Websoft University

www.radiomakalu.com || 021-522512


चुरोट सेवनभन्दा हानिकारक हुनसक्छ यी ५ बानी


habbit

चुरोट तथा मद्यपान नगर्दा हामी ठान्छौ, ‘मेरो बानी राम्रो छ ।’ तर, हाम्रो दैनिक जीवन-यापनको क्रममा यस्ता बानीलाई पनि अंगालिरहेका हुन्छौ, जुन खराब लत भन्दा फरक हुदैन । त्यस्ता आनीबानीले हाम्रो स्वास्थ्यलाई मद्यपान-धुमपानले जतिकै नोक्सान पुर्‍याइरहेको हुन्छ ।

यस्ता बानीले हाम्रो मुटुमा असर पुर्‍याउन सक्छ, कोलोस्टर बढाउन सक्छ, रक्तचाप र मधुमेहको जोखिममा पार्न सक्छ ।

त्यसैले यस्ता खराब बानीवाट छुटकारा पाउनका लागि एक स्वास्थ्यबर्द्धक दैनिकीलाई फलो गर्न आवश्यक हुने चिकित्सकहरुको सुझाव छ । साथै, केहि सावधानी समेत अपनाउनु पर्छ ।

स्वास्थ्य जीवनको लागि स्वास्थ्य जीवनशैली आवश्यक हुन्छ ।

१. कामको धपेडीमा हामी एकै स्थानमा धेरै समय बसेर काम गरिरहेका हुन्छौ । यो एकदमै अस्वास्थ्यकर बानी हो । यसले आलस्यता निम्त्याउँछ र शारीरिक समस्या ल्याउन सक्छ ।

एकसाथ लामो समय बस्नु भन्दा बेला बेला उठ्ने, जिउ तन्काउने, हल्का व्यायम गर्ने, अनुलोम विलोम गर्ने जस्ता अभ्यास स्वास्थ्यकर हुन्छ ।

२. कतिपय मानिस लामो समय केहि नखाई वस्छन् । विहान-वेलुकी खाना खाएपछि दिनभर खाली पेट बस्ने बानी राम्रो होइन ।

यसले शरीरमा आवश्यक पोषणको कमी त हुन्छ नै, अरु विभिन्नखाले शारीरिक दुर्बलता र समस्या निम्त्याउँछ ।

३. कामको चाप, तनाव आदिको कारण कतिले पर्याप्त निन्द्र लिदैनन् । यसले थाहै नपाई मानिसलाई दीर्घरोगको शिकार बनाउँछ ।

मस्त एवं गहिरो निन्द्र नसुत्ने मानिस उच्च रक्तचाप, मोटोपनको शिकार बन्न सक्छन् । यो एकदमै खराब बानी हो ।

४. गलत ढंगले पकाइने खानेकुराले पनि शरीरलाई रोगी र जिर्ण बनाउँदै लान्छ । चिल्लो पिरोको अत्याधिक प्रयोग गर्ने, तारेको खानेकुरा सुपाच्य हुदैन ।

५. खानेकुरा नखाने बानी त गलत हो नै, धेरै खाने बानी पनि सहि होइन । एकसाथ धेरै खाने बानीले पनि विभिन्नखाले शारीरिक समस्या निम्त्याउँछ । सकेसम्म थोरै-थोरै तर धेरै पटक खानु राम्रो हो । – एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget