आज भ्यालेन्टाइन डे हो । नेपालमा यो पर्व मनाउन केही रोकटोक नभएपनि भारतको कुनै स्थानमा यसको लागि बन्देज गरिएको छ ।
भारतीय राज्यको ओडिसाको भुवनेश्वरीमा बजरंग दलका एक नेताले यदि प्रेम जोडी सार्वजनिक स्थानमा देखिए उनीहरुको विवाह गराइदिने चेतावनी दिएका छन् ।
भुवनेश्वरमा बजरंग दलको संयोजक भूपेश कुमार नायकले यदि कुनै जोडीलाई पार्क, मल वा अन्य सार्वजनिक स्थानमा आपत्तिजनक स्थितीमा देखिए उनीहरुको विवाह गरिदिने चेतावनी दिएका छन् । भ्यालेन्टाइन डेको नाममा किशोर÷किशोरीहरुले भारतीय संस्कृति विपरित काम गरिरहेको उनले बताएका छन् । नायकका अनुसार हरेक वर्ष यसै दिन पार्टीका कार्यकर्ताले मल, पार्क र अन्य सार्वजिक स्थानमा यस्ता किशोर÷किशोरीमाथि नजर राख्नेछन् ।-एजेन्सी
Post a Comment