सिक्किमबाट आएका स्वामी भन्छन्ः मूर्तिपूजा गर्दिनँ, छुवाछुत मान्दिनँ
काठमाडौं, साउन ३० गते । । हिन्दु धर्मभित्र भगवान श्रीकृष्णलाई मान्ने विभिन्न सम्प्रदायहरु छन् । उनीहरु सबैले श्रीकृष्णलाई आ-आफ्नै ढंगले बुझ्ने र बुझाउने गर्छन् । यीमध्येको एउटा सम्प्रदाय हो श्रीकृष्ण प्रणामी ।
यस धर्मका एक व्याख्याता रोहितराज महाराज सिक्किमबाट काठमाडौं आएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा गोठाटारमा रहेको नवतनधाम मन्दिरमा आयोजित एक महिनाव्यापी विथक कथामा भाग लिन उनी आएका हुन् ।
गुरुङ परिवारमा जन्मेका ४४ वर्षीय स्वामी भारतीय नागरिक भए तापनि नेपालसँग उनको ठूलो लगाव छ । ‘नेपाल र नेपालीप्रति मेरो विशेष आशक्ति छ किनभने मेरो शरीरमा आखिर नेपाली खुन नै दौडिइरहेको छ,’ उनी भन्छन् । नेपाल, भारतलगायत विभिन्न देशहरुमा अहिलेसम्म आफूले ४ सय २ पटक भागवत भनिसकेको उनले बताए ।
उनै रोहितराजसँग भगवान श्रीकृष्ण र कृष्णप्रणामी धर्मका विषयमा केही बुझ्ने चेष्टा गरिएको छ । प्रस्तत छ, उनीबाट व्यक्त विचार जस्ताको तस्तै
के हो विथक कथा ?
हामी कृष्ण प्रणामी धर्म मान्नेहरुले विथक कथालाई प्रमुख मार्गनिर्देशक ग्रन्थका रुपमा लिन्छौं । श्रीकृष्ण प्रणामी मिजानन्द सम्प्रदायमा १७५१ सालदेखि श्रावण मासमा विथक कथाको परम्परा चलेको हो, जुन अहिलेसम्म कायम छ ।
रोहितराज महाराज
यसभित्र आत्मा र परामात्मा के हो ? भन्ने विषयमा विशेषरुपमा चर्चा परिचर्चा गरिएको छ । विथक ग्रन्थ श्री महामति प्राणनाथका परमशिष्य लालदासीले लेख्नुभएको हो । यसभित्र भगवान श्रीकृष्णको त्रिदाभेदका कुराहरु छन् । विशेषगरी सत्गुरु को हुनुहुन्छ ? महामति प्राणनाथ को हुनुहुन्छ भन्ने परिचय दिएको पाउँर्छौं ।
महामति प्राणनाथको विषयमा भन्नुपर्दा उहाँले हिजोका दिनमा हिन्दू धर्मको संरक्षण र संवर्द्धनमा ठूलो योगदान पुर्याउनुभएको छ । उहाँले त्यति मिहिनेत नगर्नुभएको भए आज शुद्ध सनातन हिन्दू धर्म भनेर गर्वले भन्न पाउने थिएनौं ।
कृष्णप्रणामी धर्मको सुरुवात
सदगुरु देवचन्द्रजी पूर्वजन्ममा राधिका महारानी हुनुहुन्थ्यो । जब महारासलिलामा राधिका महारानीले कृष्णको पोशाक लगाएर बाँसुरी बजाउनुहुन्छ, त्यतिबेला उहाँको मनमा भाव उत्पन्न हुन्छ, म पुरुष पो हुँ कि भन्ने खालको । अन्ततः वास्तविकता यस्तै भयो ।
राािधका महारानीले महारासमा पुरुष भाव मनमा लिनु भएको कारणले यस मृत्यूलोकमा पुरुष रुपमा आउनुभयो । जसको नाम हो श्री देवचन्द्रजी । उहाँ १६३८ सालमा मारवड देशको उमरकुट गाउँमा पिता मतुमेता, माताकुमरवाईको सन्तानका रुपमा उहाँको जन्म भयो । १६ करोड चन्द्रमाले सम्पूर्ण शितलता प्रदान गरिरहेको समयमा उहाँ यस धर्तिमा आउनुभएको थियो । उनै देवचन्द्रजी महाराजलाई शाष्त्रले सद्गुरु भनेर प्रमाण दिएको छ ।
ब्रम्हानन्दम परमसुखदम केवलम् ज्ञानमुर्ति
द्वन्द्वातितम् गगनश्रदिश्यम तत्व मस्यादी लक्षम्
एकम नित्यम विमल मचलम् सर्वादी साक्षी भूतम
भाभातितम त्रिगुण रहितम् सद्गुरु तम नमामी ।
यो स्कन्द पुराणको श्लोक हो । यसले स्पष्टरुपमा श्री देवचन्द्रजी महाराज जो राधाको स्वरुप हुनुहुन्थ्यो, उहाँलाई नै सद्गुरु हो भनेर प्रमाण दिएको छ ।
५ वर्षको उमेरदेखि नै उहाँमा म को हुँ ? यो संसार के हो ? भन्ने कुराहरुको जिज्ञासा बढ्दै गयो । यसको खोजी गर्दै जाँदा उहाँ गुजरातको जामनगर पुग्नुहुन्छ । त्यो क्षेत्रमा जब उहाँ पुग्नुभयो, कानजी भट्ट नाम गरेको बहुत ठूलो भागवतको विद्वानले कथा वाचन गर्दै गरेको भेट्नुभयो । मैले खोजेको चिज यहाँ रहेछ भन्ने लागेर उहाँले १४ वर्षसम्म श्रीमद्भागवत महापुराणको कथा सुन्नुभयो ।
जब उहाँ ४० वर्षको उमेर पुग्नुभयो, उहाँको जीवनमा सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट आयो । देवचन्द्र जी महाराजलाई साक्षात् भगवान श्रीकृष्णले प्रत्यक्ष दर्शन दिनुभयो । दर्शन दिएर बहुत ठूलो मन्त्र सिकाउनुभयो, जुन मन्त्र त्यतिञ्जेलसम्म दुनियामा आएको थिएन । साढे ७ करोड मन्त्रहरुभन्दा माथिको राजा तारतम महामन्त्र भनिन्छ यसलाई । तारतम् महामन्त्र उहाँले श्रीकृष्णको मुखारविन्दबाट पाउनुभयो । त्यसपछि उहाँले कृष्णलाई प्रणाम गर्नुभयो । त्यो दिनबाट कृष्णप्रणामी धर्म शुभारम्भ भयो ।
भगवान कृष्णले देवचन्द्रजी महाराजलाई सुनाउनुभएको मन्त्र आज हामी हामी हरेक भक्तहरुलाई दिने गर्छौं । हामीसँग अरु कुनै मन्त्र छैनन् ।
श्रीकृष्णलाई हेर्ने दृष्टिकोण
शाष्त्रमा तीन वटा कृष्णको वर्णन पाइन्छ । तीमध्ये हामी कृष्णप्रणामीले अक्षरातित श्रीकृष्णलाई मान्छौं, जो गौलोकदेखि पनि माथि छ । जो अखण्ड छ । त्यहाँ चन्द्र सुर्यको प्रकाश केही छैन । नुरै नुरको प्रकाश छ । परमात्माको स्वरुप अनुपम छ । परमात्मको स्वरुपबाट त्यहाँ नुरै नुर निस्कने गर्छ ।
अक्षरदेखि पर भएकाले अक्षरातित भनेका हौं । धाममा बिराजमान हुनुभएका परब्रम्ह परमात्मा । उहाँलाई हामी प्रणामीहरुले श्रीराज भनेर पुकार्ने गर्छौं । जसरी पतिव्रता स्त्रीले पतिको नाम काटि्दनन्, तर बाँकी दुनियाका अगाडि नाम लिनै पर्ने हुन्छ । त्यसैगरी हामी अन्तरआत्माबाट उहाँलाई श्रीराज -विश्व ब्रम्हाण्डका राजा) भनेर सम्वोधन गर्छौं । यो दुनियाको अगाडि चाहिँ श्रीकृष्ण भनेर पहिचान गराउँछौं ।
कृष्णलाई मान्ने तरिका पनि आफ्नो-आफ्नो हुन्छ । जस्तै हजुरले विष्णुलाई मान्नुभयो भने तपाईंको पर्सनल बिचार हो । तर भगवान विष्णुले पनि कसलाई मान्दै हुनुहुन्छ, कुरो त्यहाँ छ । विष्णु ‘अल इन अल’ होइन । कृष्ण बन्दे जगत गुरु अर्थात् भगवान कृष्ण भनेको जगतको गुरु हो । जसलाई श्रीहरी भनेर भन्छौं, जो ओमभित्र हुनुहुन्छ, जसले १६ हजार एक सय ८ पटरानी बनाउनुभयो । यी सबै वैकुष्ठवासी भगवान विष्णु हुन् ।
अवतार २४ को कुरा हामी गर्छौं । यी सबै विष्णुबाट हुन्छन् । न गोलोकधामबाट अवतार हुन्छ न दिव्य परमधामबाट हुन्छ । अवतार सबै वैकुन्ठबाट नै हुन्छन् । यस सृष्टीका पालनकर्ता विष्णु हुन् जसको चारवटा हात छन् । चार वटा हात भएको कृष्णलाई विष्णु भनेर सम्भिmनुपर्यो । अनि गाई चराउने, साढे तीन कोटी सखा र सखीहरुको साथमा निवास गर्ने चाहिँ गौलोकी कृष्ण हुन् जसले कंशको वध गरेका थिए । अक्षरातित कृष्णले कसैको वध गर्नुभएको छैन, कसैलाई बिझाउने कुरा पनि गर्नुभएको छैन । उहाँ खाली माखन र मिश्री खाने र १२ हजार ब्रम्हपि्रहरुको साथमा प्रेमको लिलामा ओतप्रोत भएर बस्नुहुन्छ । अनि जति यो संसारको सृष्टी भएको छ उहाँकै आदेशबाट भएको छ ।
मूर्तिपूजा गर्दिनँ, छुवाछुत मान्दिनँ
कृष्णप्रणामी धर्ममा मूर्तिपूजा हुँदैन, ग्रन्थ पूजा हुन्छ । शास्त्रमा आठ प्रकारको मूर्तिको कुरा आउँछ, त्यसमा चैतन्य मूर्ति भनेर ग्रन्थलाई मानिएको छ । हामी परमात्माको वाङ्मय स्वरुप भनेर ग्रन्थलाई पूजा गर्छौं । किनभने फलामको मुर्तिले बोल्दैन । काठको, लोहाको, पित्तलको, सुनको मुर्तिले बोल्दैन । बोल्छ त केवल ग्रन्थको मूर्तिले बोल्छ । कुनै पनि किताब पल्टाउनुस । त्यहाँबाट तपाईंले उपदेश पाउनुहुन्छ । त्यो भनेको ग्रन्थ बोलेको हो । किताब त पल्टाउनुभो, तर पन्ना खाली छ भने त्यसबाट केही पाउनुहुन्न ।
हाम्रो धर्ममा जाँड-रक्सी, माछामासु, तमाखु सुर्ति पूर्णरुपमा बर्जित छ । हामी छुवाछुत मान्दैनौं । जुनसुकै जातले दिएको कुरा म खान तयार छु, खाली उक्त व्यक्ति धार्मिक आदर्शबाट च्यूत भएको हुनुभएन । कुनै पनि धर्मभित्र छुवाछुतलाई प्रश्रय दिनुहुँदैन भन्ने हाम्रो मान्यता छ ।
कृष्णप्रणामी धर्ममा आवद्ध हुनेहरु संसारभरि छन् । सबैभन्दा ठूलो संख्या भारतमा छन् । त्यहाँ २५ लाखको हाराहारीमा कृष्णप्रणामीहरु छन् । नेपालमा ७-८ लाखको संख्यामा रहेको अनुमान गरिएको छ ।
कृष्ण जन्माष्टमी होइन, प्राकट्य महोत्सव
हामी प्रणामीहरु जन्माष्टमी नभनेर प्राकट्य महोत्सव भन्छौं । दुनियाका लागि जन्माष्टमी, हाम्रो सम्प्रदायले हेर्दा प्राकट्य महोत्सव । कंशको कारागारभित्र देवकीको कोखमा रात्रिको १२ बजे जसले ४ वटा हात लिएर जन्मिनुभयो, उहाँ विष्णु हो । यसकारण दुनियाँले विष्णुलाई जन्माउँदा जन्माष्टमी भन्यो । तर, तीनै विष्णुले ‘अथ परम बालरुपम् भविष्यती सुन्दरम्’ भनिदिनुभयो । त्यसको केही क्षेणपछि दुई भुजा स्वरुप देखा पर्छ । तीनलाई गोकुलमा नन्दबाबाको घर पुर्याउनु भन्नुभएको छ । यसरी ती कृष्ण जन्मेको नभएर प्रकट भएको हामी मान्छौ. ।
हजुरको जन्म भएको छ, हजुर एक दिन मर्नुहुन्छ । मेरो जन्म भएको छ म एक दिन मर्छु । तर हामीलाई जन्म दिनेवाला श्रीकृष्ण पुर्णब्रम्ह परमात्मा जो प्रकट हुनुभयो, उहाँ कहिल्यै मर्नुहुन्न । यसकारण ती विष्णु कृष्ण चतुर्भुज देवकीको कोखबाट जन्म लिनुभयो । जरासन्ध नाम गरेको ब्याधाले वाण हान्यो । वहाना बाणको भयो, उहाँले स्वधाम जानुपर्ने भो । तर, दुई भुजा स्वरुप जो प्रकट हुनुभयो, उहाँ आजसम्म पनि हुनुहुन्छ । यसकारण कुरो यसरी बुझ्नुपरो । कतिले त बुझेकै छैन । देवकीको कोखबाट १२ बजे राति जन्मिएको नै कृष्ण हुन् भनेर ‘नन्दघर आनन्द भयो’ भन्दै गाउँछन् । यी कृष्ण नन्दघर गएकै छैनन् कसरी आनन्द भयो ? त्यो त दुई भुजा स्वरुपलाई त्यहाँ पुर्याइएको छ । दुई भुजा स्वरुपका लागि पो नन्द घर आनन्द भयो भन्नुपर्ने तर राति १२ बजेको विष्णुलाई नै नन्द घर आनन्द भयो भनिरहेका छन् ।
श्रीकृष्णको शिक्षा
भगवान श्रीकृष्णले मानवजातिलाई सिकाएको सबैभन्दा ठूलो कुरा प्रेम हो । तिमीले प्रेम गर । प्रेम जहाँ छ, त्यहाँ समाज बन्छ । अहिलेको समाजलाई प्रेमको खाँचो छ । अहिलेको युवालाई प्रेमको खाँचो छ । अहिलेको युवतीलाई प्रेमको खाँचो छ । जुन मानिसको भित्र यो प्रेमले प्रवेश गर्यो, सारा संसार उसैको हुन्छ । समाजमा सकारात्मक सोच आउँछ भने प्रेमले आउँछ । नत्र भने आउँदैन ।-अनलाइनखबर

Post a Comment