इटहरी,चैत १२ गते । अादिवासी जनजाती महासंघ सुनसरीले शनिवार दिउसाे बिभिन्न मागहरू राख्दै इटहरीमा बृहत मानवसाङलाे प्रदर्शन गरेकाे छ । करिब ३ हजार जनजातीहरूकाे ब्यापक उपस्थितीमा मानवसाङलाे प्रदर्शन गरीएकाे हाे ।
अपुराे , अधुराे रहेकाे संविधान संसाेधन गरिनुपर्ने , अादिवासीहरूकाेपनि मन्त्रालय तत्काल गठन गरिनुपर्ने , सडक बिस्तारकाे बहानामा जनतालार्इ उठिबास बनाउने खेल बन्द गरिनुपर्ने , अादिवासी जनजातीहरूसंग भएकाे २० बुदे र ९ बुदे माग तुरून्त सम्बाेधन गरिनुपर्ने जस्ता मागहरू राख्दै जनजाती महासंघ सुनसरीले इटहरीमा बृहत मानवसाङलाे प्रदर्शन गरेकाे हाे ।
मुख्य चाैकबाट सुरूभएकाे उक्त मानवसाङलाे पश्चिममा खेतिखाेला , हुदै इटहरीकाे बिभिन्न चाैकहरूकाे परिक्रमा गरि समापन गरिएकाे अादिवासी जनजाती महासंघ सुनसरीका अध्यक्ष राम रार्इले बताए ।
पुर्बेलीन्युजबाट
Post a Comment