Websoft University

www.radiomakalu.com || 021-522512


एक हजारमै एसएलसीको प्रमाणपत्र !



काठमाडौं,पुष २० गते । विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ऐनबहादुर थापामगरलाई प्रहरीले पक्राउ गर्‍यो । जमलमा पक्राउ परेका यम भन्ने ऐनबहादुरका साथमा यमबहादुर थापा नामको एसएलसीको प्रमाणपत्र भेटियो । त्यो प्रमाणपत्र नक्कली थियो । त्यसमाथि अनुसन्धान गर्दै जाँदा नक्कली प्रमाण पत्र बनाएर ‘सुपथ मूल्य’ मा बेच्ने व्यक्तिलाई समात्न प्रहरी सफल भयो ।



प्रहरी सोधपुछका क्रममा ऐनले एसएलसीको नक्कली प्रमाणपत्र रानीबारीस्थित आईटी भेट टेक्नोलोजीका सञ्चालक तथा त्यहीँ काम गर्ने भगवान भण्डारीले एक हजार रुपैयाँमा बनाएको प्रहरीलाई वयान दिए ।
प्रहरीले जुक्ति लगायो कि ग्राहक बनेर त्यहाँ जाने । ऐनलाई नै साथैमा लिएर एक प्रहरी पनि नक्कली प्रमाण पत्र बनाउन रानीबारी पुगे ।
साइबर सञ्चालक विकास रम्तेल तत्कालै एसएलसीको प्रमाणपत्र बनाउन तयार भए र एक हजारमा नक्कली प्रमाणपत्र बनाइदिए । लगत्तैै प्रहरीले खानतलासी गर्दा त्यहाँ एसएलसीका साथै उच्च माध्यमिक शिक्षा परिषद अन्तरगतका नक्कली प्रमाणपत्र, छाप, लेटरप्याड फेला परे । प्रहरीले ती सबै सामान बरामद गर्‍यो ।
प्रहरीले सञ्चालक रम्तेल र त्यहाँ काम गर्ने भगवान भण्डारीका साथै ऐनबहादुरसमेतलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।तीनैजनालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget