
धरान, चैत्र ३ गते । पछिल्लो समयमा धरानमा महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घट्नामा वृद्धि हुन थालेपछि यसतर्फ धरानका सबै सरोकारवालाहरुले चासो राख्न थालेका छन् । गत फागुन १६ गते सोमबार धरान १६ का बलिहाङ राई र पदमकुमारी राईले धर्मपुत्रीका पालिएकी १३ बर्षीय अनृुषा राईको रहस्यमय मृत्यु भएपछि धरानका सबै वर्ग समुदायले यो स्वभाविक मृत्यु नभई हत्या नै भएको भन्दै कडाभन्दा कडा
कारबाहीको माग गरेका छन् ।
विगतदेखि नै महिला हिंसासम्बन्धी जोडदार आवाज उठाउदै आएको महिला सञ्जाल धरानले बालिकाको मृत्यु भएको यतिका दिन वितिसक्दा पनि तथ्यसत्य बाहिर नल्याई पीडितलाई समेत हदैसम्मको कारबाही नगरेको भन्दै आज इलाका प्रहरी कार्यालय धरानमा कारबाहीको माग गर्दै ज्ञानपन पत्र बुझाएका छन् । उनीहरुले यो रहस्यमय मृत्युको स्म्बन्धम गाउँ टोल तथा छिमेकीहरु आन्दोलन भइरहेको सन्दर्भमा मुद्दालाई कमजोर बनाई पीडकलाई उन्मुक्ति दिने काम भएमा आफूहरु चूप नलाग्ने भन्दै इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन ।
उनीहरुले राष्टिय महिला आयोग र राष्टिय मानव अधिकार आयागमा समेत ज्ञापनपत्र बुझाएका छन् । महिला सञ्जालमा आवद्ध २६ वटा महिलावादी संघ संस्थाले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । कुनै पनि हालतमा घट्नाको यथार्थता र सत्यतालाई तोडमोड नगरी पीडकलाई उन्मुक्ति दिने कार्य कही कतैबाट भएमा महिलाहरु चूप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापाले घटनालाई कुनै पनि हालतमा तोडमोड गर्न नदिने र यसका लागि आवश्यक अनुसन्धान भइरहेको सञ्जालका पदाधिकारीहरुलाई आश्वस्त पार्नुभएको थियो । उहाले घट्नाको तथ्यसत्य सार्वजनिक गर्न प्रशासन लागि परेको बताउदै सहयोग गर्न आग्रह समेत गर्नुभयो ।-पुर्बेलीन्युज
Post a Comment