दुई वर्षअघि शिक्षा मन्त्रालयमा व्यावहारिक तथा आदर्श शिक्षा र त्यस्तो शिक्षा प्रदान गर्न स्थापना हुने विद्यालयका विषयमा एउटा प्रस्तुति र छलफल कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा एक विद्वानले आफ्नो प्रस्तुति गर्नुभयो र उहाँले स्थापना गर्न चाहेको विद्यालयको स्वरूपबारे बताउनुभएको थियो । त्यसका लागि उहाँले एउटा विद्यालय माग गर्नुभयो । उहाँको सोचाइअनुसार विद्यालय सञ्चालन भयो भने त्यो हामीले खोजेको आदर्श शिक्षाको नमुना विद्यालय बन्न सक्छ भन्ने लाग्यो । विद्यालय समायोजनका क्रममा बन्द भएका वा बन्द हुने क्रममा रहेका विद्यालयमध्ये एउटा विद्यालय उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिइयो ।
विद्यालयत्यही अनुरूप बन्द हुने अवस्थाको विद्यालय उपलब्ध भएको रहेछ । त्यही विद्यालय यस बीचमा भ्रमण गर्न र त्यहाँका गतिविधि नियाल्ने अवसर प्राप्त भयो । जुन अनुभव सबैका लागि रोचक तथा हाम्रा विद्यालय रूपान्तरणका लागि एवं शिक्षाका नीतिगत तथा कार्यक्रमगत र व्यवहारजन्य रूपान्तरणका लागि समेत उपयोगी हुनेछ भन्ने दृष्टिकोणले यो लेख तयार गरिएको छ ।
सबैजसो शिक्षा प्रणालीले आफ्ना विद्यार्थीलाई सक्रिय सिकारु, निर्धक्क सिकारु, उत्सुकतापूर्ण विद्यार्थी, स्नातकपश्चात व्यक्तिगत, पारिवारिक र सामाजिक रूपमा योगदान दिन सक्ने नागरिकको रूपमा विकास गर्ने कल्पना गर्दछन् । तर जुन उद्देश्यका लागि शिक्षा प्रदान गर्ने प्रबन्ध गरिन्छ, त्यसअनुरूप विद्यार्थी वैयक्तिक र सामाजिक रूपमा योगदान गर्न सक्ने अवस्था सिर्जना नहुँदा शिक्षा प्रणाली असक्षम भयो भनेर आरोप भोग्नुपर्ने हुन्छ । त्यही आरोप हाम्रो शिक्षा प्रणालीले खेपिरहेको अवस्था छ । यो आरोपबाट मुक्ति पाउनका लागि हाम्रो शिक्षालाई जीवन र जगत्सँग कसरी सानिध्य बनाउन सकिन्छ, जसमा प्राचीन शैक्षिक आदर्श तथा आधुनिक प्रविधिजन्य रूपान्तरणलाई समेत जोडेर उत्पादित जनशक्ति देशको परम्परागत मूल्यमान्यता र संस्कृतिको प्रवद्र्धक तथा सांसारिक प्रतिस्पर्धामा समेत टिक्ने गरी पाठ्यक्रमिक तथा शैक्षणिक प्रबन्ध गर्न सकियोस् ।
'जीवन दुःख सुख हो, यो दुःख सिकाउने स्कुल हो, संस्कारमा हुर्काऔं, प्रकृतिमा सिकाऔं, बालबालिकाको श्रमशोषण गर्नु अपराध हो, बालबालिकालाई श्रम सिकाउनु धर्म हो' जस्ता भनाइका साथमा तीन 'क' कोदालोमा क्रान्ति, कलममा क्रान्ति र कम्प्युटरमा क्रान्तिको आदर्शलाई प्रदर्शन गरिएको छ ।
मैले चर्चा गर्न खोजेको नयाँ स्कुलको प्रवेश विन्दुमै केही सुन्दर उद्गारहरू छन्, जसले विद्यालयको आदर्शलाई प्रतिविम्बित गर्दछन् । 'जीवन दुःख सुख हो, यो दुःख सिकाउने स्कुल हो, संस्कारमा हुर्काऔं, प्रकृतिमा सिकाऔं, बालबालिकाको श्रमशोषण गर्नु अपराध हो, बालबालिकालाई श्रम सिकाउनु धर्म हो' जस्ता भनाइका साथमा तीन 'क' कोदालोमा क्रान्ति, कलममा क्रान्ति र कम्प्युटरमा क्रान्तिको आदर्शलाई प्रदर्शन गरिएको छ ।
विद्यालयले सुरुमा परम्परागत गुरुकुल प्रणालीको झझल्को दिन्छ । यसले मूलतः एघार विद्यालाई आफ्नो मूल पाठ्यक्रम र आदर्श मानेर शिक्षण, प्रशिक्षण, सिकाइ, अनुभव आदानप्रदान, सीप र अभ्यास, अनुशरण, प्रदर्शनलगायतका माध्यमबाट आवासीय रूपमा जीवनकलालाई आत्मसात गरेको छ । ती मूल विद्याहरूमा पहिलो,बोली विद्याअन्तर्गत राष्ट्र भाषा नेपाली र अन्तर्राष्ट्रिय भाषा अंग्रेजीलाई सूचना भाषाका रूपमा र चाइनिज र हिन्दी भाषालाई व्यापारको भाषाका रूपमा विद्यालयमा प्रयोगमा ल्याइएको छ । दोस्रो, प्रकृति विद्याअन्तर्गत पृथ्वी, जल, वायु, आकाश र प्रकाश जुन पञ्चतत्व हुन्, तिनको प्रत्यक्षीकरणमार्फत शिक्षण र सिकाइ वातावरण मिलाइएको छ । तेस्रो, खाना विद्याअन्तर्गत दैनिक खानपानका लागि आवश्यक खाद्य तथा पेय पदार्थ, विद्यार्थीको संलग्नतामा उत्पादनको प्रबन्ध गरिएको छ । उत्पादनका लागि विद्यालयको आफ्नै जग्गाको व्यवस्था छ।
चिनी, नून र तेलबाहेक सबैजसो खाद्य सामग्री आन्तरिक रूपमा नै उत्पादन तथा आपूर्ति भएको छ । चौथो,वस्त्र विद्याअन्तर्गत कक्षा आठभन्दा माथिका विद्यार्थीले आफ्नो कपडा आफैं सिलाएर लगाउनुपर्ने गरी अनिवार्यता गरिएको छ । पुराना कपडा संकलन गरी प्रशोधन तथा पुनर्प्रयोगको व्यवस्था गरिएनुका साथै भविष्यमा कपास समेत उत्पादनको लक्ष्य राखिएको छ । पाचौं तथा महत्वपूर्ण विद्याका रूपमा घर विद्या रहेको छ ।
यसअन्तर्गत विद्यार्थी सिंगो घर निर्माणका लागि अन्तरनिहित सम्पूर्ण सीप -काष्ठकला, ढुंगा माटोको गाह्रो लगाउने, बिजुलीको काम, पानीको काम, छाना छाउने फर्निचर तथा फर्निसिङ, भूइँमा बिछ्याउने ब्लक बनाउनेलगायतका सीप साथै त्यसबाट गणित, विज्ञान, समाजशास्त्रलगायतका विषयका विषयगत ज्ञानसमेत हासिल गर्दछन् । छैठौं विद्या वा सीप वा सिकाइको क्षेत्र प्रविधि रहेको छ । प्रविधि मूलतः तार र चक्कामा आधारित हुने विद्यालयको मान्यता छ । यसअन्तर्गत विभिन्न प्रकृतिका मेसिनरी औजार, कम्प्युटर प्रविधिलगायत मेकानिकल कार्य सिकाइएको छ । विद्यार्थीहरू मोटरसाइकल बनाउने, ट्याक्टर तथा गाडी बनाउने र चलाउनेसमेतको सीप हासिल गरेका छन् ।
शिक्षाको सातौं क्षेत्रका रूपमा स्वास्थ्य शिक्षा, यौन शिक्षा तथा योग शिक्षा रहेको छ । बिहान योगाभ्यासबाट विद्यार्थीको दैनिकी सुरु हुन्छ । विद्यार्थीलाई स्वास्थ्य तथा सरसफाइको दैनिक व्यवहार सिकाउनुका साथै सैद्धन्तिक तथा प्रयोगात्मक ज्ञान र अभ्यास प्रदान गरिन्छ । साथै बाह्र वर्षभन्दा माथिका विद्यार्थीलाई यौन शिक्षाको आधारभूत ज्ञान प्रदान गरिन्छ । आठौं विद्याको रूपमा संगीत तथा खेलकुद रहेको छ । यसमा मूलत गिवाना (गीतवाद्यवादन र नाच) रहेका छन् । विद्यार्थी विशेषतः आफ्ना मौलिक लोक संस्कृतिमा आधारित संगीत सिर्जना तथा अभ्यासको अवसर प्राप्त गर्दछन् । साथै विद्यार्थीलाई उमेर मिल्दो खेलकुदका अभ्यास गराई उनीहरूको शारीरिक स्फूर्ति बढाउने काममा विशेष ध्यान पुर्याइएको छ ।
नवौं विद्याको रूपमा समाज विद्या रहेको छ । यसअन्तर्गत विद्यार्थीलाई समसामयिक गतिविधिमा छलफल, समाजमा विविध विषयको जानकारी लिन पठाउने, विभिन्न सामाजिक गतिविधिमा सहभागी गराउने, घर वा समाजमा गएर फर्केर आएपछि त्यहाँ भएका गतिविधिको रिपोर्टिङ तथा प्रस्तुतीकरण गराउने गरिन्छ । दसौं विद्याअन्तर्गत सिर्जनात्मक शिक्षा रहेको छ । यसअन्तर्गत विद्यार्थीले आफ्नो मौलिक सिर्जनालाई सीपमार्फत अथवा लेखनमार्पmत अभिव्यक्त गर्न अवसर प्राप्त गर्दछन् ।
एघारौं शिक्षा सन्तुलन शिक्षा रहेको छ । यसलाई प्रत्येक वस्तु वा अवस्थाको दुई पक्षबाट हेर्ने गरिन्छ । कुनै पनि कुराको अत्यधिकता वा न्यूनताले विचलन, विकृति वा समस्या सिर्जना हुने कुरा बुझाइन्छ । जस्तै, ताप बढी भयो भने गर्मी हुन्छ र ताप कम हुँदा चिसो हुन्छ, यो समान्य विश्लेषण हो । तर जीवनमा अत्याधिक तापयुक्त वातावरण र अत्याधिक चिसोको अवस्था जरुरत हुन्छ । मेसिन औजारहरू तापबाट चल्छन् भने वस्तुलाई चिस्याउन फ्रिज (रेफ्रिजेरेटर) चलाउन पनि ताप नै आवश्यक पर्छ तर यसले चिसो उत्पादन गर्दछ । त्यस्तै दिन-रात, अँध्यारो-उज्यालो, नजिक-टाढा गर्मी-जाडो, धनी-गरिब आदि जुन प्रत्येकको दुई अवस्था रहन्छ, त्यसको आधारमा सिर्जित ज्ञान बढाउने काम गरिन्छ ।
विद्यालयमा केवल विद्यार्थीलाई पास गराउने उद्देश्यले शिक्षण गरिने नभई पाठ्यक्रमलाई जीवन र जगत्सँग जोडेर विद्यार्थीको प्रत्यक्ष संलग्नतामा ज्ञानको सिर्जना गरिन्छ । विद्यार्थीलाई नयाँ कुरा सिक्नको लागि भोक जागृत गराइन्छ । माथिका एघार विद्यामा आधारित पाठ्यक्रमिक प्रबन्ध तथा कार्यमूलक सिकाइले कक्षा बाह्रसम्मका विद्यार्थी स्नातक हुन सक्छन् र त्यसभन्दा माथिका लागि खोज र अनुसन्धानको शिक्षाको प्रबन्ध विद्यालयले गरेको छ । त्यसका साथमा कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीका लागि अर्थतन्त्र शिक्षाको प्रबन्ध गरिएको छ । जसमा पहिलो कृषि—जसअन्तर्गत सबै प्रकारका उत्पादन, दोस्रो उद्योग—जसअन्तर्गत कृषिमा आधारित कलकारखाना, तेस्रो व्यापार—जसअन्तर्गत उत्पादित वस्तुहरूको बजारीकरण र चौथो सेवा—व्यवसायको शिक्षा वा अनुभव प्रदान गर्ने काम गरिन्छ ।
यस शिक्षाको प्रमुख ध्येय विद्यार्थीलाई आफैं गरी खाने बनाउने रहेको छ ताकि विद्यार्थी निश्चित योग्यता हासिल गरेपछि आफ्नो प्रमाण पत्र देखाँउदै जागिरको लागि भौंतारिनु नपरोस् । यहाँ शिक्षकले विद्यार्थीलाई पाठ्यक्रमका आधारमा आवश्यक ज्ञान तथा सीप प्रदान गर्दछ र विद्यार्थीले दैनिक रूपमा के सिक्यो र के गर्यो, त्यसको वैयक्तिक अभिलेख राख्दछ । यहाँ सिकाइ कक्षागत आधारमा भन्दा पनि विद्यार्थीले उमेरगत आधारमा सिक्नुपर्ने सिकाइ, सीप र व्यवहार हासिल गर्यो या गरेन भन्ने कुरालाई बढी ध्यान दिइन्छ । विद्यार्थीलाई पालो मिलाएर मेसिनरी ल्याब, फार्म, किचन सरसफाइ आदि क्षेत्रमा सिकाइ तथा सीप प्रदान गरिन्छ ।
यहाँ शिक्षक र विद्यार्थीको भावना भन्दा पनि सबै विद्यार्थी र सबै शिक्षकका रूपमा सबैले सिक्ने र सबैले सिकाउने वातावरण सिर्जना गरिएको छ । विद्यार्थी कक्षा बाह्र पास गरेर स्नाताक हुने समयसम्म विभिन्न सीपका क्षेत्र-कृषि, उत्पादन, इन्जिनियरिङ, सेवा क्षेत्रलगायतका ट्रेडहरूमध्ये आफूलाई बढी सीपयुक्त लागेको विषयमा सीप परीक्षण गराई राष्ट्रिय सीप परीक्षण बोर्डबाट सीप परीक्षण प्रमाणपत्र समेत हासिल गरी औपचारिक योग्यताका साथै सीपको प्रमाणपत्र समेत लिई योग्यतम् नागरिकको रूपमा समाजमा प्रवेश पाउने अवस्थाको सिर्जना गरिएको छ ।
विद्यालयमा औपचारिक शिक्षक भन्दा विद्यार्थी शिक्षककै बढी उपयोग भएको छ । यस विद्यालयमा नेपाल सरकारका तर्फबाट दुईजना शिक्षकको मात्र व्यवस्था छ । अन्य स्रोध साधन फाउन्डेसनले बेहोरेको छ । अहिले यहाँ बत्तीस जिल्लाका विद्यार्थी पूर्ण आवासीय विद्यार्थीका रूपमा अध्ययनरत छन् । विद्यालयमा यसको पूर्वाधार विकास गर्न बाहिरी जनशक्ति प्रयोग नगरी विद्यार्थी—शिक्षकबाटै सम्पूर्ण कार्य गरिन्छ । सबैजसो स्थानीय सामग्रीको प्रयोग गरी निर्माण कार्य भएको छ, जुन वातावरणीय दृष्टिले अनुकूल तथा दिगो विकासको अवधारणामा आधारित छ । परम्परागत गुरुकुल तथा आ श्रम व्यवस्थाको झल्को आउने यस विद्यालयमा बालअधिकार वा शिक्षाको अधिकारलाई प्रत्याभूत गर्न हरसम्भव प्रयास भएको देखिन्छ । देशका सबै जिल्लाका प्रतिनिधिमूलक विद्यार्थीको सम्मि श्रणबाट मिनी नेपाल सिर्जना गर्न खोजिएको छ ।
यस लेखमा यो शैक्षिक अवधारणाका प्रणेता विद्वान भनेर सुरुमा भनिएका डा. मदन राई हुन्, जसको अवधारणा र मार्गदर्शन तथा लगानीमा सुभद्रा—मदन फाउन्डेसनद्वारा सञ्चालित खोटाङको दिक्तेलस्थित जनजागृत आधारभूत विद्यालय नमुना शैक्षिक भविष्यको बाटो कोरिरहेको छ । यस अवधारणामा आधारित भई शिक्षालाई कामकाजी, उत्पादनमूलक, श्रमप्रति सम्मान भावसहितको बनाउने र उत्पादित जनशक्तिलाई जीवन जीउने कलासहितको आधारभूत ज्ञान तथा सीपले युक्त बनाई आफ्नो स्थानीयता, कला, संस्कृति र संस्कारले युक्त नागरिक बनाइने उल्लेख छ ।
उत्पादित विद्यार्थीलाई देश विकासमा अगुवाइ गराउने, जाँगरयुक्त बनाउने र यो विद्यालयको दिगो व्यवस्थापनका लागि सरकारी तवरबाट पनि केही साझेदारी गरी यो मोडेलका केही विद्यालय देशका अन्य क्षेत्रमा पनि नमुनाका रूपमा स्थापना गर्ने नीतिगत उद्देश्य राखिएको छ । सहिद प्रतिष्ठानअन्तर्गत देशका पाँच क्षेत्रमा विद्यालय सञ्चालन छन् । त्यसको लागि ठूलो साधन खर्च भएको छ । बूढानीलकण्ठ ढाँचामा विद्यालय सञ्चालनका लागि साधन व्यवस्था भएको छ । त्यस्तै नमुना विद्यालय स्थापनाका लागि हामी स्रोत साधन व्यवस्था गर्दैछौं । यी विभिन्न ढाँचा वा अन्य कार्यक्रमबाट केही साझेदार कोष उक्त विद्यालयलाई उपलब्ध गराई विद्यालय र नयाँ शैक्षिक अवधारणामा नेपाल सरकार पनि सहयोगी र साझेदार बन्नुपर्ने अवस्था देखिएको छ ।- अन्नपूर्ण बाट

Post a Comment