तेह्रथुम, चैत्र १५ गते । छथर गाँउपालिकाको केन्द्र सुक्रबारे बजारमा ढल ब्यावस्थापन हुने भएको छ । बजारको तल्लो क्षेत्रमा रहेको अब्याबश्थीत ढललाई ब्याबश्थीत बनाउने उदेश्यका साथ जिल्ला बिकास समिती तेह्रथुमको ५ लाख र शहरी बिकास कार्यालय धनकुटाको ९ लाख रकम प्राप्त भए सँगै ढल ब्याबश्थापन हुने तयारी भएको सुक्रबारे बजार ढल ब्याबश्थापन समितीका अध्यक्ष दिल पाक्साँवाले बताउनु भयो । ढल ब्याबश्थापनको समस्याको कारण बजार क्षेत्रमा बर्षादयाम सुरु भए सँगे पानी पर्न थालेपछि पानीको बाहबहरु बजारको बिभीन्न क्षेत्रमा बग्ने गरेको छ ।
करिब ४ घर रहेको बजार क्षेत्रमा ढल ब्यावस्थापनका लागी प्रयाप्त बजेट अभाबका कारण समस्या भोग्दै आएको बजार क्षेत्रमा शहरी बिकास धनकुटा तथा जिल्ला बिकास समिती तेह्रथुमले आर्थिक बर्ष ०७३÷७४बाट रकम बिनियोन गरे सँगै यस बर्ष ढल ब्याबश्थापनका लागी काम सुरु हुने भएको हो । यस बर्ष ढल ब्याबश्थापनका लागी बजारको आहालडाँडा चौक देखी जिरो पोईन्ट हुँदै वडा कार्यालय समस्या निमार्ण गरीने भएको छ ।-प्रकाश पाक्साँवा,पुर्बेलीन्युजबाट
Post a Comment