नयाँदिल्ली, चैत १८ गते । भारतकी विदेशमन्त्री सुष्मा स्वराजले साउदी अरबबाट २९ जना भारतीय कामदारलाई भारत सरकारले उद्धार गरेको बताउनुभएको छ । उद्धार गरिएकालाई आआफ्नो घरमा पठाइएको पनि उहाँले जानकारी दिनुभयो । “हामीले साउदी अरबबाट २९ जना कामदारलाई उद्धार गरेका छौँ, उनीहरुको उडान टिकट पनि हामीले नै काटिदिएका छौँ,” स्वराजले ट्विटरमा लेख्नुभएको छ ।
ती २९ जना कामदारलाई साउदी अरब सरकारले नियन्त्रणमा लिइएको बारेमा गत हप्ता मन्त्री स्वराजले साउदी अरबका राजदूत अहमद जाभेदसँग कुराकानी गरी मुक्त गर्न आग्रह गर्नुभएको थियो । भारतको दक्षिणी राज्य तेलङगनाबाट ठुलो सङ्ख्यामा वैदेशिक रोजगारीका लागि साउदी अरब जाने गर्दछन् । रासस÷सिन्ह्वा
Post a Comment