चन्द्रागिरि केबलकार
काठमाडौं,वैशाख ३० गते । । स्थानीय चुनावमा मनकामना केबलकार र चन्द्रागिरि केबलकार बन्द हुने भएका छन् ।
चितवनको कुरिनटारबाट गोर्खाको मनकामना मन्दिरसम्म चल्ने मनकामना केबलकार बैशाख ३१ र जेठ १ गते दुई दिन बन्द हुनेछ । काठमाडौंको चन्द्रागिरि केबलकार भने मतदान हुने दिन बैशाख ३१ गतेमात्रै बन्द हुनेछ ।
चन्द्रागिरि हिल्सले सार्बजनिक सूचना जारी गरी चुनावको दिन सम्पूर्ण सेवा बन्द हुने जानकारी दिएको छ ।
यसैगरी मनकामना दर्शन प्रालिले जेठ २ गतेबाट सेवा सुरु हुने जानकारी दिएको छ ।-अनलाइनखबर
Post a Comment