
मारियो बालोटेलीको गोलसँगै नाइसले पेरिस सेन्ट जर्मेनलाई हराएको छ र, १७ वर्षमा पहिलो पटक मोनाको लिग वानको उपाधि नजिक पुगेको छ ।
आइतबार भएको खेलमा नाइसले ९ खेलाडीमा सिमित पीएसजीलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा नाइसले २६ औं मिनेटमा बालोटेलीको गोलबाट अग्रता लिएको थियो । ४८ औं मिनेटमा बार्बोसा परेराले अग्रता दोब्बर पारे ।
पीएसजीले ६४ औं मिनेटमा गोल गर्दै नाइसको अग्रता २-१ मा झार्यो तर, खेलको ९० औं मिनेटमा मोटाले रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित भयो ।
खेलको अन्त्यतिर डोनिसले गोल गर्दै घरेलु टोली नाइसको जित सुनिश्चित गरे । खेल सकिनै लाग्दा एन्जल डी मारियाले पनि रातो कार्ड पाएपछि साविकको विजेता पेरिस सेज्ट जर्मेनले भने ९ खेलाडीमा खेल टुंग्यायो ।
हारपछि पेरिस सेज्ट जर्मेनको उपाधि सम्भावना आफ्नो हातबाट फुत्किएको छ । दोस्रो स्थानमा रहेको पीएसजीको ३५ खेलबाट ८० अंक छ भने लिग लिडर मोनाको ८३ अंक छ र उसले एक खेल कम खेलेको छ । नाइसको ३५ खेलबाट ७७ अंक भएको छ र लिगको तेस्रो स्थानमा छ ।-अनलाइनखबर
Post a Comment