Websoft University

www.radiomakalu.com || 021-522512


ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु



रियो दि जेनेरिया , पुस २९ गते । ब्राजिलकाे मिन जर्ममा राज्यमा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको फैलिएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

स्वास्थ्य सचिवालयका अनुसार कम्तिमा ३० जनाको ‘एलो फिभर’का कारण मृत्युभएको छ भने बिरामीका अन्य दश नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टी भएको साथै १०० भन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन् ।

‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको सङक्रमणबाट विकशित हुने रोग हो । यदी उक्त भाइरलको सङ्क्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नपाएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ ।

मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । रासस÷सिन्ह्वा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget