![](http://www.onlinekhabar.com/wp-content/uploads/2016/03/Taplejung-aaglagi.jpg)
पाँचथर,माघ २० गते । पाँचथरको रानीटारस्थित एक घरमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भएर गोरे मुखियाको घरमा आगलागी भएको स्थानीय शिक्षक डिबी गुरुङले जनाकारी दिए । पसल भएको घरमा आगलागी भएका कारण धेरै क्षति भएको शिक्षक गुरुङले बताए ।
वुधबार राति ८ बजेतिर भएको आगलागी नियन्त्रणका लागि फिदिम नगरपालिकाको दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली रानीटार पुगेको थियो ।
आगलागीका कारण घर जलेर नष्ट भएपछि मुखियाको नौ जनाको परिवार छिमेकीको शरणमा पुगेका छन् ।-अनलाइनखबर
Post a Comment