थाइराइड समस्या जो सुकैलाई पनि हुनसक्छ । एन्ड्रोकोनोलोजिस्ट एवं हर्मोन एक्सपर्ट डा. मनुज शर्माका अनुसार जसको परिवारमा यस्तो प्रकारको समस्या कसैलाई समस्या छ भने त्यस्ता व्यक्तिले समयमा नै परिक्षण गराउनुपर्छ । गर्भावस्थामा पनि गर्भमा रहेको शिशु र गर्भवती महिलाको थाइरोइडको परिक्षण गर्न अत्यावश्यक छ । डा. शर्माले यस्तै ७ कारणबारे जानकारी दिँदै छन् जसका कारण थाइराइडको समस्या हुनसक्छ ।
फेमिली हिस्ट्रिः
यदि परिवारमा पहिले कसैलाई पनि थाइराइडको समस्या छ भने यसको सम्भावना बढ्न सक्छ ।
आनुवंशिक कारणः
कुनै आनुवंशिक गडबडीका कारण पनि बाल्यवस्थादेखि नै थाइराइड ग्ल्याण्डको विकास राम्रोसँग हुन पाउँदैन ।
गर्भावस्थामा:
यतिबेला महिलाको धेरै हर्मोन परिवर्तन हुने भएकाले यसले महिला र नवजात शिशुलाई थाइराइड समस्या हुनसक्छ ।
औषधीको साइडइफेक्टः
डिप्रेशन, क्यान्सर, मुटुसँग जोडिएका थुप्रै औषधीका साइड इफेक्टका कारण थाइराइडको समस्या हुनसक्छ ।
आयोडिनबिनाको नुनः
आयोडिन बिनाको नुनु खाँदा थाइराइडको समस्याको सम्भावना बढाउँछ ।
रेडियसनः
क्यान्सरको उपचारको क्रममा केमोथेरापी र रेडिएसनका कारण थाइराइडको समस्या निम्तिन सक्छ ।
थाइराइड शल्यक्रियाः
थाइराइड ग्रन्थीको शल्यक्रियापछि पनि थाइराइडको समस्या हुने सम्भावना बढ्ने गर्दछ ।
थाहा पाउनुहोस् थाइराइडको संकेतः
थकानः
तपाईं आलश्य हुनुहुनेछ । कमजोर महसुस हुन्छ र थोरै काम गर्दा पनि थाक्नुहुन्छ भने यो थाइराइडको संकेत हो ।
कब्जियतः
थाइराइडले पाचन क्रियामा नकारात्मक असर पुर्याउने गर्दछ । यदि तपाईंलाई धेरैजसो कब्जियतको समस्या छ भने एकपटक डाक्टरलाई अवश्य पनि देखाउनुहोस् ।
दुखाईः
मांसपेशीको दुखाई पनि थाइराइडको संकेत हुनसक्छ त्यसकारण बिना कारण धेरैजसो हात, खुट्टा, कम्मर, काँध वा जोर्नीमा दुखाई हुन्छ भने यसलाई नजरअन्दाज नगर्नुहोस् ।
कपाल र छाला रुखो हुनुः
थाइराइडको समस्या हुँदा छाला र कपाल रुखो हुन थाल्छ । जसका कारण कपाल झर्ने समस्या अत्यधिक हुन्छ ।
डिप्रेशन र भुल्ने बानीः
शरिरमा थायरोक्सिन नामक हर्मोनको स्तर कम हुँदा मुड बिग्रन्छ । कुनै काम गर्न मन लाग्दैन र राती निन्द्रा लाग्दैन । समस्या बढ्दा स्मरणशक्ति पनि कमजोर हुन थाल्छ ।
पसिना आउनु र जाडो हुनुः
असर शरिरको मेटाबोलिक रेटमा थाइराइडको प्रत्यक्ष असर पर्दछ । यस्तो अवस्थामा थोरै गर्मी हुँदा अत्यधिक पसिना आउने र थोरै चिसोमा पनि अत्यधिक चिसो हुने गर्दछ ।-एजेन्सी
Post a Comment