मंगलबारदेखि सुरु भएको पाथिभरा भलिवल प्रतियोगितामा आज पुलिस र सशस्त्र प्रहरी भीड्दैछन् । त्यस्तै आजै हुने दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
सदरमुकामस्थित नेपाली सेनाको खेल मैदानमा भइरहेको खेलमा हिजो त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका थिए ।
जिल्ला भलिबल संघ ताप्लेजुङको आयोजनामा भएकोे प्रतियोगिताको उद्घाटन खेलमा आर्मी क्लबले २५-१०, २५-१७ र २५-१०को सोझो सेटमा मध्यमाञ्चललाई पराजित गरको थियो ।
मंगलबार नै भएको दोस्रो खेलमा पुलिस क्लबले पूर्वाञ्चललाई २५-१८, २५-१३ र २५-१४को सेटमा हराएको थियो । खेलमा आर्मी र पुलिसले समान ३-३ अंक जोडेका छन् ।
‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।-रविन भट्टराई
Post a Comment