले पटक पटक दबाब दिएको केनिफाले सुनाइन् । ज्यान मार्नेसम्मको धम्की आएको उनले बताएकी छन् ।

बनेपास्थित प्रहरी चौकीमा भेटिएकी केनिफाले आफ्नो पीडा अनलाइनखबरलाई यसरी सुनाइन्ः

मामाघरमा पहिलोपटक बलात्कार भयो !

हाल म १७ वर्षकी भएँ । म र वुबा २ वर्ष जति अगाडि सानुममीको माइती गएका थियौँ । मामाघरमा हामीलाई एउटै कोठाको अलग-अलग खाटमा सुत्न प्रवन्ध गरेको रहेछ ।

एउटी छोरी बाबुसँग बाहेक कोसँग सुरक्षित हुन्छे र ! तर, त्यही दिन म बाबुबाट बलात्कृत भएँ । राति करिब ११ बजेतिर बाबु म सुतेको घाटमा आउनु भयो र सुमसुमाउँदै अँगालो मारेर मेरो कपडा खोली दिनुभयो । म अभागी ! आमा पोइल गइन्, बाउकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म ! बुबाले त्यो दिन मलाई रगत आउने गरी प्यास मेट्नुभयो र मज्जाले निदाउनुभयो । मैले भने आशु पिउँदै रात बिताएँ ।

दोस्रो पटक त गर्भ बसेछ !

मावलबाट हामी घर फर्कियौं । प्रायः कामबाट घर फर्किँदा वुबा रक्सी खाएर आउनुहुन्थ्यो । दोस्रोपटक उहाँ म सुतेको कोठामा आउनुभयो र जबर्जस्ती गर्न थाल्नुभयो । मैले प्रतिकार गर्न खोजेँ तर, धेरै कुटाइ खाएँ । त्यो दिन पनि मलाई छोड्नुभएन । मेरो अस्मितामाथि खेल्नुभयो । सायद गर्भ बसेछ, मलाई धेरैपटक वाकवाक लाग्यो । बुबाले साउनतिर गर्भ तुहाउने औषधि पटकपटक खुवाउनुभयो ।

भर्खरै एसईईको रिर्जल्ट आएको थियो । मलाइ कलेज पढ्न जाने रहर थियो । तर, सबै सपना नै भए । बाबुबाटै बलात्कृत भएपछि म दिनदिनै पागल जस्तै हुन थालेँ ।

सानुममीलाई गुहारेँ !

अन्तिमपटक बलात्कृत भएको त्यो दिन बुवा राति अलि ढिला घर आउनु भएको थियो । त्यो दिन पनि मैले प्रतिकार गरेँ । तर, उहाँको गिद्दे आँखा…। अति भयो भन्दै मैले वैदेशिक रोजगारीमा गएकी सानिमालाई मंसिर १९ गते फोन गरेर सबै जानकारी गराएँ । उहाँ केहीदिनमै नेपाल आउनुभयो र २९ मंसिरमा हामी इलाका प्रहरी कार्यालय बनेपामा गयौं । - रामसुन्दर आचार्य , अनलाइन खबरबाट



काठमाडौं , पुस १४ गते । राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेको नयाँ अध्यादेशअनुसार अब राष्ट्रियसभाको चुनाव हुँदा प्रत्येक प्रदेशबाट ६ जना सांसदहरु एकल संक्रमणीय विधिबाट छानिनेछन् । जसअनुसार जम्मा ४२ जना एकल संक्रमणीय विधिबाट छानिनेछन्र ।

तर, दुईजना सांसदको हकमा भने बहुमतीय प्रणाली नै कायम रहनेछ । जसअनुसार बहुमतीय प्रणालीबाट छानिने सांसदहरूको संख्या १४ हुनेछ

अध्यादेशको दफा ३ मा भनिएको छ- ‘संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाटनिर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने देहाय बमोजिम आठ जना सदस्य निर्वाचित हुनेछन् ।’
‘देहाय’ अन्तरगत महिला ३ जना, दलित १ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १ जना र अन्य ३ जना प्रत्येक प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनेछन् ।

यो सूचीमध्ये प्रत्येक प्रदेशबाट तीनजना महिला र तीनजना खुल्ला तर्फका सदस्यहरुको हकमा मात्रै एकल संक्रमणीय विधि लागू हुनेछ । किनभने, अध्यादेशको सोही दफाको उपदफा २ मा भनिएको छ-‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको कुनै समूहबाट एकजना सदस्य मात्र निर्वाचित गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछ ।’

अध्यादेशअनुसार प्रत्येक प्रदेशबाट दलित एक जना अनि अपाङ्ग/अल्पसंख्यक मध्येबाट पनि एकजना मात्रै निर्वाचित हुने भएकाले ती सांसदका लागि भने बहुमतीय प्रणाली नै लागू हुनेछ । - अनलाइन खाबरबाट



अध्यादेशको पूर्णपाठ



राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश

प्रस्तावना ः राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएको

र हाल सब्घीय संसदको अधिवेशन नभएकोले,

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा

राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।

परिच्छेद–१

प्रारम्भिक

। संक्षिप्त नाम र प्रारम्भ ः (१) यस अध्यादेशको नाम “राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश,

२०७४” रहेकोछ ।

(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।

द्द। परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा,–

(क) “अदालत” भन्नाले संविधानको धारा १३७ को उपधारा (१) बमोजिमको

सर्वोच्च अदालतको संवैधानिक इजलास सम्झनु पर्छ ।

(ख) “अल्पसब्ख्यक समुदाय” भन्नाले निर्वाचन हुनु भन्दा तत्काल अगाडि

भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को

उपधारा (१) को खण्ड (क) को अधीनमा रही नेपाल सरकारले नेपाल

राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका जातीय, भाषिक र

धार्मिक समूह सम्झनु पर्छ ।

(ग) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग

सम्झनु पर्छ ।

(घ) “उम्मेदवार” भन्नाले दफा १६ बमोजिम राष्ट्रिय सभाको सदस्यमा

उम्मेदवारको रुपमा मनोनयन गरिएको व्यक्ति सम्झनु पर्छ ।

(ब) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस अध्यादेश अन्तर्गत

बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(च) “दल” भन्नाले निर्वाचनको प्रयोजनको लागि आयोगमा दर्ता भएको

राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले एकल चुनाव चिन्ह लिई

संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने दलहरुको समूहलाई समेत

जनाउँछ ।

(छ) “निर्वाचक मण्डल” भन्नाले दफा ४ बमोजिमको निर्वाचक मण्डल

सम्झनु पर्छ ।

(ज) “निर्वाचन” भन्नाले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड

(क) बमोजिम राष्ट्रिय सभा सदस्यको लागि हुने निर्वाचन सम्झनु पर्छ
एबनभ ज्ञ या द्दछ
एबनभ द्द या द्दछ

द्द

र सो शब्दले निर्वाचित भएको सदस्यको पद रिक्त भएको अवस्थामा

गरिने उपनिर्वाचनलाई समेत जनाउँछ ।

(झ) “निर्वाचन अधिकृत” भन्नाले दफा ७ बमोजिम नियुक्त निर्वाचन

अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृतलाई

समेत जनाउँछ ।

(ञ) “निर्वाचन प्रतिनिधि” भन्नाले दफा २८ बमोजिम नियुक्त भएको

निर्वाचन प्रतिनिधि सम्झनु पर्छ ।

(ट) “मतदाता” भन्नाले दफा ४ बमोजिमको निर्वाचक मण्डलमा नाम

रहेका प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा

नगरपालिकाका प्रमुख र उपप्रमुख सम्झनु पर्छ ।

(ठ) “मतदान अधिकृत” भन्नाले दफा १० बमोजिम नियुक्त मतदान

अधिकृत सम्झनु पर्छ।

(ड) “मतपत्र” भन्नाले निर्वाचनमा मतदान गर्नका लागि व्यवस्था गरिएको

मतपत्र सम्झनु पर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान हुने

व्यवस्था भएकोमा त्यस्तो विद्युतीय उपकरणमा प्रयोग हुने मतपत्र वा

त्यस्तो उपकरणमा जडित डिजिटल मतपत्रलाई समेत जनाउँछ ।

(ढ) “मतपेटिका” भन्नाले मत सङ्केत गरेको मतपत्र राख्नको लागि आयोगले

व्यवस्था गरेको मतपेटिका सम्झनु पर्छ र सो शब्दले विद्युतीय

उपकरणबाट मतदान गरेकोमा त्यसरी मतदान गरेको मत सङ्केतलाई

अभिलेख गर्ने विद्युतीय उपकरणलाई समेत जनाउँछ ।

(ण) “राष्ट्रिय सभा” भन्नाले संविधानको धारा ८६ बमोजिम गठन हुने राष्ट्रिय

सभा सम्झनु पर्छ ।

(त) “सदस्य” भन्नाले राष्ट्रिय सभाको सदस्य सम्झनु पर्छ ।

(थ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।

परिच्छेद–२

सदस्यको निर्वाचन तथा निर्वाचन कार्यक्रम

घ। सदस्यको निर्वाचन ः (१) संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम

निर्वाचित हुने सदस्यको निर्वाचनको लागि प्रत्येक प्रदेशमा गठन भएकोनिर्वाचक मण्डलले

दिएको मतको आधारमा एकल सब्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट निर्वाचित

हुन आवश्यक पर्ने मत प्राप्त गर्ने देहाय बमोजिम आठ जना सदस्य निर्वाचित हुनेछन्ः–
एबनभ द्द या द्दछ
एबनभ घ या द्दछ



(क) महिला तीन जना,

(ख) दलित एक जना,

(ग) अपाङ्गता भएका व्यक्ति वा अल्पसब्ख्यक समुदायबाट एक जना,

(घ) अन्य तीन जना ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको कुनै

समूहबाट एक जना सदस्य मात्र निर्वाचित गर्नु पर्ने अवस्थामा सबै भन्दा बढी मत प्राप्त गर्ने

उम्मेदवार निर्वाचित हुनेछ ।

(३) उपदफा (१) बमोजिम सदस्य पदमा निर्वाचित हुन आवश्यक पर्ने मतसब्ख्या तथा

निर्वाचन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

द्ध। निर्वाचक मण्डल ः (१) प्रत्येक प्रदेशमा देहायका मतदाता रहेको एक निर्वाचक मण्डल

रहनेछ ः–

(क) सम्बन्धित प्रदेश सभाका सदस्य,

(ख) सम्बन्धित प्रदेश भित्रका गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा

नगरपालिकाको प्रमुख र उपप्रमुख ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सभाको कुनै सदस्य,

कुनै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको निर्वाचन हुन

नसकेको वा अन्य कुनै कारणले पद रिक्त भएको कारणले मात्र निर्वाचक मण्डल गठन गर्न

बाधा पुग्ने छैन ।

(३) उपदफा (१) को प्रयोजनको लागि आयोगले निर्वाचक मण्डलमा तत्काल कायम

रहेको मतदाताको नाम समावेश गरी तोकिए बमोजिम मतदाता नामावली तयार गरी प्रकाशन

गर्नेछ ।

छ। निर्वाचनको मिति तोक्नेः (१) नेपाल सरकारले निर्वाचनको मिति तोक्नेछ ।

तर निर्वाचनको मिति तोक्नु भन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनु

पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निर्वाचनको मिति तोकेको सूचना नेपाल राजपत्रमा प्रकाशन

गर्नु पर्नेछ ।

ट। निर्वाचन कार्यक्रमको सूचना ः (१) दफा ५ बमोजिम निर्वाचनको मिति तोकिएको सूचना

प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता

गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजूरी

दिने, मनोनयनपत्र जाँच गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने,
एबनभ घ या द्दछ
एबनभ द्ध या द्दछ

द्ध

उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान गर्ने

मिति, समय र स्थान समेत उल्लेख गर्नु पर्नेछ ।

(३) यस दफा बमोजिमको निर्वाचन कार्यक्रम आयोगले नेपाल राजपत्रमा प्रकाशन

गर्नेछ ।

(४) उपदफा (१) बमोजिम आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम बमोजिमको

सूचना सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद–३

निर्वाचन अधिकृत, मतदान अधिकृत र अन्य कर्मचारी

ठ। निर्वाचन अधिकृतको नियुक्ति ः संविधान, यस अध्यादेश तथा सब्घीय कानून बमोजिम

निर्वाचनमा सम्पादन गर्नुपर्ने काम गर्न वा गराउनका लागि प्रत्येक प्रदेशमा आयोगले न्याय

परिषद्को परामर्शमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

ड। निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार ः (१) आयोगको निर्देशनको अधीनमा रही

आपूmलाई तोकिएको प्रदेशमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन गर्नु, गराउनु निर्वाचन

अधिकृतको कर्तव्य हुनेछ ।

(२) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाएको कर्मचारीलाई आवश्यकता

अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

तर मनोनयनपत्र जाँच्ने, मनोनयन पत्र सदर वा बदर गर्ने र मतगणनाको अन्तिम

परिणाम घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन ।

(३) निर्वाचन अधिकृतले नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई निर्वाचन

सम्बन्धी कुनै काममा खटाउन वा लगाउन सक्नेछ ।

(४) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

ढ। सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीको नियुक्ति ः (१) निर्वाचन अधिकृतले आयोगले

तोके बमोजिमको सब्ख्यामा सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीहरु नियुक्त गर्न

सक्नेछ ।

(२) निर्वाचन अधिकृतको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही निर्वाचन सम्बन्धी काम

गर्नु सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीहरुको कर्तव्य हुनेछ । ज्ञण्। मतदान अधिकृतको नियुक्ति ः (१) निर्वाचन अधिकृतले नेपाल सरकार तथा प्रदेश सरकारका

कर्मचारीलाई मतदान अधिकृतमा नियुक्त गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त मतदान अधिकृतले यो अध्यादेश र यस अध्यादेश

अन्तर्गत बनेको नियम वा जारी भएको आदेशले तोके बमोजिमको मतदान गराउने सम्बन्धी

सम्पूर्ण काम स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउनु पर्नेछ ।

(३) मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
एबनभ द्ध या द्दछ
एबनभ छ या द्दछ



परिच्छेद–४

उम्मेदवार तथा मनोनयनपत्र

ज्ञज्ञ। उम्मेदवारको योग्यता ः निर्वाचनमा उम्मेदवार हुन कुनै पनि व्यक्तिले देहायको योग्यता पूरा

गरेको हुनु पर्नेछ ः–

(क) नेपालकोनागरिक,

(ख) पैंतीस वर्ष उमेर पूरा भएको,

(ग) कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम

समावेश भएको,

(घ) कुनैसब्घीय कानूनले अयोग्य नभएको,

(ब) कुनै लाभको पदमा बहाल नरहेको।

स्पष्टीकरण ः यस खण्डको प्रयोजनको लागि “लाभको पद” भन्नाले

निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी

कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।

ज्ञद्द। उम्मेदवारको अयोग्यता ः यस अध्यादेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको

व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ ः–

(क) दफा ११ बमोजिमको योग्यता नभएको,

(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार,

प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,

(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय

भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू

औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण,

राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने

अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद, बीस

वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम

भएको,

(ब) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान

सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय

भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(च) जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी

कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन

वर्ष पूरा नभएको,
एबनभ छ या द्दछ
एबनभ ट या द्दछ



(छ) खण्ड (घ) र (ब) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष

वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको

मितिले छ वर्ष पूरा नभएको,

(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,

(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(ञ) मानसिक सन्तुलन ठीक नभएको ।

ज्ञघ। उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय ः (१) सदस्यको लागि उम्मेदवारीको मनोनयन दर्ता

भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा

हुन गएको छ भन्ने कसैलाई लागेमा सो विषयमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन

अधिकृत मार्पmत आयोग समक्ष उजूरी दिन सकिनेछ ।

(२) उपदफा (१) बमोजिम उजूरी प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई

सात दिनको म्याद दिई त्यस सम्बन्धमा स्पष्टीकरण माग गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम स्पष्टीकरण प्राप्त भएपछि वा म्यादभित्र स्पष्टीकरण प्राप्त

नभएमा सोही व्यहोरा उल्लेख गरी निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम परेको उजूरी र

तत्सम्बन्धी कागजात यथाशीघ्र आयोगमा पठाउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम उजूरी सहितका कागजात प्राप्त भएपछि आयोगले चाहेमा

सोविषयमा सम्बन्धित उम्मेदवारसँग बुझ्न वा थप प्रमाण माग गर्न सक्नेछ ।

(५) आयोगले उपदफा (३) बमोजिम निर्वाचन अधिकृतबाट प्राप्त उजूरी सहितका कागजात

जाँचबुझ गरी उजूरी प्राप्त भएको मितिले सात दिनभित्र उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय

गरिसक्नु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गर्दा अपनाउनु पर्ने

कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले कुनै उम्मेदवारको

अयोग्यताका सम्बन्धमा यस दफा बमोजिम निर्णय गरी नसकेको कारणबाट मात्र त्यस्तो निर्वाचनको

काम कारबाहीमा कुनै असर पर्ने छैन ।

ज्ञद्ध। पद मुक्त हुने ः (१) सदस्यको पदमा निर्वाचित कुनै व्यक्ति दफा १२ बमोजिम अयोग्य रहेको

अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ ।

(२) उपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई

दिनु पर्नेछ ।

(३) कुनै सदस्यको पदमा निर्वाचित व्यक्तिको अयोग्यता सम्बन्धमा अदालतमा उजूरी

दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(४) उपदफा (१) बमोजिम सदस्य पदमुक्त भएको सूचना आयोगले नेपाल राजपत्रमा

प्रकाशन गर्नु पर्नेछ ।
एबनभ ट या द्दछ
एबनभ ठ या द्दछ



ज्ञछ। उम्मेदवारको उमेरको गणना ः निर्वाचनमा उम्मेदवार हुनको लागि उम्मेदवारको उमेरको

गणना गर्दा मनोनयनपत्र दर्ता गर्ने मितिसम्म पैंतीस वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ ।

ज्ञट। उम्मेदवारको मनोनयन ः (१) दफा १२ बमोजिम अयोग्यता नभएको व्यक्ति निर्वाचनमा

उम्मेदवार हुन वा त्यस्तो व्यक्तिलाई उम्मेदवार मनोनयन गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम उम्मेदवारी दाखिला वा मनोनयन गर्दा एकजना प्रस्तावक र

एकजना समर्थक हुनुपर्नेछ । त्यस्तो प्रस्तावक र समर्थक दफा ४ को उपदफा (३) बमोजिमको

मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति हुनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कुनै व्यक्तिलाई उम्मेदवारको रुपमा प्रस्ताव गरिएको

अवस्थामा त्यस्तो उम्मेदवारले मनोनयन पत्रमा आफ्नो मञ्जुरी लेखी सहीछाप समेत गर्नु

पर्नेछ ।

(४) दलले खडा गरेको उम्मेदवारको सम्बन्धमा त्यस्तो दलको तर्पmबाट दफा १७ को

उपदफा (१) बमोजिमको अधिकारीले दिएको औपचारिक पत्र मनोनयनपत्र साथ पेश गर्नु

पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको अधिकारीले उम्मेदवारलाई दिएको त्यस्तो औपचारिक

पत्रको एक प्रति निर्वाचन अधिकृतलाई समेत पठाउनु पर्नेछ ।

(६) उपदफा (४) बमोजिमको रीत नपु¥याई मनोनयनपत्र दाखिला भएको अवस्थामा

त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन ।

(७) कुनै व्यक्तिलाई निर्वाचनको लागि बढीमा दुई मनोनयनपत्रद्वारा मनोनयन गर्न

सकिनेछ ।

ज्ञठ। मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्था ः (१) दलले आफ्नो

तर्पmबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी

समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोक्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको

नमूना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो

समितिको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने मिति

अगावै आयोगले तोकेको अवधिभित्र आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।

(३) आयोगले उपदफा (२) बमोजिमको दस्तखत नमूना सहितको विवरण मनोनयनपत्र

दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाई सक्नु पर्नेछ ।

ज्ञड। उम्मेदवारको मनोनयन दर्ता ः (१) उम्मेदवारको मनोनयनपत्र उम्मेदवार आफैँले वा निजको

प्रतिनिधि, प्रस्तावक वा समर्थकले सम्बन्धित निर्वाचन अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश भएको मनोनयनपत्र सम्बन्धित निर्वाचन अधिकृतले यस

अध्यादेश बमोजिम रीतपूर्वकको भए नभएको जाँचबुझ गरी रीतपूर्वकको भए दर्ता गरी सोको

निस्सा मनोनयनपत्र दर्ता गर्न ल्याउने व्यक्तिलाई दिनु पर्नेछ ।
एबनभ ठ या द्दछ
एबनभ ड या द्दछ



(३) कसैले प्रस्तावक वा समर्थक नभएको, प्रस्तावक वा समर्थक दोहोरिएको, दफा ६२

बमोजिमको धरौटी राखेको निस्सा नभएको, प्रस्तावक वा समर्थक वा उम्मेदवार हुने व्यक्तिको

सहीछाप नभएको वा अन्य रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा निर्वाचन अधिकृतले

रीत नपुगेको जति कुरा सच्याउन लगाई त्यस्तो मनोनयनपत्र दर्ता गर्नु पर्नेछ । कसैले यसरी

रीत नपुगेको कुरा नसच्याई मनोनयनपत्र दर्ता गराउन चाहेमा निर्वाचन अधिकृतले सोही

व्यहोरा मनोनयनपत्रमा जनाई त्यसको सूचना मनोनयनपत्र दर्ता गराउने व्यक्तिलाई दिनु

पर्नेछ ।

(४) मनोनयनपत्र साथ पेश गर्नु पर्ने अन्य कागजात तोकिए बमोजिम हुनेछ ।

(५) निर्वाचन अधिकृतले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन

कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको

सूची प्रकाशन गर्नेछ ।

ज्ञढ। दाबी विरोध गर्न सक्ने ः दफा १८ बमोजिम मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवारको

योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन

कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजूरी दिन

सक्नेछ । द्दण्। मनोनयनपत्रको जाँच ः (१) दफा १८ बमोजिम दर्ता भएको मनोनयनपत्र जाँच गर्दा निर्वाचन

कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा उम्मेदवार, निजको प्रतिनिधि,

प्रस्तावक वा समर्थक उपस्थित हुनु पर्नेछ ।

(२) उपदफा (१) मा उल्लेख गरिएका व्यक्तिको उपस्थितिमा निर्वाचन अधिकृतले सम्पूर्ण

उम्मेदवारको मनोनयनपत्र जाँच गर्नु पर्नेछ ।

तर त्यसरी उपस्थित हुनु पर्ने कुनै उम्मेदवार, निजको प्रस्तावक, समर्थक वा प्रतिनिधि

उपस्थित नभएमा पनि मनोनयनपत्र जाँच गर्न र सो विषयमा कानून बमोजिम निर्णय गर्न यस

उपदफाले बाधा पु¥याएको मानिने छैन ।

(३) निर्वाचन अधिकृतले देहायको कुनै अवस्थामा मनोनयनपत्रको जाँच सम्बन्धी

कारबाही स्थगित गर्न सक्नेछ र यसरी मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित गरेमा

त्यसकोजानकारी आयोगलाई दिनु पर्नेछ ः–

(क) मनोनयनपत्र जाँच गर्ने समयमा सो स्थानमा हुलदङ्गा लगायत अन्य

असामान्य परिस्थिति उत्पन्न भएमा,

(ख) प्राकृतिक विपद्को कारणले काबू बाहिरको परिस्थिति उत्पन्न भएमा ।

(४) उपदफा (३) बमोजिम मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित भएमा

आयोगको कुनै निर्देशन भए सो समेतको आधारमा निर्वाचन अधिकृतले समय र स्थान तोकी

यथासम्भव छिटो मनोनयनपत्रकोजाँच गर्नु पर्नेछ ।

(५) मनोनयनपत्रको जाँच सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
एबनभ ड या द्दछ
एबनभ ढ या द्दछ



द्दज्ञ। मनोनयनपत्र बदर हुने अवस्था ः देहायको कुनै अवस्थामा मनोनयनपत्र बदर हुनेछ ः–

(क) संविधान र यस अध्यादेश बमोजिम उम्मेदवारको योग्यता नभएमा,

(ख) उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निज वा निजको प्रस्तावक

र समर्थकको सहीछाप नभएमा वा कीर्ते सहीछाप भएमा,

(ग) दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र मनोनयनपत्र

दर्ता नभएमा,

(घ) दफा १६, १७ र १८ मा लेखिए बमोजिम मनोनयनपत्र दाखिला

नभएमा,

(ब) दफा ६२ बमोजिम धरौटी दाखिला नगरेमा,

(च) यस अध्यादेश बमोजिम अन्य रीत नपुगेको भएमा ।

द्दद्द। उम्मेदवारको नामावली ः निर्वाचन अधिकृतले मनोनयनपत्र जाँच गरिसकेपछि कानून बमोजिम

रीत पुगेका मनोनयनपत्र बमोजिमका उम्मेदवारको नामावली तयार गरी सोको एक प्रति

आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।

द्दघ। नाम फिर्ता लिने ः (१) कुनै उम्मेदवारले उम्मेदवारको नामावलीबाट आफ्नो नाम फिर्ता लिन

चाहेमा दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित

सूचना दिई नाम फिर्ता लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना उम्मेदवार आफैंले वा निजको

प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना निर्वाचन अधिकृत समक्ष दाखिला

भैसकेपछि त्यस्तो सूचना बदर गर्न वा फिर्ता लिन पाइने छैन ।

(४) कुनै दलको तर्पmबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न दफा १७

को उपदफा (१) बमोजिम तोकिएको पदाधिकारीले त्यस्तो दलको तर्फबाट उम्मेदवारी दिएको

कुनै उम्मेदवारको नाम फिर्ता लिने गरी निर्वाचन अधिकृतलाई दफा ६ को उपदफा (२)

बमोजिम तोकिएको समयभित्र लेखी पठाउन सक्नेछ ।

(५) उपदफा (१), (२) वा (४) बमोजिम दाखिला भएको सूचनाको बारेमा निर्वाचन

अधिकृत विश्वस्त भएमा त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्नेछ ।

यसरी नाम हटाइएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नु

पर्नेछ ।

द्दद्ध। उम्मेदवारको अन्तिम नामावली ः (१) दफा ६ को उपदफा (२) बमोजिम नाम फिर्ता लिन

तोकिएको समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली

तयार गरी एक प्रति तुरुन्त आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एक प्रति आयोगमा

पठाउनु पर्नेछ ।
एबनभ ढ या द्दछ
एबनभ ज्ञण् या द्दछ

ज्ञण्

(२) उपदफा (१) बमोजिमको नामावलीमा उम्मेदवारको नाम नेपाली वर्णानुक्रम

अनुसार लेखिनेछ र कुनै उम्मेदवार दलको तर्पmबाट मनोनीत भएकोमा निजको ठेगानामा

त्यस्तो दलको नाम समेत उल्लेख गर्नु पर्नेछ ।

द्दछ। निर्विरोध निर्वाचित ः दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा दफा ३

बमोजिम निर्वाचित गर्नु पर्ने कुनै पदका लागि जति जना निर्वाचित हुने हो त्यति नै वा सो

भन्दा कम उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले सो पदमा त्यस्तो उम्मेदवार

तोकिए बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।

द्दट। उम्मेदवारको मृत्यु भएमा ः (१) दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन

हुनु अघि वा प्रकाशन भई सकेपछि दलबाट मनोनयन भएको कुनै उम्मेदवारको मृत्यु भई

सोको लिखित सूचना निर्वाचन प्रतिनिधि, सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा

र सो कुरामा निर्वाचन अधिकृत विश्वस्त भएमा निर्वाचन अधिकृतले त्यस्तो निर्वाचनसँग

सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गरी सोको जानकारी आयोगलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निर्वाचन सम्बन्धी कार्यक्रम स्थगित भएको सूचना अन्य

उम्मेदवार समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा टाँस्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएमा आयोगले उम्मेदवारको अन्तिम

नामावली प्रकाशन हुनुअघि उम्मेदवारको मृत्यु भएकोमा त्यस्तो निर्वाचनको मतदानको

कार्यक्रममा असर नपर्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी कार्यक्रम र उम्मेदवारको अन्तिम

नामावली प्रकाशन भए पछि मृत्यु भएकोमा मतदान गर्ने मिति लगायत यस परिच्छेद

बमोजिमको अन्य कार्यक्रम पुनः निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उम्मेदवारको मृत्यु भई

निर्वाचनको कार्यक्रम स्थगित भएकोमा दफा ६ को उपदफा (२) बमोजिमको निर्वाचन

कार्यक्रममा लेखिए बमोजिमको काम सम्पन्न गर्नु पर्ने अवधि पन्ध्र दिन भन्दा बढी भएमा पुनः

अर्को कार्यक्रम प्रकाशन गर्नु पर्ने छैन र सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा

बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नु पर्ने गरी निर्वाचन कार्यक्रम

निर्धारण गर्नु पर्नेछ ।

(५) उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम स्थगित भएकोमा पहिले मनोनयनपत्र

पेश गरेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नु पर्ने छैन र जुन दलको उम्मेदवारको

मृत्यु भएको हो त्यस्तो दलको तर्पmबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ ।

द्दठ। उम्मेदवारको परिचयपत्र ः दफा २४ बमोजिम अन्तिम नामावलीमा कायम रहेको उम्मेदवारलाई

निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको परिचयपत्र दिनेछ ।
एबनभ ज्ञण् या द्दछ
एबनभ ज्ञज्ञ या द्दछ

ज्ञज्ञ

परिच्छेद–५

उम्मेदवारको प्रतिनिधि

द्दड। निर्वाचन प्रतिनिधि ः (१) उम्मेदवारले कुनै व्यक्तिलाई निर्वाचनको लागि आफ्नो निर्वाचन

प्रतिनिधि नियुक्त गरेमा सोको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधिलाई उम्मेदवारले जुनसुकै

बखत बदर गरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी अर्को निर्वाचन प्रतिनिधि

नियुक्त गरेको लिखित सूचना सम्बन्धित निर्वाचन अधिकृतलाई तुरुन्त दिनु पर्नेछ ।

(३) यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको नियममा निर्वाचन प्रतिनिधिले गर्नु

पर्ने भनी उल्लेख गरे बमोजिमको काम गर्नु उपदफा (१) बमोजिम नियुक्त निर्वाचन

प्रतिनिधिको कर्तव्य हुनेछ ।

(४) निर्वाचन प्रतिनिधिको योग्यता तोकिए बमोजिम हुनेछ ।

द्दढ। मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि ः (१) उम्मेदवार वा निर्वाचन प्रतिनिधिले प्रत्येक

मतदान केन्द्रको लागि तोकिए बमोजिम मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी मतदान

प्रतिनिधि नियुक्त गरेको लिखित सूचना मतदान अधिकृत र निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(२) उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतगणना स्थलमा उपस्थित रहन तोकिए

बमोजिम मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी मतगणना प्रतिनिधि नियुक्त गरेको

लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम नियुक्त भएको मतदान प्रतिनिधिलाई उम्मेदवार वा

निर्वाचन प्रतिनिधिले जुनसुकै बखत बदर गरी अर्को मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि

नियुक्त गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम अर्को मतदान प्रतिनिधि नियुक्त गरिएकोमा मतदान

अधिकृतलाई र अर्को मतगणना प्रतिनिधि नियुक्त गरिएकोमा निर्वाचन अधिकृतलाई तुरुन्त

जानकारी दिनु पर्नेछ ।

(५) यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको नियम बमोजिम मतदान प्रतिनिधि र

मतगणना प्रतिनिधिले गर्नु पर्ने भनी उल्लेख भएका काम गर्नु उपदफा (१) वा (२) बमोजिम

नियुक्त मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ ।

(६) मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको सब्ख्या र योग्यता तोकिए बमोजिम

हुनेछ । घण्। उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा ः यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको

नियम बमोजिम निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा

वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनु पर्ने अवस्थामा उपस्थित नरहेमा वा

निजहरुमध्ये कसैले गर्नु पर्ने काम नगरेमा सोही कारणले मात्र मतदान, मतगणना वा

निर्वाचनको परिणामको घोषणाको काम रोकिने छैन र त्यस्तो काम कानून बमोजिम भएको

मानिनेछ ।
एबनभ ज्ञज्ञ या द्दछ
एबनभ ज्ञद्द या द्दछ

ज्ञद्द

परिच्छेद–६

मतदान केन्द्र तथा मतदान

घज्ञ। मतदान केन्द्रः (१) निर्वाचनका लागि आयोगले तोकेको स्थानमा मतदान केन्द्र रहनेछ ।

(२) मतदान केन्द्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

घद्द। मतपत्र ः (१) मतपत्रको ढाँचा आयोगले तोके बमोजिम हुनेछ ।

(२) मतपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

घघ। मतपेटिका तथा अन्य निर्वाचन सामग्री ः (१) मतदानको लागि आयोगले तोके बमोजिमको

मतपेटिका तथा निर्वाचन सामग्री प्रयोग गरिनेछ ।

(२) मतपेटिका तथा अन्य निर्वाचन सामग्री व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए

बमोजिम हुनेछ ।

घद्ध। मतदानको समय ः मतदान हुने मिति र मतदान गर्ने समय दफा ६ को उपदफा (२)

बमोजिमको सूचनामा तोके बमोजिम हुनेछ ।

घछ। मतदान ः (१) मतदाताले आपूmलाई तोकिएको मतदान केन्द्रमा गोप्य मतदानद्वारा मतदान गर्नु

पर्नेछ ।

(२) मतदाताले मतदान गर्न तोकिए बमोजिम मतपत्र लिई सोको लागि राखिएको

मतपेटिकामा मतदान गर्नु पर्नेछ ।

(३) मतदाताले आफ्नो नामबाट बाहेक अन्य कुनै व्यक्तिको नामबाट मतदान गर्न पाउने

छैन ।

(४) कुनै पनि मतदाताले एउटै निर्वाचनमा एकभन्दा बढी पटक वा एकभन्दा बढी

मतदान केन्द्रमा मतदान गर्न पाउने छैन ।

(५) कुनै पनि मतदाताले मतदानको अवधिभर आफूले कसलाई मतदान गरेको हो भन्ने

व्यहोरा कुनै पनि माध्यमबाट कसैलाई पनि प्रकट गर्नु हँुदैन ।

घट। मतदानको प्रक्रिया ः (१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान

अधिकृतले तोकिए बमोजिमको रीत पु¥याई तोकिएको मतपत्र दिनेछ ।

(२) मतदातालाई मतपत्र दिनु अघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए

बमोजिमको व्यहोरा जनाउनु पर्नेछ ।

(३) मतदाताले सम्बन्धित समूहबाट जति जना सदस्य निर्वाचित गर्नु पर्ने हो त्यति नै

सब्ख्याका उम्मेदवारलाई तोकिए बमोजिम प्राथमिकता जनाई गोप्य तरिकाले मतदान गर्नु

पर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (१)

बमोजिम कुनै समूहबाट एक जना सदस्य मात्र निर्वाचित गर्नु पर्ने अवस्थामा मतदाताले एक

जना उम्मेदवारलाई मात्र मत दिई तोकिए बमोजिम मतदान गर्नु पर्नेछ ।
एबनभ ज्ञद्द या द्दछ
एबनभ ज्ञघ या द्दछ

ज्ञघ

(५) यस अध्यादेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने

प्रयोजनको लागि विद्युतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम

विद्युतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।

घठ। नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्ने ः (१) कुनै मतदाता वा व्यक्तिले आफ्नो नाम ढाँटी

अर्को मतदाताको नाममा मतदान गर्नको लागि मतपत्र लिन आएमा उम्मेदवार, निजको

प्रतिनिधि वा सोही मतदान केन्द्रको कुनै मतदाताले एक सय रुपैयाँ धरौटी राखी मतदान

अधिकृत समक्ष विरोध गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम विरोध गरेमा मतदान अधिकृतले त्यस सम्बन्धमा आवश्यक

कुरा बुझी तत्काल निर्णय गर्नु पर्नेछ र यसरी पर्न आएको विरोध र त्यसको निर्णय आयोगले

तोके बमोजिमको निर्णय किताबमा तुरुन्त जनाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम विरोध ठीक ठहरेमा मतदान अधिकृतले त्यस्तो धरौटी रकम

सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ र विरोध गलत देखिएमा त्यस्तो धरौटी रकम जफत हुनेछ ।

(४) उपदफा (१) बमोजिमको विरोध ठीक ठहरेमा त्यसरी नाम ढाँटी मतदान गर्न

आउने व्यक्तिलाई मतदान अधिकृतले निर्वाचन कसूर तथा सजाय सम्बन्धी सब्घीय कानून

बमोजिम जरिबाना गर्नेछ ।

घड। विशेष परिस्थितिमा मतदान स्थगित गर्न सक्नेः (१) मतदान केन्द्रमा कुनै असामान्य परिस्थिति

उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण सञ्चालन हुन नसकी वा उपद्रव वा प्राकृतिक

विपत्ति वा आफ्नो काबूबाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा सो मतदान

केन्द्रमा नियुक्त मतदान अधिकृत विश्वस्त भएमा निजले सो मतदान केन्द्रको मतदान कार्य

तत्काल स्थगित गर्न सक्नेछ ।

(२) मतदान अधिकृतले उपदफा (१) बमोजिम मतदान स्थगित गरेमा सोको सूचना

सोही स्थानमा प्रकाशन गरी त्यसको जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम मतदान स्थगित भएको व्यहोराको जानकारी निर्वाचन

अधिकृतले तुरुन्त आयोगलाई दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको जानकारी प्राप्त गरेपछि आयोगले अन्यथा निर्देशन दिएमा

बाहेक निर्वाचन अधिकृतले पुनः मतदान हुने मिति र समय तोकी सूचना प्रकाशन गरी पुनः

मतदान गराउनेछ ।

घढ। मतदान केन्द्रमा प्रवेश ः (१) मतदान अधिकृतले मतदान केन्द्रमा देहायका व्यक्तिहरु बाहेक अरु

कसैलाई प्रवेश गर्न दिने छैन ः–

(क) मतदाता,

(ख) उम्मेदवार वा निजको एकजना निर्वाचन प्रतिनिधि वा मतदान

प्रतिनिधि,

(ग) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,
एबनभ ज्ञघ या द्दछ
एबनभ ज्ञ या द्दछ

Page 1 of 25

dilnath giriको लागि तस्बिर परिणाम

काठमाडौँ, पुस १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।



पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिनुभयो ।

मन्त्री गिरीले रासससँगको कुराकानीमा सो विषयमा आफूले पनि हल्ला सुनेको बताउनुभयो । दै पार्टी अध्यक्ष निरंकुश भएपछि कुनै पनि नेता जुनकुनै समयमा कारबाहीमा पर्नसक्ने उहाँको भनाइ छ ।

http://gorkhapatraonline.com/uploads/news-content/1%20News%20Photo%202074/President%20Bidhya_Bhandari.JPG

काठमाडौँ, पुस १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री देउवा शीतल निवास जानुभएको थियो । उहाँहरुका बीचमा सो अध्यादेश र पछिल्लो राजनीतिक अवस्था विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश आज नै प्रमाणीकरण गर्नुभएको थियो । सरकारले गत कात्तिकको पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको सो अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा रहेको थियो ।

सो अध्यादेशको अभावमा रााष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको थिएन । निर्वाचन आयोगलाई राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो परेको थियो ।

संविधानमा रााष्ट्रियसभा निर्वाचनका लागि स्थानीय निकायअन्तर्गतका नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डलको व्यवस्था रहेको छ ।

राष्ट्रपति भण्डारीले सो अध्यादेशमा राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री देउवा, नेकपा९एमाले० अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफलसमेत गर्नुभएको थियो । - रासस

 
काठमाडौं , पुस ११ गते । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिरको कोर क्षेत्रमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ ।

यसअघि ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति क्षेत्रमा पनि गाडीहरु निषेध गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले भने, ‘श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि सवारी साधन निषेध आवश्यक देखियो ।’

यसअघि पशुपतिनाथ मन्दिरको पश्चिम र दक्षिण ढोका अगाडि रहेको सडकमा गाडीहरु गुड्थे ।

यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठ्यारो हुने गरेको थियो । डीएसपी मरासिनीले भने, ‘अब मन्दिर परिसरमा स्वच्छ, सफा र भक्तजनहरुलाई पनि सहज हुने विश्वास लिएका छौं ।’ - अनलाइन खबरबाट


शव बाहन र एम्बुलेन्सलाई छुट, घर भएकालाई पास

यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपतिनाथ मन्दिरको कोर क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।

प्रवक्ता मरासिनीका अनुसार शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ ।

पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ । ‘घर भएकाहरु आफ्नो घरसम्म जान सक्नुहुन्छ, त्यसका लागि पासको व्यवस्था मिलाइएको छ,’ उनले भने ।



बनकाली र उमाकुण्डमा पार्किङ

मंगलबारबाटै पशुपति क्षेत्रको वनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । पार्किङका लागि वनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ ।

ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट वनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन ।

फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति)तर्फको बाटो प्रयोग गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।









http://www.pnpmedianepal.com/wp-content/uploads/2017/12/aadhiberi-702x336.jpg
मनिला, फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ७४ पुगेको छ ।


फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौ बेपत्ता भएका अधिकारीले शनिबार जानकारी दिएका छन् ।

यस आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् ।

उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ । अहिलेको आँधीले कारण पनि लाखाँै स्थानीय वासिन्दा प्रभावित भएका छन् ।

यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झण्डै सात हजार ३५० को मृत्यु भएको थियो । - रासस÷एएफपी

manav dharma sewa samitiको लागि तस्बिर परिणाम

कञ्चनपुर, पुस ११ गते । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा माघ ५ र ६ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा विराट सत्संग समारोह हुने भएको छ ।

समाजमा आध्यामिक जागरण विस्तार गर्दै आत्म ज्ञानको प्रचारप्रसार गर्ने, मानव धर्म वैदिक सनातनदेखि चलिआएको अनेक धर्मको सार तत्वबारे जानकारी गराउने, धार्मिक एकता र एकरुपताका लागि भूमिका निर्वाह गर्ने आत्मज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यका साथ सत्संग कार्यक्रम शुरु हुने भएको हो ।
त्यसको लागि नेपाल मानव धर्म सेवा समितिले सरसफाइ तथा मञ्च व्यवस्थापन तथा आगन्तुकको बस्ने तथा खानपिनको व्यवस्था गर्न शुरु गरिसकेको छ ।
कार्यक्रमलाई भारतका धर्म प्रचारक तथा धर्म गुरु सतपाल जी महाराजले सम्बोधन गर्नु हुनेछ । सतपाल जी महाराजले सम्बोधन गर्ने भएपछि भारत र नेपाल गरी करिब ६० हजारको हाराहारीमा भक्तजन, श्रद्धालु आउने अनुमान गरिएको छ ।
त्यसैअनुरुप सुरक्षालगायत आगन्तुक पाहुनाको स्वागत, सत्कारको लागि सेवा समितिले केन्द्र प्रमुख महात्मा चमेली वाइजीको मूल संयोजकमा ५७ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
यस्तो कार्यक्रमलाई सफलरुपमा सफल पार्न सके यसक्षेत्रको धार्मिकस्थलका बारेमा जानकारीे गराउनुका साथै पर्यटन प्रवद्र्धनमा ठुलो सघाउ पुग्ने महाकाली अञ्चल आश्रमका अध्यक्ष गणेशप्रसाद भट्टले बताउनुभयो ।



काठमाडौँ, पुस ११ गते । नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालको पाँचथर र तेह्रथुमबीच बग्ने तमोर नदीमा ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्न थालेको छ । एसियाली विकास बैङ्कको प्राविधिक सहायता तथा ऋणमा आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन पनि बन्ने भएको छ ।
वातावरणीय क्षति र लागतको दृष्टिले निकै किफायती देखिएको यो आयोजनाको सम्भाव्यता अध्ययनका अधिकांश काम सकिएको नेपाल विद्युत् प्राधिकरण, इन्जिनियरिङ सेवा विभागका प्रमुख मोहनरत्न शाक्यले जानकारी दिनुभयो ।
जलाशययुक्त आयोजनाका रूपमा विकास गर्न खोजिएको यो आयोजनालाई पूर्ण क्षमतामा चलाउन सक्ने सम्भावना भएकाले प्राधिकरणले यसको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । प्रमुख शाक्यले गोरखापत्रसँग भन्नुभयो, यो आयोजना वातावरणीय प्रभाव र प्राविधिक दृष्टिले निकै सहज र लोभलाग्दो आयोजना देखिएको छ । त्यसैले प्राधिकरणले यसको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनको कामलाई निर्धारित समयमा सक्ने गरी काम भइरहेको छ ।
सन् १९८५ मा गरिएको कोसी रिभर बेसिनको गुरुयोजनामा यसलाई जलाशययुक्त आयोजनाका रूपमा निर्माण गर्न सकिने गरी पहिचान गरिएको थियो । एक सय मिटर अग्लो बाँध निर्माण गरेर बन्ने जलाशयबाट ३०० मेगावाट बिजुलीमात्र उत्पादन गर्न यस अघिको प्रारम्भिक अध्ययनले देखाए पनि पछिल्लो पटकको अध्ययनमा बाँधको उचाइ बढाएर २०० मिटर बनाउँदा ७६२ मेगावाट उत्पादन गर्न सकिने देखिएको छ ।
प्रमुख शाक्यले भन्नुभयो, यति ठूलो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा १२५ घरधुरीमात्र प्रभावित हुने भएकाले पुर्नस्थापना र वातावरणीय प्रभावका दृष्टिले निकै सजिलो आयोजना देखिएको छ ।
नेपालका जलविद्युत् आयोजना निर्माणका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा जग्गा अधिग्रहण र मुआब्जामा ठूलो धनराशी खर्च गर्नुपर्ने भएकाले यो आयोजना आकर्षक आयोजनाका रूपमा लिइएको हो । यो आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन अध्ययनका लागि एसियाली विकास बैङ्कले आर्थिक सहयोग गर्ने भएको छ । बैङ्कले प्राविधिक ऋण सहयोगमा ६५ लाख रुपियाँ सहयोग गर्ने विषयमा छलफल चलिरहेको विभागका प्रमुख शाक्यले बताउनुभयो ।
उता विद्युत् विभागबाट प्राधिकरणले ३०० मेगावाटको सर्भे अनुमति लिएको भए पनि ७६२ मेगावाटको अनुमतिका लागि प्रक्रिया थालनी गरिसकिएको बताइएको छ । आयोजनाको क्षमता वृद्धि गर्दा एक खर्ब ६० अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । आउँदो डेढ वर्षभित्र विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सकेर पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ ।
यो आयोजना निर्माण गर्दा हाल निजी क्षेत्रबाट तमोर नदीमा निर्माण भइरहेका ३७ मेगावाटको कावेली र २२ मेगावाटको हेवा जलविद्युत् आयोजना डुबानमा पर्ने भएका छन् । हेवा जलविद्युत् आयोजनाको निर्माण कार्य त अन्तिम चरणमा पुगिसकेको छ । निर्माणाधीन दुई जलविद्युत् आयोजनाको अवस्था के हुन्छ त ? भन्ने जिज्ञासामा विभागका प्रमुख शाक्यले भन्नुभयो, ती साना आयोजनाको पनि आफ्नै महत्व छ र ती आयोजनामा लगानी भइसकेको छ । ती आयोजनालाई क्षतिपूर्ति दिएर देशकै ठूलो आयोजनाको कामलाई प्राथमिकतामा दिएर काम गरिने छ ।
काबेली जलविद्युत् आयोजनामा विश्व बैङ्कले लगानी गरिरहेको छ । लगानीकर्ता विश्व बैङ्कसँग पनि हालसम्मको लगानी र क्षतिपूर्तिका बारेमा कुरा चलिरहेको प्राधिकरणले जनाएको छ । - लक्ष्मीप्रसाद उपाध्याय , गोरखापत्र दैनिकबाट



काठमाडौँ, पुस ११ गते । नेपाली इन्जिनियरिङ अध्ययनका विद्यार्थीले नयाँ प्रविधिको सवारीसाधन निर्माण गरेर त्यसको सफल परीक्षण गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका स्नातक तहमा अध्ययनरत मेकानिकल तर्फका चार जना विद्यार्थीले मौलिक प्रविधिको यस्तो गाडी तयार पार्नुभएको हो ।

वि.सं. २०७० को ब्याचका अमित पण्डित, वसन्त आले, दिपेश बुढाथोकी र रविकान्त चौधरीले चौथो वर्षको परियोजना कार्यका रूपमा थोत्रा गाडी र मोटरसाइकलका सामग्रीको संयोजन गरी नितान्त नयाँ प्रविधिको सवारी साधन निर्माण गर्नुभएको हो । उहाँहरूलाई सोही क्याम्पसका सहप्राध्यापक डा. नवराज भट्टराईले निर्देशन गर्नुभएको थियो । गाडीको गति पेट्रोल इन्धनमा प्रतिघन्टा ७० किलोमिटर र ब्याट्रीमा प्रतिघन्टा १७ किलोमिटर रहेको छ ।
मोटरसाइकल र कारका विशेषता रहेको तीनपाङ्ग्रे सवारी साधनले काठमाडौँका व्यस्त तथा उकाला ओराला सडकमा सफल यात्रा गरिसकेको छ । अनेक समस्या झेल्दै चार जना विद्यार्थीले तयार पारेको सवारी साधनले पुल्चोकबाट चोभारसम्मको उकालो ओरालो, बागबजारको व्यस्त, गठ्ठाघरसम्मको फराकिलो बाटोको यात्रा तय गरेको छ ।
गठ्ठाघर यात्राका क्रममा रहेकै बेला सडकमा गुडेको अनौठो सवारी साधनको फोटो खिचेर केदार वाशिष्ठले फेसबुकमा नाम, थर, गोत्र थाहा नभएको तर मोटरसाइकल, तीनपाङ्ग्रे र कारका संयोजित विशेषताका आधारमा उक्त सवारी साधनको नाम ‘मोतिका’ राखिदिएको पाएर निर्माता विद्यार्थीमध्येका एक वसन्त आलेले टिप्पणीमा लेख्नुभयो, “वाहनको न्वारान गरिदिनुभएकोमा सरलाई धन्यवाद !”
कारमा जस्तै अगाडिका दुई सिट रहेको उक्त सवारी साधनको पछाडिको संरचना सेनाको ट्याङ्कको जस्तो छ । मोटरसाइकलको साइलेन्सरलाई ट्याङ्कको तोपजस्तो गरेर डिजाइन गरिएको छ ।
पेट्रोल र विद्युतीय दुवै इन्धनबाट चल्ने ‘हाइब्रिड’ गाडी तयार पारेर सडकमा गुडाउँदासम्म त्यसलाई उचित नाम दिन नसकेको तर परियोजना कार्यको प्रतिवेदनमा भने हाइब्रिड ट्राइसाइकल भनेर उल्लेख गरिएको निर्माताहरूले बताउनुभयो ।
गोरखापत्रका सहसम्पादक केदार भट्टराईले आफ्नो फेसबुकमा सुझाएको नामबारे सहमति जनाउँँदै उहाँहरूले आफूहरूले उक्त सवारीको नाम वज्र राख्ने कि भनेर सोचेको भए पनि संयोजित विशेषता र नेपाली मौलिकता र मूल्य चेतनाका आधारमा पनि मोतिका नाम साँच्चिकै सही लागेको र त्यही नाम प्रयोग गर्ने बताउनुभयो ।
निर्माता विद्यार्थीको यो आविष्कार पहिलो भने होइन । चार वर्षअघि २०७० सालमा इन्जिनियरिङको प्रथम वर्षमा नै औपचारिक अध्ययन मात्र होइन, केही गरेर देखाउने जोश ती युवामा जागेको थियो । त्यसैले दोस्रो वर्ष नपुग्दै खेलौना रेसिङ कार ‘गो कार्ट’ तयार पारेको उहाँहरूले बताउनुभयो ।
यसैबीचमा २०७२ मा नेपालमा भारतले नाकाबन्दी ग¥यो । नेपालीले इन्धनको चरम अभाव झेल्नुपर्दा उहाँहरूको विचारमा परम्परागत र नवीकरणीय ऊर्जा दुवैबाट चल्ने सवारी साधन बनाउने सोच आयो । निर्मातामध्येका टोलीनेता अमित पण्डितले भन्नुभयो, “हामीलाई नाकाबन्दीले अवसर दियो । हामीले पुराना अटोमोबाइलका सामग्री प्रयोग गरेर नै मौलिक गाडी तयार पार्ने अठोट ग¥यौँ । ”
त्यसपछि उहाँहरू मोटरसाइकल र गाडीका इन्जिन तथा पार्टपुर्जा जुटाउन लाग्नुभयो । त्यसैका आधारमा मोटरसाइकलको इन्जिन एउटा पाङ्ग्रा, साइलेन्सर र कारको मोटर, दुईवटा पाङ्ग्रा, स्टेयरिङ, क्लज, ब्रेक लगायतका सामग्री जुटाएर तीनपाङ्ग्रे सवारी साधन तयार भएको हो ।
तीनपाङ्ग्रे सवारी साधन अरू पनि भए पनि यसको आफ्नै विशेषता छ । त्यो हो, अन्यको भन्दा बेग्लै पछाडिको पाङ्ग्रा एउटा र अगाडिका पाङ्ग्रा दुईवटा । प्राविधिक रूपमा मोतिका अगाडिको एक पाङ्ग्रा भएको सवारी साधनभन्दा स्तरीय रहेको निर्माताहरूको
दाबी छ । यसको सफलतासँगै फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूका लागि हाल प्रयोगमा आउँदै गरेको सवारी साधनमा लागत र गुणस्तर दुवै प्रभावकारी बनाउन सकिने धारणा उहाँहरूको छ । त्यसका लागि उहाँहरूले काम गर्न पनि लाग्नुभएको छ ।
अपाङ्गता भएका २४ जना व्यक्तिको अनुभवका आधारमा त्यस्ता व्यक्तिले प्रयोग गर्ने हालको चारपाङ्ग्रे सवारी साधनलाई परिमार्जन गरेर तीनपाङ्ग्रे बनाउने अभियानमा उहाँहरू लाग्नुभएको छ ।
पण्डितले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले अहिले चढ्ने स्कुटर उहाँहरूको स्वास्थ्यका लागि थप हानिकारक छ किनभने त्यसका पछाडिका पाङ्ग्रालाई सन्तुलनमा राख्न अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो शरीर नै ढल्काएर चलाउनुपर्छ । फेरि कतै फसेको खण्डमा पछाडिका पाङ्ग्राले त्यसलाई निकाल्न नै सक्दैन । ”
उहाँहरूका अनुसार अगाडि दुई र पछाडि एक पाङ्ग्रा मात्र राखेर त्यसको संरचना गर्दा एउटा पाङ्ग्राको खर्चसमेत जोगिने र आफैँ सन्तुलनमा रहने सवारी साधन तयार हुन्छ । “त्यसैका लागि हामी लागेका छौँ”, पण्डित, आले र बुढाथोकीले संयुक्त रूपमा बताउनुभयो ।
यसका अतिरिक्त थापाथली क्याम्पसमा गाडी निर्माण कार्यशाला सञ्चालन गर्ने योजना उहाँहरूको छ । त्योभन्दा पनि सप्तरी, कपिलवस्तु र बारा घर भएका तीन जनाले आआफ्नो घर जाँदा धान रोप्ने र काट्ने मेसिन लिएर जाने योजना बनाउनुभएको छ ।
यी सबै बनाउँदा नयाँ सामग्री केही खोज्नु पर्दैन । पुराना सामग्री जोडजाड गरेर नै बनाउन सकिने तथा त्यसरी निर्माण भएका सामग्रीको आयात मूल्यभन्दा ज्यादै नै थोरै मूल्य पर्ने उहाँहरूको अनुभव छ । मोतिकाको निर्माणका लागि दुई लाख ५० हजार रुपियाँ खर्च भएको तर त्यसमध्ये धेरै निजी खर्च, शिक्षक तथा आफन्तको सहयोग खर्च र थोरै क्याम्पसको सहयोगबाट जुटाइएको उहाँहरूले जानकारी दिनुभयो ।
मोतिकामा प्रयोग भएका मोटरसाइकलका सामग्रीका लागि आफूहरूले मोटरसाइकल नै किन्नु परेको तर कारका लागि भने सरकारले क्याम्पसको रोबोटिक्स क्लबलाई दिएको थोत्रो टोयोटा कोरोलाका सामग्री प्रयोग गरेको उहाँहरूले जानकारी दिनुभयो ।
विश्वविद्यालय अनुदान आयोगमा अनुसन्धान प्रस्ताव स्वीकृत भएको भए पनि आफूहरू कलेजबाट उत्तीर्ण भइसकेकाले त्यो लिन नपाएको बताउँदै त्यस्ता अनुदान दिँदा विश्वविद्यालयको क्यालेन्डरअनुसार मिलाउन सुझाव दिनुभयो ।
नेपालमा नयाँ प्रविधिको अनुसन्धान र विकासमा सहयोग र प्रोत्साहन नभएको बताउँदै पण्डितले भन्नुभयो, “उपयुक्त नीति भएको खण्डमा हामी अटोमोबाइल क्षेत्रमा धेरै काम गर्न सक्छौँ । ” उहाँले मोतिकाजस्ता सवारी साधनको आमप्रयोग गर्न तत्काल सम्भव नभए पनि होटल र रिसोर्टहरूमा पर्यटकहरूलाई नेपाली आविष्कारका साथ स्वागत गर्न तथा रेसिङ र गेमिङ जोनमा प्रयोग गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

- केदार भट्टराई , गोरखापत्र दैनिकबाट

http://gorkhapatraonline.com/uploads/news-content/1%20News%20Photo%202074/kagaj.JPG

बागलुङ, पुस ११ गते । उद्यमीले घरेलु प्रविधिको सट्टा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् ।

जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि जंगलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिएको थियो ।

परम्परागत प्रविधिबाट दैनिक एक सय थान कागज उत्पादन हुने गरेकामा यन्त्रको प्रयोगले दैनिक ४०० थान कागज उत्पादन हुने गरेको छ । जुल्फे सामुदायिक लोक्ता प्रशोधन तथा नेपाली कागज उत्पादन समूहका अनुसार आधुनिक प्रविधिको प्रयोगले उत्पादनको मात्रा र गुणस्तर बढेको छ । समूहमा आबद्धमा छजना उद्यमीले अहिले नियमितरुपमा कागज उत्पादन गरिरहेको सो समूहका अध्यक्ष खिमलाल कँडेलले बताउनुभयो ।

केही समयअघि भक्तपुर हस्तकला केन्द्रले गाउँमै पुगेर २१ जना स्थानीयवासीलाई हाते कागज उत्पादनसम्बन्धी सीप प्रदान गरेको थियो । “उत्पादन बढेसँगै बजार मागमा पनि वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यान्त्रिकीकरणले नेपाली कागज लोप हुनबाट जोगिएको छ ।”

दुई दशक अघिदेखि उद्यमीले घरेलु प्रविधि अपनाएर हाते कागज उत्पादन गर्दै आएका थिए । कागजसँगै बजारलाई लक्ष्य गरी यसबाट बन्ने विभिन्न सामग्री उत्पादन गरी बिक्री गर्ने गरिएको छ । किसानले जंगलमा गएर ल्याएको लोक्ता प्रशोधन गरी कागज बनाउने गरिएको उद्यमी थिरमती घर्तीले बताउनुभयो ।

नेपाली कागजको उत्पादन र प्रवद्र्धनलाई सघाउन बहु सरोकारवाला वन कार्यक्रमले उद्यमीलाई एक थान लोक्ता प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएको छ । यस्तै, बागलुङ उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत एक थान कागज काट्ने आधुनिक यन्त्र उपलब्ध गराएको छ । संघले नेपाली कागजको उत्पादन र बजारीकरणमा टेवा पु¥याउन विभिन्न प्रवद्र्धनात्मक काम गरिरहेको छ । आधुनिक यन्त्रले झण्झट हट्नाका साथै काममा सहजता आएको उद्यमीहरु बताउँछन् ।

फुर्सदको समयमा लोक्ता संकलनका लागि जंगल जाने किसान पनि उत्पादनको माग बढेपछि खुशी छन् । स्थानीय किसानले संकलन गरेको लोक्ता प्रतिकिलो रु ४०० मा समूहले खरिद गर्ने गरेको छ । नेपाली कागज उत्पादनका लागि थप जनशक्ति आवश्यक रहेको छ । ताराखोलामा उत्पादित कागज प्रतिग्राम रु एकमा बिक्री हुने गरेको समूहका कोषाध्यक्ष घर्तीले जानकारी दिनुभयो । थोरै मात्रा स्थानीयस्तरमै कागज खपत हुने गरे पनि अधिकांश कागज भक्तपुर हस्तकलाले खरिद गर्ने गरेको छ ।

नेपाली कागजलाई अझ व्यावसायिक बनाउन आवश्यक रहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत बागलुङमा नेपाली कागजको प्रवद्र्धन भइरहेको उहाँको भनाइ छ । जंगलमा त्यसै खेर जाने लोक्ताको संकलन, उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयवासीले पर्याप्त लाभ लिन सक्ने देखिन्छ । - रासस



विराटनगर, पुस ११ गते । बिनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पार्नुभयो ।

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उहाँले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने उल्लेख गर्नुभयो । निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा गर्नुपर्ने माग गर्नुभयो ।

राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उहाँले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिनुभयो ।

मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उहाँले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको पनि उहाँले बताउनुभयो । - रासस 

https://www.onlinekhabar.com/wp-content/uploads/2017/12/sonam-kapoor.jpg

गएको बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरमा सबैको ध्यान खिचियो । कारण थियो, उनको पहिरन । झट्ट हेर्दा नग्न जस्तो देखिने पहिरनमा ठाँटिएकी सोनमले जसै रेड कार्पेटमा पाइला राखे, हजारौं आँखा उनीतर्फ तेर्सिए ।

यो अपवाद थिएन । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाए, आलोचना पनि । खासगरी उनी बलिउड इभेन्टहरुमा यस्तो पहिरन लगाउँछिन्, जसमा छाती उदाङ्गो हुनेगर्छ । सोनमको बोल्ड गेटअपले जिब्रो टोक्न बाध्य बनाउँछ ।

सोनम कपुरलाई चिनाउने केहि विशेषण छन् । जस्तो कि, उनी एकताकाका चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् । अर्को चाहि फेसन डिजाइनर । उनलाई बलिउडकी टप फेशनिस्टा मानिन्छ । त्यही कारण हुनसक्छ, उनी फेसनमा नयाँ-नयाँ प्रयोग गरिरहेकी हुन्छिन् ।

फरक कोणको फोटो

उनी अनौठा पहिरनको कारण बिवादमा पनि तानिन्छन् । केहि समयअघि अंग्रेजी अखबारले उनको एक फोटो छापेको थियो, जसको एंगललाई लिएर विवाद भयो । उक्त तस्विर छापिएपछि सोनम निकै दुखी भएको बताइन्छ । कुनै कार्यक्रममा सहभागी हुन पुगेकी सोनम कालो पहिरनमा थिइन् । त्यही बेला फरक कोणबाट उनको फोटो खिचियो । उक्त फोटोमा उनको स्तन देखिएको थियो ।

फोटो सोशल मिडियामा भाइरल भयो । धेरैले सोनमको खिल्ली उडाए । अन्ततः उनले मुख खोल्नै पर्‍यो । सोनमले फेसबुकमै लेखिन्, ‘म आफ्नो पहिरनप्रति एकदमै सहज थिएँ । मैले केहि कामको पनि कुरा गरेकी थिएँ । तर, तपाईहरु केवल यो फोटोमा मात्र केन्दि्रत हुनुहुन्छ ।’



बिहेको बोल्ड लुक्स

यस्तै, फेसन डिजाइनर शेला खानको ब्राइडल कलेक्सनका लागि सोनमले एक फोटोशुट गराइन् । उक्त पहिरनमा पनि उनी निकै कामुक देखिएकी थिइन् । उनले पहिरिएकी अफ शोल्डर चोलीप्रति दर्शकले आपत्ति जनाएका थिए ।

म्यागजिनको लागि उदाङ्गो

यसपाली सोनमले भोग म्यागजिनका लागि कभर फोटोशूट गराइन् । उक्त फोटो पनि विवादरहित भएन । आफैले इस्न्टाग्राममा पोस्ट गरेको उक्त तस्विरमा उनी निकै हट देखिएकी थिइन् ।

अर्काले जे सुकै भन्छ

त्यसो त फेसनका सम्बन्धमा सोनमको आफ्नै तर्क र परिभाषा छ । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘म सधै यो मान्छु कि, फेसनले केवल महिलालाई आकर्षक मात्र बनाउँदैन, आत्माविश्वास पनि जगाउँछ ।’

सोनम आफ्नो बुवाबाट फेसन सेन्स लिएर आएको बताउने गर्छिन् ।



सोनम भन्छिन्, ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ । मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’
https://www.onlinekhabar.com/wp-content/uploads/2017/12/Sonam-Kapoor-Hot-4.jpg

फेसनमा ओपन सोनम

फेसन डिजाइनरहरुले भन्ने गरेका छन्, सोनम कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।

भोग म्यागजिनका फेसन डाइरेक्टर अनिता श्राफ अदजानिया भन्छिन्, ‘सोनम फेसनको लागि आफुलेृ आफैलाई कुनै बक्समा बन्द गर्न चाहन्न् । अर्थात हरेक किसिमको फेसन ट्राई गर्छिन् ।’

 

काठमाडौं , पुस १० गते । सडक विभागले काठमाडौंमा ट्राफिक लाइट जडानका लागि नेपाली प्रविधिकै परीक्षण गर्ने भएको छ । अहिलेको योजनाअनुसार काम भए अर्को हप्ताभित्रै काठमाडौंको बानेश्वरमा फेरि ट्राफिक लाइट बल्न सुरु गर्नेछ ।

त्यसलगत्तै महाराजगञ्जमा पनि नेपाली प्रविधिमा आधारित ट्राफिक लाइट जोडिनेछ । यसका लागि अहिले नेपाली प्राविधिकहरुले काम गरिरहेका छन् ।

अनुमान लागतभन्दा बढी मूल्यमा बोलपत्र हालिएपछि यसअघि ट्राफिक लाइट जडानका लागि तीन पटक गरिएका टेण्डर फेल भएका थिए । अब भने नेपाली प्राविधिकले सस्तो प्रविधिको प्रस्ताव ल्याएका छन् ।

अहिले पाइलट प्रोजेक्टको रुपमा बानेश्वरमा नेपाली इलेक्ट्रिक तथा कम्प्युटर इन्जिनियरहरु आफैं विकास गर्ने प्रविधिमा आधारित अनुसार लाइट जडान गर्न अन्तिम तयारी भइरहेको सडक विभागका ट्राफिक युनिट प्रमुख दीप बिरहीले जानकारी दिए । उनकाअनुसार महाराजगञ्ज चोकमा जोडिने ट्राफिक लाइटको खर्च काठमाडौं महानगरपालिकाले ब्यहोर्नेछ ।

नेपाली प्राविधिकले वर्षौंदेखि बिग्रिएर बसेका पुराना लाइटलाई समेसम्म उपयोग गरेर प्रविधि विकास गर्न प्रस्ताव गरेका थिए ।

त्यसैमा सहमत भएर विभागले पुराना बिगि्रएका बत्ती र तिनका पूर्वाधार प्रयोग गर्ने गरी दुई चोकहरुमा पाइलट प्रोजेक्टकाम रुपमा सडक बत्ती ब्युँताउने निर्णय गरेको थियो ।

यदि नेपाली प्राविधिकको यो प्रोजेक्ट सफल भए अन्य ३५ वटा चोकमा पनि यही प्रविधि प्रयोग सुरु गरिने बिरहीले बताए ।

निकै लामो समयदेखि बिग्रिएर बसेका लाइटहरुलाई सडक विभागले ‘काम नलाग्ने’ आएको थियो । तर, स्मार्ट ट्राफिक लाइट जोड्ने योजना असफल भएपछि अब पुनः तीनै हेलामा परेका लाइटले काठमाडौंको सवारी व्यवस्थानको ‘जिम्मा’ लिने अवस्था आएको छ ।

‘अहिले नेपाली प्राविधिकले प्रस्ताव गरेको प्रविधि पनि स्मार्ट नै हो । एउटा चाकेमा न्युनतम् १६ लाख रुपैयाँ खर्च गर्दा ट्राफिक लाइट सिस्टम रन गर्न सकिन्छ भन्ने उनीहरुको भनाइ छ,’ बिरहीले भने,’यो प्रविधि योभन्दा अघि प्रस्तावितभन्दा निकै सस्तो पनि छ ।’

यसअघि एडीबीको सहयोगमा जोड्न लागिएको ट्राफिक लाइट सिस्टमको लागत अनुमान ३५ करोडभन्दा बढी थियो । यसअनुसार नेपाली प्राविधिकले झण्डै ५ गुणा सस्तो त्यस्तै प्रविधि दिन सकिने बताएका छन् ।

अहिले सडकमा अलपत्र बनेका ट्राफिक लाइट ०६५ सालमा जापानी सहयोग नियोग जाइकाले जडान गरिरिदएको हो ।

केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँवानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी लगायत चोकहरुमा अझै पनि पुराना ट्राफिक लाइट अलपत्र अवस्थामा छन् ।

त्यतिबेला कतिपय स्थानमा यात्रुले बाटो काट्ने प्रयोजनका लागि मात्रै पनि लाइटहरु राखिएका थिए । ती लाइट पनि काम नलाग्ने बनाएर राखिएको वर्षौं बितिसकेको छ ।

उपत्यकामा विभिन्न २०भन्दा बढी स्थानमा ट्राफिक बत्ती बिगि्रएका अवस्थामा छन् । यसअघि अधिकांश लाइटहरु बनाउन नै नसकिने अवस्थामा रहेको भन्दै सडक विभागले त्यसको मर्मतमा चासो दिएका थिएन ।

काठमाडौंमा लाइट नहुँदा ठूलो ट्राफिक जनशक्ति यात्रु र गाडीलाई इशारा गर्नमा नै खर्च भएको छ । यसले पाँच गुणासम्म ट्राफिक प्रहरी सडकमै सवारी सवारी व्यवस्थापन गरिरहनुपरेको अवस्था छ ।

पुरानो लाइट मर्मतको प्रशंग चल्दै गर्दा एशियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा जडान हुने भनिएको ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडानको योजना भने असफल भएको छ । यसका लागि एडीबीले सरकारलाई दिएको ३३ करोड बजेट पनि फ्रिज भएको छ ।

काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी)ले पूर्व योजनाअनुरुप ट्राफिक लाइट जडान नगर्ने गरी इन्टालिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टमको सबै कार्यक्रम खारेज गरेको हो ।

तीन पटक टेण्डर गर्दा पनि ‘ओभर बीड’ अर्थात् लागत अनुमानभन्दा माथि नाघेर टेण्डर भएकाले यसलाई स्थगित गरिएको आयोजनाले जनाएको छ ।

एडीबीको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋण सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम’ जडान गर्ने भनिएको थियो ।

तर, अनुमानभन्दा बढी मूल्यमा टेण्डर परेपछि यो सिस्टम जोड्नै सरकार असफल भयो । तर, नेपाली प्राविधिकले पुरानै खम्बासहितका पूर्वाधार प्रयोग गरेर ५ गुणा सस्तो मै जडान गर्न सकिने प्रस्तावले विभाग उत्साहित छ ।

युरोपको जस्तो लाइट बाल्ने योजना असफल भएपछि सडक विभाग फेरि अवहेलनामा परेको पुरानै लाइटलाई नेपाली प्रविधिमै आधारित भएर ब्युँताउने तयारीमा लागेको छ ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल काठमाडौंमा झण्डै २ सय स्थानमा ट्राफिक लाइट राख्नुपर्ने अवस्था रहेको बताउँछन् । त्यसका लागि सडक विभाग आफैंले चरणबद्ध रुपमा काम थाल्ने उनको भनाइ छ ।
- रविन्द्र घिमिरे , अनलाइन खबरबाट
उदयपुर : सुनकोसी नदीमा पक्की पुल नबनेपछि चौथो पटक बेलिब्रिज लगाइएको छ। उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिच जडान गरिएको हो। सगरमाथा लोकमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडक खण्डको सुनकोसी नदीको फोक्सिनटार गएको चार वर्ष अघिदेखि बर्सेनि बेलिब्रिज जडान हुँदै आएको छ। पुस महिनामा जडान हुने र जेठ महिना नलाग्दै झिक्ने बेलिब्रिज जडान गरेर यस वर्ष पनि गाईघाट दिक्तेल सिधा यातयात सुरु गरिएको हिमाली यातयात व्यवसायी बताएको छ। ‘पुस लाग्दै बेलिब्रिज लगाइन्छ,’ हिमाली यातायात बस व्यवसायी संघ उदयपुरका महासचिव भक्ति मैनालीले भने, ‘गाईघाट दिक्तेल सडक जोडिएको वर्षौँ भयो पुल बनेको छैन।’ करिब ७५ लाखको लागतमा सगरमाथा कन्ट्रक्सनले बेलिब्रिज यस वर्ष जडान गरेको कन्ट्रकन्सका प्रोपाइटर प्रेम कार्कीले बताए। ‘बर्सेनि बेलिब्रज लगाउने खर्च त बढिहाल्छ नि, उनले भने, ‘गएको वर्षको जडान गरेको लागतमा यस वर्ष जडान सकिँदैन।’ बर्सेनि पुलको विकल्पमा जडान हुने बेलिब्रिजको लागत पनि बढिरहेको छ। सुनकोसी नदीमा ५० मिटर लम्बाइ र २५ टन क्षमता भएको बेलिब्रिज लगाइएको छ। यसरी लगाइएको बेलिब्रिज पुस महिनामा लगाइन्छ भने जेठ १५ मा झिकिसक्नु पर्दछ। पुसदेखि जेठसम्म सिधा यातयात सञ्चालन भए पनि जेठदेखि पुन पुससम्म ठप्प हुन्छ। पुलको डिजाइनै फेल उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिनटारमा निर्माण कार्य थालिएको पाँच वर्षसम्म ज्यूँका त्यूँ छ। निर्माण कार्य थालिएको पाँच वर्षसम्म ठेकेदार र कर्मचारीको चरम लापबाहीको कारण पुल नबनेको सरोकारवालाको दाबी छ। हिउँदमा बेलिब्रिज पुल सञ्चालन सिधा यातायात सञ्चालन भए पनि वर्खाको वेला ठप्प नै हुने गर्दछ। पुल निर्माणको लागि ठेकेदारले समेत डिजाइनमा समस्या देखाएको कारण पुल बन्न नसकेको पुलको जिम्मा पाएका पुल योजना पूर्वी सेक्टर कार्यालय धरान सुनसरीका इन्जिनियर विजय दराईले जानकारी दिए। ‘ठेकेदार कम्पनी र कर्मचारीले बेवास्ता गरेको होइन,’ इन्जिनियर दराईले भने, ‘अहिले ०७४ असार मसान्तभित्र सक्ने गरी ठेक्का लागेको थियो तर, पुरानो डिजाइनले काम गरेन। इन्जिनियर दराईका अनुसार ०७० को पहिलो महिनाको पहिलो हप्तामै पुलको ठेक्का लागेको थियो। तर, ०६९ मा गरिएको डिजाइनै फेल भएपछि पुलको नयाँ डिजाइन गर्न झन्डै ४ वर्ष लागेको छ। ‘सुरुमा म थिइनँ, पुन दराईले भने, ‘अहिले नयाँ डिजाइन भनेको आर्कीब्रिज पुल बनाउने तयारी गरेका छाँै।’ आगामी ०७७ असार अन्तिममा सक्ने गरी तयारी थालेको पुल योजना पूर्वी सेक्टर कार्यालय धरानले जानकारी दिएको छ। कार्यालयका अनुसार राष्ट्रिय योजना आयोगको १६ करोडको आर्थिक लागतमा पुल बन्ने भएको छ। पुल बनाउनको लागि गौरा, पार्वती जेभी प्रालि काठमाडौंले जिम्मा पाएको छ। पुरानो डिजाइनमा पुल निर्माण गर्न पुगेको निर्माण कम्पनीले पिलर गाड्नका लागि खाल्डा खन्ने कार्य सुरु गरेर रोकिएको हो। सडक बनेको २३ वर्ष भयो पुल बनेन ०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलन्यास गरेर निर्माण कार्य सुरु गरेको गाईघाट–दिक्तेल सडक परियोजनाले गाईघाट दिक्तेल सडक निर्माण गरिसकेको २३ वर्ष भयो। सडक सञ्चालन भएको २३ वर्ष पुग्दा पनि गाईघाट दिक्तेल सिधा यातयात सुरु भएको छैन। हिउँदमा सिधा यातयातको लागि बेलिब्रिज जडान गरिन्छ। वर्खामा पूर्ण रुपमा बन्द हुन्छ। वर्खामा सुनकोसीमा पानीको वहाव बढेसँगै बन्द हुने र हिउँदमा पानीको वहाव घटेसँगै सञ्चालन हुने रोग नहटेको यातयात व्यवसायीको गुनासो छ। पुल नभएकै कारण खोटामा विभिन्न उपभोग्य बस्तु समेत चर्को मूल्यमा ढुवानी हुने गरेको व्यापारीहरुको भनाइ छ। पूर्व खोटाङको लागि सम्पूर्ण उपभोग्यवस्तुहरु उदयपुरको गाईघाटबाट मात्र ढुवानी हुने गर्दछ। स्थानीयको नजरमा सरकारी कर्मचारी र ठेकेदार दोषी पुल निर्माण थालेको पाँच वर्षसम्म नबन्नुमा सरकारी कर्मचारी र ठेकेदार दोषी भएको अरोप सर्वसाधरणले लगाएका छन्। पाँच वर्ष अघि ती वर्षभित्र निर्माण हुन्छ भनेको पुल अहिलेसम्म नबन्नुमा दोषी सरकारी कर्मचारी ठेकेदारको भएको स्थानीय रामकुमार राईले आरोप लगाए। ‘सरकारी पक्ष भन्छ, पुलको डिजाईन फेल भयो,’ उनले भने, ‘ठेकेदार भन्छ, सरकारी कर्मचारीले पुलको डिजाईन पहिला गलत दियो, अहिले दिएकै छैन।’ पक्की पुला नहुँदा पूर्वी तराईका जिल्ला सप्तरी, सिराहा आउन सिद्धिचरण लोकमार्ग हुँदै कटारी–घुर्मी–जयरामघाटको बाटो पर्कनु पर्छ। ‘हिउँदमा मात्र सिधै घाईघाट पुगिने हो,’ फोक्सिनटारका नारायण परियारले भने, ‘बेलिब्रिज झिकेपछि सिधा यातयात सवै ठप्प हुन्छ।’ खोटाङ उदयपुरका राजनीतिक दलले दुई चुनावमा फोक्सिनटार पुललाई चुनावी नारा बनाए। ‘सम्पन्न प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा पनि पुल बनाउन पहल गर्ने भाषण गरे,’ स्थानीय रामकुमार राउतले भने, ‘चुनाव जितेको नेतासमेत हराए।’ दुवै जिल्लामा पर्ने गाँउपालिका र प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचित संसदलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन। प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ उदयपुरमा सुरेशकुमार राई हिमाल छन भने खोटाङतर्फ विशालकुमार भट्टराई छन। दुवै प्रतिनिधिसभा सदस्यलाई सम्पर्क हुन सकेन।
Read more at: http://thahakhabar.com/news/28790
बर्सेनि बेलिब्रिजकै भर
Read more at: http://thahakhabar.com/news/28790
बर्सेनि बेलिब्रिजकै भर
Read more at: http://thahakhabar.com/news/28790
बर्सेनि बेलिब्रिजकै भर
Read more at: http://thahakhabar.com/news/28790

राष्ट्रिय सभा निर्वाचन : बहुमतीय, एकल संक्रमणीय वा अन्य ?

अन्ततः संविधानसभाले प्रधानमन्त्रीय वा राष्ट्रपतीय शासन पद्धतिलाई इन्कार गर्दै संसदीय, संघीयता र समावेशीताको सिद्धान्त स्वीकार गरी नेपालको संविधान जारी गरेको थियो। त्यसैले नेपालको संविधान राष्ट्रपतीय एवं प्रधानमन्त्रीय शासन पद्धतिमा आधारित संविधान होइन। भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एमाले ८० सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। ३६ सिटमा विजयी नेकपा (माओवादी केन्द्र) दोस्रो दल हुन पुगेको छ। नेपाली कांग्रेस २३ सिट ल्याएर तेस्रो हैसियतमा झरेको छ। राष्ट्रिय जनता पार्टी नेपालले ११ स्थानमा जित हासिल गरेको छ।

अर्कोतर्फ समाजवादी फोरम नेपालले १० सिटमा विजयी प्राप्त गरेको छ। नयाँ शक्ति एक, राप्रपा एक, राष्ट्रिय जनमोर्चा एक र नेमकिपाले एक स्थानमा विजयी हासिल गरेका छन् भने एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएको छ। दलहरूले पाएको मतका आधारमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा एमाले ४१, कांग्रेस ४०, माओवादी केन्द्र १७, राजपा ६ र फोरमले ६ सिट प्राप्त गरी तीन प्रतिशतको थ्रेसहोल्ड कटाएको देखिन्छ।

यसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्राप्त हुने ११० सिटमा एमाले ३७, कांग्रेस २१, माओवादी १४, फोरम ६ र राजपाले पाँच सिटमा महिला निर्वाचित गरी पठाउनैपर्ने देखिन्छ। समानुपातिकमा एमाले र माओवादी केन्द्रले धेरै महिला सांसद बनाउनुपर्नेछ भने कांग्रेसबाट १९ जना पुरुषले सांसद बन्ने मौका पाउने छन्। एमाले चार, माओवादी तीन, फोरम शून्य र राजपाले एक पुरुष पठाउँदा पुग्ने भएकाले जेन्डरका आँखामा महिला र पुरुषमा असमानता देखिने भएको छ। यसबाट दलहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सिटमध्ये ८३ सिट महिला पठाउनुपर्ने देखिन्छ। अर्कोतर्फ प्रत्यक्षतर्फ ६ जना महिला सभासद् निर्वाचत भइसकेकाले राष्ट्रिय सभाबाट संविधानले परिकल्पना गरेको २२ जना महिला सभासद् पठाउँदा पनि १११ जना संघीय संसद्मा रहेका ३३४ को १११ आफैंमा ३३ प्रतिशत देखिन्छ।

आयोगको प्रारम्भिक अनुमानअनुसार खसेको एक करोड पाँच लाख ८७ हजार मतमध्ये समानुपातिकमा ९५ लाख ४४ हजार ७४४ मत सदर भएको देखिन्छ। १० लाख ४२ हजार दुई सय ५६ हजार मत बदर हुन गएको छ। नयाँ दलको रूपमा रहेका विवेकशील साझा पार्टी र नयाँ शक्तिसमेतले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा ठूलो संख्यामा रहेको मत खेर हुन पुगेको छ।

प्रारम्भिक मतका आधारमा प्रदेशतर्फ एमाले १६८ सिटमा विजय हासिल गर्दै पहिलो दल बनेको देखिन्छ। माओवादी ७३ सिटमा विजय हासिल गरी दोस्रो दल बन्न पुगेको छ। कांग्रेस स ४१ सिटमा सीमित भएको छ। संघीय समाजवादी फोरमले २४ सिटमा विजय हासिल गरेको छ। राजपा १६ सिटमा सीमित भएको छ। राष्ट्रिय जनमोर्चा दुई, नयाँ शक्ति दुई, नेमकिपा एक र स्वतन्त्रले तीन स्थानमा जित हासिल गरेका छन्। त्यस्तै प्रदेशतर्फ समानुपातिक निर्वाचन प्रणालीको समानुपातिकतर्फ सातै प्रदेशमा गरी कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट पाएका छन्। त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा तथा विवेकशील पार्टीले तीनतीन सिट पाएका छन्। अन्य साना दलले एकएक सिट पाएका छन्।


नेपालको संविधानले संघीयता, समावेशीता र संसदीय शासन प्रणाली आत्मसात गरेको छ। राष्ट्रपतीय पद्धति र प्रधानमन्त्रीय पद्धतिलाई इन्कार गरेको देखिने हुँदा संघीय संसद्को गठनविना सरकार बन्न सक्ने बाटो देखिँदैन।

राष्ट्रियसभा समावेशी सभा

संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था देखिन्छ। त्यसरी निर्वाचित गर्दा प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सदस्यहरूमध्ये कुनै दलको एकतिहाइ सदस्य महिला निर्वाचित हुन नसकेमा त्यस्तो दलले समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीमा रहेका सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय संसद्मा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एकतिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नुपर्ने संवैधानिक बाध्यता छ।

एकल संक्रमणीय कि बहुमतीय ?

राष्ट्रिय सभा गठन गर्दा ५९ सदस्य रहने संवैधानिक व्यवस्था देखिन्छ। जसमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डलद्वारा संघीय कानुनबमोजिम प्रदेशसभाका सदस्यको मतभार ४८, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार १८ भनी अध्यादेशले भनेकाले यसमा फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरी निर्वाचित ५६ जना, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना हुनेछन्।

यसरी हेर्दा कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ३५ जनाको क्लस्टर आफैंमा समानुपातिक निर्वाचन प्रणाली पर्दछ। यसभित्रको निर्वाचन प्रणाली बन्दसूची, एकल संक्रमणीय मत प्रणाली वा मिश्रित सदस्य निर्वाचन प्रणाली रहने गर्दछ। यो क्लस्टरले जनसंख्याको प्रतिनिधित्व गर्ने हुँदा यही निर्वाचन प्रणालीमध्ये एक राख्न सकिन्छ। अध्यादेशले भनेबमोजिम महिला र अन्य जनसंख्याको प्रतिनिधित्व नहुने अन्य तीनतीनजना गरी ४२ जना एकल संक्रमणीय निर्वाचन प्रणालीले समेट्न सक्दैन।

एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक पनि जनसंख्याको प्रतिनिधित्व हुने भएकाले समानुपातिक निर्वाचन प्रणालीभित्र पर्दछ। त्यसभित्र सूची पद्धति, एकल संक्रमणीय र मिश्रित सदस्य निर्वाचन प्रणाली वा ब्लक मत प्रणालीमध्ये जुनसुकै राख्न सके पनि क्लस्टरको वास्तविक प्रतिनिधित्व सूची वा ब्लक मतबाट मात्र सम्भव हुने देखिन्छ। जहाँसम्म अन्य तीनतीन जना गरी २१ जना जनसंख्याको प्रतिनिधित्व नगर्ने हुँदा निर्वाचकमण्डलको मतभारका आधारमा निर्वाचित हुने बहुमतीय मत पद्धतिबाटै निर्वाचन प्रणाली तय गर्नुपर्ने हुन्छ। त्यसैले २०४७ सालको राष्ट्रिय सभा गठनजस्तै संविधानमै एकल संक्रमणीय मत प्रणालीलाई उल्लेख गरिएको देखिँदैन। संविधानमा उल्लेख नगरेको निर्वाचन प्रणाली कानुनमा राखियो भने संविधानसँग बाझिएको हदसम्म संवैधानिक इजलासले बदर गर्न सक्छ। नेपालको संविधानले धारा ६२ बमोजिमको राष्ट्रपतिको निर्वाचनजस्तो भार मतद्वारा बहुमतीय निर्वाचनबाट निर्वाचित हुने संवैधानिक बनावट देखिने हुँदा राष्ट्रिय सभाको निर्वाचन संविधानतः बहुमतीय हो कि भन्न सकिन्छ। एमाले भनेजस्तो संविधानतः बहुमतीय नै देखिन्छ।

भारतीय संविधानमा राष्ट्रिय सभा गठन गर्दा राष्ट्रपतिबाट साहित्य, कला, विज्ञान, र मानविकीतर्फ विशेष ज्ञान र अनुभव भएका व्यक्ति मनोनीत सदस्यहरू १२ जना र प्रत्येक राज्यबाट अनुसूची ४ बमोजिम एकल संक्रमणीय मतका आधारमा निर्वाचित कम्तीमा २३८ गरी जम्मा २५० निर्वाचित व्यवस्थाबमोजिम नै निर्वाचन भएको देखिन्छ। नेपालको संविधानले नै परिकल्पना नगरेको निर्वाचन प्रणाली अध्यादेशले परिकल्पना नै गर्न सक्दैन।

राष्ट्रिय सभाबेगर सरकार

राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने, प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने, त्यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्पतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने, नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने, नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने, नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुपर्ने, नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्ने, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा पच्चीसजना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था देखिन्छ।

सरकारको राजीनामा कि नयाँ सरकारबाट स्वतः विस्थापनरूपान्तरित संसद् विघटनपछि अहिलेका प्रधानमन्त्री रूपान्तरित संसद्का सदस्य नरहेकाले पदमुक्त भई निर्वाचन गर्नेसम्मको सरकारको नेतृत्व गरेको हुँदा पछि बन्ने सरकार बन्दाबित्तिकै सरकार विस्थापित हुने हुँदा सरकारले राजीनामा गरी बाटो प्रशस्त गर्नुपर्दछ भन्ने तर्कसँग सहमत हुन सकिँदैन। तर यो सरकारले बाबुराम भट्टराईको जस्तै दिनदैनिकी प्रशासन चलाउनेबाहेक अन्य जनादेश प्राप्त हुन सक्दैन। यसको अर्थ कामचलाउ सरकार नै हो।

निष्कर्ष

अतः संविधानबमोजिम पहिलो सरकार बनाउन प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्थाले धारा ९३ बमोजिम निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नैपर्ने, धारा ८८ बमोजिम संघीय संसद्को सदस्यले शपथ लिनैपर्ने, संसदीय दलको नेता निर्वाचन हुनैपर्ने व्यवस्थाले शपथ लिइसकेपछि मात्र प्रतिनिधिसभाको सदस्य बन्न सक्छ। अन्य तीन चरणको सरकारको हकमा समेत यही लागू हुने देखिन्छ। नेपालको संविधानले संघीयता, समावेशीता र संसदीय शासन प्रणाली आत्मसात गरेको छ। राष्ट्रपतीय पद्धति र प्रधानमन्त्रीय पद्धतिलाई इन्कार गरेको देखिने हुँदा संघीय संसद्को गठनविना सरकार बन्न सक्ने बाटो देखिँदैन। 
 - डा. चन्द्रकान्त ज्ञवाली , अन्नपूर्ण पोस्टबाट

ज्ञवाली वरिष्ठ अधिवक्ता हुन्।

 राजनीतिक अनुशासन


प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमै सम्पन्न भयो। जनताले वाम गठबन्धनलाई सरकार चलाउने म्यान्डेट दिएको छ। यो अहिलेका लागि अकाट्य हो। निर्वाचन परिणाम हेर्दा जनताले नेपाली कांग्रेसलाई अस्वीकार गरेको नभई दलका सञ्चालकको शासन शैली र आफूहरूप्रतिको संवेदनहीनतालाई अस्वीकार गरेको पाइयो। वाम गठबन्धनको दर्शन र सिद्धान्तको समर्थनमा नभएर कांग्रेसले शासनमा जनताप्रति देखाएको उपेक्षा र अहंविरुद्ध मत दिएको बुझ्न सकिन्छ। अब जनताका मनमा देशमा स्थिरता र विकास आउला कि भन्ने झीनो आशा भने पलाएको छ।

यतिबेला विजयी दल निकै उत्साही देखिएका छन्। जनताबाट बलियो अभिमत पाएपछि उत्साही हुनु अस्वाभाविक होइन। अभिमतको अर्थ बुझ्न सक्नुपर्छ किनकि विगतमा जनादेशको सम्मान हुन नसक्दा व्यवस्थाप्रति वितृष्णा उत्पन्न भई मुलुकले स्थिरता र समृद्धिको बाटो समात्न नसकेको यथार्थ हाम्रासामु छ। निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा हार्ने र जित्नेबीच राष्ट्रिय सभा गठनको विषयलाई लिएर द्वन्द्वकै स्थिति उत्पन्न भएको छ। यसले हाम्रो विगतको राजनीतिक संस्कार उजागर गरेको प्रतीत हुन्छ। हार्नेले पनि जनताका अभिमत पाएका छन्। जित्ने त सबै जनताको प्रतिनिधि ठहर्छ। को कुन पार्टीको, को कुन पार्टीको भनेर वर्गीकरण गर्नु शासनमा जानेहरूका लागि शोभनीय मानिन्न। किनकि भोलि फेरि जनतामाझ मत माग्न जानुपर्छ। यो निर्वाचन सधैंको भएको नभई आवधिक हो। आज अस्वीकृत भएको व्यक्ति र पार्टी भोलि स्वीकृत हुन सक्छ। अहिले जनताले स्थिर सरकार बन्न सके मुलुक संक्रमणकालबाट मुक्त हुन्छ कि भनेर बलियो देखिएको वाम गठबन्धनलाई मतदान गरेका हुन्।

त्यसो त गठबन्धनले अहिलेसम्म सरकार गठनबारे सहमति गर्न सकेको छैन । सरकार गठनसँगै पार्टी एकीकरणको सपना बाँडिरहेका एमाले र माओवादी केन्द्रले आआफ्ना दाबी मात्र पेस गरिरहेका छन्। कुन दलको नेताले कुन पद पाउने भन्ने निर्णय भएको छैन। वाम गठबन्धनले प्रधानमन्त्री को हुने भन्ने पनि निर्णय गरेको छैन । सम्भावित प्रधानमन्त्री केपी ओलीले आफूहरू पूर्णरूपमा तयार नभइसकेको अवस्थामा वर्तमान कामचलाउ सरकारप्रति असन्तुष्टि देखाउनु हुँदैनथ्यो। राष्ट्रियसभा गठन नभएसम्म कांग्रेसले सत्ता छोडेन भन्नुको अर्थ पनि देखिन्न। राष्ट्रियसभालाई समावेशी बनाउनुपर्ने बाध्यता विजयी दलको दायित्व र जिम्मेवारी पनि हो।


जनमतको अर्थ बुझ्न सक्नुपर्छ किनकि विगतमा जनादेशको सम्मान हुन नसक्दा व्यवस्थाप्रति वितृष्णा फैलिँदै आएको छ।
सायद अब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नुहुन्छ होला। ओलीले विकासप्रति देखाएका र गरेका प्रतिबद्धता र विभिन्न मुद्दामा नेपालको अडान स्पष्ट गरेकाले उहाँको नेतृत्वमा बनेको वाम गठबन्धनप्रति जनतामा आशा जागेको हो। यो आशा यथार्थमा परिणत हुन्छ/हुँदैन अहिल्यै भन्न सकिने अवस्था छैन। यो आशालाई निराशामा परिणत हुन नदिऊँ भन्ने मात्र हो।

विगत फलदायी बन्न सकेन। पछिल्ला वर्षका अनुभव हेर्दा राजनीतिक दलहरूका बीचमा सत्ताका लागि गठबन्धन बन्ने र टुट्ने परम्परा बलियो बन्दै आएको छ। यसको अर्थ वाम गठबन्धन व्यवहारमा कायम रहन्छ कि रहँदैन भन्ने शंका सबैमा छ। सत्ता फेरबदलमा पुराना इतिहास दोहोरिन थाले भने जनतामा पलाएको झीनो आशा पनि मरेर जान्छ। सत्ताका लागि सांसदको किनबेचसमेत भएको इतिहास छ। अब त्यसो नहोस् भन्ने जनइच्छा मतबाटै प्रकट भएको हामी सबैले विशेषगरी सत्तामा जान लागेका दलले गम्भीर भएर मनन गर्नुपर्छ।

राष्ट्रिय सभा गठनमा देखिएका विवाद र दलहरूको प्रतिक्रियाले सकारात्मक संकेत भने गरिरहेको छैन। दलीय राजनीतिले फेरि सत्ता भए हुन्छ, पद्धतिको मानमर्यादा हुँदैन भन्ने सन्देश प्रवाह गर्न खोजेको देखिन्छ। अहिलेको समय झीनामसिना विवादमा अल्झिने होइन, किनकि स्थिर सरकार गठन भई देशहितमा हुने दीर्घकालीन निर्णय गर्ने अवसर हामीलाई प्राप्त भएको छ। यसको सदुपयोग गर्न सक्नुपर्छ।

नेपालको विकास र नेपालीको अस्तित्वका लागि स्थिरता र समृद्धि आवश्यक सर्त हुन्। यो यथार्थ बुझेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले आफू र आफ्नो राजनीतिक शैलीलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता छ। साना स्वार्थका लागि फेरि सरकार गिराउने खेलमा लाग्ने हो भने नेपालीको वितृष्णाले नेपालको प्रजातन्त्रलाई कहाँ पुर्‍याउँछ ठेगान छैन।

सत्तामा बस्ने एकथरी हुन्छन् भने प्रतिपक्षमा बस्ने अर्काथरी। देश तथा संसद् सञ्चालनमा सत्तापक्ष र प्रतिपक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। प्रमुख प्रतिपक्षको रूपमा कांग्रेसले जिम्मेवार भूमिका खेल्न सक्छ/सक्दैन अझै निश्चित छैन। प्रजातन्त्र नामको टोपी लगाएपछि जे पनि गर्न मिल्छ भन्ने मनस्थितिबाट मुक्त भएर कांग्रेसले कति संयम र सन्तुलन कायम गर्न सक्छ भन्ने महत्वपूर्ण हुन्छ। कांग्रेसलाई उसले शासन रहँदाबस्दा गरेका गल्तीकै कारण जनताले गतिलो पाठ सिकाए। यसलाई उसले सुध्रिने मौकाका रूपमा उपयोग गर्न सक्नुपर्छ।


नेपालको विकास र नेपालीको अस्तित्वका लागि स्थिरता र समृद्धि आवश्यक सर्त हुन्। यो यथार्थ बुझेर एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले आफू र आफ्नो राजनीतिक शैलीलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता छ।

त्यस्तै मधेसवादी दललाई राष्ट्रिय राजनीतिमा सार्थक भूमिका सुनिश्चित गरेर लैजानु दुवै ठूला दलको महŒवपूर्ण जिम्मेवारी हुन्छ। जहाँसम्म साना दलको कुरा छ, राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृतलगायत साना दल यो निर्वाचनमा असफल भए। तर यसबाट पटक्कै हतोत्साही नभई आफ्ना एजेन्डा बोकेर जानु अबको हाम्रो मूल जिम्मेवारी हो। संसद्मा नभए पनि नेपालको ऐतिहासिक पहिचान हिन्दु राष्ट्र कायम गर्ने, भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने, नेपालभित्रै रोजगार सिर्जना गर्ने र नेपालको स्वाभिमान र हितमा केन्द्रित रहेर सन्तुलित परराष्ट्र नीति कायम गर्ने एजेन्डा झनै सान्दर्भिक हुन आउँछ। यी एजेन्डा लिएर हरेक महानगर, उपमहानगर, नगर र गाउँपालिकाका वडावडासम्म पार्टी संगठन कायम गर्दै राष्ट्रियता र प्रजातान्त्रिक दर्शनमा अडेर वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउने चुनौती र अवसर दुवै छन् हाम्रासामु।

जहाँसम्म आर्थिक विकासको प्रश्न छ, त्यसलाई प्राथमिकता दिने हो भने कठोर आर्थिक अनुशासन र यससँग जोडिएका मूल्य र मान्यतालाई संस्थागत गर्ने चुनौती नयाँ सरकारसामु आइसकेको छ। अहिले सरकारको आम्दानीले खर्च धान्ने अवस्था छ, तर नेपालका शासकलाई जति खर्च बढाए पनि पैसाको समस्या हुँदैन भन्ने मनस्थिति देखा परेको छ। त्यसैले साधारण खर्च अन्धाधुन्ध बढेर गएको छ। विकासमा खर्च गर्ने क्षमता घटेको छ। अनुत्पादक खर्च बढ्ने र उत्पादक खर्च घट्ने यो चेपुवा कायम रहेमा द्रूत आर्थिक विकास गर्ने ठूलाठूला भाषण जनतामाथि मजाक गरेको ठहर्नेछ। विगत लामो समयदेखि सरकारहरू र राजनीतिक दलहरूले गरेका शैली हेर्दा अनुशासन, निष्पक्षता र कार्यकुशलता स्वतः निर्माण हुने सम्भावना कम छ। तर निर्माण हुन सक्छ यदि प्रधानमन्त्री आफैं अनुशासित हुने र पार्टी स्वार्थभन्दा माथि उठ्न सक्ने हो भने। यो चरित्र अब आउने प्रधानमन्त्री र सरकारमा देखिने हो या होइन भन्ने कुरा अहिल्यै भन्न सकिने स्थिति छैन। आशा गरौं, अब देशले अवश्य फट्को मार्नेछ। - डा. प्रकाशचन्द्र लोहनी , अन्नपूर्ण पोस्टबाट

सुगम २ नम्बर प्रदेशमा आधा जनसंख्या गरिब !

 ( सप्तरीको कैलाडियाका बालबालिकाहरु । तस्बिर: टुरुप संग्रौला )
 
काठमाडौं , पुस १० गते । भौगलिक रुपमा सुगम प्रदेश नम्बर २ मा गरिबीको दर उच्च देखिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा यो प्रदेशमा जनसंख्याको झन्डै आधा अर्थात ४८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् ।

धेरै जनसख्या रहेको प्रदेश २ मा उच्च गरिबी दर भएका कारण पुरै नेपालको गरिबी दर बढ्न पुगेको छ । यो प्रदेशमा नेपालको कुल जनसंख्याको १८.४ प्रतिशत मानिसको बसोबास छ । प्रदेश २ दोस्रो धेरै जनसख्या रहेको प्रदेश हो भने प्रदेश ६ पछि धेरै गरिब रहेको प्रदेश पनि हो ।

यो प्रदेशमा सडक सञ्जालदेखि राजमार्गले सबै जिल्ला जोडिएको छ । अन्न उत्पादनको भण्डारको रुपमा नेपालको तराईका ८ जिल्ला त्यहाँ नै छ । यो प्रदेशमा सप्तरी,सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा र पर्सा जिल्ला पर्दछन् ।

किन प्रदेश २ गरिब छ ?

औद्योगिक नगरी वीरगन्जदेखि ऐतिहासिक जनकपुर सहर पनि प्रदेश २ मा नै पर्छन् । पुरै प्रदेश भारतसँग जोडिएकोले यहाँ आपुर्ति व्यवस्था पनि सहज छ । तर किन प्रदेश २ गरिब छ त ? प्रदेश २ मा कुपोषणको दर उच्च छ । १४.१ प्रतिशत बालबालिका मात्रै विद्यालयमा नियमित रुपमा जान्छन् ।

बाल मृत्युदर पनि उच्च छ । खानेपानी, विद्युत् र इन्धनको अझै अभाव छ । यहाँ असमानता र अन्धविश्वास उच्च छ । यही प्रदेशका धेरै महिला कथित बोक्सीप्रथाबाट प्रताडिन छन् भने दाइजोको उत्पीडन पनि उस्तै छ । प्रदेश २ मा धनी र गरिबको असमातना चरम छ भने जातीय विभेदको रुप पनि डर लाग्दो छ । यहाँ भष्ट्राचार चरम छ । विकास योजनाको पैसा बाँडेर खाने चलनले यहाँको स्थानीय तहमा छुट्याइएको बजेटमा अनियमिता हुने डरलाग्दो अवस्था छ ।

झन बढ्दैछ गरिबी

तराई–मधेसका जानकार वरिष्ठ पत्रकार चन्द्रकिशोरले पछिल्लो समयमा तुलनात्मक रुपमा मधेसमा गरिबी बढ्दै गएको बताए । उनले २०४६ सालको परिवर्तनपछि राजनीतिको दलको मधेसप्रतिको विभेदपूर्ण व्यवहारका कारण अझ गरिबी बढेको बताए ।

‘मधेसमा गरिबी बढ्नुमा २०४६ पछि नेतृत्व लिएका दलहरु जिम्मेवार छन्’, उनले भने । झाले पहाडका जिल्लासँग जोडिएका जिल्लामा कम गरिबी रहेको पनि तर्क गरे । पहाडसँग ‘कनेक्टिभिटी’ नहुनाले मधेसमा गरिबी बढेको उनको ठहर छ । सुनसरी र चितवनको विकास हुनुमा पहाड र तराईको कनेक्टिभिटी प्रमुख कारण रहेको उनले बताए । उनले भने, ‘उत्तर–दक्षिणको ‘कनेक्टिभिटी’ नहुँदा मधेसमा गरिबी बढेको हो ।’

चुरे दोहनले अवस्था विकराल

झाका अनुसार चुरे दोहनको कारण तराई मधेसको उत्पादकत्व घट्दै गएको छ भने कृषिको पराम्परिक प्रचलनमा संक्रमण आएको छ । अर्कातिर कृषिमा आधुनिकिरण हुन नसक्नु पनि गरिबीको मुख्य कारण हो । युवाहरु विदेशिएका कारण यो प्रदेश पनि रेमिट्यान्समा निर्भर छ । परम्परागत सिप र ज्ञानमा यहाँका बासिन्दा खुम्चिएकाले समेत प्रदेश २ मा गरिबी बढेको उनको धारणा छ । ‘मधेसका युवा परम्परागत काम गर्न लाज मान्छ’, उनले सुनाए, ‘त्यो रेमिट्यान्सको कारणले भएको हो ।’

गरिबीको खाडल झनझन् बढ्दै

नेपालमा पछिल्लो समयमा गरिबीको खाडल बढ्दै गएको छ । धनी अझ धनि भइरहेका छन् भने गरिब अझ गरिब हुँदै गएका छन् । असमान विकासका कारण गरिबीको खाडल बढ्दै गएको हो । विश्वकै खर्बपति विनोद चौधरी जस्ता धनाढ्य पनि यहीँ छन् भने खानसमेत नपाउने अत्यन्त गरिब, भूमिहीन र सुकुम्बासी समेत नेपालमा छन् ।

गरिब र धनीबीचको खालड पुर्न नसकेमा मुलुक अझ गरिब हुँदै जाने अवस्था छ । गरिबी दर घटाउन सरकारदेखि दातृ राष्ट्रले ठुलो धनराशी लगानी गरिरहेका छन् । तर, नेपालको गरिबी दर भने घट्नु साटो झन बढिरहेको छ । हालै राष्ट्रिय योजना आयोगले ७ प्रतिशत गरिबी बढेको तथ्याङ्क सार्वजनिक गरेपछि यो तथ्य पुष्टि भएको छ । नेपालको कुल गरिबी दर २८.६ प्रतिशत रहेको छ । - सुरेन्द्र काफ्ले ,अन्नपूर्ण पोस्टबाट

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget