भद्रपुर, माघ २८ गते । झापाको सदरमुकाम भद्रपुरबाट झन्डै १० किलोमिटर दक्षिण पृथ्वीनगरको सङ्गमस्थलमा आज भव्य मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल किचकबधमा लाग्ने मेलामा नेपाल र भारत दुबै देशका नागरिक मेला भर्न आएका छन् ।
यो मेला धेरैवर्ष अघिदेखि माघ शुक्लपूर्णिमामा लाग्दै आएको छ । रासस
Post a Comment