एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले अहिले पाकिस्तानको यू-२३ टोलीसँग खेलिरहेको छ । टस हारेको नेपालले ब्याटिङको निम्तो पाएको छ ।
नेपाली टोलीका म्यानेजर रमन सिवाकोटीका अनुसार नेपालले ताजा स्थितिमा ३२ ओभरमा ३ विकेट गुमाएर ९९ रन बनाएको छ ।
नेपालको सुरूवात राम्रो हुन सकेन । कप्तान ज्ञानेन्द्र मल्ल मात्र ३ रनमा आउट भए । सागर पुनले ९ रन जोड्दा दिपेन्द्र सिंह ऐरी पनि १४ रनमा नै पभेलियन फर्किए ।-अनलाइनखबर
Post a Comment