Websoft University

www.radiomakalu.com || 021-522512


एनआइसी एसिया बैंकबाट झिकिएको रु ६ लाख लुटपाट





भक्तपुर, पुस २२ गते । कौशलटारस्थित एनआइसी एसिया बैंकबाट झिकिएको रु छ लाख आज अपराह्न लुटपाट भएको छ । बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै काभ्रे पाँचखाल घर भई हाल भक्तपुर बालकुमारीकी मन्दिरा अधिकारीका साथबाट मोटरसाइकलमा आएका लुटेर रकम लुटेर फरार भएका हुन् ।

पीडित अधिकारीले भन्नुभयो, “बैंकबाट रकम झिकेर बा ६१ प २२७३ नम्बरको स्कुटरमा गठ्ठाघरस्थित सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थामा जाँदै थिएँ, सहकारी अगाडि स्कुटर रोकेर ब्याग बोक्न खोज्दा मोटरसाइकलमा आएका दुई जना रकमसहितको ब्याग बोकेर फरार भए ।”

अनुसन्धानका क्रममा बा ७९ प अल्फाबेट भएको नं खुल्न नसकेको कालो रातो रङको मोटरसाइकलमा आएका लुटेराले रकम लुटेर सागबारीतर्फ फरार भएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget