काठमाडौ, बैशाख १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानको दोश्रो संसोधन विधेयकको पक्षमा मतदान गर्न व्हीप जारी गरेको छ ।
आईतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टीको निर्णय अनुसार सांसदलाई व्यवस्थापिका संसद बैठकमा अनिवार्य उपस्थित भई सरकारद्धारा पेश भएको संविधानको दोश्रो संसोधन विधेयकको पक्षमा मतदान गर्न व्हीप जारी गरको हो ।
व्यवस्थापिका संसदमा सरकारले पेश गरेको संविधानको दोश्रो संसोधनमाथि सत्तारुढ दल समेतको गरि ५० वटा संसोधन परेका छन् ।
राप्रपाले आइतबारकै बैठकमा संविधानको दोश्रो संसोधन विधेयक निर्णयार्थ प्रस्तुत हुने संभावना रहेको भन्दै व्हीप जारी गरेपनि आजको बैठकमा संविधान संसोधन विधेयकमाथिको सैद्धान्तिक छलफल नै प्रारम्भ नहुन सक्ने सचिवालय श्रोतले जनाएको छ । - रातोपाटी बाट
Post a Comment