चुनाव चिन्ह र पदाधिकारी छनौट प्रक्रियाप्रति लोहनीको आपत्ति
काठमाडौं,फागुन ६ गते । राप्रपाका शीर्ष नेताबीच एकता महाधिवेशनपछि कमल थापालाई नै अध्यक्ष बनाउने सहमति ताेडिएको छ । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गर्दै नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको बताएका हुन् ।
उनले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे ।
पार्टीको विधानप्रति असन्तुष्टि जनाउँदै नेता लोहनीले नेतृत्वको लागि भएको सहमतिको औचित्य सकिएकाले आफूलाई सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
बुधबार अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्सेर राणा र लोहनीबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो ।
पार्टीको चुनाव चिन्ह हलो नै हुनुपर्ने र आधा पदाधिकारीहरु निर्वाचन प्रक्रियबाट चुनिनेपर्ने आफ्नो मागलाई बेवास्ता गरिएको भन्दै लोहनीले सहमतिको औचित्य नभएको तर्क गरेका हुन् । नयाँ विधानमा सबै सदस्य मनोनीत हुने उल्लेख छ ।
आफ्नो सहमतिबेगर कार्य सम्पादन समितिमा पेस भएको नयाँ विधानमा पार्टीको चुनाव चिन्ह र पदाधिकारी छनौट प्रक्रिया राखिएको भन्दै लोहनीले आपत्ति जनाएका हुन् । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो ।-
अनलाइनखबर

Post a Comment