काठमाडौं , वैशाख ८ गते । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीले नेपाल फर्कनु अघि उडिसामा रहेको पुरी जगन्नाथ मन्दिरको दर्शन गरेकी छन् ।
राष्ट्रपतिले मन्दिरमा रहेको कस्तुरी अभाव सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएकी छन् । रथ यात्राको क्रममा मुख श्रृंगारका लागि कस्तुरी प्रयोग गर्ने प्रचलन छ ।
नेपालका राजाले कस्तुरी दिने गरेका थिए । तर, राजतन्त्र अन्त्य भएपछि यो रोकिएको छ ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘मन्दिरको दर्शन गर्न पाउँदा म खुसी छ । म कस्तुरी अभावबारे नेपाल सरकारसँग कुरा गर्छु ।’- अनलाइनखबर
Post a Comment