रुकुम पश्चिम, मङ्सिर १० गते । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका–७ मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखामा रहेको मतदानस्थल र र सोही स्थानको वडा नं. ८ बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्रमा मतदाता तर्साउन बम विस्फोट गराइएको छ ।
बिहानैदेखि सुरु भएको मतदानलाई प्रभावित बनाउन यसो गरिएको हुनसक्ने भएपनि मतदातामा भने यसको कुनैपनि त्रास नपरेको चुर्तीपाखा मतदान स्थालका मतदान अधिकृत मानविर ओलीले बताएका छन् । उता बयलीगाउँ मतदान स्थालका मतदान अधिकृत भिमबहादुर बुढाथोकीले पनि यसको कुनै प्रभाव नपरेको बताएका छन् ।
चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचबटा बम विस्फोट गराइएकोे स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने यस बारेमा प्रहरीलाई कुनै जानकरी नभएको र सबै मतदान स्थालमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताएका छन् ।- अन्नपुर्ण
Post a Comment