Websoft University

www.radiomakalu.com || 021-522512


संसद्को अबको बैठकमा संशोधन प्रस्ताव अघि बढाइने, मोर्चाका नेता भन्छन् –संसद् एमालेको जमिन्दारी हो ?



काठमाडौं , पुष २१ गते  । २४ गते बस्ने व्यवस्थापिका– संसद्को बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढाउन तीन पक्ष सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन पक्षको बैठकले अब बस्ने संसद्को बैठकमा प्रस्ताव टेबल गर्ने निष्कर्ष निकालेको हो । “संविधान संशोधन प्रस्ताव पेस गर्न नदिने संसद्मा एमालेले अवरोध गरिरहेको छ,” तीन पक्षको छलफलपछि गृह मन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले भने, “यसैबीचमा सर्वोच्च अदालतको फैसला पनि आएको छ ।

यो सकारात्मक छ । कसरी अघि जाने भन्ने विषयमा तीन पक्षको छलफल भएको हो । अबको बैठकमा संशोधन प्रस्ताव टेवल हुन्छ ।” उनले अबको बैठकमा एमालेले अवरोध नगर्ने बताए । मोर्चाका तर्फबाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले गर्नुपर्ने काम पनि केही बाँकी रहेकाले सरकारको ध्यानाकर्षण गराइएको बताए ।
उनले अब बस्ने संसद्को बैठकमा संशोधन प्रस्ताव टेबल गर्ने विषयमा पनि छलफल भएको बताए । “एमालेको जमिन्दारी हो र संसद् ?,” आक्रोश पोख्दै महताले भने “संसद् एमालेको जमिन्दारी होइन, टेबल गर्न पाउनुपर्छ ।”
उनले निर्णय गर्ने थलो संसद् भएकाले संसद्लाई नै छाडिदिनुपर्ने बताए । - बाह्रखरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget