काठमाडौं माघ २३ गते । तोरीबारी भन्ने वित्तिकै मानस पटलमा एउटा तस्बिर आइहाल्छ–पहेँलो र रंगीचंगी । हुन पनि पहेँलपुर भएर फुलेको तोरीबारी निकै सुन्दर देखिन्छ । अहिले हिउँदको मौसम । तोरी लगाइएका फाँटहरु ढकमक्कै भएर फुल्न थालिसकेका छन् ।
राजधानीको मनोहरा फाँटमा लगाइएका तोरी पनि यतिबेला पहेँलपुर भएर फुल्न थालेको छ । धूलो धूवाँ र कोलहालयम काठमाडौं बाट फुत्त निस्केर मनोहरामा पुग्दा भने भने ताजगीको आभाव दिन्छ ।
फलुको तोरीबारीले मनोहरालाई रंगी विरङ्गी बनाएकै त छनै त्यस भेगका किसानले मनग्य आम्दानी समेत गर्ने गरेका छन् ।
पछिल्लो समय काठमाडौंमा खेतीयोग्य जमिन नासिँदै गएको अवस्थामा मनोहरा र आसपासका क्षेत्रमा तोरीका साथसाथै अरु नगदेबाली पनि राम्ररी फस्टाएको छ ।
मनोहरामा फुलेका तोरीबारीलाई रातोपाटीकर्मी कृष्ण खड्काले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन्ः
Post a Comment