एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम गरेको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बिल्बाओको घरेलु मैदानमा भएको खेलमा रियलले २५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । ६५ औं मिनेटमा अडुरिजले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । तर, धेरैबेर टिक्न सकेन ।
६८ औं मिनेटमा कासिमेरोले गोल गर्दै पुनः रियल मड्रिडलाई अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले महत्वपूर्ण ३ अंक हात पारेको छ ।
जितसँगै मड्रिडको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ६० अंक छ ।-अनलाइनखबर
Post a Comment