Websoft University

www.radiomakalu.com || 021-522512


आहा ! रारा गोल्डकपको तयारी पूरा, ३ विदेशीसहित १२ टिम भिड्ने


aaha-rara-gold-cup-press-me
मोफसलको सर्बाधिक चर्चित फुटबल प्रतियोगिता ‘आहा ! रारा गोल्ड कप’को १५औं संस्करणमा १२ टिम भिड्ने भएका छन् ।

पोखरा रंगशालामा माघ ४ गतेदेखि १५ गतेसम्म हुने अन्तर्राष्ट्रिय आमन्त्रित ‘आहा ! रारा गोल्ड कप-२०७३’मा ३ विदेशीसहित १२ क्लवले प्रतिष्पर्धा गर्ने आयोजक सहारा क्लवले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको सहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित आयोजित प्रतियोगितामा बंगलादेशको फारसगञ्ज एस.सी., अमेरीकाको ए.एन.ए.युएसए फुटवल टीम र भारतको युनाइटेड सिक्किम फुटवल क्लवले सहभागिता जनाउने छन् ।

त्यस्तै विभागीय टिमहरु नेपाल पुलिस क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल आर्मीसहित मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, रमपम झापा-११, धरान फुटवल क्लव, सुदूरपश्चिम-११ स्पोर्टिङ क्लव र आयोजक सहारा क्लव पोखराको सहभागिता रहेको क्लवका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष बिरभद्र आचार्यले फुटवल ग्राउण्डदेखि प्रचारप्रसारसहित सम्पूर्ण तयारी पूरा भएको बताए । खेलको टाइसिट सोमबार विहान सार्वजनिक गरिनेछ ।

प्रतियोगिताको बिजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार पुरस्कार पाउनेछन् । सर्बोत्कृष्ट खेलाडीलाई नेपाल जेनरल मार्केटिङ प्रालिको तर्फबाट एक थान हिरो ड्यास स्कुटर प्रदान गरिने क्लवले जनाएको छ ।

त्यस्तै, सर्बाधिक गोलकर्तालाई पोखरा उद्योग वाणिज्य संघको तर्फबाट २५ हजार, तथा उत्कृष्ट गोल किपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पृथ्वी राजमार्ग बस सञ्चालक समितिको तर्फबाट जनही नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

दर्शकलाई एक तोलाको सुनको सिक्का

प्रतियोगिता अवलोकन गर्न आउने दर्शक मध्येबाट एक जनालाई एक तोलाको सुनको सिक्का उपहारको व्यवस्था गरिएको छ । प्रतियोगिता अवधिभर टिकल लिने दर्शक मध्येबाट एक जनालाई सहारा हङकङको तर्फबाट १ तोलाको सुनको सिक्का र सिजी ग्रुपको तर्फबाट एलजी टिभी पुरस्कार दिइनेछ ।

त्यस्तै प्रतियोगिता अवधिमा प्रत्येक दिन गोलाप्रथाद्वारा एक जना दर्शकलाई माइक्रोम्याक्स मोवाइल पनि छुट्टै प्रदान गरिने प्रतियोगिता मूल आयोजक समितिका सदस्य सचिव केशवराज बरालले जानकारी दिए ।

प्रतियोगिता हेर्नका लागि सिजनल टिकट १ हजार तोकिएको छ भने पहिलो चरणको खेलका लागि ६० रुपैयाँ, क्वाटरफाइनल र सेमीफाइनल खेलका लागि १०० रुपैयाँ र फाइनलका लागि १५० रुपैयाँ तोकिएको क्लवले जनाएको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा माइक्रोम्याक्स मोवाइल र रेडबुलको उपप्रायोजन, नेपाल टेलिकम सह उप-प्रायोजक, विभोर डेभलपमेन्ट वैंक लिमिटेड अफिसियलमा रहेको छ ।

प्रतियोगिताबाट बचत हुने रकम क्लबद्धारा सञ्चालित कठिन परिस्थिति एवम् विपन्न वर्गका१६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने क्लवले जनाएको छ ।

तस्वीरः उमेश पुन/अनलाइनखवर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget