Websoft University

www.radiomakalu.com || 021-522512


तेरियाले भारतमा पुनः हंगामा मच्चाउँदै, पुगिन् ‘झलक दिखला जा’ को फाइनलमा





‘डान्स इन्डिया डान्स’२०१४ को उपाधि बिजेता तेरिया फौजा मगर बलिउडकै अर्काे टेलिभिजन रियालटी सो ‘झलक दिखला जा’को फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छिन् ।

भारतीय टीभी कलर्सले डान्स स्टार बीच प्रतिस्पर्धा गराएको यो प्रतियोगीतामा तेरिया भारतीय सिनियर डान्स स्टार बीच स्पर्धा गरिरहेकी छन् । विजेताहरु बीच प्रतिस्पर्धा रहने यो प्रतियोगिता भारतीय टीभी सोको सर्वाधिक पुरस्कार राशिको हो । प्रतिस्पर्धाको विजेताले ३० लाख भारतीय रुपैयाँको साथमा रेनाल्ड डस्टर ब्रान्डको कार जित्न सक्नेछिन् ।

१४ वर्षे तेरियाले डीआईडी विजेताको तर्फबाट ‘झलक दिखला जा’ सिजन ९ मा प्रवेश पाएकी हुन् । गत जुलाईमा सुरु भएको प्रतियोगीतामा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिबे्रटी छनोट भएका थिए ।

तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रुपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रुपमा प्रवेश पाएका मध्ये तेरिया मात्रै फाइनलमा पुगन सफल भएकी छन् । फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्व विजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्ने छिन् ।

फाइनलमा रहेको तीनजना मध्ये अहिलेसम्म तेरिया अगाडि रहेको बताइएको छ । प्रतियोगिताको उपाधिका लागि जनवरी १४ तारिखदेखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ पनि खुल्ला हुँदैछ । तेरिया फाउन्डेसनले हालै बुटवलमा पत्रकार सम्मेलन गर्दै तेरियालाई भोटको अपिल समेत गरेको छ । कलर्स टीभीमा हरेक शनिबार दस बजेपछि यो कार्यक्रम प्रसारण हुँदै आएको छ ।- रातोपाटी












Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget