Websoft University

www.radiomakalu.com || 021-522512


१० घन्टा बसेर काम गर्ने महिला उमेरभन्दा ८ वर्ष बुढी !



long-time-sitting
दैनिक १० घन्टासम्म बसेर काम गर्ने महिलाहरु जैविकरुपमा आफ्नो वास्तविक उमेरभन्दा ८ वर्ष बुढी हुन पुग्ने एक अध्ययनले पत्ता लगाएको छ । उनीहरुको ‘टेलोमियर’ कम हुने अध्ययनको निष्कर्ष छ ।

टेलोमियर भनेको क्रोमोजोमको अन्त्यमा हुने डिएनएको भाग हो । जुत्ताको तुनामा हुने प्लास्टिकको टुप्पोजस्तै यो टेलिमियरले क्रोमोजोमलाई बिग्रनबाट जोगाउँछ । तर यो बढ्दो उमेरसँगै घट्दै जान्छ र रोगको जोखिम बढ्दै जान्छ ।

सान डियगोस्थित क्यालिफोर्निया युनिभर्सिटीका डा. अलाद्दिन साद्याबले भने, ‘बसेर लामो समय काम गर्नेहरुको शरीरको कोष छिटो बुढो हुने हाम्रो अध्ययनले देखाएको छ ।’ मानिसको वास्तविक उमेर जैविक उमेरसँग सँधै मेल नखाने उनको भनाई छ ।

धेरैबेर बस्नु विशेषगरी महिलाहरुको लागि हानिकारक हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । यसबाट उनीहरुमा क्यान्सरको जोखिम पनि बढ्न सक्छ । दैनिक तीन घन्टाभन्दा थोरै बस्नेहरुको तुलनामा ६ घन्टाभन्दा बढि बस्नेहरुमा क्यान्सरको जोखिम १० प्रतिशत उच्च हुने जनाइएको छ । १ लाख ५० हजार मानिसहरुमा गरिएको अध्ययनमा संलग्न पुरुषहरुमा भने धेरैबेर बस्नाले क्यान्सरको जोखिम बढेको पाइएन ।

अध्ययन प्रतिवेदन अमेरिकन अफ इपिडेमियोलोजिमा प्रकाशित छ । प्रतिवेदनका अनुसार ३० मिनेटभन्दा कम समय सामान्य वा गम्भीर शारीरिक व्यायाम गर्ने तथा १० घन्टाभन्दा बढि समय बसेर बिताउनेहरुको टेलोमियर छोटो भएको पाइएको छ । टेलोमियर उमेरसँगै छोटो हुँदै जाने भएता पनि गलत प्रकारको जीवनशैली, जस्तै धुम्रपान र मोटोपनाले यसको घट्ने क्रम तीव्र बनाउँछ ।

डा. साद्याब भन्छन्, ‘लामो समय बसेर बिताउने तर दैनिक ३० मिनेटभन्दा बढी शारीरिक व्यायाम गर्ने महिलाहरुको भने टेलोमियर घटेको पाइएन ।’ उनले कलिलो उमेरदेखि वृद्धावस्थासम्म शारीरिक क्रियाकलापलाई निरन्तरता दिन सुझाव दिएका छन् । युवा अवस्थाका व्यक्तिहरु र पुरुषहरुमा शारीरिक व्यायामले टेलोमियरलाई कसरी प्रभाव पार्छ भन्ने विषयमा थप अध्ययन गरिने उनले बताए ।

धेरै मानिसहरु कुर्सीमा बसेर लामो समय काम गर्छन् भने कोही कारमा त कोही टिभी हेर्न सोफामा बसेर समय बिताउने गर्छन् । उनीहरु सबैको टेलोमियर छोटो हुन सक्ने अध्ययनको ठहर छ । साथै उनीहरुर्लाइ मुटुरोग, डायविटिज, पेटको क्यान्सर, मांशपेशी तथा ढाडको समस्या, नशाको समस्या, हड्डी कमजोर हुने, डिप्रेसन तथा डिमेन्सियासम्मको जोखिम हुने प्रतिवेदनमा उल्लेछ ।

त्यही भएर विज्ञहरुले लामो समय बस्नुलाई ‘नयाँ धुम्रपान’ को संज्ञा दिएका छन् । विश्व स्वास्थ्य संगठनले शारीरिक निस्कृयतालाई मृत्युको चौथो ठूलो कारणका रुपमा परिभाषित गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget