Websoft University

www.radiomakalu.com || 021-522512


आज बुद्ध जयन्ती

buddha-gautam

काठमाडौँ, वैशाख २७ गते ।  वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६१औँ बुद्ध जयन्ती भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महŒवपूर्ण दिनका रूपमा लिने गर्छन् ।
यसैबीच शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्रगौरव र अमरज्योति गौतम बुद्धको जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपाली तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति अहिंसाका प्रतिमूर्ति एवं अग्रदूत भगवान् गौतम बुद्धले देखाउनुभएको सत्मार्गमा सबैका लागि अनुकरणीय र वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महŒव र सान्दर्भिकता झनै बढेर गएको बताउनुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश दिनुहुँदै “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो” भन्नुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget