काठमाडौं , फागुन २१ गते । विश्व बैङ्कले वित्तीय क्षेत्र सुधार तथा बैङ्किङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।
नेपाल सरकारको मध्यकालीन वित्तीय क्षेत्र सुधारका लागि उक्त रकम ऋणस्वरुप प्रदान गर्न बैङ्कले शुक्रबार स्वीकृति जनाएको हो ।
क्षेत्रको विकास, वित्तीय प्रणालीको पुनःसंरचना तथा वित्तीय क्षेत्र सुदृढीकरण, जोखिम व्यवस्थापन, बैङ्क तथा बीमा संस्थाको भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियमन र बैङ्किङ क्षेत्रको पारदर्शिता एवम् सुशासन प्रवद्र्धनका लागि स्वीकृत भएको बैङ्कले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
Post a Comment