महिलाहरु सुत्केरी भएको कम्तिमा तीन महिना घरमा आराम गर्छन् । तर बलिउड अभिनेत्री करिना कपुरको हकमा यो लागू भएन । सुत्केरी भएको ४५ दिनमै उनी पुरानो संसारमा फर्केकी छिन् ।
डेढ महिनाको दुधे छोरालाई घरमा छोडेर करिना एउटा फेसन शोमा क्याटवाक गर्न पुगिन् । यद्यपि, उनको चालढाल हेर्दा क्याटवाक गर्ने बेला भइनसकेको जस्तो लाग्थ्यो । सुत्केरी हुँदा मोटाएको शरीर अझै पुरानो आकारमा फर्किन बाँकी देखिन्थ्यो ।
लेक्मे फेसन वीकमा डिजाइनर अनिता डोंगरेका लागि उनले क्याट वाक गरेकी थिइन् । सेतो र लामो पहिरनमा क्याटवाक गर्दा उनी त्यति खुल्न सकिनन् । उनको अनुहारको मुस्कान बनावटी लाग्थ्यो भने शरीरमा स्फुर्तिको अभाव थियो । सायद घरमा छोडेर आएको सानो छोराको अनुहार दिमागमा घुमिरहेको थियो कि ।
३६ वर्षिया करिनाले गत डिसेम्बरमा छोरा तैमुर अली खान पटौंदीलाई जन्म दिएकी थिइन् । बच्चा जन्माएपछि लामो समयसम्म कामबाट ब्रेक नलिने घोषणा उनले पहिले नै गरेकी थिइन् ।
करिनालाई बलिउडकी स्टाइलिस अभिनेत्रीको रुपमा लिइन्छ । गर्भवती अवस्थामा पनि उनको स्टाइललाई लिएर खुबै चर्चा-परिचर्चा हुने गथ्र्यो ।
Post a Comment