Websoft University

www.radiomakalu.com || 021-522512


July 2017


काठमाडौँ, साउन १३ गते । फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ ।
बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । “खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको छ,” कुमारी फुटसल ठमेलका सञ्चालक राजनलाल महर्जन भन्नुहुन्छ ।



शुरुमा काठमाडौंमा केन्द्रित यो खेल अहिले विराटनगर, हेटाँैडा, बनेपा, पोखरा, धरान, चितवनजस्ता प्रमुख शहरमा विस्तार भएको छ । एक अध्ययन अनुसार मुलुकभर १०० को हाराहारीमा व्यावसायिक फुटसल सञ्चालनमा छन् । यसलाई कतिपयले ‘फिटनेस सेन्टर’ का रुपमा प्रयोग गर्ने गरेका छन् ।

सन् २०११ मा नवाङ निमा लामाले ठमेलमा एरेना फुटसलको शुरु गर्नुभयो र यो नै नेपालमा स्थापित पहिलो फुटसल हो ।

“सन् २००९ मा थाइल्याण्ड जाँदा घरभित्रै फुटबल खेलेको देखे, पछि थाहा भयो यो त फुटसल पो रहेछ,” उहाँले भन्नुभयो ।

थाइल्यान्ड, सिंगापुरजस्ता देशमा फुटसल ‘बिजनेस’ धेरै फस्टाएको देख्नुभएका उहाँले नेपालमा पनि फुटसल शुरु गर्ने अठोट गर्नुभयो र लामो सोचविचारपछि ठमेलमा एरेना फुटसल खोल्नुभयो । आफूले थालेको व्यवसाय विस्तार भएकामा खुशी देखिनुभएका उहाँ अझै अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान बनाउन नसकेकामा भने दुःखी हुनुहुन्छ ।

“अधिकांश मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेका छैनन्,” उहाँ थप्नुहुन्छ ।

फुटसलको इतिहास र नियम

फुटसल भनेको ‘मिनी’ फुटबल हो । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् ।

यो सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ ।

गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको होे ।

फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गरेको पाइन्छ । नेदरल्याण्ड्स आयोजक रहेको पहिलो विश्वकपको विजेता ब्राजिल बन्यो । ब्राजिल फिफा फुटसल विश्वकपको सर्वाधिक पाँच पटकको विजेता हो । फिफाले आठ पटक विश्वकपको आयोजना गरिसकेको छ ।

फुटसल विकासमा सरकारी प्रयास

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पहिलोपटक राष्ट्रिय फुटसल टोली बनाउन सक्रिय छ । आउँदो अक्टोबरमा हुने एएफसी एसियन फुटसल च्याम्पियनसिप छनोट प्रतियोगितालाई लक्ष्य गरी राष्ट्रिय टोली तयार गर्न लागिएको हो ।

गत माघमा एन्फा सदस्य रमेश रायमाझीको नेतृत्वमा लोकबहादुर शाही उपाध्यक्ष (हाल निलम्बित), अन्जु भट्टराई, मेयु थापा र विनोद गुरुङ सदस्य रहेको एक समिति गठन गरिएको थियो । समिति अहिले राष्ट्रिय लिगमार्फत राष्ट्रिय टोली छनोटमा जुटिरहेको छ ।

सबै फुटसल क्लबलाई लिगमा समावेश गराउन नसकिने अध्यक्ष रायमाझीले बताउनुभयो । सरकारी निकायमा आधिकारिक दर्ता भएका, बलिया पूर्वाधार बनाएका र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी सञ्चालनमा रहेका क्बललाई लिगमा समावेश गरी राष्ट्रिय टोली छनोटको तयारी भइरहेको छ ।

अध्यक्ष रायमाझीले भन्नुभयो, “हामी राष्ट्रिय टोली बनाउन राष्ट्रिय लिगको तयारीमा छौँ । फुटसलसँग सम्बन्धित सङ्घ र व्यावसायिक संस्थासँग छलफल जारी छ ।” अगस्ट दोस्रो हप्तादेखि लिग हुनेछ । लिगपछि राष्ट्रिय टोली निर्माण हुन्छ । छनोट भएको टोली प्रतिस्पर्धाका लागि इरान जानेछ ।

छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा नेपालले उज्वेकिस्तान, किर्गिस्तान र तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले फुटसल प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदैछ । त्यसका लागि फेब्रुअरीमा एन्फाले एएफसीमा नामसमेत दर्ता गरिसकेको छ । लिगलाई मध्यनजर गर्दै एन्फाले एसियाली फुटबल सङ्घघको सहयोगमा १९ जनालाई उसले फुटसल प्रशिक्षक तालिम दिएको छ र छिट्टै व्यावसायिक रेफ्रीको तालिमसमेत सञ्चालन गर्न लागेको छ ।

बिना राष्ट्रिय टोली तीन फुटसल सङ्घ

फुटसलको विकास तथा विस्तार गर्न तीनवटा सङ्घ सक्रिय छन् तर, राष्ट्रिय टोली भने अझै छनोट हुन सकेको छैन ।

एन्फाद्वारा गठित रायमाझी नेतृत्वको फुटसल सङ्घ, राष्ट्रिय खेलकुद परिषद्मातहत देवकुमार अधिकारी अध्यक्ष रहेको नेपाल फुटसल सङ्घ तथा राज महर्जनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको राष्ट्रिय फुटसल व्यावसायिक सङ्घ अस्तित्वमा छन् ।

रासससँग कुरा गर्दै अध्यक्ष अधिकारीले एन्फाले राष्ट्रिय टोलीका लागि छनोट लिग सञ्चालन गर्न लागेको आफूलाई जानकारी नभएको बताउनुभयो । “सहकार्य गरी लिग सञ्चालन गर्न तयार छौं, समान प्रकृतिका संस्था स्थापना गरी विवाद बढाउने पक्षमा छैनौं,” उहाँले भन्नुभयो ।

राष्ट्रिय फुटसल व्यवसायी सङ्घका अध्यक्ष महर्जनले फुटसलको विकास र विस्तार गर्ने अभियानमा आफूहरूको सङ्घ बाधक नरहेको स्पष्ट पार्दै धेरै सङ्घ भन्दा एउटै छाता सङ्घ बनाउन आफूहरू सकारात्मक रहेको बताउनुभयो । “फुटसलको विकासमा हामी योगदान गर्न तयार छौं, सम्मानजनक स्थान पाए एक हुन तयार छौ,” अध्यक्ष महर्जनले भन्नुभयो ।

एन्फा अहिले राष्ट्रिय टोली बनाउन जुर्मुराउनु हास्यास्पद भएको अध्यक्ष महर्जनको टिप्पणी छ । उहाँले भन्नुभयो – “प्रतियोगिताको तालिका आइसक्यो । राष्ट्रिय टोली खोइ ? यो एन्फाको कमजोरी हो । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु गौरवको कुरा भएकाले एन्फाले सहयोग मागेमा जुनसुकै सहयोग गर्न तयार छौं ।”

छोटो समयमै फुटसलको व्यावसायिक लोकप्रियता बढेर गएको छ । सन् २०११ मा एक स्थानबाट सुरु भएको यो खेल उपत्यकाका ७५ भन्दा बढी ठाउँमा सञ्चालनमा आउनु यसको लोकप्रियता र व्यावसायिकताको द्योतक भएको भक्तपुर सूर्यविनायक सुटर्स फुटसल एन्ड गेमजोनका सञ्चालक रमेश सुवाल बताउनुहुन्छ ।

व्यवसायीले फुटसल मैदानको प्रतिघण्टा रु एक हजारदेखि दुई हजार पाँचसयसम्म लिने गरेका छन् । बिहान र बेलुकाको समयमा बढी र दिउँसो केही कम शुल्क लिइन्छ । फुटसलमा मात्रै झण्डै रू एक अर्ब हाराहारीको लगानी छ । एउटा फुटसल निर्माण गर्न डेढ करोड रुपैयाँसम्म लाग्छ ।

व्यावसायिक सफलता बढ्नु सकारात्मक भएपनि एउटै व्यवसायमा धेरैले लगानी गर्न थालेपछि जोखिम बढेको व्यवसायी बताउँछन् । पछिल्लो समय खेल्नेको संख्याको तुलनामा धेरै बढी फुटसल खुलिरहेका छन् ।

“काठमाडौँ उपत्यकामा फुटसलको विकास र चुनौती” विषयको आफ्नो शोधपत्रमा लेख्नुभएको शोधपत्रमा एकेन्द्रबहादुर खड्काले यस खेलप्रति १६ देखि २० वर्ष उमेर समूहका व्यक्ति बढी आकर्षित भएको औँल्याउनुभएको छ । अध्ययनले ६ देखि ५७ वर्षसम्मका व्यक्तिले फुटसल खेल्ने गरेको देखाएको छ ।

चेन्जिङ रुम, आराम गर्ने सुविधा, चिया÷कफीका लागि क्याफे, साथीभाइ जम्मा हुने ठाउँ र फुटबलमा चाहिने सामग्रीहरु उपलब्ध हुने भएकाले जनसाधारणको फुटसलप्रति आकर्षण बढेको हो । रासस

bhanu bhakta

काठमाडौँ, साउन १३ गते। दुईसय चारौँ भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ ।

कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै आएको छ । सो अवसरमा नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली भाषा, साहित्य, संस्कृति, कलाको संरक्षणमा आफू र नेपाल सरकारबाट पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।

भारत, पश्चिम बंगालका सहकारीमन्त्री अरुप रायले भानु–रवि (भानुभक्त आचार्य–रवीन्द्रनाथ) ठाकुर काव्य उद्यान निर्माणका लागि सरकारबाट जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भानु जयन्ती विशेष समारोहमा समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले कोलकातामा रहेका नेपालीले नेपाली भाषा र साहित्यका लागि धेरै काम गरेको बताउनुभयो । सो अवसरमा जनकल्याण समिति कोलकाताले भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे, सार्क कल्चरल सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र गुरागाईं एवम् बराललाई सम्मान गरेको छ ।

सो अवसरमा कोलकातामा रहनुभएका नेपालका नृत्य नृत्यनिर्देशक दिलीप थापा र रवीन दासको निर्देशनमा सांस्कृतिक कार्यक्रम र नाटक प्रस्तुत गरिएको थियो । गत असार २९ गते नेपालमा आयोजित भानुजयन्तीमा कोलकाताबाट सहभागी हुनुभएका जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापा तथा महासचिव रामबहादुर कार्कीले भानुजयन्तीबाट नेपाल र भारतमा रहेका नेपालीबीच राम्रो सम्बन्ध कायम भएको बताउनुभयो ।

सम्मानित घिमिरेले पश्चिम बंगाल सरकारले भानुभक्तको शालिक निर्माण गर्न सहयोग पु¥याउन गरेको प्रतिबद्धताप्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा जनकल्याण समितिको प्रकाशन तथा नरविक्रम थापा सम्पादक रहेको ‘बिहानी’ पत्रिकाको अठारौँ अङ्क र नेपाली साहित्य, धर्म, संस्कृतिबारे जानकारी भएको वार्षिक नेपाली पात्रोसमेत विमोचन गरिएको थियो । पत्रिकामा नेपाल र भारतका विभिन्न विधाका ख्यातिप्राप्त स्रष्टाका लेखरचना समाविष्ट छन् । रासस

काठमाडौँ, साउन १३ गते । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्रको वितरण निर्धारित समयमा नहुने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि सो परिचयपत्र वितरण गर्ने समय निर्धारण गरेको थियो ।
साउनदेखि वितरण गर्ने समय निर्धारण गरिए पनि केन्द्रले अहिलेसम्म न परिचयपत्र छाप्ने मेसिन ल्याउन सकेको छ न सो परिचयपत्रको छपाइदेखि सम्पूर्ण व्यवस्थापन गर्ने घर नै निर्माण गर्न सकेको छ । त्यसैगरी, केन्द्रले अहिलेसम्म सो परिचयपत्रको ‘सेक्युरिटी डिजाइन’ को काम पनि पूरा गर्न सकेको छैन ।
साउनदेखि वितरण गर्ने भनिएको परिचयपत्रसम्बन्धी नीतिगत निर्णय सरकारले असारमा गरेको थियो । असार ८ गते बसेको मन्त्रिपरिषद्ले राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी नीतिगत निर्णय गरेको थियो ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक उद्धव तिमिल्सेनाले राष्ट्रिय परिचयपत्र वितरण गर्नेबारे नीतिगत निर्णयमा भएको ढिलाइ र कुन जिल्लाबाट सो परिचयपत्रको वितरण कार्य सुरु गर्नेबारे निर्णय अहिलेसम्म हुन नसक्दा परिचयपत्र वितरण कार्य निर्धारित समयमा सुरु गर्न नसकिएको बताउनुभयो ।
सुरुमा सो परिचयपत्र प्रणाली निर्माणका लागि निर्वाचन आयोगको तथ्याङ्क प्रयोग गर्नेबारे सहमति निर्वाचन आयोगसँग भएको बताउँदै कार्यकारी निर्देशक तिमिल्सेनाले तर आयोगद्वारा सङ्कलित तथ्याङ्कमा नागरिकको चार औँलाको मात्र छाप (फिङ्गर प्रिन्ट) लिइएको र तथ्याङ्कमा रहेको तस्बिर स्पष्ट नभएकाले राष्ट्रिय परिचयपत्रको प्रयोजनका लागि निर्वाचन आयोगको तथ्याङ्क काम लाग्न नसक्ने स्पष्ट पार्नुभयो । राष्ट्रिय परिचयपत्रका लागि सम्बन्धित व्यक्तिको दसै औँलाको छाप लिनुपर्ने प्रावधान छ ।
राष्ट्रिय परिचयपत्र निर्माणका लागि सम्बन्धित व्यक्तिको घर घरमा नै गएर प्रत्यक्ष दर्ता प्रणालीका आधारमा औँलाको छाप, आँखाको चित्र तथा सम्पूर्ण परिचय लिने कार्य गर्नुपर्ने बताउँदै उहाँले सो नीतिगत निर्णयका लागि केन्द्रले गृह मन्त्रालयमा फाइल पठाएको जानकारी दिनुभयो । त्यसैगरी, कुन जिल्लाबाट सो परिचयपत्रको वितरण कार्य सुरु गर्ने भन्ने निर्णयका लागि समेत केन्द्रले गृह मन्त्रालयमा फाइल पठाएको छ ।
प्रत्यक्ष दर्ता प्रणाली र सुरु गरिने जिल्लाबारे गृह मन्त्रालयको निर्णय आएपछि केन्द्रले प्रत्यक्ष दर्ता प्रणालीमार्फत तथ्याङ्क सङ्कलन गरी परिचयपत्र छाप्ने काम सुरु गर्ने जानकारी कार्यकारी निर्देशक तिमिल्सेनाले दिनुभयो ।
सुरु भएको पाँच वर्षभित्र १६ वर्ष उमेर पुगेका सबै नेपालीलाई सो परिचयपत्र उपलब्ध गराउने र त्यसपछि पञ्जीकरण विभागसँग समन्वय गरेर जन्मदर्तासँगै राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति केन्द्रको रहेको उहाँले बताउनुभयो । यस कार्डको आधारमा राज्यबाट पाउने सुविधा प्राप्त गर्नुका साथै अन्य कागजातहरू यसैको आधारमा निर्माण गर्न सकिने केन्द्र्रले जनाएको छ ।
गृह मन्त्रालय, व्यवस्थापन महाशाखाका प्रमुख यादवप्रसाद कोइरालाले निर्वाचन आयोगको तथ्याङ्क लिँदा कतिपय ठाउँमा नाम, ठेगाना, जन्ममिति आदि नमिलेको बताउँदै प्रत्यक्ष दर्ता प्रणाली र कुन जिल्लाबाट वितरण कार्य सुरु गर्नेबारे मन्त्रालयले छिट्टै नै निर्णय गर्ने जानकारी दिनुभयो ।
केन्द्रका अनुसार, एक लाख १७ हजारमध्ये सातहजार सिंहदरबारभित्रका कार्यालयका कर्मचारीहरूलाई वितरण गरिनेछ भने बाँकी एक लाख दशहजार परिचयपत्र निर्वाचन आयोगको तथ्याङ्कलाई हेरेर कुनै एक जिल्ला छनोट गरी वितरण गरिनेछ । राष्ट्रिय परिचयपत्र निःशुल्क वितरण गरिने केन्द्रले जनाएको छ ।
नेपाली नागरिकताको प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने उद्देश्यसहित नेपाल सरकारको आर्थिक वर्ष २०६६÷६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो । त्यसपछि, मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रूपमा राष्ट्रिय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो ।
हालको डिजाइनअनुसार कार्डको भित्री र बाहिरी भागमा क्रमशः सगरमाथा र नेपालको मानचित्र अङ्कित हुनेछन् । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथाको आधिकारिक तस्बिर उपलब्ध गराइसकेको छ भने नापी विभागले नेपालको मानचित्र उपलब्ध गराउन बाँकी नै रहेको केन्द्रले जनाएको छ ।-भउचप्रसाद यादव



काठमाडौँ, साउन १३ गते । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि यसै दिन हुँदैछ ।
वर्षाले गलेको जमिनबाट ओभानोमा आएर नागले विचरण गर्ने भएकाले पनि नाग÷सर्प जस्ता विषालु जलचरको आक्रमणबाट जोगिन यस प्रकारको होसियारी अपनाइएको हो भनिन्छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ प्रकारका नागको विशिष्टताको वर्णन गरिएको छ ।
यिनै नागको तस्बिर घरको मूल ढोकामा टाँसेर र कपासको नाग बनाएर यो दिन दुबोे, दूध र अबिर–क्षताले नागको अर्चना गर्दै कपुरको धूपधुवार गर्ने प्रचलन छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार जन्मकुण्डलीमा सर्पदोष भएका र काल सर्पयोग परेका व्यक्तिले यो दिन नागको अर्चना गर्दा वर्ष दिनका लागि दोष टर्छ भन्ने ज्योतिषविद्यामा वर्णन गरिएको छ ।
काठमाडौँ, भचाखुसीको घोडेनाग, टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटपारि नागढुङ्गा, धापाखेलको नागदह, नक्सालको नागपोखरी, टौदह, पशुपतिनाथको आभूषण वासुकीनाग, महाराजगन्जको नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं ८ कलमसीस्थित पाँचटाउके कल्पेश्वरनागमा यो दिन भक्तजनको भीड लाग्छ । कल्पेश्वरनागछेउ यसै दिन १०८ फिट अग्लो महादेवको मूर्ति स्थापना गरिँदैछ । वडाध्यक्ष परासर सापकोटाका अनुसार यो दिन यहाँ नागको भव्य पूजा हुन्छ ।
नक्साल युवामण्डल आबद्ध समाजसेवी पवन तण्डुकारका अनुसार स्थानीय युवाले नक्साल नागपोखरीमा नागको पूजनोत्सव आयोजना गरेका छन् । यस पटक जनैपूर्णिमाका दिन ग्रहण परेकोले शुक्रबारै तागाधारीले रक्षाबन्धन गरेर जनै फेर्दै छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले नागपञ्चमीकै दिन रक्षाबन्धन गर्ने र जनै फेर्ने उपयुक्त समय ठहर गरेकाले तागाधारीहरू बिहीबार केश मुन्डन गर्दै एकछाके रहे । पशुपतिनाथलाई भने साउन शुक्ल पूर्णिमाको अघिल्लो दिन जनै फेराइने भएको छ । यो दिन ग्रहण नपरेकाले अघिल्लो दिन नाथलाई जनै फेराइने भएको बिशेट (नाथका निकटतम सेवक) अरुण श्रेष्ठले जानकारी दिनुभएको छ ।
जनै फेराएपछि नाथ गोसाईकुण्ड जानुहुन्छ भनिन्छ, जनै फेरेर ग्रहण सकिएपछि मात्र पशुपतिनाथ फर्किनु हुनेछ र साउन २४ गतेदेखि नाथको नित्य पूजा हुनेछ । पशुपतिनाथका सबै सेवकलाई जनै पूर्णिमाको अवसरमा साउन २१ गते नै केश मुण्डन गरी चोखो रहन भनिएको छ ।
नागपञ्चमीकै दिन तागाधारीले जनै फेर्ने भए पनि नेवार समुदायमा क्वाँटी पुन्ही भनेर साउन शुक्ल पूर्णिमाको चन्द्रग्रहणअगावै क्वाँटी खाने तयारी भएको छ ।



काठमाडौँ, साउन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ ।

पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

प्रदेश– १ को झापा, ३ को हेटौँडा, ४ को पोखरा, ५ नेपालगञ्ज, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अधिवेशन गरिने र प्रदेश नं २ मा चुनाव पश्चात् अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंसिरभित्र सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिका र प्रदेशमा हिन्दूराष्ट्र जागरणसभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

आगामी भदौभित्र सातै प्रदेशमा वृहत सनातन धर्म सम्मेलन आयोजना गरिने कार्यक्रम समेत छ ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने जनाइएको छ । रासस



छिमेकको द्वन्द्वमा नेपाल

                              शून्य समय/ युवराज घिमिरे


त्रिदेशीय सीमाक्षेत्र मानिएको डोकलम क्षेत्रको तनावले चीन र भारतलाई के युद्धकै स्थितिमा धकेल्ला ? भन्ने अड्कलबाजी चलिरहेको बेला एउटा फरक विश्लेषण र झिनो आशा पनि देखिन्छ, युद्ध हुँदैन भन्नेतर्फ । त्यो हो भारत र चीन दुवै अणु शक्ति हुन् र त्यस्ता शक्तिहरूबीच परम्परागत युद्ध (कनभेन्सनल वार) हुने सम्भावना कम हुने गर्छ । त्यसको अर्थ या अर्को मान्यता हो, यस्ता मुलुकहरूले जतिसुकै विषम परिस्थिति सामना गरे पनि अणु अस्त्र प्रयोग गर्दैनन्, किनकि उनीहरू विवेक र अणु शक्ति हुनुको दायित्वबाट निर्देशित हुने गर्छन् ।

विश्व जनमत युद्धको विपक्षमा छ । तर त्यो जनमतको प्रभाव नगण्य या असान्दर्भिक बन्न जान्छ, जब विविध राष्ट्रिय स्वार्थका नाममा राज्य सञ्चालकहरू छिमेक या टाढाका मुलुकमा द्वन्द्व सिर्जना गर्छन् र त्यसको समाधान युद्धद्वारा खोज्ने गर्छन् । डोकलम विवाद भुटान र चीनबीचको दुईपक्षीय विवाद हो, या भुटानको सुरक्षाको जिम्मा लिएको भारत त्यो विवादको जायज पक्ष हो, त्यो उनीहरूले तत्काल सम्बोधन गर्ने विषय हो । चीन डोकलममा भारतीय सेनाको उपस्थितिलाई आपत्तिजनक मान्छ र भारत चीनद्वारा त्यस क्षेत्रमा जारी निर्माणकार्यले भारतका उत्तरपूर्वी राज्य र बाँकी भारतीय क्षेत्रबीचको सुरक्षा एकरूपता (होमोजिनियटी) मा व्यवधान पुग्ने र त्यो अन्तरका कारण चीनको रणनीतिक हैसियत भारतीय क्षेत्रमा बढ्ने आशंकाबाट ग्रस्त छ ।

हरेक ठूला र शक्तिशाली मुलुकको हैसियत उसको प्रतिरक्षा, आर्थिक समृद्धि तथा वृद्धि, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभुत्व तथा देशभित्र तथा बाहिरका प्राकृतिक स्रोत तथा साधनमाथिको नियन्त्रणबाट परिभाषित हुने गर्छन् । त्यही हैसियत हासिल गर्न लोकप्रिय र बाहिर प्रिय हुने खालका राजनीतिक नारा र रणनीति निर्धारित गरिन्छन् ।

यदि भारत र चीनबीचको अहिलेको तनाव बढ्यो या त्यसले एउटा परम्परागत युद्धको आकार लियो भने ‘दुई ढुंगाबीचको तरुल' नेपालका लागि त्यसले के अर्थ राख्ला ? चीनले बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगहरू समक्ष र भारतमा त्यहाँका विदेश सचिवले संसदीय समितिसँगै प्रतिपक्षलाई पनि ‘डोकलम' र त्यहाँ उत्पन्न तनावको विस्तारबारे सीमित जानकारी दिएका छन् । तर दुवै छिमेकीले उनीहरूबीच अवस्थित र भू-रणनीतिकरूपमा महत्ववपूर्ण मुलुक नेपाललाई छुट्टै केही बताएका छैनन् । स्वभावतः ‘तरुल' का रूपमा नेपाललाई चित्रित गर्दा वडामहाराज पृथ्वीनारायण शाहले चित्रित गर्दा उसको संवेदनशीलतालाई ध्यानमा राखेका थिए, ‘ढुंगा' मा त्यो संवेदनशीलता हुँदैन भन्ने उनको मान्यता या चेतावनी थियो भावी नेपालका लागि ।

यदि अहिलेकै अवस्थाबाट पछि हटी चीन र भारतले आ-आफ्ना सैन्य फिर्ता लिएनन् भने त्यसले पक्कै पनि युद्धको स्थिति निम्त्याउनेछ । दुवै तर्फका उच्चतम तहबाट केही अभिव्यक्ति नआए पनि ‘जिम्मेवार' तहबाट द्वन्द्व बढाउने अभिव्यक्ति नै आइरहेका छन् । भारत र चीनबीच ५५ वर्षपहिले युद्ध हुँदाको अवस्था फरक बनेका छन् नेपालका लागि । त्यसबेलाको युद्धपछि ‘जनवादी' नेता रामराजाप्रसाद सिंहलगायत धेरैले नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि असान्दर्भिक भएको दाबी गरेका थिए, किनकि त्यो सन्धिमा युद्धको स्थितिमा एउटा मुलुकले अर्कोलाई जानकारी गराउनुपर्ने सर्त छ ।

त्यो युद्धको झन्डै ८ वर्षपछि उत्तरी सीमानामा रहेका भारतीय सेनालाई नेपाल सरकारले फिर्ता पठाएर सुरक्षा तथा अन्य हिसाबले नेपाल दुवै छिमेकीहरूप्रति तटस्थ रहन चाहेको स्पष्ट सन्देश दिएको थियो । भारतले त्यो युद्धमा गोर्खाहरूलाई खटाएकोमा आपत्ति जनाउने अपेक्षा या डर नेपालमा रहे पनि चीनले त्यो आपत्ति औपचारिकरूपमा नजनाएर नेपालका लागि कूटनीतिक असहजता उत्पन्न गरेन । यसैबीच पहिलोपटक नेपाल र चीनबीच पहिलो संयुक्त सैन्यअभ्यास पनि भएको छ ।

त्यस्तै सन् १९७१ मा भारतले त्यसबेलाको पाकिस्तानको हिस्सा रहेको ‘पूर्व बंगाल' लाई स्वतन्त्र बंगलादेशका रूपमा स्थापित गर्न भारतीय सेनाको परिचालन हुनुपूर्व त्यसबारे नेपाललाई जानकारी दिनेभन्दा पनि भारतीय सैन्य परिचालन पाकिस्तानविरुद्ध हुँदा चीनले कुनरूपमा प्रतिक्रिया जनाउला भन्ने जानकारी हासिल गर्ने उद्देश्यले भारतको उच्चतम् तहले नेपालका तत्कालिन समकक्षीसँग सम्पर्क गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले इन्दिरा गान्धीलाई विशेष दूतमार्फत त्यसबारे आफूले चिनियाँ नेताहरूसँग छलफल नगरेको, तर ‘मेरो विचारमा भारतीय सेना खटाइएको अवस्थामा चीनले सेना खटाउला जस्तो लाग्दैन ।' भन्ने आफ्नो धारणा अवगत गराउनुभएको थियो । बंगलादेश स्वतन्त्रतामा चीनको सैन्य संलग्नता नभएपछि इन्दिरा गान्धीका तर्फबाट बिष्टलाई धन्यवाद दिन उपस्थित भएका थिए प्रख्यात भारतीय प्रशासक एलपी सिंह । तर अहिलेको परिस्थितिमा नेपाल कहीं उपस्थित छैन, न परिस्थितिको विश्लेषणमा, न द्वन्द्व न्यूनीकरण या सम्भावित युद्ध रोक्नमा ।


भारत र चीनबीचको तनाव यथास्थितिमा रहँदा या युद्धस्तरमा प्रवेश गर्दा त्यसले नेपाललाई फाइदा पुर्‍याउँदैन, धेरै घाटा नै हुन्छ । तर, सम्भावित संकटको क्षणमा नेपालले केही भूमिका खेल्ने या त्यसलाई रोक्ने हैसियत किन गुमायो, त्यो आन्तरिकरूपमा गम्भीर छलफलको विषय हुन आवश्यक छ ।

त्यसले छिमेकसँगै अन्तर्राष्ट्रिय जगत्मा नेपालले हैसियत गुमाएको संकेत पनि गर्दछ । सन् १९६२ र २०१७ का बीचमा एउटा अर्को नयाँ गतिविधि पनि देखा परेको छ, यद्यपि त्यसले अन्तिम निर्णयको रूप लिइसकेको छैन । सन् १९५० को शान्ति तथा मैत्री सन्धि नेपालको हितमा छैन भनी नेपाल तर्फबाट बीचबीचमा आवाज उठ्दै आए पनि पहिलोपल्ट भारतकै जिम्मेवार समूह र व्यक्तिहरूबाट यसले भारतीय ‘गोर्खाहरू' को स्वतन्त्र पहिचान स्थापित गर्न नदिएको तर्क अगाडि प्रस्तुत गरेका छन् ।

उक्त सन्धिलगायत नेपाल-भारत सम्बन्धका विविध आयाममा समयसापेक्ष परिवर्तन सुझाउन भारत सरकारद्वारा गठित ‘प्रबुद्ध व्यक्ति समूह' का सदस्य डा. महेन्द्र लामाले सन्धिको धारा ६ र ७ ले एक अर्काका नागरिकप्रति दुवै मुलुकले समान खालका व्यवहार अपनाउने प्रावधानअन्तर्गत भारतीय गोर्खाहरूलाई समेत भारतले भारतीय नगारिकसरह नभएर नेपालबाट बसाई सरी आएका नेपालीहरूसँगको जस्तो व्यवहार गर्दा उनीहरू आफ्नो भाषिक र राष्ट्रिय पहिचानबाट वञ्चित भएको अडान लिएका छन् । भारतीय सेनामा रहेका ‘गोर्खा' हरूमा पनि त्यो सन्धिको फरक व्याख्याले एउटा विभाजन रेखा उत्पन्न गरेको छ, यद्यपि भारतीय सेनाको खटनप्रतिको उनीहरूको प्रतिबद्धतामा कुनै कमी आउने छैन ।

यो विवादमा नेपालको अर्को एउटा पक्षसमेत सान्दर्भिक बन्न जान्छ । सन् २०१२ मा भारत र चीनबीच भएको समझदारीले डोकलम या त्यस्तै त्रिदेशीय सीमावर्ती क्षेत्रका विवादबारे सबै सरोकारवालाको सहमतिबाट समस्या समाधान हुनुपर्ने मान्यतालाई अनुमोदन गरेको छ । तर सन् २०१५ मा भारत र चीनबीचको उच्चतम् तहमा भएको सहमतिअनुसार नेपालको दाबी रहेको कालापानीको लिपुलेक क्षेत्रलाई दुईपक्षीय व्यापारिक मार्गका रूपमा विकसित गर्ने निर्णय भएको छ ।

त्यसमा नेपाललाई सामेल नगर्नु या उसको सरोकारलाई अवमूल्यन गर्नु सन् २०१२ को भारत चीन सहमतिको प्रतिकूल देखिन्छ । नेपालले उसको सहमति र संलग्नताबिना लिपुलेकबारे चीन तथा भारतबीच भएको सहमतिको औपचारिक विरोधका साथ त्यसलाई सच्याउन दुवै छिमेकीसँग आग्रह गरेको छ । सम्भवतः नेपालले यो मुद्दालाई अहिले नै उठाई त्यसको सम्बोधन खोज्नु बढी उपयुक्त हुनेछ, अन्यथा उसको सीमावर्ती या त्रिदेशीय सीमाक्षेत्रका कारण अर्को तनाव उत्पन्न हुने सम्भावना रहिरहनेछ ।

निश्चय पनि भारत र चीनबीचको तनाव यथास्थितिमा रहँदा या युद्धस्तरमा प्रवेश गर्दा त्यसले नेपाललाई फाइदा पुर्‍याउँदैन, धेरै घाटा नै हुन्छ । तर, सम्भावित संकटको क्षणमा नेपालले केही भूमिका खेल्ने या त्यसलाई रोक्ने हैसियत किन गुमायो, त्यो आन्तरिकरूपमा गम्भीर छलफलको विषय हुन आवश्यक छ । सूत्रमा भन्दा नेपालका अधिकांश राजनीतिक दलहरू जताबाट नियन्त्रित या निर्णायक रूपमा प्रभावित छन्, नेपालको विदेश नीतिको उद्देश्य त्यस विपरीत छ ।

दलहरू एक ठाउँमा आई राष्ट्रिय स्वार्थ र वैदेशिक नीति तथा व्यवहारमा सन्तुलन र सामन्जस्य नल्याएमा नेपालको बाह्य उपस्थिति मात्र हैन आफ्नै अस्तित्व पनि खतरामा पर्न सक्छ । त्यो परिस्थितिबाट बच्न समग्र राजनीति, परिवर्तन, संक्रमण र बाह्य प्रभावमा लिइएको महत्ववपूर्ण निर्णयहरूको समीक्षा र सुधार नै एक मात्र उपाय हो । छिमेकमा चर्केको द्वन्द्वबाट कमसेकम त्यति पाठ नेपालले सिक्न ढिलाइ गर्नु हुँदैन ।- अन्नपूर्ण   बाट

प्रहरी बढुवामा किन परेनन् महिला ?

फाइल तस्बिर

काठमाडौं,  साउन ६ गते ।   नेपाल प्रहरीको एक सय ८० उच्च अधिकृत पदमा बढुवा सिफारिस हुँदा त्यसमा एक जना पनि महिला परेका छैनन्। हाल पदोन्नतीका लागि योग्यता पुगेका महिला अधिकृतहरु नै नभएका कारण अझै लामो समय प्रहरीको उच्च पदाधिकारीमा समावेशी हुन नसक्ने स्थिती देखिएको हो।
जनपदतर्फ राजपत्रांकित विशिष्ट श्रेणी (एआईजी), प्रथम श्रेणी (डीआईजी र एसएसपी ) र दितीय श्रेणी (एसपी र डीएसपी)का लागि बढुवा सिफारिस भई सकेको छ। प्रहरी प्रधान कार्यलयले एआईजीमा ११, डीआईजीमा १५, एसएसपीमा २५, एसपीमा ३५ र डीएसपीमा ९४ जना बढुवा सिफारिस गरेको हो।
प्रहरीमा महिला अधिकृत नै नभएका होइनन्। तर, एक दशक अघिसम्म राजपत्रांकित पद (इन्सपेक्टरदेखी माथि) अति कम महिलाले मात्र नाम निकालेकाले बढुवामा महिलाको उपस्थिति यसपटक नदेखिएको हो। हाल जनपदतर्फ एसपीसम्म महिला भए पनि बढुवाका लागि उनीहरुको समय पुगिसकेको छैन।
२०६३ साल अघिसम्म प्रहरी भर्नामा जनपदको खुलातर्फ महिला आरक्षणको व्यवस्था थिएन। प्रहरीमा जागिर खान खुला प्रतिस्पर्धा गर्नुपथ्र्यो। यसै कारण निकै कम संख्यामा मात्र महिला नेपाल प्रहरीको माथिल्लो पदमा पुगेका छन्। विमला थापा र पार्वती थापाले डीआईजीबाट अवकाश पाउनु भएको थियो। गिता उप्रेतीले एसपीबाट अवकाश पाउनु भयो।
जनपदतर्फ हाल पाँच जना महिला एसपी छन्। पुजा सिंह, मिरा चौधरी, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राणा एसपी छन्। यीमध्ये पुजा सबैभन्दा सिनियर महिला अधिकृत हुन्। उनको ब्याचबाट यसपटक केही एसएसपीमा बढुवा भएका छन्। २०५० सालको इन्सपेक्टर ब्याचमा चार जना महिलाले नाम निकालेका थिए। मिरा, किरण बज्राचार्य, दुर्गा र किरण राणाले त्यतिबेलै इन्सपेक्टरमा नाम निकालेका हुन्। त्यसअघिको इन्सपेक्टर ब्याचमा पुजा सिंहले नाम निकाल्नु भएको थियो।
न्सपेक्टरमा चार जना महिलाले एकैचोटी नाम निकालेको करिब पाँच वर्षसम्म नेपाल प्रहरीमा नयाँ महिला इन्सपेक्टर आउन सकेनन्।
हाल जनपदतर्फ चार जना महिला डीएसपी छन्। गंगा पन्त, तारा थापा , रन्जु सिग्देल र बसुन्धरा खड्का डीएसपी छन्।
२०५६ सालको इन्सपेक्टर ब्याचमा गंगा र ताराले नाम निकाल्नु भएको थियो। त्यसपछि नयाँ इन्सपेक्टर आउन तीन वर्ष लाग्यो। २०५८ सालको इन्सपेक्टर ब्याचमा रन्जु सिग्देलले नाम निकाल्नु भयो।
त्यसपछि २०६१ को इन्सपेक्टर ब्याचमा मात्र नयाँँ महिला इन्सपेक्टर देखिए। त्यतिबेला बसुन्धाराले नाम निकालिन्। २०६३ सालमा अन्तरिम संविधान आएसँगैं महिला आरक्षणको विषय पनि समावेश भयो।
जस अनुसार इन्सपेक्टर पदका लागि हुने खुलातर्फका नियुक्तीको ४५ प्रतिशत आरक्षणको ब्यवस्था गरियो। आरक्षण कोटाको २० प्रतिशत महिलाका लागि छुट्याईयो। हाल इन्सपेक्टरमा रिक्त पदमध्ये ६० प्रतिशत बढुवाबाट र ४० प्रतिशत खुलाबाट गरिन्छ। २०६४ सालको इन्सपेक्टर ब्याचमा अन्जना श्रेष्ठ र दीप्ति कार्कीले नाम निकालेका थिए। पछिल्लो समय भने नेपाल प्रहरीमा महिला प्रहरी अधिकृतको संख्या ह्वात्तै बढेको छ।
‘आरक्षणले नेपाल प्रहरीमा महिला अधिकृतको संख्या ह्वात्तै बढाएको छ। आरक्षण र खुला दुवैमा नाम निकाल्ने महिला अधिकृतको संख्या पनि धेरै देखिन्छ’, प्रहरी प्रधान कार्यलयका एक उच्च अधिकारी भन्छन्। इन्सपेक्टरको पछिल्लो ब्याचमा ११ जना महिलाले नाम निकालेका थिए। त्यसअघिको इन्सपेक्टर ब्याचमा १० जना महिलाले नाम निकालेपनि नौ जनामात्र तालिममा सहभागी थिए।- अन्नपूर्ण बाट




नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा काठमाडौंमा बिहीबारदेखि ‘ ११ औं इक्यान शैक्षिक मेला’ सुरु भएको छ । मेलामा ठूलो संख्यामा विद्यार्थी र अभिभावकले सहभागिता जनाइरहेका छन् । गत आर्थिक वर्षमा विदेश जानका लागि झण्डै ५० हजारले शिक्षा मन्त्रालयबाट अनुमति पाएका थिए । वर्षैपिच्छे यो संख्या बढ्दो दरमा हुनुले विदेशमा अध्ययन गर्न जान नेपाली विद्यार्थी निकै उत्साहित छन् भन्ने देखाएको छ । समग्रमा विदेशमा वैदेशिक अध्ययन र इक्यानले गरेको मेलाका सन्दर्भमा इक्यानका उपाध्यक्ष बिष्णुहरि पाण्डेसँग गरिएको कुराकानीको सार-संक्षेपः

पछिल्लो समयमा विदेशमा पढ्न जाने विद्यार्थीको संख्या बढेको बढ्यै छ । किन नेपाली विद्यार्थी विदेश जान यति धेरै उत्साहित देखिए ?
विदेश गएर पढ्नेको ट्रेण्ड बढ्नुमा त्यहा गएर आएका विद्यार्थीले यहाँ आएर गरेको परफरमेन्स नै हो । उनीहरुले यहाँ गएर आर्जन गरेको सीप, ज्ञानका आधारमा उनीहरुले यहाँ आएर गरेको क्रियाकलापले पनि यो ट्रेण्ड बढ्दो छ । दोस्रो चाँही उनीहरुले गरेको कमिनिकेशनले पनि ठूलो भूमिका खेलेको छ । विश्व नै अहिले ग्लोब भिलेजका रुपमा अघि बढिरहेको छ । यसले कतै बाउण्ड्री छैन । विश्व यति सानो भइसक्यो । त्यसैले विदेश गएर पढ्नेहरुमार्फत पाउने इन्फरमेशनका कारण त्यता जान चाहानेहरु बढ्ने क्रममा छन् ।

त्यसैगरी देशभित्र पनि राम्रा पढाइ हुने शैक्षिक संस्थाहरु जुन रफ्तारमा आउनुपर्ने थियो, त्यो भएन । हिजो बहुदल आएपछि देशमा शैक्षिक क्रान्ति हुन्छ भन्ने अपेक्षा थियो । तर, फेरि देश जनयुद्धमा गएपछि १० वर्ष द्वन्द्वले लपेट्यो । त्यतिबेला पनि विद्यार्थीले यहाँ राम्रो शैक्षिक वातावरण पाएनन्, अभिभावकहरुलाई पनि त्यसले चिन्ता मात्रै थप्प्यो ।

०६२/६३को जनआन्दोलन र नयाँ संविधानपछि अवस्था सुधि्रएला भन्ने सबैलाई लागेकै थियो । तर, त्यसपछि पनि देशको शैक्षिक अवस्थाले निरास नै बन्नुपर्ने अवस्था कायम रहिरह्यो । नयाँ संविधान आएपछि देश शैक्षिक अवस्था सुधार्दै आर्थिक समृद्धिका लागि अघि बढ्ला भन्ने अपेक्षा भएपनि थप आशा गर्ने ठाउँ कम देखेपछि वैदेशिक शिक्षा आर्जनका लागि विदेशिने बढेका हुन् ।

एउटा पंक्तिले तपाईंहरुलाई युवा पलायन गर्न हौसाएको आरोप लागाउँछ । विदेश पढ्न गएका विद्यार्थी पनि उतै हराउने क्रम बढिरहेको छ । किन यस्तो भयो ?
हो, त्यो सत्य हो कि जुन रफ्तारमा नेपालीविद्यार्थी विदेशिादैछन्, त्यसरी फिर्ता भएका छैनन् ।आज शेष घलेहरु किन अष्ट्रेलियाबाट आएर यहाँ अर्बौं लगानी गरिरहेका छन् ? त्यसका लागि समय लाग्छ । मान्छेहरु जसरी लगानी गरेर गएका छन् ।
त्यसलाई कसरी रिर्टन गर्ने भनेर लान्छन् । रिटर्न अफ इन्भेष्टमेन्ट भन्छ यो भएपछि विद्यार्थी फर्किन्छ । पढ्न गएका विद्यार्थी फर्किने ट्रेण्ड हिजोभन्दा आज बढेको छ । आज भन्दा भोलि बढ्ने नै छ । यो पहलिोकुरा भयो, दास्रो कुरा-आज जतिपनि प्राइभेट सेक्टरलगरेका इनोभेसनमा एन्टरप्राइजिङ स्किल ल्याएर टेक्नोलोजिी ट्रान्सफर गर्ने कुराहरुमा विदेशमा अध्ययन गरेका विद्यार्थीको जमात नै बढी छ ।

प्राइभेट बैंकहरुमा यो स्पष्ट देख्न सकिन्छ । त्यो डाटाले स्पष्ट देखाउँछ । हो, कहाँ कति त्यस्ता विद्यार्थी छन्, हामी भन्न नसकौंला । तर, कर्पोरेट होस्, प्राइभेट होस्, एन्टरप्रेनियरसीपका सेक्टरमा होस् या इनोभेसेन, सर्भिस, एनजीओ तथा आईएनजजीओमा उनीहरुको सहभागिता बढ्दो छ ।

म्यानेजिङ लेभलमै बसेर काम गर्ने त्यस्ता जमातले अरु कतिलाई आफ्नो स्कील ट्रान्सरफर गरे होलान् त ? त्यसैले अपेक्षा जति विदेशिएका जमात यहाँ फर्केनन् होला, तर, आशावादी हुने ठाउँ देखिएको छ । अझ यहाँ अवसर दिन सक्यो र लगानी मैत्री वातावरण दिन सक्यो भने विदेश पढ्न गएकाहरु आफ्नो देश आउँछन् । यस्तो वातावरण बनाउने प्रमुख दायित्व राज्यको हो ।

विदेशबाट फर्किएकाहरुले गरेका लगानी सुरक्षाको ग्यारेन्टी गरिदिने हो भने र अनेकन् अप्ठेरा र झन्झटहरुलाई फुकाइ दिने हो भने यहाँ अवर सिर्जना हुन्छ । त्यही अवसरलाई छोप्न उनीहरु फर्किन्छन् । त्यसका लागि कम्पनी रजिष्ट्ररदेखि करका नियमहरुलाई लगानीमैत्री गरिदिनुपर्‍यो । विदेशबाट आउने लगानीलाई सहज गरिदिनुर्‍यो ।

यति मात्रै पाटा छैनन्, अन्य धेरै पाटाबाट राज्यले नीति बनाएर उनीहरुलाई यहाँ फर्किन प्रोत्साहित गर्नुपर्छ । इक्यानले त्यसका लागि पहलकदमी लिन्छ ।

विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा मिल्छ भन्ने प्रत्याभूति नहुनुमा तपाईंहरु जस्तो शिक्षा क्षेत्रमै लाग्नु भएकाहरुको दोष छैन ?
मलाई ब्यक्तिगत रुपमा भन्नुहन्छ भने म नेपालमा ४/५ हजार कलेज र विद्यालय चलाउँछु । मरो नेटवर्कभित्र ५ हजार विद्यार्थी छन् । मेरमा कलेजमा मैले चाहेको जति विद्यार्थी लिन सक्छु त ? म कहाँ बीबीए पढाइ हुन्छ, ६४ सीट मात्रै छ । आइटी पढाइ हुन्छ ४८ सीट छ । इञ्जिनियरिङ पढाइहुन्छ मानौं ९६ सिटमात्रै छ । बाँकी विद्यार्थी कहाँ छन्, कहाँ गए त ?

अभिभावकले फण्डिङ गर्न सक्छ भने यहाँ अवसर नपाउादा विद्यार्थी बाहिर जान्छ नै । फेरि हामीले गुणस्तरीय शिक्षा दियौं त, प्राक्टिकल एजुकेशन कति दियौं ?
अहिले हामी कहाँ फटाफट नाम लिएर भन्यौं भने राम्रो पढाइ हुने कलेज औंलामा गन्न सकिन्छ । प्ल-टू ब्याचलर पढ्ने कुन कलेज, मास्टर पढ्ने कुन कलेज भनेर गुणस्तर छुट्याएर भन्न सकिने अवस्था छ ।

युनिभर्सिटी कलेज र सिलेबल्स डिजाइन गर्नेहरुले राम्रो कोर्स डिजाइन र अपटूडेट गर्न नसक्दा क्वालिटीमा समस्या आइरहेको छ । यसले विद्यार्थीले आफूले चाहेको स्तरको डिग्री हाँसिल गर्न नसकेको र कोटको सीमितताले पनि विद्यार्थीलाई विदेश जान बाध्यता परिरहेको छ । मैले यहाँको शक्षिा प्रणाली सबै खराव भयो पनि भनिरहेको छैन ।

तर, केही कुरा सबैले विचार गर्नपर्ने छ कि किन यहाँको शैक्षिक प्रणालीले विद्यार्थीलाई यतै रहन प्रेरित गरेन भनेर सोच्नुपर्ने बेला भने भइसक्यो ।

यसरी विद्यार्थीको तीव्र पलायनले देशलाई कता लैँजादैछ ? तपाईंहरुले आफ्नो निष्पक्ष नजरले हेेरेर विश्लेषण गर्नुभएको छ कि छैन ?
पक्कैपनि सन् २००६ तिर हेनुभयो भने अहिलेको शक्तिशाली देश चाइनाले पनि मास्टर्स अफ इञ्जिनियरिङका लागि हरेका वर्ष ३ हजारसम्म विद्यार्थी फ्रान्स पठाएको थियो । आज पनि ब्रजिलले क्यानडा पठाउँछ । भुटानले पनि अन्य देशमा पठाउँछ । अब यो कुरालाइ कसैले रोकेर रोकिने अवस्था पनि रहेन ।

तर, अब यि कुरालाई ख्याल गरेर अवसरहरु सिर्जना गर्नुपर्छ । जसको कारण विद्यार्थीहरु बाहिर गइरहेका छन् भनेर त्यसलाई रिभर्स हुने गरी एउटा प्लान त गर्नैपर्छ ।

आज देशका सबै राजनीतिक दलहरुले गम्भिर भएर सोचेर शिक्षाको बारेमा एउटा साझा अवधारणा बनाएर अघि जान जरुरी छ । राज्य संयन्त्रले यसबारे सोच्नुपर्छ ।

नेपाल सँधैभरि विद्यार्थी ‘निर्यात’ मात्रै गरिरहने अवस्थाको अन्त्य कसरी हुुन सक्ला ?
हो, नेपालमा पनि सम्भावना नभएका होइनन्, देशलाई एजुकेशन हबको रुपमा विकास गर्ने ठूला सम्भावना छ । हेर्नुस् त यो देश कति सुन्दर छ ? हरेक ५० माइलमा यस्तो बायो डाइभर्सिटी छ । यहाँ अध्ययन अध्यपनका लागि कल्चरका स्टुडेन्ट विदेशबाटै आउने सम्भावना छ ।

यहाँ हुनेे नेचुरेल डिजास्टरबारे अन्वेषण गर्ने र हिमश्रृङ्खलाबारे अध्धयन र अध्यापन गराउन सकिन्न र ? बुद्धीज्मबारे पनि यहाँ स्टडी गराउन सकिन्छ । यी विषयमा ध्यान दिनुपर्छ । यी विषयमा विदेशीहरुबाट अनुभव लिएर कोर्सहरु डेभलप गरेर विदेशबाट विद्यार्थी ल्याउन अब काम हुनुपर्छ ।


आज हामी मेडिकलमा नम्बर वान हुन सक्छौं । इञ्जिनियरिङ, म्यनेजमेन्ट, टुरिज्म, लिबरल आर्टस् र बुद्धिज्म विषयमा पनि हामी यहाँ विदेशी विद्यार्थी ल्याउन सक्छौं । यति विषयलाई राम्रोसाग अघि बढाएको खण्डमा हामी शैक्षिक हब बन्न सक्छौं ।

मेडिकलका लागि श्रीलंका र भारतका विद्यार्थी आउन सक्छन् । सरकारले सोचेर काम गर्ने हो भने जोर्डन, कुवेत र अफगानिस्तानबाट नेपालमा विद्यार्थी पढ्नका लागि आउन सक्छन् । ७ महिनाअघि अफगानिस्तानका शिक्षा मन्त्रीले कसरी नेपालमा अध्ययन गराउन सकिन्छ कि भनेर अध्ययन गरेर फर्किएका छन् ।

तर, यहाँका कर्मचारीतन्त्र र पोलिसी लेभलमा भएकाहरुले यसलाई अवसर हो भन्ने बुझेर पनि बुझ पचाएका छन् । सरकारले राम्रो नीति बनाउने हो भनेर सार्क मुलुक बाहेककाबाट पनि नेपालमा विद्यार्थी अध्ययनका लागि आउन सक्छन् ।

हामी कुनै बेला विदेश गाएर नेपाल जाऔं भन्ने दिन आउनुपर्छ । त्यो दिन आउँछ भन्नेमा हामी आशावादी पनि छौं । त्यसका लागि राजनीतिक तह र उच्च शिक्षा सेवा प्रदायकमा इच्छाशक्ति चाहिन्छ । यहाँ ग्लोबल्ली रिकगनाइज्ड डिग्री यहाँ प्रोभाइड गर्न सकियो भने सम्भावना धेरै छ ।

यहाँको शैक्षिक पद्धतिमा सुधार गर्दै त्यस्ता सम्भावना भएका विषयलाई राज्यले नै प्रवर्द्धन गर्न सक्छ । सबै किसिमले वातावरण तयार हुनुपर्छ । हामी विदेशबाट विद्यार्थी नेपाल ल्याउ सक्छाैं ।

हामीले उठाएका सवाललाई राष्ट्रिय स्वार्थमा रुपमा बुझेर सरकार अघि बढ्नुपर्छ । विद्यार्थीलाई ब्यक्तिगत रुपमा सुरक्षाको ग्यारेन्टी गर्न सकियो र यहाँका डिग्री विश्वस्तरको हुने गरी कोर्सहरु डिजाइन भएर संयन्त्रहरु तयार भए भने हामी विदेशी विद्यार्थी नेपालमा ल्याउन किन सकिन्न र ? अब राज्यले यसतर्फ सोच्न अब ढिला गर्नुहुन्न ।

परामर्शमा आउँदा विद्यार्थीले विदेश गएपछि के-कस्ता कुरामा बढी प्रत्याभुति खोज्छन् ?
मेरो १४ वर्षको अनुभवका आधारमा भन्दा विदेश जाने विद्यार्थी तीन वटा क्याटेगोरीको हुन्छ । एउटा विद्यार्थी साह्रै सिरियस छ । उसलाई एकेडेमिक डिग्री कुनैपनि कस्टमा लिनुपर्छ । अर्को विद्यार्थी म पढ्छु पनि र मेरो घरको फाइनान्सियल स्टाटसलाई पनि को-अप गर्नुपर्छ र ४ वर्षको डिग्री ६ वर्ष लगाएर भएपनि पढ्छु भन्छ । अर्को एउटा विद्यार्थी एक एनि कस्टमा म त्यहाँ इन्ट्री हुनुपर्छ र म त्यहाँ गएर पढ्नेभन्दा पनि आयाजर्नमा नै ध्यान दिनुपर्छ भन्ने सोच्छ ।

हाम्रो रुची र हाम्रो फोकस भनेको पढ्न कै लागि जान्छु भन्नेलाई त्यहाँ पठाउने हुन्छ । त्यही भएर मैलो भनिरहेको हुन्छु कि हामीले एडि्मसन काउन्सिलिङ गर्ने होइन, करियर काउन्सिलिङ गर्ने हो । इक्यानको मेला पनि करियर काउन्सिल गर्ने ठाउँ नै हो ।

हामीले स्टुडेन्टको एकेडेमिक पर्सेन्टेज कति छ हेर्छौं, त्यपछि उसको फाइनान्सियल स्टाटस कस्तो हो हेर्छौं । त्यसैका आधारमा हामीले उनीहरुलाई युनिभर्सिटी छानिदिने हो । हामी उसलाई तिमि त्यो देशमा इन्ट्री हुने हो अनि कमाउने हो भनेर परामर्श गर्दैनौं ।

इक्यानका कोही सदस्यहरुले पनि त्यसरी काउन्सिलिङ गर्नु हुन्न । हामी स्टुडेन्टको पढाइर करियरमै बेस भएर परामर्श दिन्छौं ।

विदेशमा गएपछि के-के नै हुन्छ भनेर प्रलोभन त देखाउने काम त अझै बन्द भएको छैन नि, हैन ?

हो, त्यस्ता समसया हामीले नभेटाएका हैनौं । त्यस्तो समस्या हिजोको दिनमा थिए, अहिले पनि हुन सक्छ । देशमा १ हजार भन्दा बढी शैक्षिक परामर्श दिने संस्थाहरु छन् । तर, इक्यानसँग ३७० मात्रै संस्था आवद्ध भएका कारणले अरुले के गर्छन् भन्नेमा हामी जानकार जिम्मेवार हुँदैनौं ।

अरुले गल्ति गरिरहँदा हामी माथि पनि हामीमाथि त्यस्तो आरोप लाग्छ । तर, हामी आवद्ध संस्थाले विद्यार्थीलाई प्रलोभन दिएर मिसगाइड गरेको छ भने हामी कारवाही गर्छौं ।

यति धेरै संस्था इक्यान बाहिर छन् र राज्यले तिनलाई पनि राम्रोसँग रेगुलेट गर्दैन । यसले भोलि यो क्षेत्रमा विकराल अवस्था ल्याउँदैन ?
ठिक भन्नुभयो, हामी कन्सलटेन्सी ब्यवसायी संगठनको इक्यान नेता संगठन हो । यही इक्यानको पहलमा २०६८ सालबाट एउटा निर्देशिका जारी भयो । एउटा कुनै न कुनै हदबाट यसलाईमनिटरिङ गर्ने, गाइड गर्ने र एउटा फ्रेमवर्कभित्र राख्ने गरी राज्य अघि बढ्यो ।

यही इक्यानका कारण कन्सलटेन्सी ब्यवसायीलाई केही न केही भएपनि तालिम हुनुपर्‍यो भनेर एउटा टीआईटीआई मार्फत ट्रेनिङको ब्यवस्था पनि भयो । यस्तो खालको एक्टिभिटिज गरेर हामीले राज्यलाई जिम्मेवार बन्न भनिरहेका नै छौं । सँगै इक्यानभित्र नै एउटा ट्रेनिङ विभाग बनाएर ब्यवसायीलाई जिम्मेवार बन्न, नयाँ बिजनेश अपर्चुनिटी क्रियट गर्न, थ्रेट पन्छाउन हामीले तालिम दिइरहेका छौं ।

हामीले शिक्षा नियमावली आउँदा ११ वटा बुँदाहरु दर्शाएर परामर्श सेवालाई कसरी हेर्ने भनेर सरकारलाई सुझाव पनि दिएका छौं । हमीले विभिन्न माध्यमबाट शक्षिा नियमावलीमा रहनुपर्ने गरी दिएका सुझावलाई राज्यले कार्यान्वयन गरेमा यो ब्यवसाय अझै सम्मानित र मर्यादित हुनेछ । त्यसो भएमा यो एउटा उद्योगका रुपमा विकास हुन्छ भन्ने हाम्रो मान्यता हो ।

नेपाली विद्यार्थीहरुले कुन-कुन गन्तब्य बढी मन पराएका छन् ?
यो सब्जेक्छ स्पेसिफिक छ । बढी विद्यार्थीहरु पढ्न जाने गन्तब्य विषयअनुसार फरक छ । अष्ट्रेलिया र अमेरिकालाई धेरैले रुचाएका छन् । भारत पढ्न जानेको संया पनि उल्लेख्य नैछ । विशेषतः तराई क्षेत्रबाट सीधै ईण्डिया पढ्न जानेहरु कम छैनन् ।

अष्ट्रेलिया र अमेरिका पढ्न जानेहरु भने काठमाडौंबाटै परमर्श लिएर जान सहज मान्छन् । जापान पढ्न जानेको संख्या पनि उच्च छ । मेडिकलका लागि बंगलादेश, चीन फिलिपिन्स जानेहरु छन् भने पाइलटिङ कोर्सका लागि साउथ अफि्रका जाने ट्रेण्ड बढी छ ।

यसरी सब्जेक्ट स्पेशफिक भएर नै विदेश पढ्न जाने ट्रेण्ड छ । युरोपका बेलायत, जर्मनी लगायतका देशमा जाने पनि धेरै छन् ।

तपाईंहरु कार्यालयमा नियमित परामर्श चलिहरेकै हुन्छ, किन यस्तो मेला वर्षै साल गर्नुपर्‍यो ?
हामीअहिले इक्यान मेलको ११ औं संस्करणमा छौं । मेला आयोजना गर्नुकोमूलय उद्देश्य भनेको एउटै छानामुनी फरक-फरक कन्सटेन्सीको सेवा दिने भन्ने नै हो । हामीसाग आवद्ध ३ सय भन्दा बढी परामर्शदातृ संस्थाहरु आज एकै ठाउँमा हुनुहुन्छ ।


यहाँ परामर्श लिनेहरुलाई प्रशस्त विकल्प छ । एक ठाउँमा काउन्सिलिङ गरेपछि तत्कालै अर्को संस्थाको परामर्ह लिएर इन्फरमेशन क्रस गर्न पाइन्छ । यसले समयले बचत भयो । विद्यार्थीले सही सूचना पाउने माध्यम नै यो मेला बन्यो । यो ठूलो अवसरका रुपमा अभिभाव र विद्यार्थीले लिन सक्ने भए ।

हामीले १९ वर्ष पार गर्दै गर्दा र ११ औं संस्करणको मेला आयोजना गर्दै गर्दा हामीलाई कुम्भ मेलाका रुपमा परिणत गरिरहेका पनि छौं । हामी कन्ट्री स्पेशफिक भएर विभिन्न फेयरहरु पनि वर्षैसाल गरिरहेका हुन्छौं । यसले विदेश पढ्न जान चाहानेलाई निकै सहयोग पुगेको विश्वास हामीलाई छ ।

यो वर्षको मेलाबाट केही फरक अपेक्षा गर्नुभएको छ ?
पक्कैपनि मेलामा परामर्श लिन आउनेको संख्या वर्षैपिच्छे बढ्दै गइरहेकै छ । विद्यार्थी अभिभावक, कन्सलटेन्सी र विदेशी कलेज र युनिभर्सिटीहरुको पनि सहभागिता बढ्दो छ । अर्को कुरा, पहिलो मेला इक्यान आफैंले ब्यवस्थापन गरेको थियो ।

त्यसपछि हामीले १० औं सम्म ब्यवस्थापन एजेन्सीलाई दिने गरेका थियौं । तर, यो वर्ष फेरि हामी आफैंले मेलाको ब्यवस्थापन हेरेका छौं । यहाँभित्र सीएसआर अन्तरगत ब्लड डोनेशनका कार्यक्रम पनि राखेका छौं ।

त्यसैले परामर्शमार्फत विदेश जान चाहानेलाई सुसूचित गर्नेसँगै मेलालाई हामीले विभिन्न पटामार्फत बलियो बनाएका छौं ।

शैक्षिक परामर्श लिन विद्यार्थी मात्रै आउने र अभिभावकको उपस्थित नहुँदा निर्णयका बेलामा अप्ठेरो आउने अवस्था पहिलदेखि नै छ । पछिल्लो समयमा अभिभावकले कतिको चासो चिन्ता बढाएका छन् ?
हो, हामी पनि विद्यार्थी मात्रै परामर्शका नआओस् भन्ने चाहन्छौं । किनभने विदेशमा पढ्न जानेकुरा विद्यार्थीको इन्ट्रेस्टमात्रै होइन, अभिभावकको ठूलो लगानी पनि यसमा जोडिएको हुन्छ । त्यसैले उहाँहरुले एफोर्ड गर्न सक्नुहुन्छ किन हुँदैन भन्ने जान्न हामी उत्सुक नै हुन्छौं। त्यो जरुरीपनि छ ।

तर, अभिभावक पनि आएर आफ्ना सन्तानको वैदेशिक अध्ययनको इच्छाबारे चासो चिन्ता राख्नेको संख्या निकै न्युन छ । हामी त अभिभावकलाई अनुरोध गर्छौं कि छोराछोरीसँगै परामर्शमा आउनुस् र सबै विषयमा प्रष्ट भएर सन्तानलाई पढ्न पठाउनुस् । त्यो निकै जरुरी छ । विद्यार्थी र अभिभावकलार्इ मेलाकाे भरपुर सदुपयोग गर्न हामी अपील गर्न चाहान्छाैं ।- अनलाइनखबर


नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य
आईसीसी यू–१९ विश्वकप छनौट क्रिकेट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आयोजक सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले व्याटिङ रोजेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको बनायो ।
टस जितेर पहिले व्याटिङ गरेको नेपालको सदा झै आज पनि व्याटिङ चल्ल सकेन । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । ८३ बलको सामना गरेका प्रदिपले २ चौका र २ छक्का प्रहार गरे ।त्यसैगरी सन्दिप सुनारले २६ रन र प्रकाश केसीले २३ रन बनाए ।
यसअघि सोमबारको पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो भने मंगलबार मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । बिहीबार अफगानिस्तान सँग १४१ रनको फराकिलो अन्तरको हार व्यहोरेको नेपालले लगातार खराब व्याटिङ गरिरहेको छ ।- अन्नपूर्ण बाट

sher-bahadur-deuba

काठमाडौँ,  साउन ६ गते  । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गर्ने गरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो अध्यक्षतामा बिहिबार बसेको ‘विदेशी लगानीकर्तालाई सहजीकरण गर्ने विषय’ को बैठकमा प्रधानमन्त्रीले नयाँ आयोजनालाई सरकारका निकायले सहयोगात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामीले अव आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएर अघि बढ्नुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो, “त्यसको लागि लगानीमैत्री वातावरण बनाउने गरी तपाईँहरु सबैले सहयोगात्मक भूमिका खेल्नुहोस् ।”
प्रधानमन्त्रीले कतिपय तीन चार वर्षमा सजिलै सम्पन्न गर्न सकिने आयोजना पनि सरकारी झन्झटका कारण दशक लाग्ने गरेको छ भन्दै त्यसमा सहजीकरणका लागि ऐन संशोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “तपाईँहरुलाई काम गर्न ऐन कानुनले छेकेको छ भने संशोधन गरौँ’ प्रधानमन्त्रीले भन्नुभयो, “तर आयोजनाहरुको गति अब बढाउनुप¥यो । ”
प्रधानमन्त्रीले जलस्रोतबाट लाभ लिएर मुलुकको आर्थिक वृद्धि उच्च राख्न सकिने धारणा राख्दै सोहीअनुसारको नीति बनाउन पनि निर्देशन दिनुभयो । “जलस्रोतको धनी हाम्रो मुलुकमा बिजुली बेचेर पनि आर्थिक वृद्धि गर्न सकिन्छ” प्रधानमन्त्रीले भन्नुभयो, “त्यसैले बिजुली उत्पादनमा सरकारले लगानीकर्ता मैत्री ऐन÷कानुन र वातावरण पनि बनाउनुपर्छ ।”
बैठकले लगानी बोर्डले ल्याएको लगानीकर्तालाई उपलब्ध गराइने जमिनसम्बन्धी कार्यविधि संशोधन गर्न १५ दिनभित्र मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ ।
बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, परराष्ट्र सचिव, वन सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायतको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । रासस


‘भुटानलाई अघि सारेर सीमा विवाद चर्काउँदैछ भारत'
बेइजिङ : भारतको उत्तर पूर्वी राज्य सिक्किम नजिकको डोक्लाम क्षेत्रमा भारत र चीनबीच तनाव कायम छ । करिब डेढ महिनादेखि दुवै देशबीच सीमा विवाद उत्पन्न भएपछि दुवैले सिमानामा थप सैनिक तैनाथ गरेका छन् । डोक्लाम क्षेत्रमा भारत-चीनबीच तनाव जारी रहेका बेला चीनको सरकारी अखबार ग्लोबल टाइम्सले विश्लेषकहरूलाई उद्धृत गर्दै भुटानलाई अघि सारेर भारतले चीनसँग सीमा विवाद चर्काइरहेको आरोप लगाएको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार भारतले डोक्लामको चिनियाँ भूभागबाट आफ्ना सेना फिर्ता नगरुन्जेल दुवै देशबीच वार्ता वा सम्झौताको कुनै सम्भावना नरहेको जनाएको छ । डोक्लाममा भारतको चीनसँग भन्दा पनि खासगरी चीन र भुटानबीच सीमा विवाद रहेको छ ।
‘डोक्लाम भूभागसम्बन्धी भुटानसँग पहिले भएको सम्झौता कानुनी रुपमा उल्लंघन गर्न मिल्दैन', चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका शोधकर्ता झाङ योङपानले ग्लोबल टाइम्ससँग भनेका छन्, ‘तपाईं चाहे ऐतिहासिक दस्तावेजको कुरा गर्नुहोस् वा यथार्थको, डोक्लाम चीनको भूभाग भएकोमा कुनै अर्को तर्क छैन ।' झाङका अनुसार भारत भुटानलाई अघि सार्ने प्रयास गरिरहेको भए पनि वास्तवमा चीन र भुटानबीच सुमधुर सम्बन्ध छ ।
झाङ भन्छन्, ‘भुटानसँग सीमाबारे चीनले सन् १९८४ देखि नै छलफल गर्दै आएको छ । खासमा डोक्लामनजिक चीनले तीव्र गतिमा निर्माण गरिरहेको आधारभूत भौतिक संरचनाबाट भारत तर्सिएको छ ।' भारतका लागि भुटानका राजदूत वेत्सोप नामग्यालले भने डोक्लाम क्षेत्रमा चीनको सडक परियोजना दुवै देशबीच भएको सम्झौताको उल्लंघन भएको बताए । भुटान र चीनबीच औपचारिक सम्बन्ध छैन तर भारतको राजधानी नयाँ दिल्लीस्थित मिसनमार्फत दुवैले आपसमा सम्बन्ध राख्ने गरेका छन् ।
भारतीय सुरक्षा विशेषज्ञ जयदिप सैकियाका अनुसार केही वर्षयता चीन भुटानसँग प्रत्यक्ष सम्बन्ध कायम गर्ने प्रयासमा छ । दक्षिण एसियामा भुटानको सबैभन्दा निकट सहयोगी देश भारत हो । भारतले अनौपचारिक रुपमा भुटानको सुरक्षा र विदेश मामिलासमेत हेर्ने गरेको छ । उनले भने, ‘चीनको चाहना भुटानको सार्वभौमसत्ताको मामिला चर्काएर नेपाललाई जस्तै भुटानलाई पनि चीनतिर ढल्कियोस् भन्ने छ ।'
भारतीय सेनाका जानकारहरूका अनुसार सिक्किम नै त्यस्तो ठाउँ हो जहाँबाट भारत चीनमाथि आक्रमण गर्न सक्छ । चीनसँगको हिमाली सीमामा यही नै एकमात्र भूभाग हो जसको भौगोलिक स्थितिबारे भारतीय सेनालाई राम्रो जानकारी छ र यसको सामरिक फाइदा उठाउन सक्छ । डोक्लाम क्षेत्रमा भारतीय सेना चिनियाँ सेनाभन्दा अग्लो ठाउँमा हुने भएकाले उचाइको फाइदा उठाउन सक्ने र चिनियाँ सेना भने भारतीय र भुटानी सेनाबीच ‘स्यान्डविच' हुन्छ ।
तिब्बतमा चीनको युद्ध अभ्यास
यसबीच चीनले तिब्बतमा ११ घन्टा युद्ध अभ्यास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाले अरुणाचल प्रदेशसँग जोडिएको सीमानजिक तिब्बतमा तीव्र गतिमा आक्रमण र दुश्मनका लडाकु जहाज ध्वस्त पार्ने अभ्यास गरेको चीनका सरकारी सञ्चारमाध्यमलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर कहिले र किन सैन्य अभ्यास गरियो यसको विस्तृत विवरण भने नदिएको पनि भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
चिनियाँ जनमुक्ति सेनालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पहाडी भूभाग र पठारी क्षेत्रमा आक्रमण र क्षमता विस्तार गर्न तिब्बत सैन्याभ्यास गरेको उल्लेख गरेका छन् । सैन्य विश्लेषकहरूले चीनको यो युद्धाभ्यास चिनियाँ जनतालाई सेना जस्तोसुकै अवस्थामा पनि देशको रक्षा गर्न हमेशा तम्तयार रहेको विश्वस्त पार्नका लागि गरेको बताएका छन् ।
चिनियाँ सेनाको तिब्बत सैन्य कमान्ड र दुई पर्वतीय ब्रिगेडले युद्ध अभ्यास गरेको भारतीय सञ्चारमाध्यमले चीनको सरकारी टेलिभिजन चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)लाई उद्धृत गर्दै जनाएका छन् । युद्ध अभ्यासलाई चीनले भारतीय पूर्वी राज्य अरुणाचलको ठूलो भूभागलाई दक्षिणी तिब्बतका रुपमा दाबी गर्नसक्ने सन्देश भारतलाई दिएको ठानिएको छ । चीनले अरुणाचलको ठूलो भूभागलाई दक्षिणी तिब्बत भन्दै आफ्नो भएको दाबी गर्दै आएको छ ।
अभ्यास तिब्बत स्वायत्त क्षेत्रको मध्यभागको तल्लो भूभागस्थित यार्लुङ जाङबो (भारतमा ब्रह्मपुत्र) छेउछाउ गरिएको थियो । चीनमा सुरु हुने यार्लुङ जाङबो अरुणाचल प्रदेश हुँदै भारतमा प्रवेश गर्छ, जहाँ यसलाई सियाङ भनिन्छ र आसाममा प्रवेश गरेपछि ब्रह्मपुत्र । पर्वतीय ब्रिगेड यार्लुङ जाङबोको तल्लो तटीय क्षेत्रमा लामो समयदेखि तैनाथ छ । यो ब्रिगेड मोर्चामा सबैभन्दा अगाडि रहेर युद्ध गर्न तयार पारिएको ग्लोबल टाइम्सले जनाएको छ ।
ब्रिगेडले तीव्र गतिमा सेना उतार्ने र सेनाका विभिन्न एकाइले संयुुक्त आक्रमणको अभ्यास गरेका थिए । अभ्यासमा एन्टि ट्यांक ग्रिनेड र मिसाइलको पनि प्रयोग गरिएको थियो । राडारले शत्रुका लडाकु जहाज पत्ता लगाउने र सेनाले लडाकु जहाजभेदी मिसाइलले जहाज ध्वस्त पार्ने अभ्यास पनि गरेको थियो । अभ्यासमा चिनियाँ सेनाले ट्यांकलगायत नयाँ सामरिक उपकरण पनि परीक्षण गरेको थियो । यसअघि चिनियाँ सेनाले भारतीय सीमानजिकै तिब्बतमा नयाँ हलुका ट्यांकको परीक्षण गरेको जनाएको थियो ।- एजेन्सी

भारतमा लाग्यो एक वर्षे प्रतिवन्ध



पछिल्लो समय काठमाडौंमा ‘स्ट्रिट फुड’को व्यवसाय फस्टाउँदो छ । ग्राहकहरुको आकर्षण बढेको देखेपछि यस्ता फुड स्टलको संख्या बढ्दो छ ।


‘स्ट्रिट फुड’ प्राय पत्रपत्रिका तथा पुराना किताब कापीका पानामा पोको पारेर दिने गरेका छन् । झट्ट हेर्दा आइडिया गजब हो । व्यापारीलाई भाँडा माझ्नु पर्ने झन्झटबाट उन्मुक्ति भने खाने मानिसहरुलाई जुठो वा सफा नभएको भाँडा पर्‍यो भन्ने चिन्ता नहुने ।

तर, मसी प्रयोग गरिएको कागज तथा पत्रपत्रिकामा प्याक गरिएको खाना सेवन गर्दा क्यान्सर हुनसक्ने देखिएको छ । रसायन तथा माइक्रोबायोजिकल मिसावटका कारण शरीरमा स्लो प्वाइजनिङ्ग हुनसक्ने भन्दै भारतले कागजमा खाना प्याक गर्न रोक लगाएको छ ।

भारतस्थित खाद्य सुरक्षा आयोगले मसी प्रयोग गरिएको कागज तथा पत्रपत्रिकामा खाना प्याक गर्न, राख्न तथा बेचविखन गर्न एक वर्षसम्म रोक लगाएको हो ।

मसी कोरिएको कागजमा क्यान्सर गराउन सक्ने तत्व सामेल हुन सक्ने भन्दै गत डिसेम्बरमा भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले यस्ता पत्रिकामा खाना प्याक गर्न तथा यस्ता कागजमा पोको पारिएको खाना नखान सुझाव दिएको थियो ।

समाचारहरुमा जनाइएअनुसार भारतीय अधिकारीहरुले यस्ता कागतमा खाना खाएकै कारण भारतीयहरु स्लो प्वाइजनिङ्गको शिकार हुँदै गएको निष्कर्ष निकालेका थिए । पाचन शक्ति कमजोर भएका, विभिन्न रोग लागेका मानिस, बालबालिका तथा बृद्धवद्धा यसका सबैभन्दा बढी जोखिममा पर्ने गरेको देखिएको छ ।- अनलाइनखबर




काठमाडौं, साउन ४ गते   । जापानी सहायता नियोग (जाइका)ले कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको सुन्दरडाँडास्थित बेगनास तालमा ३ सय मेगावाटको पम्प स्टोरेज बनाउन प्राविधिक रुपमा संभव भएको निस्कर्ष निकालेको छ ।

यसअअघि विद्यूत प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर करिव एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो ।
प्राधिकरणको सोही रिपोर्टको आधारमा नै हालै जाइकाको एक टोलिले स्थलगत अध्ययन सम्पन्न गरेको थियो । यो पम्पस्टोरेजको जिम्मा लिएका तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक प्रदीप कुमार थिकेका अनुसार गत आइतबार मात्रै जाइकाको ४ जनाको टोेलिले यो आयोजनाको स्थलगत अध्ययन सम्पन्न गरेको हो ।
थिकेले भने, ‘जाइकाको टोलिले पम्प स्टोरेज बनाउन प्राविधिक रुपमा सम्भव रहेको देखाएको छ, अब यसको आर्थिक दृष्टिकोणबाट उचित हुने वा नहुने भन्ने अध्ययन गर्न बाँकी छ ।’
जाइकाले यसको अब आर्थिक हिसाबले उचित छ वा छैन भनेर अध्ययन गर्न बाँकि छ ।
थिकेका अनुसार जाइकाका एसिया प्रशान्त निर्देशक पाके इचिको नेतृत्वमा यो टोलि आएको थियो । ४ जनाको टोलिमा जाइकाको परामर्शदाता कम्पनी पे पावरबाट दुई जना इन्जीनियर पनि रहेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको अत्यधिक माग हुने पिक आवरमा करिव ४ घण्टा चलाउने गरी पिक स्टोरेज बनाउने प्रस्ताव अघि सारेका हुन् । आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत माग पूरा गर्ने ब्याट्रीको रुपमा काम गर्ने छ ।
यो आयोजनाबाट ३ सय मेगावाटसम्म बिद्युत निकाल्न सकिने जाइकाको भनाई छ । तीन सय मेगावाट बिजुली निकाल्दा बेगनासको पानीको सतह तीन मिटरसम्म तल आउँने र १ सय ५० मेगावाट मात्र निकाल्दा डेढ मिटर घट्ने जाइकाले जनाएको छ ।
तामाकोसी जलविद्युत आयोजना निर्माणपछि पनि पिक आवरको विद्युत मागलाई पूरा गर्न नसक्ने भएकाले प्राधिकरणले पिक स्टोरेज निर्माण योजना अगाडि बढाएको हो । थिकेका अनुसार बेगनास र रुपा तालबीचमा रहेको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी आयोजना निर्माण गर्न लागिएको हो । यो हेड प्रयोग गरी आयोजना निर्माण गर्न सम्भव भएको जाइकाको भनाई छ ।
प्राधिकरणको प्रारम्भिक अध्ययनका अनुसार जम्मा भएको पानीलाई अफ आवरमा पम्प गरी पुनः बेगनास तालमै खसाल्नु पर्दछ । जसले गर्दा प्राकृतिक रुपमा तालमा असर देखिदैन ।
केही वर्षअघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेटिक्स विभागका प्रा. डा. रमेशकुमार मास्के नेतृत्वको टोलीले गरेको अध्ययनले बेगनास रुपा पम्प स्टोरेज जलविद्युत आयोजनाबाट १०० मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको थियो ।
अध्ययनका अनुसार आयोजनाबाट पिक आवरमा पाँच घण्टा एक सय मेगावाट विद्युत उत्पादन गर्न सकिने छ । साथै विद्युत उत्पादनपछि रुपा तालमा जम्मा भएको पानी फेरि बेगनासमा फर्काउन पम्प चलाउन करिव १ सय २५ मेगावाट विद्युत आवश्यक पर्नेछ ।- अनलाइनखबर




नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ ।


आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मञ्चले अघिल्लो वर्षजस्तै यस वर्ष पनि आठ बिधामा अवार्ड प्रदान गरिने जानकारी गराएको छ । २०७३ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीहरुलाई अवार्ड प्रदान गरिनेछ ।

अघिल्ला वर्षहरुमा जस्तै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट पारा एथ्लिट अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले जानकारी दिए ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले मूख्य प्रायोजन गरेको अवार्डका तीन बिधाका बिजेताले बजाज पल्सर मोटरसाइकल पाउने गरेकोमा यस वर्षदेखि चार जना बिजेताले मोटरसाइकल पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बर्षको उत्कृष्ट पुरुष र महिला तथा पिपुल्स च्वाइस अवार्डका बिजेताले मोटरसाइकल पाउँदै आएका थिए । तर नयाँ कुन बिधाका बिजेतालाई मोटरसाइकल दिने भन्नेबारे टुंगो लागिनसकेको मञ्चका अध्यक्ष महेश आचार्यले बताए ।

चार बिधाका बिजेताले मोटरसाइकल र बाँकी ४ बिधाका बिजेताले जनही ५० हजार पुरस्कार पाउनेछन् । पिपुल्स च्वाइस अवार्ड जनताको मतका आधारमा प्रदान गरिनेछ ।

पाँच वर्षको सम्झौता अनुसार गोल्छा अर्गनाइजेसनले यस वर्षका लागि १८ लाख ९० हजारको मुख्य प्रयोजन गरेको कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।- अनलाइनखबर




युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा प्युरिन नामक तत्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ । शरीरका कोषिका टुट्ने नयाँ बन्न प्रकृया चलिरहदाँ त्यसमा पाइने प्युरिन पनि टुट्न थाल्छ । प्युरिन टुक्रनाले शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले युरिक एसिड देखिन थाल्छ । यो रगतको माध्यमद्धारा मृगौलासम्म पुग्छ । साथै पिसाबको माध्यमद्धारा बाहिर निस्कन्छ ।

कसलाई हुन्छ युरिक एसिड
– जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन् ।

– वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ ।

– जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु ।

– रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु ।

कसरी हुन्छ युरिक एसिड ?
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।

जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

के हुन्छ असर ?
शरीरको साना-साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स-साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।

तर युरिक एसिड बढे
युरिक एसिड कुनै पनि बेला बढ्न सक्छ । यदी युरिक एसिड अचानक बढेमा खुट्टाको पिडुँला, जोर्नी, मृगौला तथा शरीरका अन्य भागहरुमा जमेर बसिदिन्छ । यसले भविष्यमा जार्नीको दुखाई, वाथ रोग, गाठागठी लगायतको समस्या निम्त्याउने गर्छ ।

कसरी नियन्त्रण गर्ने ?
– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।

– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।

– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस् ।

– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।



घरेलु विधी
करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौ । अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौ ।

अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चिया झै उमालौ र छानौ ।

अब अन्दाजी ५ , ६ गिलास सहितको यो औषधी तयार भयो । यसलाई १४ दिनसम्म लगातार
पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ । त्यतिमात्र हैन, १४ दिन पश्चात्त जब तपाईको रिपोर्ट सामान्य आउँछ, त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक एसिडको समस्या हटेर जान्छ ।

युरिक एसिडले के गर्छ ?
युरिक एसिडले हाम्रो शरीरमा एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ, जसले हाम्रो रक्तकोषिमा हुन सक्ने अदृष्य असरबाट बचाउन मद्दत गर्छ । त्यसैले पनि, युरिक एसिडको लगातारको आपूर्ति हाम्रो शरीरको लागि महत्वपूर्ण मानिन्छ ।- अनलाइनखबरबाट 


बलिउड फिल्म ‘जग्गा जासुस' की नायिका मृत फेला
नायिका बिदिशा बेजबरुआको फाइल फोटो


बलिउड नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा भेटिएकी छिन्। बलिउड फिल्म ‘जग्गा जासुस' की नायिका बेजबरुवाको शव गुडगाँउस्थित आफ्नो घरको पंखामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुनै ‘सुसाईड नोट' भने भेटिएको छैन । लामो समय मुम्बईमा बस्दै आएकी उनी पछिल्लो समय भने आफ्ना श्रीमानसंग गुडगाउँमा बसाई सरेकी थिईन । उनले एक बर्षअघि मात्र बिहे गरेकी थिईन् ।
प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ भने नायिका बेजबरुआको फोन, फेसबुक लगायत समाजिक सञ्जालको पनि अनुसन्धान गरिरहेको जनाएको छ । नायिकाका बुबाले छोरीलाई बारम्बार फोन गर्दा नउठेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरी घरमा पुग्दा ढोकामा ताल्चा लगाइएको थियो । ढोका फोडेर घर भित्र प्रहरी छिर्दा बेजबरुआको शब पंखामा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ ।
आसामी चर्चित नायिका एबम् गायिका बेजबरुआको मृत्युको खवर थाहा पाएपछि असमका मुख्य मन्त्री सर्बानन्द सोनोवालले हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरलाई टेलिफोन गरी घटनाको गम्भीरतापूर्वक छानविन गर्न आग्रह गरेका छन् ।- अन्नपूर्ण बाट

धुलिखेल, साउन ४ गते । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आयोजना गरेको उक्त छलफलमा सहभागी हुन प्रमुख उपप्रमुख काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित सूचना–प्रविधि पार्कमा भेला भएका थिए ।
smart city

स्थानीय तह निर्वाचनका बेलामा सबै राजनीतिक दल र त्यसका प्रतिनिधिले आफ्नो घोषणा पत्रमा स्मार्ट सिटी बनाउने भन्ने विषयमा उल्लेख गरिएको भएपनि वास्तवमा स्मार्ट सिटी के हो र कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने विषयमा सहज बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा मनिष पोखरेलले बताउनुभयो । सूचना प्रविधि पार्कमा आयोजित गोष्ठीमा बोल्दै पूर्व सूचना तथा वातावरण प्रविधि मन्त्री गणेश शाहले नेपालमा बढी सहरीकरण भइरहेको भन्दै त्यसमा व्यवस्थित गर्न नसकेमा समस्या उत्पन्न हुने बताउनुभयो । “शहरीकरणको नाममा तीव्रगतिमा विकास भइरहेको छ, जसले गर्दा अव्यवस्थित छ ।” शाहले भन्नुभयो, “स्मार्ट सिटी बनाउने हो भने कुल बजेटको एक प्रतिशत बजेट विज्ञान प्रविधिको विकासमा छुट्याउनुहो्स् ।”

“सडक बनाउने, पेटी फुटिरहने, तार टाँग्ने पोल बाङ्गो हुने, यस्तो अवस्थाले स्मार्ट सिटी बन्दैन ।” पूर्वमन्त्री शाहले भन्नुभयो, “जनप्रतिनिधिले विद्युतीय शासन पद्धति प्रयोगमा ल्याउनुस् ।”

उहाँले जनप्रतिनिधिलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई आइसिटी मैत्री बनाउँदै लैजानसमेत सुझाव दिनुभयो । त्यसका लागि जीवन्त पद्धतिको विकास गर्दै हरेक शहरमा सार्वजनिक पुस्तकालयको स्थापना गर्न आग्रह गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा राकमण्ठ माकजु श्रेष्ठले संरचनाले मात्रै आइटी सिटी नबन्ने उल्लेख गर्दै त्यसका लागि काम गर्ने जनशक्ति र बौद्धिकतालाई परिचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

“ज्ञानको सृष्टि गर्नुपर्छ र भावी पुस्तालाई सशक्तीकरण गर्नुपर्छ ।” श्रेष्ठले भन्नुभयो, “जहाँ गर्दागर्दै सिक्न सक्छ र सिक्दासिक्दै गर्न सक्छ ।” त्यसका लागि जनप्रतिनिधि र विश्वविद्यालयबीचको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । श्रेष्ठले काठमाडौँजस्तो शहरमा स्मार्ट सिटी बनाउन नसकिने समेत बताउनुभयो । “काठमाडौँमा १०÷१५ मिनेटमा हिँडेर जाने ठाउँमा खानेपानीको धारा छैन, आधा घण्टा हिँडेर आराम गर्ने पार्क छैन, केही समय हिँडेर पुग्ने खोलाको छेउ छैन, अनि किसानलाई काम गर्दागर्दै एक कुनामा गएर पिसाब फेर्ने ठाउँ नभएको ठाउँमा स्मार्ट सिटीको कुरा गरेर हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक आनन्दराज ढुंगानाले भने स्मार्ट सिटी नारा मात्रै नभई ‘कमिटमेन्ट’ हो भने स्मार्ट सिटी बनाउन गाह्रो नहुने बताउनुभयो ।

के हो स्मार्ट सिटी ?

कार्यक्रमको पहिलो सत्रमा काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा मनिष पोखरेल र इञ्जिनियर किशोर थापाले स्मार्ट सिटी र त्यसको उपयोग र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । आफ्नो प्रस्तुति राख्दै इञ्जिनियर किशोर थापाले भन्नुभयो “सूचनाको अधिकतम प्रयोग गरी सेवा सुविधालाई सहज र सरल बनाइएको शहर नै स्मार्ट सिटी हो ।” उहाँले नागरिक–नागरिक र नागरिक सरकारबीचको सञ्चार र संवादलाई सहज र सर्वसुलभ बनाइने शहर नै स्मार्ट सिटी भएको उल्लेख गर्दै स्मार्ट सिटी बन्नका लागि विभिन्न सेवा सुविधा, इन्टरनेटमार्फत अटोमेशन प्रणालीमा आबद्ध शहर हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले स्मार्ट सिटी बन्न फुर्तिला, स्वस्थ, लगनशील र उत्पादनशील नागरिक बस्ने शहर हुनुपर्ने उल्लेख गर्दै ऊर्जाको कम खपत हुने र वातावरणमैत्री पूर्वाधारको व्यवस्था भएको हुनुपर्ने बताउनुभयो । त्यसका लागि व्यवस्थित र योजनाबद्ध बस्ती, ब्रोडब्याण्डसहितको इन्टरनेट सुविधा, नियमित विद्युत् आपूर्ति र आवश्यक हार्डवेयर र सफ्टवेयरको व्यवस्था, नागरिकलाई सूचना प्रविधिसम्बन्धी आधारभूत तालिम र विभिन्न सेवा र सूचना आदान÷प्रदान गर्ने मोबाइल एप्सको प्रयोगलगायतका आवश्यक पूर्वाधार हुनुपर्ने बताउनुभयो ।

डा पोखरेलले पानी व्यवस्थापन, कृषि व्यवस्थापन र फोहर व्यवस्थापन गर्नसकेमा स्मार्ट सिटी बन्ने बताउनुभयो । “त्यसको लागि आफ्नो–आफ्नो नगरको सम्भावना आफैँले पहिल्याएर गर्ने कामको थालनी गरेमा स्मार्ट सिटी बनाउन सकिन्छ ।” पोखरेलले भन्नुभयो, “हाम्रो नगरमा ताल र नदी भएपनि धारामा पानी थाप्न घण्टौँ लाइन बस्नुपर्छ, तल कोशी बगिरहेको भएपनि माथि खेतबारी बाँझै हुने समस्याले कसरी स्मार्ट सिटी बनाउन मद्दत गर्छ ?”

गोष्ठीमा काभ्रेपलाञ्चोकका बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध र मण्डन देउपुर नगरपालिका, काठमाडौँको कागेश्वरी नगरपालिका, ललितपुर महानगरपालिका, कास्कीको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको थियो ।

के भने नगरका प्रमुखले ?

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जनताको सेवा लिने प्रणालीलाई व्यवस्थित बनाउँदै शासनलाई बलियो बनाउने र विद्युतीय शासनको विकास गर्न आवश्यक रहेको बताउनुभयो । ब्याञ्जुले धुलिखेलमा धुलिखेल सामुदायिक अस्पताल र नेपालकै नमूना खानेपानी उपभोक्ता समितिलगायतको काम भएका कारण पनि स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताउनुभयो । त्यससँगै काभ्रे एकीकृत खानेपानीलाई व्यवस्थित बनाउनका लागि पनि स्मार्ट सिटीको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्थानीय तहको सरकार स्थापना भइसकेको अवस्थामा सेवा सुविधाको जानकारी नागरिकसम्म छिटो पु¥याउनका लागि पनि स्मार्ट सिटीको आवश्यकता रहेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगरमा इलेक्ट्रोनिक नक्सापास गर्ने प्रविधि द्रुतगतिमा भइरहेकाले हिजोकै पद्धतिमा टिप्पणी उठाएर कार्यान्वयन गर्ने हो भने अहिलेको जनप्रतिनिधिको औचित्य नभएको भन्दै गरेका कामको अवस्थालाई इलेक्ट्रोनिक पद्धतिमा लानको लागि पनि इसिस्टमको आवश्यक भएको बताउनुभयो ।

“अबको वडाप्रमुखले नागरिकको काम गर्न निवेदन लेख्ने होइन, फोन गर्ने, म्यासेज लेख्ने वा फोटो खिचेर समस्या के हो पठाउने, अनि काम गर्न कति दिन कति समय लाग्छ, त्यसको जानकारी सेवाग्राहीलाई छिटो दिने भनेर निर्देशनसमेत दिइसकेको अवस्थामा इसिस्टम आफ्नो नगरको लागि अत्यन्तै आवश्यक भएको बताउनुभयो ।

कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सेवाग्राहीलाई जनप्रतिनिधले गरेको कामको जानकारी दिनको लागि आइटीको माध्यमबाट छिटो हुने भएकाले स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताउनुभयो । नगरपालिकाको जनसांख्यिक तथ्याँक लिनको लागि पनि आइटीको प्रयोग गर्नुपर्ने भएकाले इसिस्टम आवश्यक भइसकेको बताउनुभयो ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो नगरको कृषकलाई कृषिबाट नै धनी बनाउन पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै त्यसको लागि स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताउनुभयो ।

खरेलले भन्नुभयो “अब नगरको कामलाई स्मार्ट एग्रीकल्चरबाट शुरु गर्नुपर्छ ।” कृषकको आयस्तर बढाउनका लागि र बस्ती व्यवस्थापनको लागि पनि स्मार्ट सिटीको अवधारणाबाट मात्रै विकास गर्न लागेको बताउनुभयो ।

त्यसरी काम गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै काठमाडौँ विश्वविद्यालयले जनशक्तिको व्यवस्थापन गर्नमा आवश्यक सहयोग गर्न पनि गोष्ठीमा सहभागी जनप्रतिनिधिले आग्रह गरे ।

विश्वविद्यालयले आवश्यक सहयोग र जनशक्तिको उपलब्धताको लागि सधैँ तयार रहेको बताउँदै त्यसका लागि नगरपालिका र विश्वविद्यालयबीचको समन्वय जरुरी रहेको जनाएको छ । रासस

नारायणगढ-मुग्लिन सडकखण्ड, २९ ठाउँमा पहिरोको जोखिम


चितवन,साउन २ गते  ।   'प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन', नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भन्नुभयो । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उहाँले यसरी आक्रोश पोख्नुभएको होे । नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उहाँले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गर्नुभयो ।
'बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छ', उहाँले भन्नुभयो 'ज्यानको माया मारेर हिँड्नुपरेको छ ।' खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उहाँको भनाइ छ । यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन । पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उहाँले सुनाउनुभयो ।
२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ ।
त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षात्को समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् । कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताउनुभयो ।
भीर, पहिरो छ, कतिखेर के हुने हो भन्ने कुनै ठेगान छैन । सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन । समाधान कहिले होला ? माथि कुरा पुर्‍याइदिनुपर्‍यो हजुर । -मोहनबहादुर घिमिरे ट्रक चालक
विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ । ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ । खाल्डो नपुर्दा जोखिम बढेको छ । गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताउनुभयो । 'भीर, पहिरो छ, कति खेर के हुने हो कुनै ठेगान छैन', घिमिरेले भन्नुभयो, 'सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन । समाधान कहिले होला माथि कुरा पुर्‍याइदिनुपर्‍यो हजुर ।' उक्त सडकखण्डमा सवारीसाधन रोक्न नपाइने भएपछि खाना खान नपाएको गुनासो उहाँले गर्नुभयो । गाडी बिग्रेको अवस्थामा पनि आधा घन्टासम्म मात्र रोक्न पाइन्छ ।
दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन् । उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ । ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन् । सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन् । आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो । इच्छाकामना-६ कालिखोलाका गौबहादुर गुरुङले हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तै लाग्न थालेको बताउनुभयो । 'बाटो बनाउनेले नै बिगारेका हुन्, भत्किने भए पहिल्यै भत्किन्थ्यो', उहाँले भन्नुभयो ।
प्रहरीको टोली पहिरोको अपडेट गर्न केन्द्रित देखिएको छ । मुग्लिन प्रहरीको काम नै अहिले पहिरोकेन्द्रित छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र एसपी दीपक थापाले अनुगमन गरिरहनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा पटक-पटक सरोकारवाला पक्षसँग छलफल गरिएको छ । 'कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरी त्यसमा सजग छन्', चितवनका एसपी थापाले भन्नुभयो, 'जोखिम बढेकाले अहिले सबै ध्यान त्यतै केन्द्रित गर्नुपरेको छ ।'
कहाँ पहिरो खस्छ भन्ने नै यकिन हुँदैन । सबैभन्दा बढी डर अचानक खस्ने पहिरोकै हुन्छ । पहिरो नजाने भन्ने क्षेत्रमा पनि पहिरो झरेको छ । व्यवस्थापिका- संसदन्तर्गतको विकास समितिको टोलीले स्थलगत अनुगमन गरी पहिरोको जोखिम बढी भएको र रातको समयमा सवारी चलाउन प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको थियो । यो सडकखण्डमा दैनिक ८ देखि १० हजार गाडी गुड्छन् । मालवाहक साधन बढी गुड्ने गरेका छन् ।
सडक विस्तारको काम सकिएपछि पनि पहिरोको जोखिम भने दीर्घकालीन हुने देखिएको छ । एक सय ३८ वटा ठूलो पहिरो खसिकेको छ । पहिरोमा पुरिएर चार प्रहरी र दुई सर्वसाधारणले ज्यान गुमाएका छन् । पहिरो हेर्ने क्रममा चिप्लिएर एकको मृत्यु भयो । एक जना बेपत्ता छन् । झरी पर्नासाथ पहिरो खसिहाल्छ । अन्य बेला सुख्खा पहिरो खस्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २०७१ चैतदेखि हालसम्म यो खण्डका विभिन्न स्थानमा भएको दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन् । अहिलेसम्म ७८ वटा ठूला दुर्घटना भएको तथ्यांक छ ।
सम्झौताअनुसार १५ डिग्रीमा बाटो भिरालो गरिएको आयोजनाले जनाएको छ । तर, यो पर्याप्त छैन । कम्तीमा पनि ४५ डिग्रीमा कटान गर्नुपर्ने देखियो । पहाडको बीच भागमा कटान गर्न प्रयोग गर्ने मेसिन राख्दा बनाइएको भागले पहाड कोप्रो भयो अनि यसैले गर्दा पहिरो झरिरहन्छ । पहाड कटानको कारण समस्या पनि पहिरो खसेको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । 'सम्झौताअनुसार १५ डिग्रीको डिजाइनमा कटान गरे पनि त्यो पर्याप्त भएन । त्यसैले कटान नमिलेको चाहिँ पक्कै हो', खनालले भन्नुभयो, 'केही मानवीय त्रुटि पनि छ कतिपय प्राकृतिक कुरा पनि छन् ।'
पहिरोको जोखिमका कारण असार २५ देखि राति सवारी साधन चलाउन रोक लगाइएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी साधनलाई साँझ ७ बजे र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई साँझ ६ बजे दासढुंगामा रोक्ने गरिएको छ । मुग्लिनबाट बिहान ५ बजे र नारायणगढबाट ४ बजे सवारी साधन जान खुला गरिएको छ ।
दुई वर्षमा आधा मात्रै काम

राजु बास्कोटा
काठमाडौं : काठमाडौं प्रवेशको मुख्य मार्ग मुग्लिन-नारायणगढ सडक विस्तारमा ढिलाइका कारण उक्त बाटो प्रयोग गरेर जीवनयापन गर्नुपर्ने नेपालीले सास्ती व्यहोर्नुपरिरहेको छ ।विश्व बैंकको करिब दुई अर्ब ९० करोड सहुलियत ऋणमा उक्त सडकखण्ड दुईबाट चार लेनमा विस्तार गर्ने काम भइरहेको छ । काम सम्पन्न भइसक्नुपर्ने समयमा जम्मा ५० प्रतिशत मात्रै प्रगति भएको छ ।
सन् २०१५ को अप्रिलमा भएको सम्झौताअनुसार ठेकेदार कम्पनीले अब एक महिनाभित्र सडक विस्तारको काम सक्नुपर्ने हुन्थ्यो । तर, समयमा काम सम्पन्न गर्न नसक्ने देखिएपछि सरकारले सन् २०१८ को फेब्रुअरी २० सम्म समय थप गरिदिएको छ ।
दुई वर्ष निरन्तर काम हुँदा मुस्किलले ५० प्रतिशत प्रगति भएको छ । अब बाँकी ६ महिनाको समयमा शतप्रतिशत काम सक्नु चुनौती छ । काम आगामी नोभेम्बरदेखि डिसेम्बरसम्ममा सकिनुपर्छ । अहिलेको गतिले उक्त समयभित्र ९० प्रतिशत मात्र काम हुने अपेक्षा गरिएको सडक विभागका इन्जिनियर तथा मुग्लिन-नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले भन्नुभयो ।
संयोजक श्रेष्ठका अनुसार निर्धारित समयमा काम पूरा हुने आशा छ । 'ठेक्का लागेपछि भूकम्प, नाकाबन्दी, निर्माण सामग्री अभाव अनि अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमसहितका कारणले सडक विस्तार कार्य ढिलो भएको हो', उहाँले भन्नुभयो ।पहिलोपटक तोकिएको समय १५ महिनाभित्र काम सम्पन्न हुन नसकेपछि विभागले चार-पाँच महनिासम्मको समय थप गरेको हो । थप अवधिमा बाँकी काम गर्न सकिने भएकाले आगामी डिसेम्बरभित्रै निर्माण सम्पन्न हुने दाबी विभागको छ ।
सडकको मापदण्डअनुसार वर्षात्मा काम गर्न नसकिने र अन्य मौसम पनि सबै दिन अनुकूल नहुने भएकाले वर्षमा जम्मा दुई सय ४० दिन मात्रै काम गर्ने समय हुन्छ । वर्षमा काम गर्ने समय मुस्किलले आठ महिना मात्रै हुने भएकाले पनि निर्धारित समयमा काम सम्पन्न गर्न विकास निर्माणमा चुनौती देखिएको छ ।
तीन ठेकेदारमार्फत काम
सडक विभागले तीनवटा ठेकेदारमार्फत सडक विस्तारको काम गराइरहेको छ । ३६ किलोमिटर सडकमध्ये एउटाले १२ किमि र दुईवटाले साढे १० किमिका दरले विस्तारको जिम्मा पाएका छन् । बाँकी करिब तीन किलोमिटर सडकको विस्तारमा भने विभागले नै काम गरिरहेको छ । विभागले आँपटारीदेखि नारायगढ बसपार्क जोड्ने सडक आफैं विस्तार गरिरहेको हो ।
सडक विस्तारमा रहेका तीनवटा भारतीय कम्पनीले नेपाली कम्पनीसँगको साझेदारीमा काम गरिरहेका छन् । त्यसमध्ये आँपटारीदेखि दासढुंगासम्मको सडक बीएलए एससीसी तथा नेपाली कम्पनी श्रेष्ठ निर्माण कम्पनीले गरिरहेका छन् । दासढुंगादेखि सिमलतालसम्म उडहिल तथा नेपाली कम्पनी लामा निर्माण कम्पनीले गरिरहेका छन् । सिमलतालदेखि मुग्लिनसम्मको काम सुप्रिम तथा नेपाली रौताहा निर्माण कम्पनीले गरिरहेका छन् ।

दुई अर्ब ९० करोड बजेटमध्ये ५० प्रतिशत काम सकिँदा एक अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । विभागका अनुसार ठूला र जोखिमपूर्ण काम सकिएको, निर्माण सामग्री तयारी अवस्थामा राखिएको र साइट क्लियर हुँदा धमाधम काम गर्ने गरी वातावरण बनेको छ ।
सडक विस्तारको उद्देश्य
काठमाडौंबाट मुग्लिन-नारायणघाट हुँदै वीरगन्जसम्म पुग्ने भएकाले यसलाई राष्ट्रिय राजमार्ग तथा व्यापारिक मार्गका रूपमा हेरिन्छ । यसको सुरुआत कृषि सडकका रूपमा भएको थियो । बिस्तारै अत्यावश्यक इन्धन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, लत्ताकपडा, तेस्रो मुलुकबाट आउने विभिन्न प्रकारका सामान भित्र्याउने सडकका रूपमा यसलाई प्रयोग गर्न थालियो । सहरी जनसंख्याको चापले उक्त सडक भएर ओहोरदोहोर गर्नुपर्ने उपयुक्त मार्ग नै बन्न पुग्यो । काठमाडौंसँगको 'लाइफलाइन' भएकाले पनि सरकारले यसलाई विस्तार गरेर चार लेनको बनाउन थालेको हो । सडक निर्माणपश्चात् हाल ३६ किलोमिटरको सडक ३५ मिनेटमैै पार गर्न सकिने गरी पूर्वाधार विकास भइरहेको संयोजक श्रेष्ठले बताउनुभयो ।
समस्या के-के छन् ?
दिउँसोको तुलनामा बढी जोखिम, जनधनको क्षति हुने भएकाले रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइएको छ । यसले गर्दा लामो दूरीको यात्रा रोकिएको छ । विकल्प अपनाउनुपर्दा बढी लागत र समय खर्च भएको छ । यो स्थानमा रहेका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न सकिएको छैन । सडक विस्तार कार्यका लागि आवश्यक डाइभर्सनलाई चाहिने बेलिब्रिजको समयमैै व्यवस्थापन हुन सकेको छैन । वर्षात्को समय भएकाले जुनसुकै बेला पनि पहिरो जाने, मानवीय क्षति हुने र सवारी साधन आवागममा अवरोध हुने, निर्धारितभन्दा अधिक बढी समय यात्रामा लाग्नु नै यो सडक पार गर्दा स्थानीयले पाउने सास्ती भएको छ ।
विकल्प के ?
उक्त सडकको उपयुक्त विकल्प कान्ति लोकपथ नै हो । उक्त बाटो काठमाडौंबाट हेटौंडासम्म ७९ किलोमिटर दूरीको छ । मुग्लिन-नारायगढ सडक प्रयोग गर्दा काठमाडौंबाट हेटौंडासम्म २२३ किलोमिटर पर्छ । कान्ति लोकपथ आगामी असोजदेखि उपयुक्त विकल्पका रूपमा प्रयोग गर्न सकिने विभागको विश्वास छ । बीपी राजमार्ग र त्रिभुवन लोकपथलाई पनि विकल्पका रूपमा हेरिए पनि ती दुई सडक दूरी लामो हुनुका साथै साना गाडीका लागि मात्रै भएकाले उपयुक्त कान्ति लोकपथ नै हुने विभागले जनाएको छ ।२०७१ चैतदेखि २०७३
असारसम्म
७२ मृत्यु
१ सय ७९ घाइते .
७८ ठूला दुर्घटना।  --    , अन्नपूर्ण बाट  तस्बिर : अनिल ढकाल

आज निर्वाचन, को बन्दैछ भारतको १४ औं राष्ट्रपति ?

भारतको १४ औं राष्ट्रपतिका लागि सोमबार निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि सत्तारुढ भारतीय जनता पार्टी लगायत अन्य केही दलको पक्षबाट रामनाथ कोविन्द उम्मेदवार बनेका छन् भने, विपक्षी दल कांग्रेस लगायत अन्य केही दलको समर्थनमा मीरा कुमार प्रतिस्पर्धामा रहेकी छिन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही जुलाई २५ मा सकिँदै छ । भारतको माथिल्लो सदन राज्यसभा तल्लो सदन लोकसभा र सबै राज्यका विधान सभाका गरी ४८९६ जनाले राष्ट्रपति चयनका लागि मतदान गर्दै छन् ।
राष्ट्रपति चयनका लागि ४८९६ कानुन निर्माताहरुले मतदान गर्ने भएपनि त्यसको कूल भोट भ्यालु भने १० लाख ९८ हजार ९०३ रहेको छ । जसमा लोकसभाका ५४३ जना राज्य सभाका २३३ जना को भोट भ्यालु ५ लाख ४९ हजार ४०८ रहेको छ भने २९ राज्यका ४१२० विधान सभा सदस्यको भोट भ्यालु ५ लाख ४९ हजार ४९५ रहेको छ । यस मध्येबाट बहुमत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ।
लोकसभा र १७ राज्यको विधानसभामा भारतीय जनता पार्टीको बहुमत रहेकाले रामनाथकै पल्ला भारी रहेको देखिन्छ । उनको पक्षमा ६५ देखि ७० प्रतिशत मत प्राप्त हुने आँकलन गरिएको छ भने मीरा कुमारको पक्षमा ३०/३२ प्रतिशत मात्रै मत आउने अनुमान गरिएको छ ।
रामनाथको चुनावी अभियानका मेनेजरसमेत रहेका भारतीय जनता पार्टीका महासचिव भुपेन्द्र यादवले भारतीय मिडियासँग कुरा गर्ने क्रममा रामनाथलाई २१ मुख्य मन्त्री र ३० भन्दा बढी पार्टीको समर्थन रहेको दावी गरेका छन् ।
मतदाताको अंक गणित अनुसार ७१ वर्षीय रामनाथ कोविन्द भारतको राष्ट्रपतिमा निर्वाचित लगभग निश्चित रहेको देखिन्छ । यद्यपी भारतको राष्ट्रपति पद एक सम्मानित राष्ट्र प्रमुखको पद बाहेक केही होइन राष्ट्रपतिलाई कुनै पनि कार्यकारी अधिकार प्राप्त छैन । जो सुकै निर्वाचित भएपनि त्यसले भारतीय राजनीतिमा कुनै फेरबदल हुने भने देखिदैन् । - एजेन्सी

anju panta

काठमाडौँ ।  नेपाली सुगम सङ्गीतको क्षेत्रमा विशिष्ट गायकी प्रस्तुत गर्दै आउनुभएकी गायिका अञ्जु पन्तको पहिलोपटक एकल साङ्गीतिक प्रस्तुति आयोजना गरिनेभएको छ ।  
दुई दशकको गायन यात्रामा गायिका पन्तले सयौँ कर्णप्रिय आवाज नेपाली सङ्गीतमा दिइसक्नुभएको छ ।  एकल प्रस्तुतिमा गायिका अञ्जुले आफ्ना लोकप्रिय गीत लाइभ म्युजिकका साथमा प्रस्तुत गर्नुहुनेछ ।  
अञ्जु पन्त सुमधुर सन्ध्या २०७४ बारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गायिका अञ्जु पन्तले दुई दशकको गायन अवधिमा एकल गायनका लागि धेरै प्रस्ताव आए, गरिन ।  अहिले बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यसहित पहिलोपटक एकल सन्ध्या गर्दैछु ।  सबैको सहयोगको अपेक्षा गरेकी छु भन्नुभयो । 
अञ्जु पन्त फाउन्डेसन र म्युजिक रेकर्डिस्ट एसोसिएसन नेपालद्वारा संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भदौ २४ गते हुने सुमधुर सन्ध्याबाट सङ्कलित रकममा कार्यक्रम खर्च कटाई फाउन्डेसन र एसोसिएसनलाई बराबर रकम बाँडफाँड गरिनेछ ।  एसोसिएसनले पनि सो रकमबाट सङ्गीतकर्मी सहयोगका लागि कोष खडा गर्ने लक्ष्य राखेको छ ।  
सानैदेखि पकेट खर्च जोहो गरेर, गीत गाएर, कसैले दिएको उपहार जम्मा पारेर दुःखीलाई दान गर्ने मेरो बानी थियो –समाजसेवाको बाल्यकालीन स्वभावलाई गायनमार्फत टेवा दिने उद्देश्यबारे चर्चा गर्दै गायिका पन्तले समाजसेवा गर्न कसैको मुख ताक्नुपर्दैन । हामी आफैँ केही गर्न सक्छौँ भन्ने हाम्रो सपनामा सबैको साथ रहनेछ भन्नुभयो । 



आँपलाई फलको राजा भनिन्छ । यो मौसममा हरेक चोक, पसलमा आँप देख्न सकिन्छ । आँपलाई फलको राजा यसकारण भनिन्छ किनभने यसलाई अधिकांस मानिसले मन पराउँछन् र यसमा पोषक तत्व पनि अत्यधिक हुन्छ । आँपले पाचन प्रक्रियालाई सुधार्छ भने छालालाई कोमल बनाउन पनि सहयोग गर्दछ । यहाँसम्मकी यसले छालाको रंगलाई सफा गर्न पनि सहयोगी भूमिका निभाउने गर्दछ । तर यति फाइदाजनक हुँदा हुँदै पनि आँपले हानी पनि पुर्याउँछ ।

त्यसकारण आँप खानुभन्दा पहिले यसबारे केही कुरा थाहा पाउन आवश्यक छ ।

१. मधुमेह छ भने आँपबाट टाढै रहनुहोस्ः

आँपमा नेचुरल सुगर हुन्छ तर हाम्रो शरिरलाई नेचुरल सुगर पनि केही परिमाणमा मात्र चाहिन्छ । त्यसकारण यदि तपाईंलाई मधुमेह छ भने आँपसँग टाढै बस्दा राम्रो । आँपको शौखले तपाईंलाई अस्पतालको चक्कर पनि लगाउन सक्छ ।

२. धेरै आँप खाँदा डण्डीफोरलाई निम्तोः

आँपको स्वाद यस्तो हुन्छ कि तपाईं चाहेर पनि आफूलाई रोक्न सक्नुहुन्न र धेरै खानुहुन्छ भने यस्तोमा तपाईंले आँप निकै गर्मी फल भएको बुझ्नुपर्छ । यसको धेरै सेवन गर्दा अनुहारमा डण्डीफोर आउने गर्दछ । आँपलाई सिमित मात्रामा खानुहोस् नभए अनुहारको रंग र चमक दुबै हराउनसक्छ ।

३. दाद, चिलाउने समस्याः

याद राख्नुहोस्, आँपको टुप्पोबाट तरल पदार्थ निस्कन्छ जसलाई यदि राम्रोसँग सफा नगरे वा त्यसलाई नहटाए मुखको स्वाद त  बिग्रन्छ नै, यसले दाद र चिलाउने समस्या पनि निम्तने गर्दछ । यदि त्यो गलाभित्र छिर्यो भने दुखाई र सुन्निने समस्या पनि देखिन सक्छ । जसलाई जोर्नीको समस्या छ र साइनसजस्तो रोगको शिकार हुनुहुन्छ भने उनीहरु आँपबाट टाढै बस्नुपर्छ ।

४. पेट खराबः

ध्यानमा राख्नुहोस्, आँपले केही रोगलाई थप बढाउने गर्दछ । आँपको सिधा सम्बन्ध तपाईंको पेटसँग हुने गर्दछ । सिमित मात्रामा आँप खाँदा यसले पाचन क्रियालाई सुधार्छ भने यसको अत्यधिक सेवनले पाचन क्रियालाई नष्ट गर्नुका साथै झाडासमेत लाग्छ ।

५. तौल बढ्छः

आँपमा अत्यधिक क्यालोरी हुन्छ जसले तौल बढाउनका सहयोग गर्दछ । एक मध्ययम आकारको आँपमा १ सय ३५ क्यालोरी पाइन्छ । आफ्नो तौल नबढोस् भन्ने चाहनुहुन्छ भने यो कम नै खानुहोस् ।- एजेन्सी




काठमाडौं,साउन २ गते ।  नवनियुक्त प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधिश पराजुलीलाई सोमबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
 सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरु, सर्र्वाेच्च अदालतका न्यायाधिशहरुसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस पराजुलीको नाम अनुमोदन गरेपछि उनलाई आईतबार नै राष्ट्रपति भण्डारीले प्रधानन्यायाधिश पदमा नियुक्त गरेकी थिइन् ।
नवनियुक्त प्रधानन्यायाधिश पराजुलीले संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायालयलाई पद्धतिसंगत ढंगले अघि बढाउन कोसिस गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
 सुशीला कार्कीले उमेर हदका कारण पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश पराजुलीलाई कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी दिइएको थियो ।- रासस

काठमाडौंँ, साउन २ गते । व्यवस्थापिका संसद् अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित गोपाल पराजुलीको नाम सर्वसहमतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाइपछि सिंहदबारस्थित समितिको कार्यकक्षमा आइतबार सम्पन्न बैठकले पराजुलीको नाम सर्वसहमतिले अनुमोदन गरेको हो । सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश पराजुलीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
कानुन व्यवसायीबाट २०४८ कात्तिक १८ देखि तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएका पराजुली २६ वर्षपछि सर्वोच्च न्यायालयको नेतृत्वमा पुग्नुभएको हो । पराजुली २०७० जेठ १३ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति कार्यालयले सोमबार बिहान उहाँलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराउने तयारी गरेको छ ।
संसदीय सुनुवाइका क्रममा पराजुलीले पद्धति र प्रणालीसँग आबद्ध भएर आफ्नो कार्यकाल अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायालय जनताप्रति जवाफदेही हुनुपर्छ । जनआस्थामा आधारित न्याय व्यवस्था र सुशासनका लागि अदालतले काम गर्नुपर्छ, यो पद्धति र प्रणालीमा चल्नुपर्छ, विकृति र विसङ्गति अन्त्य भएको न्यायपालिका मेरो परिकल्पना हो । ”
उहाँले सुनुवाइमा आफ्नो ३९ बुँदे मार्गचित्रसमेत प्रस्तुत गर्दै न्यायाधीशको सम्पत्ति विवरणको आवधिक अनुगमन, न्यायाधीश र कर्मचारीको आचारसंहिता अनुगमनलाई पनि प्राथमिकता दिने बताउनुभयो । उहाँले अहिले १५ प्रतिशत नागरिकमात्र न्यायको पहुँचमा रहेकाले त्यसलाई न्यायालयसम्म ल्याउने दायित्व सम्झेर आफूले काम गर्ने बताउनुभयो ।
पारिवारिक अदालत, फुटकर मुद्दाको कार्यविधि सुधार, अनावश्यक रूपमा सिर्जना गरिएका मुद्दामा हार्नेले जित्नेलाई क्षतिपूर्ति भराउनेजस्ता योजना रहेको उहाँले बताउनुभयो । कानुन व्यवसायी धेरै भएका कारण बेन्च व्यवस्थापनमा समेत समस्या हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्ने र कार्यविधिमा सुधार, नजिरमा एकरूपता, फैसला कार्यान्वयनमा समन्वय लक्ष्य भएको उहाँले बताउनुभयो । ‘स्मार्ट जस्टिस सिस्टम’ अबको परिकल्पना भएको पराजुलीले बताउनुभयो ।
‘ताजमहल र रोम एकै दिन बनेका होइनन्’
सांसदहरूको प्रश्नमा कतिपय विषय अदालतमा विचाराधीन भएकाले उहाँले जवाफ दिन अस्वीकार गर्नुभएको थियो । प्रहरी महानिरीक्षक बढुवा प्रकरण र भरतपुर प्रकरण अदालतमा विचाराधीन भएकाले कानुनअनुसार हुने जवाफ दिँदै उहाँले भरतपुर प्रकरणले चाँडै निकास पाउने बताउनुभयो ।
आफूविरुद्ध उजुरी नपर्नुलाई भने उहाँले आफ्नो कार्य सम्पादन सकारात्मक भएको हुनसक्ने बताउनुभएको थियो । यस्तै संसदीय सुनुवाइको संयन्त्रबारे अध्ययन गर्न पनि उहाँले सांसदलाई सुझाव दिँदै शक्ति पृथकीकरणको सिद्धान्त पालनामा सबै पक्ष मिलेर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
आफूले कार्ययोजनाअनुसार यो वा त्यो गर्नेभन्दा पनि व्यवहारले जवाफ दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ताजमहल र रोम एकै दिनमा बनेका होइनन्, सुरुआत कहाँबाट गर्ने भन्नेमात्र हो, म व्यवहार र कामबाट जवाफ दिन्छु । ”
‘बेन्च सपिङ’का विषय धेरै उठिरहेकाले त्यसको नियन्त्रणका लागि प्रयास गर्ने उहाँले बताउनुभयो । समाज, न्याय व्यवस्था र जनआस्था हेरेर आफूले काम गर्ने उहाँले बताउनुभयो ।
न्यायाधीशले मुद्दाको फैसला गरेपछि चित्त नबुझ्ने पक्षले आरोप लगाउने भन्दै उहाँले न्यायाधीश काँंग्रेस, एमाले र माओवादी बन्नुपर्ने अवस्था रहेको बताउनुभयो । आफ्ना कार्ययोजना पूरा गर्न संसद्, सरकार र आफ्नो टिमको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रश्नभन्दा प्रशंसा
संसदीय सुनुवाइमा पराजुलीविरुद्ध एउटा पनि उजुरी परेको थिएन । उजुरी नपरेको अवस्थामा सांसदहरूले पराजुलीले पेस गर्नुभएको कार्ययोजनामा रहेर प्रश्न गर्नुभएको थियो । अधिकांश सांसदले कार्ययोजनाको प्रशंसा गर्नुभएको थियो । सांसद डा. प्रकाशशरण महतले संवैधानिक निकायले शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना नगरेको बताउँदै कार्यकारीको अधिकारमा आकाङ्क्षा बढ्दै जाने प्रवृत्तिलाई कसरी लिनुहुन्छ भनी प्रश्न गर्नुभएको थियो । एमाले सांसद गणेशमान गुरुङले पराजुलीले पेस गर्नुभएको न्यायिक कार्य योजना कार्यान्वयनको आधार सोध्नुका साथै दोस्रो चरणको निर्वाचन परिणाम आइसक्दा पनि अदालतले भरतपुर प्रकरणको फैसला किन गर्न नसकेको भन्दै प्रश्न गर्नुभएको थियो ।
एमालेकै अष्टलक्ष्मी शाक्यले बलात्कार तथा घरेलु हिंसाका मुद्दाले कहिले प्राथमिकता पाउँछन् र भरतपुर मुद्दाको सुनुवाइ कहिले सकिन्छ भनी प्रश्न गर्नुभएको थियो ।
काँग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाले महाभियोगसम्बन्धी संसद्को कारबाही यसअघि सर्वोच्चले किन रोकेको भनी प्रश्न गर्दै प्रधानन्यायाधीशले सुनुवाइमा कार्ययोजना सुनाउने तर कार्यान्वयन गर्ने नगरेको पनि बताउनुभयो ।
माओवादी केन्द्रका सांसद हितराज पाण्डेले स्थानीय न्यायिक समितिमा रहेका गाउँ÷नगर उपप्रमुखलाई प्रशिक्षण दिनेबारे प्रधानन्यायाधीशको योजना सोध्नुभएको थियो । एमाले सांसद भानुभक्त ढकालले न्यायालयमा पहिले बिचौलियाको प्रभाव रहने गरेकोमा अहिले ‘बेन्च सपिङ’ हुन लागेको भन्दै नियन्त्रणमा प्रधानन्यायाधीशका योजना माग्नुभएको थियो ।
माओवादी केन्द्रकी अनिता परियारले अदालत राजनीतिक रूपमा मुक्त हुन नसकेको भन्दै राजनीति मुक्त पार्ने योजना सोध्नुभएको थियो । सांसद बालकृष्ण खाँणले अघिल्लो सुनुवाइमा सबैभन्दा बढी उजुरी परेकोमा तीन वर्षको कार्य सम्पादनपछि उजुरी नै नपर्नुलाई सुखद भएको टिप्पणी गर्नुभएको थियो ।



धेरै मन्त्रीहरूले सुरुमा आउँदा उत्साह देखाउने तर जाँदा छोटो अवधि भयो, कर्मचारीतन्त्रले साथ दिएन जस्ता गुनासो गरेको सुनिन्छ । तपाईं सहरी विकास मन्त्री हुनुहुन्छ, यसअघि पनि मन्त्री हुनुभयो तपाईंलाई कस्तो लागिरहेको छ ?– यो कुरा तपाईं कस्तो अपेक्षा लिएर आउनुभयो भन्नेले निर्धारण गर्छ । सङ्क्रमणकालीन परिवर्तित परिस्थितिलाई पनि विचार गर्नुपर्छ । देशको परिस्थितिमा उभिएर आफ्नो योजना, लक्ष्य, अपेक्षा बनाइयो भने सोही अनुसारको सन्तुष्टि र असन्तुष्टि जोडिन्छ । अहिलेको सङ्क्रमणकालीन परिस्थितिलाई मध्यनजर गरी लक्ष्य निर्धारण गरियो भने निरास हुनुपर्ने स्थिति बन्दैन होला जस्तो लाग्छ ।

प्रदेश, केन्द्रको निर्वाचन गर्नुपर्ने छ । २ नं. प्रदेशको स्थानीय तहकै निर्वाचन बाँकी छ । खासगरी राजपाले उठाएका मधेसमा एजेन्डाहरू पूरा भएका छैनन् भन्ने छ । त्यसका लागि संविधान संशोधनको प्रक्रिया पनि अघि बढाउनु पर्नेछ । अहिले सरकारमा हुनुहुन्छ, के लाग्छ तपार्इंहरू सफल हुनुहोला ?– सफल हुनैपर्छ । देशलाई अगाडि बढाउनेबाहेक हामीसँग अर्काे विकल्प छैन । देश लामो समयदेखि द्वन्द्वग्रस्त अवास्थामा रह्यो, सङ्क्रमणकालीन अवस्थामा रह्यो । अहिले पनि अन्यौलकै अवस्थामा छ । त्यसलाई तुरुन्त अन्त्य गर्नुपर्छ । यसो गर्नु भनेको संविधानमा सबैलाई समेट्ने, संविधानको स्वीकार्यताको दायरालाई बढाउने र संविधान संशोधन गरेर त्यसको कार्यान्वयन गर्ने हो । यसले देशमा स्थिरता ल्याउँछ, सबैको अपनत्वले संविधानलाई अझ बलियो बनाउँछ । त्यससँगै जोडिएर आउँछ तीनवटै चुनाव । स्थानीय तहको चुनावलाई पूर्ण गर्ने र सङ्घ तथा प्रदेशको चुनावलाई ‘कम्प्लिट’ गर्ने, चुनावपछि जुन संरचनाको निर्माण हुन्छ, त्यसले देशलाई स्थिरतातिर लैजान्छ । त्यसले मात्र देशलाई समृद्धि र विकासको दिशामा लैजान्छ र जनतालाई उत्साहित गर्छ । अहिले जनता अन्यौलमा छन्, निरास छन् । देशमा खासै केही गर्न सकिन्न भन्ने जुन चिन्ता छ, त्यो चिन्तालाई अन्त्य गर्ने यही दिशाबाट हो ।

तपाईं मधेसी समुदायबाट र ठूला तीन पार्टीमध्येको एक पार्टीको नेता हुनुहुन्छ । यो राज्यले हामीलाई हेर्र्दैन, हामी नेपाली हुन चाहान्छौं, हामीलाई नेपाली हुन पनि दिँदैन भन्ने अनुभूति आम मधेसी जनतामा देखिन्छ । तपार्र्इं एउटा ठूलो पार्टीको नेता, जसले संविधान निर्माणमा भूमिका निर्वाह गर्यो, संविधानको कार्यान्वयन गर्ने पहिलो चरणको चुनाव सम्पन्न गर्ने भूमिका निर्वाह गर्यो । तपार्र्इंलाई मधेस जाँदा अप्ठ्यारो लाग्दैन ?– मधेस या पहाड जाँदा अप्ठ्यारो हुँदैन किनकि हामी मधेस र पहाडलाई जोड्न चाहान्छौँ । मधेसीलगायत सबै उत्पीडित जनतालाई अधिकार दिलाउन चाहान्छौं । त्यसका लागि वर्षाैं लगाएर लड्दै आएको पार्टीको एउटा पात्रको नाताले अप्ठ्यारो लाग्ने कुरा छैन । हामी अहिले पनि सबै जनतामा समानताको प्रत्याभूति गराउन चाहान्छौं । समानताले मात्र एकता पैदा गर्छ र त्यसले मात्र गति दिन्छ । मैले मधेसलाई अधिकार सम्पन्न बनाउन, मधेसलाई समान व्यवहार गर्ने वातावरण बनाउन ठूलो सङ्घर्ष र त्याग गरेको छु । त्यसैले मलाई मधेसमा जाँदा अप्ठ्यारो लाग्ने होइन, गर्व महसुस हुन्छ ।
मधेसलाई अधिकार सम्पन्न बनाएर मधेसी र पहाडी मुख्यतः नेपालीहरूको एकता पैदा गर्ने एउटा सोच थियो जसमा विगतका विभेद र उत्पीडनलाई अन्त्य गरौँ र सबै समान हौँ भन्ने चाहाना थियो । एउटा अर्काे प्रवृत्ति थियो त्यो कहिले एउटा रूपमा र कहिले अर्काे रूपमा डाइभर्ट हुन्थ्यो । कहिले चाकडी गर्ने र कहिले पूरै अलग हुने यो दुईवटै ट्रेन्ड एउटै सिक्काको दुइवटा पाटाजस्तै हुन् ।



मधेस आन्दोलन विचारको तहमा र जनताको तहमा जसरी आन्दोलन भयो, त्यसमा ठूला दलका नेताले अपनत्व ग्रहण गर्न नसकेको भनिन्छ, तपार्इंले कसरी अपनत्व महसुस गर्नुभयो ?– मधेस आन्दोलनमा मधेसी दलको मात्र सवाल रहँदैन । हिजो यति धेरै मधेसी दल त थिएनन्, अहिले दर्जनौँ दल छन्, हिजो त यस्तो थिएन । मधेसको हक अधिकारका लागि हाम्रो महान् जनयुद्धकै बीचमा हामीले ‘मधेसी राष्ट्रिय मुक्ति मोर्चा’ बनाएर गरेको सङ्घर्ष इतिहासमा मेटाएर मेटिँदैन । हाम्रो जुन विचार छ, विचारमा जुन वैज्ञानिकता छ, त्यसले मधेसमा जागरण ल्यायो, देशमा परिवर्तनको आधार भूमि तयार पार्यो । परिवर्तन पनि सम्भव बनायो । त्यसैले मधेसी जनतासँगको हाम्रो विश्वास अटुट छ । त्यो तागतले हामी यहाँसम्म आएका छौँ । मधेसी मात्रै होइन नेपालीहरूलाई एकताबद्ध गर्ने हाम्रो प्रयास निरन्तर छ, रहिरहने छ । त्यसका लागि जबसम्म देशमा विभेद रहन्छ, विभेद रहँदासम्म द्वन्द्व रहन्छ, द्वन्द्व रहँदासम्म एकता कमजोर हुन्छ । त्यसैले हाम्रो देशको समृद्धि र उन्नतिका लागि नेपालीहरू बीचमा एकता जरुरी छ । एकता हुनका लागि समानता जरुरी छ, विभेदको अन्त्य हुनु जरुरी छ । यसले द्वन्द्वको अन्त्य गर्छ, गर्नुपर्छ भन्ने मान्यतासहित नेपाल जो विभाजित थियो, त्यसलाई एकताबद्ध गर्ने नयाँ प्रक्रिया सुरु भएको म मान्दछु । भलै त्यो पूर्ण छैन । नेपालमा लामो समयदेखि सङ्घर्ष चल्दै आएको थियो, त्यसको उत्कर्ष जनयुद्धलाई लिन सक्छौँ । एउटा ठूलो छलाङको रूपमा हामी जनयुद्धलाई लिन सक्छौँ । त्यसले देशमा एउटा नयाँ जागृति, एउटा नयाँ वातावरण बनायो । सबैलाई समान अधिकार दिनुपर्छ । हामी सबै समान छौं, समान भएर मात्र नेपाल बलियो बन्न सक्छ र नेपाल बलियो भएर मात्र नयाँ नेपाल बन्न सक्छ, समृद्ध बन्न सक्छ भन्ने चेत र जुन दिशा हामीले लिइराखेका छौँ, त्यसको बेस पनि हाम्रै विचारधारा, हामै्र योगदान हो भन्ने बुझ्नु जरुरी छ ।

तर पछिल्लो समय मधेसको नेतृत्व त तपार्र्इंहरूको हातबाट गुम्यो नि ?– कहिलेकाहीँ यस्तो हुन्छ । कुनै काम गरिरहँदा, दायाँबायाँ हुँदा कहिलेकाहीँ आशङ्का हुन्छ । घरको मुलीले घर सञ्चालन गर्दा घरका सदस्यहरू सधैँभरि सन्तुष्ट हुँदैनन् । कुनैबेला सन्तुष्ट हुन्छन्, कुनैबेला आशङ्का हुन्छ, निरास हुन्छ, विरोध पनि हुन्छ । तर अन्ततः ‘लिड’ गर्ने व्यक्तिले सही दिशा लिएको थियो भने फेरि विश्वस्त हुन्छ । त्यसैले मधेसको जुन आशङ्का थियो, त्यो विस्तारै हटेर नयाँ विश्वासको वातावरण बनेको देख्न सकिन्छ ।



तपाईंहरूले सुरुदेखि नै राष्ट्रियताको नयाँ परिभाषा गर्नुपर्छ भन्ने आवाज उठाउनुभयो । राज्यसत्ताले बनाएको राष्ट्रियताको परिभाषा एक खालको छ जसले सबै समुदायको अधिकार स्थापित गरेन र कैयौं प्रसङ्गमा केही खास चिन्हहरू मार्फत मात्रै राष्ट्रियतालाई पहिचान गर्ने तर जनतालाई नचिन्ने खालको राष्ट्रियता बन्यो भनेर कुरा उठाएर आउनुभयो । अहिले बनेको संविधान कार्यान्वयनमा गइसकेपछि तपार्इंले सपना देखेको जस्तो राष्ट्रियताको नयाँ परिभाषा समाजको भित्रबाट जन्माउन सक्नुहुन्छ ?– अहिले त्यो मुखरित भइरहेको छ । हिजो एउटा सीमित वर्गले, सीमित तप्काले, सीमित समुदायले आफ्नो चाहनामा राष्ट्रियताको कभरलाई दुरूपयोग गरिरहेको थियो, राष्ट्रियतालाई बदनाम गरिरहेको थियो । तर, अहिले त्यो मुकुण्डाहरू विस्तारै हट्दै गइरहेको र जनताले आफ्नो राष्ट्रको आफै जगेर्ना गर्ने र राष्ट्रियता सबैका लागि बनाउने तर्फ उन्मुख छ । भलै त्यो शत प्रतिशत सफल भएको छैन तर सफलताकै दिशामा छ । सफलताकै नजिक पुगेको मान्न सकिन्छ । नेपालमा हामी भर्खरै लोकतन्त्रको पूर्ण अभ्यास सुरु गरेका छौं, त्यसैले अहिले पनि समानताको पूर्णत बेस बनिसकेको छैन, त्यतातर्फ उन्मुख छ । हामीले त्यसलाई पूर्णता दिन पनि कोसिस गरिरहेका छौँ । तथापि झुपडी र महलसम्मकाले मेरो देश हो, मेरो राज्यव्यवस्था हो, मेरो भूमि हो भन्ने ‘फिलिङ’ गर्न सकोस् र आफ्नो भाग्य आफै निर्माण गर्ने स्तरमा पुगोस् भन्ने चाहानासहित हामी अगाडि बढेका छौँ र क्रमस त्यो सफलताको नजिक छ ।

एकथरि मानिस मधेस अलग देश हुनुपर्छ भन्ने आवाज पनि उठाइरहेका छन् र एकथरि हाम्रो राष्ट्रियताको नयाँ पहिचान स्थापित हुनुपर्छ भनेर राष्ट्रिय एकताको नयाँ बाटो खोज्ने अभियानमा पनि छन्, तपार्र्इं मधेसमा जाँदा, यहाँ आउँदा मन्त्री भएर देशकै नेतृत्व गरिरहँदा मधेसमा चलिरहेको माहौललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?– मधेसमा पहिला पनि दुईवटा प्रवृत्ति थियो । एउटा भनेको मधेसलाई अधिकार सम्पन्न बनाएर मधेसी र पहाडी मुख्यतः नेपालीहरूको एकता पैदा गर्ने एउटा सोच थियो जसमा विगतका विभेद र उत्पीडनलाई अन्त्य गरौँ र सबै समान हौँ भन्ने चाहाना थियो । एउटा अर्काे प्रवृत्ति थियो त्यो कहिले एउटा रूपमा र कहिले अर्काे रूपमा डाइभर्ट हुन्थ्यो । कहिले चाकडी गर्ने र कहिले पूरै अलग हुने यो दुईवटै ट्रेन्ड एउटै सिक्काको दुइवटा पाटाजस्तै हुन् । त्यसैले यो दुइवटै प्रवृत्ति अलग हुने प्रवृत्ती या चाकडी गर्ने प्रवृत्ति कहिले हेर्दा चाकडी गर्ने देखिन्छ भने कहिले अलग हुने देखिन्छ । अलग रहेर पनि समाधान दिन सकिँदैन र चाकडी गरेर पनि, विभेद सहेर पनि देशलाई निकास दिएर अगाडि बढाउन सक्दैन । त्यसैले हामी के चाहान्छौं भने मधेसको जायज मागहरू सम्बोधन हुनुपर्छ । त्यसमाथिको विभेद अन्त्य हुनुपर्छ र सबै समान ढङ्गले सँगसँगै जाने वातावरण तयार हुनुपर्छ । नेपालीहरू हामी एक भएर जानुपर्छ । त्यो एक हुने भनेको विभेदलाई अन्त्य गर्ने र समान व्यवहारका साथ अगाडि बढ्ने लाइन र सोच मधेसमा मुख्य रूपमा छ । त्यो सही हो ।
भारतीय हस्तक्षेपको सामाना त सबै नेपालीले गर्नुपर्छ । एउटा भेषभुसावालाले गरेर मात्र हुने होइन । हरेक नेपालीले भारतीय वा अन्य कुनै हस्तक्षेपको विरुद्ध लढ्ने सोच जबसम्म हुँदैन, सीमित तप्काले मात्रै गरेर केही हुँदैन । हिजो राष्ट्रवादको नारा लाउनेहरूले नै दलाली गरेको इतिहास सबैलाई थाहा छ ।

खास गरेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले उग्र तरिकाले राष्ट्रवादको थिमलाई प्रचार पनि गर्नुभएको छ, चुनावलगायत सबै ठाउँमा प्रयोग पनि गर्नुभएको छ । उहाँको दैनिक अभिव्यक्तिमा पनि त्यो कुरा आउने गरेको छ । त्यो राष्ट्रवादलाई तपार्र्इं कसरी हेर्नुहुन्छ ?– कुनैबेला सीमित वर्गस्वार्थमा काम गर्ने शासक वर्ग थियो । त्यतिबेला हामी त्यसलाई सामान्तवर्ग भन्थ्यौँ, जो प्रतिगामी पश्चगामी सोच राख्थे । तिनीहरू पनि यस्तै राष्ट्रवादकै मुकुण्डोमा शासन गर्थे । ती तप्का अहिले राजकीय ओहोदामा छैनन् तर ती सोच र वर्गहरू अहिले पनि समाजमा विद्यमान छ । कुनै समय एमाले बामपन्थी पार्टीका रूपमा थियो । तर, अहिले एमालेको मुख्य बेस भनेको पश्चगामी वर्ग, प्रतिक्रियावदी वर्ग र प्रतिक्रियावदी विचार जो हिजो सामान्तवादका रूपमा, अन्ध राष्ट्रवादको रूपमा र मण्डले राष्ट्रवादको रूपमा हामी बुझ्थ्यौं । त्यही मुकुण्डोको नयाँ नाममा उहाँ आएको देख्छौं । किनभने हिजो पनि एउटा वर्ग नेपालको समृद्धि चाहँदैनथ्यो, नेपालमा द्वन्द्व चाहान्थ्यो । रूपमा एकताको नारा दिए पनि सारमा देशलाई विभेद र द्वन्द्वमा धकेल्न खोज्ने प्रवृत्ति थियो । अहिले पनि देशमा लामो सङ्क्रमणकाल छ, यसको छिटो अन्त्य गर्न हामी चाहान्छौँ । लामो कालदेखि समाजमा विभेद छ, जातीय क्षेत्रीय, लैङ्गिक, वर्गीय सबै प्रकारको विभेद छ । यो अन्त्य गरेर मात्र नेपाल एउटा लोकतान्त्रिक बन्न सक्छ, नयाँ समाज निर्माण हुन सक्छ । एउटा नयाँ समाजको आधार बन्छ भन्ने सोचमा छौँ । एमाले पनि एउटा जिम्मेवार पार्टी हो । हिजोको लोकतान्त्रिक आन्दोलनको एउटा हिस्सा हो भने हिजोको प्रतिबद्धताबाट विचलित हुनुहुँदैन थियो । तर, हिजोको प्रतिबद्धताबाट पूरै विचलित भएर, हिजो आफैले गरेका प्रतिबद्धताबाट पछाडि हटेर जसरी उहाँहरू देशमा हिजोको मण्डले राष्ट्रवादको प्रतिनिधित्व गरिरहनुभएको छ र हिजोको जो द्वन्द्व नेपालमा अन्त्य नहोस्, राजनीतिक अन्यौलता नहटोस् र यही अवस्थाबाट देशलाई लैजाने भनेको देशलाई दुर्घटनामा धकेल्नु हो ।

भारतीय पक्षले गर्ने हस्तक्षेपको कुरा पनि त छ नि ?– भारतीय हस्तक्षेपको सामाना त सबै नेपालीले गर्नुपर्छ । एउटा भेषभुसावालाले गरेर मात्र हुने होइन । हरेक नेपालीले भारतीय वा अन्य कुनै हस्तक्षेपको विरुद्ध लढ्ने सोच जबसम्म हुँदैन, सीमित तप्काले मात्रै गरेर केही हुँदैन । हिजो राष्ट्रवादको नारा लाउनेहरूले नै दलाली गरेको इतिहास सबैलाई थाहा छ । हिजो म राष्ट्रको रक्षाका लागि जन्मेको छु, म भगवानकै अवतार हुँ, राष्ट्रका लागि जन्मसिद्ध छु भन्नेहरू दलाली गर्दै आएको, देशलाई लम्पसारको रूपमा चढाउँदै आएको हामीले देखेका छौँ । अहिले पनि रूपमा विरोध गरेको र भित्रभित्रै अर्कै गरेको हेर्न सक्दछौँ । रूपमा बडा राष्ट्रियतावादी जस्तो तर सारमा पूरै लम्पसारवादी जस्तो देखिन्छ । उहाँकै पालामा, एमालेकै पालामा केपीजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँकै पालामा जो संविधान संशोधन भयो कसको सहमतिमा संशोधन भयो ? आम जनताले बुझेकै छ । सिधाकुरा भन्ने हो भने उहाँले भारतसँगकै सहमतिमा संशोधन गर्नुभयो । कुनै मधेसी मोर्चासँग सल्लाह र सहमतिमा पनि थिएन । भनेपछि यसलाई कसरी बुझ्ने भन्ने प्रश्न आउँछ । यस्ता कुराहरूको कुनै तुक छैन । यसले देशलाई फाइदा गर्दैन, यसले बर्बादीतिर र द्वन्द्वतिर लान्छ । जबसम्म देशमा हार्दिकता, एकता पैदा गर्ने वातावरण बन्दैन तबसम्म समस्या समाधान हुँदैन । अहिले मधेसी र पहाडी जस्तो देशमा द्वन्द्व छ र देशमा मधेसी पहाडीको द्वन्द्वले देशलाई अगाडि बढाउन सक्दैन । पहाडी–मधेसी भइराख्दा देशलाई भलाइ हुँदैन । पहाडी मधेसीको अन्त्य कसरी हुने ? चुप लागेर यो अन्त्य हुन सक्दैन । समान व्यवहारले मात्र एकताको वातावरण बनाउँछ र उक्त वातावरण तयार हुन एमाले र केपीजीले दिइरहनुभएको छैन ।

तपार्र्इंको मन्त्रालयको कुरा गरौँ, सहरी विकास मन्त्रालय यहाँको चाहाना हो कि अचानक यो मन्त्रालयमा आइपुग्नुभयो ?– मेरो चाहानाभन्दा पनि अहिलेको आवश्यकताको रूपमो बुझेको छु । अहिले नेपाली जनताको एकसूत्रीय आकाङ्क्षा मेरो गाउँ ठाउँ सहर बन्न पाए हुन्थ्यो भन्ने छ । मेरो गाउँ सहर बनाउन पाए हुन्थ्यो, हामी पनि सहरबासी हुन पाए हुथ्यो, सहरिया हुन पाए हुन्थ्यो भन्ने अपेक्षा छ । गाउँबाट सहरमा आउने क्रम बढ्दो छ, किनकि सहरमा जो सुविधा छ त्यो गाउँमा छैन । गाउँमा पनि सहरी सुविधा प्राप्त भएपछि मानिसहरू आफ्नो गाउँ छाडेर जान चाहँदैन । त्यसैले नेपालीहरूको एक सूत्रीय आकाङ्क्षा सहरीकरण रहेको मैले देखेको छु । सहरलाई तीव्रताका साथ विकास गर्ने भनेको नेपालको समृद्धिसँग जोडिन्छ । मेरो मन्त्रालयको पहिलो प्राथमिकता भइरहेको सहर जो अहिले मृत जस्तो छ, सुस्त जस्तो छ, उजाड जस्तो छ त्यसलाई हसिलो कसरी बनाउने ? त्यसमा जीवन्तता कसरी दिने ? साच्चिकै सहरजस्तो कसरी बनाउने भन्ने छ । जसरी नेपाललाई सुन्दर साहासी भनेर विश्वले चिन्छ, हाम्रा सहरहरू पनि त्यस्तै सुन्दर हुनुपर्यो, इतिहास बोकेका गौरवपूर्ण जस्तो देखापर्नुपर्यो । त्यस्तो वातावरण बनाउने मेरो मुख्य जोड हो ।

तपाईंको परिकल्पनामा सहर भनेको के ? कस्तो सहरको परिकल्पना गर्नुभएको छ ?– मेरो विचारमा काल्पनिक प्रकारको कुनै पनि सहरले हुँदैन । हाम्रा जुन सहरहरू छन्, ती सहरलाई नै आधुनिक बनाउनुपर्छ । यसका पनि विभिन्न मोडालिटीहरू छन् । भइरहेको सहरलाई पनि आधुनिक बनाउन कोसिस गर्ने र सँगसँगै व्यवस्थित एवं आधुनिक अर्काे सहरको पनि सुरुवात गर्ने । जस्तो अहिले काठमाडौँलाई तोडेर पूरै फराकिलो बनाउँछु, आधुनिक बनाउँछु, व्यवस्थित बनाउँछु भनेर खोज्यो भने झन् उजाड हुन्छ । त्यसैले जति फराकिलो गर्न सक्छौँ, त्यति गर्ने र त्यसको विकल्पमा बाहिर ४ वटा स्मार्ट सिटीको कुरा गर्यौँ, काठमाडौं वरिपरि त्यो निर्माण भएपछि पुरानो काठमाडँैं वरिपरि नयाँ काठमाडौँ निर्माण हुन्छ । यसो गरेपछि लोड पनि विषयान्तर हुने, फराकिलो पनि हुने वातावरण बन्छ । विभिन्न देशहरूमा यस्ता उदाहरणहरू देख्न सकिन्छ पुरानो सिटी र नयाँ सिटी । हाम्रोमा पनि देख्न सकिन्छ पुरानो बजार र नयाँ बजार, पुरानो बसपार्क र नयाँ बसपार्क यस्तो बनिरहेको हुन्छ । यसरी भइरहेका सहरमा पनि नयाँ सहर निर्माण गरिदिएपछि त्यसले पुरानोलाई रिप्लेस पनि गर्छ र सुविधा सम्पन्न गर्नमा पनि मद्दत गर्छ । यसरी भइरहेको सहरलाई कतिसम्म आधुनिक बनाउन सकिन्छ ? र त्यसको विकल्पमा व्यवस्थित पूर्वाधारसहित नयाँ सहरहरूको विकास कसरी गर्ने ? यसरी हामी पुरानो सहरलाई रिप्लेस गर्न सक्छौँ । अर्काे भनेको जहाँ सम्भावित सहर छ, जस्तो हिजो एकात्मक राज्य व्यवस्था थियो, काठमाडौँ केन्द्रित राज्य व्यवस्था थियो । हिजोका सबै पूर्वाधारहरू, राजमार्गहरू काठमाडौँबाट जिल्ला जोड्ने थियो । जिल्ला सदरमुकामबाट गाउँ जोड्ने थियो । अहिले मुलुक सङ्घात्मक संरचनामा गयो । अब प्रदेश हुन्छ । प्रदेशको राजधानी जहाँ हुन्छ, त्यो राजधानीसँग स्थानीय तहलाई जोड्नुपर्ने हुन्छ । त्यसैले अब नयाँ रोडहरूको आवश्यकता पर्छ, नयाँ कनेक्सनको आवश्यकता पर्छ, नयाँ सम्बन्धको आवश्यकता पर्छ । नयाँ आवश्यकताले नयाँ सहरको स्वतः विकास गर्नतिर उद्यत हुन्छ । ती सम्भावित ठाउँहरूको प्लानिङ हामी अहिले गर्ने कि नगर्ने ? पुरानो सहरलाई कसरी आधुनिक बनाउने ? नयाँ रोड कनेक्सनले, नयाँ प्रशासनिक केन्द्रले नयाँ सहरहरूको सिर्जना गर्छ । अब जिल्ला सदरमुकाम जस्तै स्थानीय तहको केन्द्र स्वतः बजारको रूपमा विकास हुन्छ । स्थानीय तहका केन्द्रहरूमा ५÷१० वर्षमा स्वतः बजारको विकास भएको हुन्छ । त्यसलाई अग्रिम रूपमा पूर्वाधारका योजनाहरू किन नलैजाने ?

काठमाडौँजस्ता सहरहरू देशमा थोरै छन्, देशको जनसङ्ख्याको ठूलो हिस्सा काठमाडौँमा थुप्रिरहेको छ । यतिधेरै गञ्जागोल छ, ट्राफिक जाम, बाटोहरू यही भद्रगोल छन्, सङ्घीयतामा गएपछि नयाँ सहरहरू बन्ने र सुविधासम्पन्न र व्यवस्थित तरिकाले सहरहरू बन्लान् भन्ने सामान्यतया मानिसहरूले परिकल्पना गरेको कुरा हो, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?– यसलाई हामी दुई ढङ्गले व्यवस्थापन गर्छाैं । काठमाडौँ उपत्यका भद्रगोल, उजाड जस्तो देखिन्छ, यसलाई पनि हामी व्यवस्थापन गर्दैछौँ । एउटा काठमाडौँको साइडमा ठूलठूला स्मार्ट सिटी निर्माण गर्ने जहाँ प्रशासनिक केन्द्र पनि हुने, व्यापारिक केन्द्र पनि हुने, विभिन्न किसिमका सुविधा सम्पन्न ठाउँहरू पनि बनाउने, आवासीय ठाउँहरू पनि बनाएर यसलाई व्यवस्थित गर्न सकिन्छ । अर्काे भनेको सङ्घीयता हो । त्यस्तै अहिले ठूलठूला हाइवे बन्नेवाला छ र बनिरहेको पनि छ । यी कुराहरूलाई मध्यनजर राख्दै केही नयाँ सहरहरूको पूर्वाधारको तयारी हामीले गर्यौँ भने भोलि यस्तै भद्रगोल नहोला ।
अहिलेको हाम्रो लक्ष्य भनेको काठमाडौँ उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने । त्यसले काठमाडौँको ठूलो प्रेसरलाई विस्तारित गर्छ । अर्काे काठमाडौँ उपत्यका बाहिर पनि रहेका रणनीतिक महत्वका स्थानहरूमा पूर्वाधार विकास गरी नयाँ सहर विकास गर्न सकिन्छ । यसैको आधारमा मध्य पहाडी लोकमार्गमा १० वटा र हुलाकी मार्गमा १० वटा नयाँ सहरहरूको निर्माण गर्ने भनेका छौँ । यी सडकहरू निर्माण कार्यले पूर्णता पाएपछि त्यसक्षेत्रमा स्वतः बजारको विस्तार हुन पुग्दछ । कोरिडोरहरू जस्तो सिमरा–वीरगञ्ज, बुटबल–भैरहवा, विराटनगर–इटहरी, पोखरा लगायतका स्थानहरूलाई मेगासिटीका रूपमा विकास गर्न सक्छौँ । यसरी केही मेगासिटी, केही स्मार्टसिटी र मध्यपहाडी लोकमार्ग तथा हुलाकी राजमार्गमा १०÷१० वटा नयाँ सहरहरूको निर्माण गर्ने परिकल्पनासहित काम अगाडि बढाइयो र भइरहेका नगरपालिकालाई पनि २० वर्षे गुरुयोजना बनाएर ठोस डी.पी.आर.सहित काम अगाडि बढाइयो भने सहरी मोडेलमा अगाडि बढ्छ । हाम्रो टार्गेट भनेको हाम्रै मातहतकालाई प्रत्यक्ष लिड गर्ने र अरू निकायहरूलाई पनि हामी सहरी नीतिगत निर्देशन दिन्छौं भन्ने सोचमा छौं । मुख्यतः सहरमा जोड दिने तर गाउँलाई पनि नछोड्ने हाम्रो योजना छ ।

जमिनको खण्डीकरण र प्लटिङका कारण व्यवस्थित सहरीकरणमा ठूलो चुनौती खडा भएको छ, यसलाई कसरी चिर्नुहुन्छ ?– विश्वमा सहरहरूको निर्माण र विकास विभिन्न मोडलहरूमा भएको छ । अहिले नेपालको सन्दर्भमा टुक्रा टुक्राका भू–सम्बन्धहरू छन् । जग्गा खण्डित अवस्थामा छ । त्यसैले यस्तो प्रकारको सम्बन्ध भएको समाजमा कसरी सहर निर्माण गर्छौं ? मैले अघि भने काठमाडौंमा व्यवस्थित संसद भवन बनाउने, मन्त्रालय बनाउने, मन्त्रीहरूको क्वाटर बनाउने, राष्ट्रपति लगायतका एकाइलाई व्यवस्थित बनाउने हो भने त्यति जग्गा एक ठाउँमा छैन । प्रशासनिक एकाइ एक ठाउँमा हुनुपर्यो, व्यावसायिक एकाइ पनि ठीक ठाउँमा हुनुपर्यो, शिक्षण संस्था र अस्पतालहरू पनि ठीक ठाउँमा हुनुपर्यो । यस्तोमा स्मार्ट सिटीका लागि ‘ल्यान्ड पुलिङ’ मार्फत जग्गा निकाल्ने र आधुनिक पूर्वाधार निर्माण गर्ने काम गर्छाैं

यो योजनाको तहमा छ कि कार्यान्वयनमा गइसक्यो ?– हामीले स्टेप बढाएका छौं । उपत्यका विकास प्राधिकरणले जग्गालाई सीमाङ्कन गरेर क्याबिनेटबाटै रोकेर अरू काम अगाडि बढाएका छौं । त्यसैले हामी तीव्रता दिन चाहान्छौं । भइरहेकालाई अलि व्यवस्थित बनाउँ, जनताको तीव्र सहरी आकाङ्क्षा छ, हिजो चाहेर पनि हुँदैन थियो । राजनीतिक द्वन्द्व थियो, देशको सम्पूर्ण ध्यान राजनीतिमा केन्द्रित भएको अवस्थामा त्यो सम्भव पनि थिएन । अब क्रमशः यो अगाडि बढिरहेको सन्दर्भमा हाम्रो एकसूत्रीय माग भनेको सुशासन र समृद्धि हो । त्यसको सुनिश्चितता विकासले मात्र गर्न सक्दछ । त्यसैले यो सहरको कल्पनाले आर्थिक पूर्वाधारलाई बढाउँछ कि बढाउँदैन ? आर्थिक हैसियत बढाउँछ कि बढाउँदैन ? सहरहरूका विशेषता के के हुन् ? जस्तो कुनै सहर व्यापारिक केन्द्रका रूपमा रहेको हुन्छ । कुनै सहर सांस्कृतिक, धार्मिक रूपमा बनेको हुन्छ, कुनै सहर पर्यटकीय आधारमा टिकेको हुन्छ, कुनै सहर ऐतिहासिक रूपमा हुन्छ । यी सहरहरूका विशेषताहरूलाई हामीले कसरी आधुनिकीकरण गर्छौं ? मानौँ पोखराको कुरा गर्दा अधिकतम आर्थिक सम्बन्ध पर्यटकसँग जोडिएको छ । पर्यटकलाई आकर्षित गर्ने पक्षहरूलाई सम्पूर्ण रूपमा फोकस गर्न सकेनौँ भने त्याहाँको आर्थिक आम्दानीलाई हामीले छलाङ दिन सक्दैनौँ । वीरगजको कुरा आउँदा उद्योगसँग, व्यापारसँग होला, जनकपुरको कुरा गर्दा धार्मिक होला ती सहरहरूको पूर्वाधारको कुरा गर्दा अरू जस्तो नक्कल गरेर नभई सहरहरूको विशिष्टताको आधारमा विकास गरियो भने मात्र सहरको जीवन्तता र विकास गर्न सकिन्छ । यसरी अर्थसम्बन्धलाई जोड्ने सोच मात्र सहरी पूर्वाधारको सही सोच हो । त्यसले नेपालको समृद्धिलाई ब्याक अप दिन्छ । सपोर्ट गर्छ । त्यो सोचबाट हामी सहरी परिकल्पना गर्न खोजेको हो ।
सहरी विकास मन्त्रालयसँग सम्बन्धित कानुनहरू ४५ सालभन्दा पछाडिको छ । विकास समिति ऐन कुनै बेला बनेको थियो । त्यही विकास समितिको ऐनमा टेकेर गठन आदेश बनाएर काम चलाउ जस्तो भइरहेको छ । यसरी कामचलाउ जस्तो ढङ्गले हुँदैन । ठोस कानुनको सपोर्ट भएन भने कार्य हुन सक्दैन ।

अहिले भइरहेका सहरहरूको अवस्था दयनीय देखिन्छ, काठमाडौँ हेर्नुस्, जनकपुर हेर्नुेस्, वीरगञ्ज हेर्नुस्, सहरीकरणमा समन्वयको अभाव छ, यो सबैलाई चिरेर तपाईंले भनेजस्तो नयाँ सहरहरू निर्माण गर्ने जुन सपना छ, त्यसलाई कसरी पूरा गर्नुहुन्छ ?– हाम्रो सोच, संरचना, पोलिसीहरू पुरानो छ । आवश्यकता नयाँ भइसक्यो तर कानुनहरु, सोचहरू कार्यक्रमहरू पुरानै छन् । त्यसलाई बदलिँदो सन्दर्भमा नयाँ बनाउने चुनौती हाम्रासामु छ । जस्तो हामीसँग उपत्यका विकास प्राधिकरण छ तर २०४५ सालको ऐन छ । त्यो ऐन र अहिले आवास, प्लटिङको जो कुरा गर्नुभयो यी सबै नियमन गर्ने कानुनको अपुगता छ । बदलिएको सन्दर्भअनुसार तिनीहरू काम गर्न सकिरहेको छैन । हामीसँग ठूलठूला सभाहल बनिसके तर सञ्चालन कसले कसरी गर्ने ? बनाएर मात्र भएन सर्भिस कसरी दिने ? सरसफाइलगायत त्यसको मेन्टेन गरिराख्नु पनि ठूलो चुनौती छ नेपालमा । सभाहल पार्क जस्ता सार्वजनिक स्थानहरूको सञ्चालन र रक्षा ठूलो चुनौतीको रूपमा रहेको छ । बनाएर ठेकदार हिँडिहाल्छ, त्यसपछि फेरि बिग्रिहाल्छ । निरन्तर सञ्चालन गर्ने कानुन छैन । त्यसैले कानुन निर्माणका लागि हामीले केही कार्य गर्नुपर्ने छ । बदलिएको सन्दर्भमा हामी कस्तो सहरी कानुन बनाउँदछौँ ? अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने कानुन छिटो बनाउछौँ कि बनाउँदैनौँ ? सहरी विकास मन्त्रालयसँग सम्बन्धित कानुनहरू ४५ सालभन्दा पछाडिको छ । विकास समिति ऐन कुनै बेला बनेको थियो । त्यही विकास समितिको ऐनमा टेकेर गठन आदेश बनाएर काम चलाउ जस्तो भइरहेको छ । यसरी कामचलाउ जस्तो ढङ्गले हुँदैन । ठोस कानुनको सपोर्ट भएन भने कार्य हुन सक्दैन । जस्तो अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति छ । त्यो अधिकार सम्पन्न शब्दले हुँदैन । त्यसका लागि कानुन छैन । एउटा गठनादेशको जगमा बनेको समितिले जति अधिकार सम्पन्न शब्दले मात्र हुँदैन । अधिकार सम्पन्न हुन कानुनले सपोर्ट गर्छ कि गर्दैन भन्ने प्रश्न आउँछ । अहिले मन्त्रालयमा भवन समूहका कर्मचारीको मात्रै जमात छ जब कि भवन मात्रै हामी बनाउँदैनौँ । काठमाडौँभित्रकै कुरा गर्दा रोड पनि हामी बनाउँछौँ, ढल पनि हामी बनाउछौँ, नदीको नियन्त्रण गर्छाैं, सौन्दर्यकरण गर्छौं, वृक्षरोपण गर्छौं । काठमाडौंँ वास्तवमा अहिले पहाडको, हरियालीको सहरजस्तो होइन, यो त मरुभूमिको सहरजस्तो हुँदै गइरहेको छ । काठमाडौं हरियालीबीचको सहर हो भनेर स्थापित गराउनु पर्छ । यो एउटा उदाहरण हो । भइरहेको सहर किन उजाड भइरहेको छ ? यसलाई सुधार गर्न सर्वप्रथम कानुनी व्यवस्थामा सुधार गरी अगाडि बढ्नु पर्छ । हिजो एक अवस्था थियो राजनीतिक सङ्क्रमणको अवस्था । त्यो सल्टिइसकेपछि अब कानुनमा हामी ध्यान दिन्छौँ । कानुन नयाँ बनाउने कार्यक्रम र एउटा लक्ष्य बनाएर देशलाई छिटो तीव्र विकासतिर लैजाने अहिलेको आवश्यकता हो र हामी अहिले त्यतैतिर केन्द्रित भएका छौं ।

सहरसँग शक्ति हुन्छ भनिन्छ, काठमाडौंसँग शक्ति छ, जनकपुर, वीरगञ्जसन्ग शक्ति छ भनिन्छ । तर यी सहरहरू व्यवस्थित त छैनन्, आखिर शक्ति मात्रैले पनि त होइन रहेछ नि सहर बनाउने ?– प्रशासनिक केन्द्रले पनि सहर बनाइदिन्छ । राजमार्गहरू, रणनीतिक मार्गहरूले पनि सहर बनाइदिन्छ । व्यापारिक केन्द्रले पनि सहर बनाइदिन्छ । जस्तो हामी वीरगन्जलाई लिन सक्दछौँ, वीरगन्जमा त कुनै शासन थिएन । तर व्यापारिक मार्गले गर्दा सहर भयो । उद्योग धन्दाले पनि सहर ल्याइदिन्छ । संस्कृति र इतिहासले पनि सहर निर्माण हुन्छ । जस्तो जनकपुर र लुम्बिनी । त्यसैले सहरको निर्माण विभिन्न प्रकारले र कारणले हुन्छ । अब हामीले प्रदेश राजधानी जहाँ निर्माण गर्छौं त्यहाँ स्वतः सहरको विकास हुन्छ । त्यस्तै व्यापारिक नाका खोलिदिनुस् त्यहाँ स्वतः सरहको विकास हुन्छ । महेन्द्र राजमार्ग निर्माण गर्दा सहर त थिएन । तर, अहिले हेर्नुस् सिराहाभन्दा लाहान ठूलो भयो, मिर्चैया ठूलो भयो, गौरको भन्दा चन्द्रनिगाहापुरको सहरीकरण छिटो भयो । यो भनेको राजमार्गको कुरा भयो । बीपी राजमार्ग खोलेपछि बर्दिबास अर्कै भयो । जलेस्वर कुनैबेला अञ्चल सदरमुकाम थियो । अहिले जहाँको त्यहीँ छ । यसरी हेर्दा हाम्रा सहरहरू कहीँ प्रशासनिक केन्द्रले जन्माइदियो, कहीँ हाइवेले जन्माइदियो । कहीँ व्यापारले जन्माइदियो । कहीँ इतिहासले जन्माइदियो । यस्ता सहरका विभिन्न आधारहरू छन् । ती सबै स्रोतहरूको सम्भावित अध्ययन गरेर सोही अनुसारको पूर्वाधार विकास गर्ने हाम्रो प्रयास हुन्छ । जनकपुर जस्ता स्वाभाविक बस्तीबाट विकास भएका सहरहरूको अलग ढाँचामा सम्बोधन गर्ने गरी गुरुयोजनाको जरुरी हुन्छ । त्यसको संस्कृति पनि झल्किने, इतिहास पनि झल्कने र आधुनिक पनि हुने ढाँचामा जनकपुर जस्ता सहरहरूको नयाँ अवधारणामा काम गर्नुपर्छ ।

स्थानीय तहको निर्वाचन भयो, प्रदेश सभा बन्दैछ, त्यसले के फरक ल्याउला सहरीकरणमा ?
– नगरपालिकाहरू, उपमहानगरपालिकाहरू, महानगरपालिकाहरू जो बनिरहेका छन्, त्यहाँ योग्य नेतृत्व आएको छ । केही गरौँ भन्ने चाहानासाथ जो नेतृत्वमा आउनुभएको छ, उहाँहरूसँग हामी छिटै अन्तक्र्रिया गर्न चाहान्छौं । एकअर्काको महत्वलाई बुझ्ने बुझाउने पहिलो काम गर्छौं भने सहरीकरणमा कसरी जाँदा प्रभावकारी हुन्छ भनेर पनि सोच्दछौं । सहरी विकास मन्त्रालयसँग ज्ञानको भण्डार छ । विज्ञहरूको भण्डार छ । त्यो हामी जनप्रतिनिधिहरूसँग सेयर गर्न चाहान्छौँ र एउटा गाइडलाइन दिन चाहान्छौँ । उहाँहरूलाई नीतिगत दिशा दिन चाहान्छौँ र उहाँहरूकको स्प्रिटलाई हामी एक्सनमा लिन चाहान्छौं । हाम्रा प्रोजेक्टहरू जनकपुर, वीरगञ्ज, पोखरा, विराटनगर लगायतका अन्य सहरहरूमा छन् । निर्माणाधीन अवस्थामा छन्, जसले गर्दा उजाडजस्तो बनाएको छ । तीव्रता छैन । २०६१ सालका ठेकेदारहरू अहिलेसम्म फेज आउट भएका छैनन् । वर्षौं भइसकेको छ, ठेकेदार सुतेर बसेको छ । काममा गति छैन । मानिसहरू राज्यलाई गाली गर्दागर्दै थाकिसके, त्यसमा गति आउँदैन । जनप्रतिनिधिलाई त्यहाँ कसरी जोड्ने ? मन्त्रालयको एक्टिभिटी र जनप्रतिनिधिको सहकार्यले मात्रै त्यसमा गति आउँछ भन्ने बोध हामीभित्र छ । छिट्टै चुनाव भएपछि हामी एकीकृत कार्यक्रम राख्छौं र मन्त्रालयले एकअर्काको मर्मलाई ज्वाइन्ट गरेमा मात्र अगाडि बढ्छ र त्यो सम्भव छ ।

ठेकेदारहरूले ठेक्का लिने, लामो समयसम्म काम अड्काएर राखिदिने प्रवृत्ति छ । धेरैजसो काम हेर्यौँ भने हुँदाहुँदै बीचमा अड्किराखेको देखिन्छ । अबको नयाँ परिवेशमा जनप्रतिनिधिसँगै ठेकेदारहरूलाई पनि जोड दिने कि ?– मन्त्रालय ठीक ढङ्गले अगाडि बढेको भए यो स्थिति आउँदैन थियो । हामीले कन्ट्रयाक्टरसँग सम्झौता गर्दा एउटा प्लानसहित तालिकासहित गरेका हुन्छौँ । त्यसमा हाम्रै सरकारी पक्षकै दोषको कारण ठेकेदार उम्किरहेको हुन्छ र अदालतबाट मुद्दा जितिरहेको हुन्छ, हामी उसलाई केही गर्न सक्दैनौँ । किनभने हाम्रै ठूलठूला गल्ती भइरहेका हुन्छन् । त्यसमा मन्त्रालयले ध्यान दिने एउटा विषय रहन्छ । तर जनप्रतिनिधिको निगरानी भइरह्यो भने ढिलासुस्ति हुँदैन । ती सहरहरू जहाँ हाम्रा निर्माणका कामहरू भइरहेका छ, त्यहाँ जनप्रतिनिधिहरूलाई जोड्यो भने दबाबको काम निगरानीको काम र गतिको काम हुन्छ । हाम्रा मातहतका जुन जुन प्रोजेक्टहरू छन्, ती भनेको समयभन्दा छिटो सक्नेगरी हामी कार्य गरिरहेका छौँ । प्रभु साहको पालामा वर्षाैं नभएका काम हुन्छ कि हुँदैन ? विगतको वर्षमा जुन स्पिड थियो, त्यो डबल हुन्छ कि हुँदैन ? डबल भयो भने म सफल भएँ भएन भने उही पुरानै जस्तो भयो । त्यसैले मेरो च्यालेन्ज भनेको यसमा डबल बनाउने र पुँजीगत खर्च बढाउने छ । मेरो लक्ष्य भनेकै विगतमा जे भएको थियो त्यो छिटो सम्पन्न गर्ने हुन्छ । अब नयाँ गर्दा २० वर्ष हेरेर नयाँ गर्ने सोच मेरो हुन्छ । नयाँ गर्दा लङ टर्म भिजनसहित काम गर्ने मेरो लक्ष्य छ ।

तपार्र्इंको कार्यकालमा यो देशमा सहरको सपनाको साँच्चै विकास भयो भनेर हामीले केही सुन्न पाउँछौँ ?– परिकल्पनाको आधार बनाएर छाड्छु । सहरको कस्तो मोडालिटी हुन्छ भन्ने देख्नेगरी अनुभूत गराउँछु । सहरी विकास मन्त्रालयअन्तर्गतका प्रोजेक्ट बन्द थिए, सुस्त थिए । त्यसमा गति आएको देखाइदिन्छु । जहाँ बन्द थियो ठेकेदार थिएन, त्यहाँ काम गरिरहेको देखाइदिन्छु, अब सहरको मोडालिटी कस्तो हुन्छ ? त्यो बुझ्नेगरी आधार बनाइदिन्छु । मेरो लक्ष्य यति हो ।

(सहरी विकास मन्त्री मा. प्रभु साहसँग रातोपाटीका लागि युग पाठकले लिनुभएको अन्तर्वार्ता)

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget