Websoft University

www.radiomakalu.com || 021-522512


सभामुखको पहलमा तीन दलका शीर्ष नेताको बैठक सुरु








काठमाडौं , जेठ ९ गते । पटक पटक स्थगित भइरहेको संसद बैठक सुरु गर्ने बिषयमा सहमति जुटाउन समाभुखले पहल थालेकी छन् ।

सभामुख ओनसरी घर्तीमगरको पहलमा तीन दलका शीर्ष नेताको बैठक अहिले संसद भवनको शंकर हलमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओली लगायतका नेताहरु सहभागी छन् ।

आज बिहान ११ बजे निर्धारण गरिएको संसद बैठक त्यसपछि दिउँसो १ र साँझ ५ बजे बस्ने भनिएपनि अहिलेसम्म बस्न सकेको छैन ।

संसदमा प्रधानमन्त्री प्रचण्डले बिशेष सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी एमाले भने दोस्रो चरणको निर्वाचनसम्म सत्ता परिवर्तन नहोस भन्ने चाहन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget