बार्सिलोनाका डिफेण्डर एलेक्स भिडालले सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । बासिर्सलोनाले ला लिगामा आलाभेसलाई ६-० ले हराएको खेलका क्रममा उनी घाइते भएका थिए ।
२७ वर्षीय भिडाल ८५ औं मिनेटमा थिओ हर्नान्डेजसँग ठोक्किएर घाइते भएका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लैजानु परेको थियो ।
बार्सिलोनाले भिडान पाँच महिना मैदान बाहिर रहने जानकारी दिएको छ । उनी २०१५ मा सेभिल्लाबाट बार्सिलोना आएका थिए र पछिल्लो समय टिममा पर्दै आएका थिए ।-अनलाइनखबर
Post a Comment