
विपक्षीहरुको विरोधका बीच नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राति एक भब्य समहोरहबीच ट्रम्पले प्रधानन्यायाधीश जोन रोबर्टबाट ४५ औं अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेका थिए ।
नेपाली समयअनुसार राति पौने ११ बजे शपथ लिएलगत्तै उनले पदभार सम्हालेका छन् । शपथ लिनुअघि उनले करिब २० मिनेट भाषण गरेका थिए । भाषणमा उनले अमेरिकालाई एकजुट बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
लाखौं अमेरिकी सहभागी शपथग्रहण समारोहमा अघिल्लो राष्ट्रपति बाराक ओबामा दम्पतीसँगै अमेरिकाका पूर्वराष्ट्रपतिहरु सहभागी थिए ।-अनलाइनखबर
Post a Comment