काठमाडौं, बैशाख २२ गते । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भारत पुग्नु भएको छ। मन्त्री महत सिंगापुरबाट सिधै शुक्रबार बिहान नयाँ दिल्ली पुग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ।
मन्त्री महतले दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको सम्मेलनको उद्घाटनका लागि त्यहाँ पुगनुभएको हो। सो सम्मेलन शुक्रबार साँझबाट सुरु हुनेछ।
भारतमा रहँदा मन्त्री डा.महतले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग अपरान्ह नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ।- अन्नपूर्ण बाट
Post a Comment