काठमाडौं, फागुन २९ गते । थरीथरी रङको उल्लासमय पर्व होलीको रौनक राजधानीमा आइतबार बिहानैदेखि सुरु भएको छ । बालबालिकादेखि अधबैंसेसम्म टोल-छिमेकका साथै सडक र चौकमा भेला भई आपसमा रङ र अबीर दलेर होली खेलिरहेका छन् ।
आपसी हार्दिकता र भ्रातृत्वको यो पर्वमा रङको माध्यमबाट सर्वसाधारणहरु आत्मीयता साटिरहेका देखिन्छन् ।
होलीको चीर गाडिएको ठाउँ वसन्तपुर दरबार स्क्वायरमा सामूहिक रुपमा होली मनाउनेहरुको लर्को थामिनसक्नुको छ । पर्यटकीय क्षेत्र ठमेलमा विदेशी पर्यटकहरु पनि होलीमा झुमिरहेका छन् ।
होलीमा रमाएको राजधानीका केही दृश्य
तस्वीर: विकाश श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर
Post a Comment