Websoft University

www.radiomakalu.com || 021-522512


एलडिओ सरुवाको विरोध गर्दै परासीमा प्रदर्शन


parasi-birodh
नवलपरासी,पुष २४ गते । स्थानीय विकास अधिकारी जीवलाल भुसाललाई सरुवा गरेको विरोधमा नवलपरासीका राजनीतिक दलहरुले सदरमुकाम परासीमा प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला विकास समिति नवलपरासीको राजश्व शाखामा तालाबन्दीसमेत गरेका छन् ।

सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित मधेसी दलहरुले स्थानीय विकास अधिकारी भुसालको सरुवा रोक्नुपर्ने माग गर्दै बुद्धचोकमा एक घण्टा सडक अवरुद्ध गरे ।

प्रदर्शनमा रहेका राजनीतिक दलका नेताहरुले स्थानीय विकास अधिकारीको सरुवा रोक्नु पर्नेमा जोड दिएका थिए ।

जिल्ला विकास समितिको राजश्व शाखामा ताला लगाउनेक्रममा प्रहरीले रोक्न खोज्दा केहीबेर भनाभन समेत भएको थियो ।

चोरी गरी ल्याइएका नदीजन्य पदार्थ पक्राउ गरेर जरिवाना लगाएको विरोधमा स्थानीय ठेकेदारहरुको दबावमा नवलपरासीका स्थानीय विकास अधिकारी भुसाल र योजना तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीको सरुवा गरिएको छ ।

स्थानीय विकास अधिकारी भुसाल गत मंसिर २२ गते बाँके जिविसबाट नवलपरासीमा सरुवा भएर आएका थिए । मंसिर २५ गते कावासोतीको केरुंगे खोलाबाट नदीजन्य बस्तुको अवैध निकासी गरिरहेको बेला उनले टिप्पर, एक्साभेटर, जेसिभी र ट्याक्टर नियन्त्रणमा लिएका थिए । त्यतिबेला स्थानीय विकास अधिकारी भुसाल र जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रशासकीय अधिकृत बलराम अर्याल स्वयम् खोलामा आएर नवलपुर प्रहरीको सहयोगमा २४ वटा टिप्पर, २ वटा एक्साभेटर, एउटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिइएको थियो । ६५ लाख रुपैयाँ जरिवानासमेत तोकिएको थियो ।

स्मृति निर्माण कम्पनी नारायणी-९ नवलपरासीको नाममा जरिवाना तोकेपछि १६ टिपरहरुले ३५ लाख राजश्व बुझाएर छुटेका छन् । अन्य टिपर इलाका प्रहरी कार्यालय कावासोतीमा रहेका छन् ।

नवलपरासीको केरुंगे खोला, विनय खोला, पत्थर खोला लगायतका खोलाहरुबाट अझै पनि ढुंगा, गिट्टी, बालुवाको अवैध निकासी हुने गरेको छ भने क्रसर व्यवसायीले अघिल्लो वर्षको स्टक भन्दै खोला छेउँ नदीजन्य बस्तु थुपार्ने गरेका छन् ।

सवारी साधन नियन्त्रणमा लिएसँगै भुसालले केरुंगे खोलामा संकलन गरी राखेका करिब ३० करोड बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रक्रिया अघि बढाएका थिए ।

त्यसपश्चात कारोबारमा संलग्न व्यवसायीहरु केही नेताको सहयोगमा भुसालको सरुवा गराउन मन्त्रालय दौडधुप गरेका थिए । उनको शुक्रबार स्थानीय विकास मन्त्रालयले धादिङ जिविसमा काज सरुवा गरेको छ ।

उनको स्थानमा स्थानीय विकास मन्त्रालय पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाइएको छ ।

यसैगरी अवैध नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रण अभियानमा सहयोग गरेको भन्दै योजना अधिकृत पन्थीलाई मन्त्रालयमा काज सरुवा गरिएको छ । पन्थी दुई वर्षअघि जिविसमा आएका थिए । पन्थीको स्थानमा स्थानीय विकास मन्त्रालयका यज्ञ पुरीलाई पठाइएको छ ।

– रामकुमार श्रेष्ठबाट,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget