ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिका राखिएको स्थलमुनि बम गाडेको भेटिएको छ । आठराई गाउँपालिका-३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएपछि १ घण्टाका लागि मतदान स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।
बम रहेको स्थलमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गर्दै गरेको र बम हटाएपछि पुन निर्वाचन सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए ।- अन्नपूर्ण बाट , सिताराम गुरागाई
Post a Comment