काठमाडौ.मंसिर ४ गते । । मुक्तिनाथ विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकासको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सेञ्चुरी कमर्सियलको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्र अनुसार मुक्तिनाथ विकासले सञ्चालनमा ल्याएको मुक्तिनाथ रेमिटबाट हुने भुक्तानी सेञ्चुरी कर्मसिर्यलको सम्पूर्ण शाखाबाट लिन सकिने छ । साथै सेञ्चुरी कमर्सियलको सेञ्चुरी रेमिट पनि मुक्तिनाथ विकासको सम्पूर्ण शाखाबाट भुक्तानी हुनेछ ।-अनलाइनखबर
Post a Comment