नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले मधेसी मोर्चा र एमालेको हठ र दम्भले मुलुक जटिल मोडमा पुगेको बताएका छन् ।
संसदमा रहेको संबिधान संशोधनको प्रस्ताबलाई छलफल नै गर्न दिंदैनौ भन्ने एमाले र संशोधन प्रस्ताब पारित नभए चुनावमा जाँदैनौं भन्ने मधेसी मोर्चा दुबै अलोकतान्त्रिक र अतिबादी पार्टी भएको बताए।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघको चौथो केन्द्रीय महाधिवेसनको उदघाटन गर्दै कोइरालाले एमालेले नक्कली राष्ट्रबादको नारा लगाएर मुलुक र जनताको आँखामा छारो हाल्ने काम गरेको पनी बताए।
कार्यक्रममा सांसद पुष्कर आचार्य, शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली,लगायतले आ-आफ्नो धारणा राखेका थिए ।-अनलाइनखबर
Post a Comment