काठमाडौ चैत ३० गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधवार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेको भोलिपल्ट मोर्चाले यस्तो निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेसँगको परामर्शमा संविधान संशोधनको नयाँ बिधेयक ल्याइएको बताउँदै आउनुभएको थियो । पहिले दर्ता गरेको संशोधन बिधेयक फिर्ता लिएर पुन अर्को संविधान संशोधन बिधेयक मंगलवार व्यवस्थापिका संसदमा दर्ता गरिएको थियो । संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता भएपछि त्यसबारेमा आधिकारिक धारणा तय गर्न मोर्चाको बुधवार बैठक बसेको हो । - अन्नपूर्ण बाट
Post a Comment