आँपलाई फलको राजा भनिन्छ । यो मौसममा हरेक चोक, पसलमा आँप देख्न सकिन्छ । आँपलाई फलको राजा यसकारण भनिन्छ किनभने यसलाई अधिकांस मानिसले मन पराउँछन् र यसमा पोषक तत्व पनि अत्यधिक हुन्छ । आँपले पाचन प्रक्रियालाई सुधार्छ भने छालालाई कोमल बनाउन पनि सहयोग गर्दछ । यहाँसम्मकी यसले छालाको रंगलाई सफा गर्न पनि सहयोगी भूमिका निभाउने गर्दछ । तर यति फाइदाजनक हुँदा हुँदै पनि आँपले हानी पनि पुर्याउँछ ।
त्यसकारण आँप खानुभन्दा पहिले यसबारे केही कुरा थाहा पाउन आवश्यक छ ।
१. मधुमेह छ भने आँपबाट टाढै रहनुहोस्ः
आँपमा नेचुरल सुगर हुन्छ तर हाम्रो शरिरलाई नेचुरल सुगर पनि केही परिमाणमा मात्र चाहिन्छ । त्यसकारण यदि तपाईंलाई मधुमेह छ भने आँपसँग टाढै बस्दा राम्रो । आँपको शौखले तपाईंलाई अस्पतालको चक्कर पनि लगाउन सक्छ ।
२. धेरै आँप खाँदा डण्डीफोरलाई निम्तोः
आँपको स्वाद यस्तो हुन्छ कि तपाईं चाहेर पनि आफूलाई रोक्न सक्नुहुन्न र धेरै खानुहुन्छ भने यस्तोमा तपाईंले आँप निकै गर्मी फल भएको बुझ्नुपर्छ । यसको धेरै सेवन गर्दा अनुहारमा डण्डीफोर आउने गर्दछ । आँपलाई सिमित मात्रामा खानुहोस् नभए अनुहारको रंग र चमक दुबै हराउनसक्छ ।
३. दाद, चिलाउने समस्याः
याद राख्नुहोस्, आँपको टुप्पोबाट तरल पदार्थ निस्कन्छ जसलाई यदि राम्रोसँग सफा नगरे वा त्यसलाई नहटाए मुखको स्वाद त बिग्रन्छ नै, यसले दाद र चिलाउने समस्या पनि निम्तने गर्दछ । यदि त्यो गलाभित्र छिर्यो भने दुखाई र सुन्निने समस्या पनि देखिन सक्छ । जसलाई जोर्नीको समस्या छ र साइनसजस्तो रोगको शिकार हुनुहुन्छ भने उनीहरु आँपबाट टाढै बस्नुपर्छ ।
४. पेट खराबः
ध्यानमा राख्नुहोस्, आँपले केही रोगलाई थप बढाउने गर्दछ । आँपको सिधा सम्बन्ध तपाईंको पेटसँग हुने गर्दछ । सिमित मात्रामा आँप खाँदा यसले पाचन क्रियालाई सुधार्छ भने यसको अत्यधिक सेवनले पाचन क्रियालाई नष्ट गर्नुका साथै झाडासमेत लाग्छ ।
५. तौल बढ्छः
आँपमा अत्यधिक क्यालोरी हुन्छ जसले तौल बढाउनका सहयोग गर्दछ । एक मध्ययम आकारको आँपमा १ सय ३५ क्यालोरी पाइन्छ । आफ्नो तौल नबढोस् भन्ने चाहनुहुन्छ भने यो कम नै खानुहोस् ।- एजेन्सी
Post a Comment