काठमाडौं , जेष्ठ १४ गते । मुलुकको राजधानी काठमाडौं महानगरपालिकाको मतगणना सकिँदा अधिकांश उम्मेदवारको जमानत जफत भएको छ ।
कुल एक लाख ९७ हजार २२७ मत खसेकोमा १ लाख ९१ हजार ४१ मत सदर भएका छन् । करीव ६ हजार मत बदर पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरमा सबैभन्दा लोकपि्रय मत नेकपा एमालेका विद्यासुन्दर शाक्यले नै प्राप्त गरे । मेयरमा निर्वाचित भएका उनले प्राप्त गरेको ६४ हजार ९१३ मत स्थानीय तहको पहिलो चरणका उम्मेदवारहरुले प्राप्त गरेको मध्ये सबैभन्दा धेरै मत हो ।
काठमाडौं महानगरपालिकाको मेयरमा उठेर एक मत मात्र पाउने उम्मेदवार पनि रहेछन्, जसले आफू बाहेक आफ्नो परिवारका सदस्यको समेत मत नपाएको बुझ्नुपर्ने हुन्छ ।
उनी हुन्, भगमान गिरी । स्वतन्त्र उम्मेदवार बनेका उनी खुला सुटकेश चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
हेर्नुस् मेयरको भोट
हेर्नुस् उपमेयरको भोट
Post a Comment